
भाकपा (माओवादी) जनसेना सप्ताह मनाउँदै

जनमुक्ति सेना सप्ताहका सन्दर्भमा माओवादीहरूले केही गर्न नपाउन् भनेर माओवादी आधारक्षेत्रहरू खासगरेर तेलङ्गना, आन्ध्र–उडिसा साथै छत्तीसगढ क्षेत्रमा राज्य सरकाहरूले विशेष कमान्डो फोर्सलाई एलर्टमा राख्नुका साथै हेलिकप्टरबाट गस्ती पनि गरिरहेको छ । यसैबीच राज्य सरकारहरूले कतिपय रेल्वे तथा बस सेवा सप्ताहभरिका लागि बन्द गराएका छन् ।
यसबीच तेलङ्गना, आन्ध्र–उडिसा, छत्तीसगढ क्षेत्रमा ‘अपरेस ग्रिन हन्ट’ बन्द गर, जनताका दुस्मन खबरदार, ‘पिपुल्स लिबरेसन गुरिल्ला आर्मी जिन्दाबाद आदि नारा लेखिएका हाते पोस्टरहरू व्यापक रूपमा टाँसिएका छन् । कतिपय ठाउँमा व्यापक जनताका बीच वैचारिक अन्तक्र्रिया तथा सांस्कृतिक कायक्रमका साथ जनस्ना सप्ताह मनाइको कुरा समाचारमा उल्लेख गरिएको छ ।
भिडियो फिचरview all