
माओवादी नेताहरूको हत्या विरुद्ध भोकहडताल

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को नेतृत्त्वमा रहेको केरला सरकार मोदीको केन्द्रीय सरकारप्रति भक्तिभाव देखाउंदै राज्यमा दमनकारी नीति लागू गरेर जनतालाई आतंकित पारिरहेको छ भनेर पत्रकार तथा बुद्धिजीवीहरूले सङ्घर्षका विविध कार्यक्रमहरूको घोषणा गरेका छन् । तमिलनाडु, केरला र कर्नाटकमा मुठभेडका नाममा गरिने हत्या लगायत वर्षौंदेखि मुद्दा नचलाई थुप्रै राजनीतिक बन्दीहरूलाई राखिने गरिएको कुरालाई लिएर मानवाधिकारी संस्थाहरूले विरोध जनाएका छन् l
यसैबीच भारतको दक्षिण राज्यका जेलहरूमा रहेका राजबन्दीहरूले १. मुठभेडका नाममा गरिने राजनीतिक बन्द गरियोस् २. हत्यामा संग्लन प्रहरीमाथि छानबिन गरी मुद्दा चलाइयोस् र ३. हाइ कोर्टका न्यायाधीशको नेत्रित्त्वमा न्यायिक छानबिन समिति गठन गरियोस् भनेर, जेलमा भोकहड्ताल आरम्भ गरेका छन् l
आज ९ डिसेम्बरदेखि आरम्भ हुने भोकहड्तालको पर्येक्षण मानवाधिकारवादी संस्थाहरूले गर्नेछन् l भोकहड्तालमा निम्न राजबन्दीहरूको अगुवाइ रहेको छ :
१. श्रीमती चन्द्रा र कला : महिला जेल ट्रिची
२. श्रीमती साइना : महिला जेल कोयम्बटुर
३. सुश्री रिना जोयस मेरी : महिला जेल भेलोर
४. महालिंगम विवेक, बलामुरुगन : केन्द्रीय जेल, मदुराई
५. रूपेश, वीरमणि , कानन, अनुप : केन्द्रीय जेल, कोयम्बटुर
६. सुन्दर्मुर्थी, पुझाल : केन्द्रीय जेल, चेन्नाई
७. रंजित : केन्द्रीय जेल तिरुनेवली
भिडियो फिचरview all