menu

ताजा समाचार

सर्वत्र भारतीय विस्तारवाद मुर्दावादको नारा

नेपालका शासक वर्गको राष्ट्रिय आत्मसमर्पणकारी चरित्रका कारण देशको सिमाना खुम्चिँदै गएको परिप्रेक्षमा कोरोना महामारीको मौका छोपेर भारतीय विस्तारवादले नेपाली भूभागमाथि हस्तक्षेपलाई तीव्रता दिएको छ ।  यसै क्रममा लिपुलेक–कालापानी क्षेत्रमा आफ्नै भूभागझैँ गरी मानसरोवर जोड्ने बाटो निर्माण गरेर भारतीय विस्तारवादले नेपाली सार्वभौम सत्ता र अखण्डता र राष्ट्रिय स्वाधीनतामाथि ठाडो आक्रमण गर्नुका साथै नेपाली जनताको देशभक्तिपूर्ण भावना र चेतनालाई चुनौती दिएको छ । 

भारतीय विस्तारवादको यस किसिमको नाङ्गो आक्रमणका विरुद्ध स अहिले सिङ्गो देश उद्वेलित र आन्दोलित भएको छ । आम जनता, विभिन्न पार्टीहरूले यसको तीव्र निन्दा गर्नुका साथै सडकमा ‘भारतीय विस्तारवाद कालापानी छोड’, ‘गो ब्याक इन्डिया’ को नारा लागेका छन् र विरोध जुलुसहरू निस्केका छन् । विडम्बनाको विषय के छ भने सरकार उल्टै देशभक्त नागरिकहरूको धरपकड गरेर भारतभक्ति दर्शाइरहेको छ ।
 
राजनीतिक पार्टीहरूको विरोध वक्तव्य :

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का तर्फबाट सो पार्टीका महासचिव कमरेड किरण र नेकपा (विप्लव)ले विज्ञप्ति प्रकाशित गरेर भारतीय विस्तारवादको विरुद्ध एक जुट हुन प्रगतिशील र देशभक्त शक्तिहरूलाई आह्वान गरेका छन् । यसै गरी नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) लगायत दशवटा राजनीतिक घटकहरूले संयुक्त वक्तव्य जारी गरेर भारतीय विस्तारवादको निन्दा तथा भ्रत्र्सना गर्नुका साथै राष्ट्रिय स्वाधीनताका पक्षमा एक जुट हुन आह्वान गरेका छन्  ।
 
बुद्धिजीवी तथा साहित्यकारहरूको विरोध :
:
भारतीय विस्तारवादका विरुद्ध नेपालका साहित्यकारहरूले हिजोका दिनदेखि नै प्रतिरोधी आवाज उठाइरहेका छन् र आवश्यक पर्दा ती सडकमा पनि निस्केका छन् । अहिले पनि विभिन्न पत्रपत्रिकामार्फत तथा सामाजिक सञ्जालमार्फत भारतीय विस्तारवादी आक्रमणका विरुद्ध नेपालका साहित्यकार तथा बुद्धिजीवीहरूले प्रतिरोधी आवाजका साथ खबरदारी गरेका छन् । भारतीय विस्तारवादको विरोधका साथै उनीहरूले सरकारका लाचारीपन, आत्मसमर्पणकारी प्रवृत्ति र विस्तारवादका विरुोध गर्नेहरूमाथि भएका प्रहरी दमनको पनि विरोध गरेका छन् । यसरी भारतीय हस्तक्षेपको विरोध गर्नेहरूमा डा. ऋषिराज बराल, रोशन जनकपुरी, खेम थपलिया, निभा शाह, बलराम तिम्सिना, रोहित दहाल, खोमा तरामु मगर, उमेश आचार्य, परशुराम कोइराला लगायतका साहित्यकारहरू रहेका छन् । 

विस्तारवाद विरुद्धको कार्यक्रममा प्रहरी हस्तक्षेप :

कोरोना महामारी र लक डाउनका कारण सडकमा सहज किसिमले जममा हुन सक्ने स्थिति नभए पनि देशभक्त विद्याार्थीहरू तथा युवाहरू जम्मा भएर भारतीय विस्तारवाद मुर्दावादको नाराका साथ विरोध प्रदर्शन गरेका छन् । भारतीय दूतावासमा विरोध प्रदर्शनमा जान लागेका विद्यार्थी तथा युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

बिराटनगरमा भारतीय सीमामा प्रदर्शन :



यसैबीच बिराटनगरसित जोडिएको भारतीय सिमाना जोगबनीको नजिक बिरातटगर रानीका युवा तथा सचेत नागरिकहरूले ‘गो ब्याक इन्डिया’ को प्लेकार्डसहित विरोध प्रदर्शन गरेका छन् । 



भिडियो फिचरview all