menu

ताजा समाचार

क्रान्तिकारी माओवादीको चित्त दुखाइ

जनमेल विश्लेषणभारतीय विस्तारवादले राजनीतिक क्षेत्रमा गरेको नव-औपनिवेशिक हस्तक्षेप र  सिमाना अतिक्रमणका विरुद्ध  नेपाली शासक वर्गले आत्मसमर्पण गरे पनि नेपाली जनताले प्रतिरोध गर्दै आएका छन् । पछिल्लो समयमा  हस्तक्षेप र अतिक्रमणको चरित्र नयाँ चरणामा प्रवेश गरेको

ओलीतन्त्र, राज्यआतङ्क र संयुक्त सङ्घर्ष

ऋषिराज बराल मुलुक अहिले कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । सरकारी नालायकीका कारण खासखास जिल्लामा सङ्क्रमित महामारी अहिले देशव्यापी बन्दैछ ।  दुई जनाको मृत्यु भइसकेको छ र थुप्रैको स्थिति अज्ञात छ । आवश्यक मात्रामा परीक्षण

नेपाली भूभाग, भारतीय अतिक्रमण र सङ्घर्ष

देवेन्द्र तिम्लाभनिन्छ खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । र, नेपालले पनि यही नियति भोग्दै आइरहेको पनि आधा शताब्दी बितिसकेको छ । भारतले नेपाली भूमि हरेक दिन-रात अतिक्रमण गरिरहेको छ । बेलुका सुत्दा नेपाली नै रहेका

मसाल जुलुस, पुत्ला दहन र व्यापक धरपकड

भारतीय र चिनियाँ प्रतिक्रियावादी सत्ताको मिलेमतोमा नेपाली भूमि लिम्पियाधुरा क्षेत्र कब्जा गरेर  भारतीय विस्तारवादले बाटो निर्माणलाई तीव्रता दिएपछि नेपालका प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्ति र व्यक्तिहरू उद्वेलित र आन्दलित भएका छन् । ओली सरकारले जनआक्रोसलाई

भारत-चीन मिलेमतोमा कालापानी कब्जा

डा. ऋषिराज बराल सन् २०१५ मा भारत र चीनका सत्ताधारीहरूले सम्झौता गरेर घोषित रूपमै हाम्रो भूमि लिम्पियाधुरा-कालापानी कब्जा गरेका हुन् । हामीले त त्यतिबेरै यसको विरोध गरेका हौँ । यसमा भारतीय विस्तारवाद र नेपाली सत्ताधारीहरूको

सर्वत्र भारतीय विस्तारवाद मुर्दावादको नारा

नेपालका शासक वर्गको राष्ट्रिय आत्मसमर्पणकारी चरित्रका कारण देशको सिमाना खुम्चिँदै गएको परिप्रेक्षमा कोरोना महामारीको मौका छोपेर भारतीय विस्तारवादले नेपाली भूभागमाथि हस्तक्षेपलाई तीव्रता दिएको छ ।  यसै क्रममा लिपुलेक–कालापानी क्षेत्रमा आफ्नै भूभागझैँ गरी मानसरोवर जोड्ने बाटो

विस्तारवादी हस्तक्षेप र नेपाल सरकारको आत्मसमर्पणवादी प्रवृत्ति विरुद्ध आवाज उठाउन कमरेड किरणको आह्वान

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले   नेपालको भूमि लिपुलेकबाट मानसरोबर जाने बाटोको उद्घाटन गरेको घटनाप्रति नेपालका वामपन्थी पार्टीहरू तथा आम जनताले भारतीय विस्तारवादको निन्दा तथा भ्रत्सना  गरेका छन् । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

मार्क्सवादी लेखक अनिल शर्मा पक्राउ

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का केन्द्रीय नेता तथा सो पार्टीका प्रचार विभाग प्रमुख अनिल शर्मा ‘विरही’ पक्राउ परेको कुरा सो पार्टी नजिक माध्यमले जनाएको छ । कवि, निबन्धकार र पत्रकारका रूपमा समेत स्थापित अनिल शर्मा

माध्यम, जनमत निर्माण र 'जनमेल' अनुभव

त्यसबेला  प्रचण्ड र उनको झुन्डका विरुद्ध वैचारिक सङ्घर्ष गर्ने क्रममा हामीले वैचारिक प्रकाशन समयबद्ध र वेबसाइट samayabaddha.org आरम्भ गरेका थियौँ । यसले केही हदसम्म हाम्रो आवश्यकता पूरा भएको भए पनि नेपालको माओवादी आन्दोलन, दुईलाइन सङ्घर्षका

बङ्गलादेशका माओवादीहरूद्वारा सेना र पुलिसका जवानहरूलाई विद्रोह गर्न अपिल

बङ्गलादेशका माओवादीहरूका बारेमा सूचना तथा समाचार कम आउने भएका कारण यसबारे कमै जानकारी हुनु स्वाभाविक छ । बङ्गलादेशमा  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विश्वव्यापी प्रवहा र भारतमा चलिरहेको नक्सलबाडी किसान विद्रोहको प्रभावका क्रममा  कमरेड सिराज

विश्वका क्रान्तिकारीहरूको संयुक्त अपिल

विश्वका क्रान्तिकारीहरूको साझा केन्द्र ‘क्रान्तिकारी अनतर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) विघटनको स्थितिमा पुगेपछि विश्वका क्रान्तिकारीहरूबीच एकताभाव पैदा गर्न तथा बहसछलफल र वैचारिक आन्दोलनका बीचबाट नयाँ केन्द्रको निर्माणतर्फ अग्रसर हुने उद्देश्यका साथ युरोपका माओवादी पार्टीहरू खास गरेर इटालीको