menu

ताजा समाचार

बङ्गलादेशका माओवादीहरूद्वारा सेना र पुलिसका जवानहरूलाई विद्रोह गर्न अपिल

बङ्गलादेशका माओवादीहरूका बारेमा सूचना तथा समाचार कम आउने भएका कारण यसबारे कमै जानकारी हुनु स्वाभाविक छ । बङ्गलादेशमा  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विश्वव्यापी प्रवहा र भारतमा चलिरहेको नक्सलबाडी किसान विद्रोहको प्रभावका क्रममा  कमरेड सिराज सिक्दरको नेतृत्वमा त्यतिबेरको पुर्बी पाकिस्तानमा माओवादी पार्टी गठन भएको थियो र त्यसको व्यापक प्रभाव थियो । पछि बङ्गलादेश बनेपछि भारतीय निर्देशन एक हिसाबले सहयोगमा माओवादी दबाउ अभियान चलाइयो र कमरेड सिक्दरको हत्या गरियो । 

बढ्दो दमन, निरासा र पलायनताका बीच पार्टीमा विभाजन र फूटका निकै श्रृङ्खलाहरू चले । तर माओवादमा विश्वास गर्नेले कमरेड सिराजको विरासतलाई अघि बढाउँदै '‘पूर्व बङ्गला  सर्वहारा पार्टी' ( प्रोलेटरियट पार्टी अफ इस्ट बेंगाल’ गठन गरेर गतिविधि अघि बढाए ।  सन् १९८४ मा गठित ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) को गठनका समयमा हस्ताक्षर गर्ने १९ वटा पार्टीमध्ये यो पनि एउटा पार्टी थियो । अति दमनका कारण यसका थुप्रै नेताहरूको हत्या भएको छ र थुप्रै नेता-कार्यकर्ता  जेलमा छन् । र पनि यसले विभिन्न मञ्च र माध्यमबाट गतिविधि गरिरहेको छ र पार्टीका गतिविधि र जनसेना निर्माणको कार्यलाई पनि अघि बढाइरहेको छ । 

हालै सो पार्टीको  उत्तरी विशेष जोनका तर्फबाट कोराना र बङ्गलादेशको स्थितिका साथै पार्टीका गतिविधि सम्बन्धी  धारणा पनि प्रकाशित भएको छ । वक्तव्यमा कोरोना, बङ्गलादेशको स्थिति उल्लेख गर्दै केही मागहरू राखिएको छ र अन्त्यमा केही नाराका साथ वक्तव्य टुंग्याइएको छ । यस्तो छ वक्तव्यको सारसंक्षेप :


पद्मा ब्रिजलगायत पूर्वाधारसित सम्बद्ध सबै योजना र कार्यक्रमहरू स्थागित गरेर  सो रकम कोरोना भाइरस विरुद्धको लडाइँमा लगाऊ र कोरोना भाइरसका लागि राष्ट्रिय बजेटको पुनरावलोकन गर ।
---------------------------------------------
 
१.विश्वका अन्य भागझैँ हाम्रो मुलुक पनि कोरोना भाइरसबाट प्रभावित छ र निजी स्वामित्वमा आधारित साम्राज्यावदी-पुँजीवादी विश्व व्यवस्था महामारीको चपेटामा परेको छ ।
 २. नाफाकेन्द्रित साम्राज्यवादी-पुँजीवादी स्वास्थ्य व्यवस्था तासको घरझैँ ढलेको छ र अमेरिकासहित नाफाकेन्द्रित साम्राज्यवादी–पुँजीवादी स्वास्थ्य व्यवस्थाको स्थिति नाङ्गिएको छ ।
 ३. प्रकृति र मानवजीवनका विनाशक, साम्राज्यवादी दलाल बुर्जुवा पुँजीवाद-सामन्तवाद-विस्तारवादका एजेन्टहरूले आफ्नो असफलतालाई जनविरोधी राजनीतिमार्फत यो महामारीलाई रोक्ने प्रयास गरिरहेका छन् र  सचेत जनता र क्रान्तिकारी शुभचिन्तनकहरूले महामारीका नाममा लिइएका गलत कदमको विरोध गरिरहेका छन् । 
४.नव-बक्साली फासिवादी अवामी लिगकी नेता शेख हसिना तीन महिनादेखि कोरोना भाइरस महामारी रोक्नेतिरभन्दा राष्ट्रिय गद्दार शेख मुजिबको जन्म शताब्दी मनाउनु व्यस्त छिन् । उल्टै आफूहरू कोरोना भाइरससित जुध्न तयार रहेको भन्ने हौवा पिटिरहेकी छन् । 
५. सही कुरा के हो भने यसबीच बाहिरबाट आएकाहरूको कुनै चेकजाँच गरिएको छैन । कुनै अस्पताल महामारीका लागि तयार गरिएको छैन । फासिवादी सत्ताले डाक्टर र नर्सहरूलाई यसबारे कुनै तालिम दिएको छैन । आवश्यक पिपिइ र अन्य सामग्रीको जोहो गरिएको छैन ।
६. श्रम  गरेर पेट भर्नुपर्ने जनताका लागि खानपिनको कुनै व्यवस्था छैन, बिना तयारी, बिना योजना बिदा दिइएको छ । 
७.गार्मेन्टमा काम गर्नेहरूलाई पहिले ढाकामा ल्याइयो र पछि फिर्ता पठाइयो, अझैसम्म ज्याला पाएका छैनन् । गार्मेन्ट कामदार लगायत मुलुकभरिका आम जनताको स्थिति नाजुक छ । 

यो अवस्थामा के गर्ने त ? 

१. जनतालाई राहत दिनका लागि मुलुक र जनताका सबै साधानस्रोत आफ्नो नियन्त्रणमा राख्ने फासिवादी आवामी लिग सरकारमाथि दबाब सिर्जना गरौँ  । 
२.एकपछि अर्को गरेर फासिवादी  प्रधानमन्त्री शेख हसिनाले अनेक प्रावधान अघि सारेर ठूला धनाढ्यको हितको रक्षा गरिरहेकी छन् भन्ने कुरालाई जनताबीच लैजाऔँ । 
३. कोरोना भाइरसलाई ध्यान दिएर राष्ट्रिय बजेटलाई पुनरावलोकन गर । बजेटको ठूलो हिस्सा महामारी प्रभावित क्षेत्र र जनताका लागि खर्च गर । सबै पूर्वाधारमा छुट्याइएको बजेट रोक्का गरेर कोरोना भाइरसको महामारी रोकथाममा लगाऊ भन्ने कुराको दबाब दिऔँ । 
४.ज्यालादारी मजदुरहरू, किसानहरू लगायत सबै कामदारहरू मध्य वर्ग, निसहाय जनताका लागि आवश्यक खाद्यान्नको व्यवस्था  गर ।
५.फासिवादी शेख मुजिबको वंशधर आवामी लिग पार्टी जनताको खान्की लुटिरहेको छ । पार्टीका कार्यकताहरू समावेश गरेर बनाइएको राहत कमिटीलाई शेख हसिनाको संरक्षण छ ।
६. छिटोभन्दा छिटो जनसहभागितामा आधारित राहत कमिटी बनाउन दबाब दिऔँ । 
७. मानवतामा आधारित देशभक्त सक्षम मित्रहरू ! श्रमजीवी जनतालाई सहयोग गर्न अघि सर्नुहोस् ।  फासिवादी राजनीतिक व्यवस्थालाई फ्याल्न क्रान्तिकारी राजनीतिका लागि तयार हुनहोस् ।
 ८.ग्रामीण क्षेत्रहरूका गरिक किसानहरू, खास गरेर भूमिविहिन गरिब किसान र आदिवासीलाई सहयोग गरौँ । 
९. कृषि उत्पादनका उचित मूलयका लागि आवाज उठाऔँ । 
१० प्रहरी-अन्सर-सेनाका जवान दाजुभाइ दिदीबहिनीहरू, शोषणमुखी व्यवस्थाका विरुद्ध विद्रोह गर्नुहोस् । जनताका साथ उभिनोस् । मुलुक असाध्यै नाजुक स्थितिमा छ, बुर्जुवा शासक वर्गको राजनीतिलाई फ्याल्नका लागि जनताको सेना, जनमुक्ति सेनामा सामेल हुनुहोस् ।
 ११. कोरोना भाइरसका महामारीका बीच पनि फरक विचार राख्नेहरूमाथि राज्य सरकारहरूद्वारा गरिएका दमन, हत्या, बेपत्ता पार्ने, कथित मुठभेड र गैर न्यायिक हत्याका विरुद्ध निरन्तर आवाज उठाऔँ । 

सहिद कमरेड सिराज सिक्दर : अमर रहून् !
पूर्व बाङ्लार सर्वहारा पार्टीले नेतृत्व गरेको जनमुक्ति सेनामा सामेल होऔँ ! 
पूर्व बाङ्लार सर्वहारा पार्टीको नेतृत्वमा गाउँगाउँमा जनमुक्ति सेनाको निर्माण गरौँ !
सहरका मजदुर क्षेत्रहरूमा सशस्त्र स्क्वाडहरूको निर्माण गरौँ ! 
मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद ! 
एकीकृत माओवादी पार्टीको निर्माण गरौँ ! 
पूर्व बाङ्लार सर्वहारा पार्टी : जिन्दावाद ! 

अकबर हुसेन
(प्रवक्ता)
इस्ट बेङ्गाल प्रोलेटरियन पार्टी (पुर्ब बङ्लार सर्वहारा पार्टी 
बेसिक स्ट्राटेजिक जोनल कमिटी (नर्थ) 

(स्रोत :http://www.redspark.nu/en/)
भिडियो फिचरview all