menu

ताजा समाचार

पोलिटब्युरो सदस्य कृष्णराज पौडेल सहित नेकपा (मशाल )का डेढ दर्जन बढी नेता कार्यकर्ता बागलुङको कुश्मिशेरा बाट पक्राउ

पाच दलीय  गठबन्धनको देउवा सरकारले पोलिटब्युरो सदस्य कृष्णराज पौडेल सहित नेकपा (मशाल )का डेढ दर्जन नेता कार्यकर्ताहरुलाइ गिरफ्तार गरेको छ । शान्तिपुर्ण रुपमा चुनाब बहिस्कारको आवहान गर्दै बाग्लुङ्गको कुश्मिशेरामा २०७९ कार्तिक २९ गते सभा गरिरहेका बेला प्रहरी प्रसासनले उनीहरूलाई गिरफ्तार गरेको छ ।
 
यसरी बागलुङमा पाचदलिय गठबन्धनको देउवा सरकारको गिरफ्तारिमा पर्ने नेकपा ( मशाल )का नेता कार्यकर्ताहरुमा पोलिटब्युरो सदस्य कृष्णराज पौडेल , अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देब बहादुर लामिछाने , नेकपा ( मशाल ) बागलुङका सचिब नारायण सापकोटा , प्रवक्ता रेशम गिरि , रक्तिम सास्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष दल बहादुर बिक , अखिल भारत नेपाली एकता समाजका युवा नेता सुर्य थापा , नेकपा ( मशाल ) कास्कीका प्रवक्ता बिक्रम थापा , युवा वाम नेताहरु सागर कुवर , आकाश गौतम , बिनोद बिष्ट र रमाकान्त शर्मा र नेकपा ( मशाल ) काठमाडौंका नेता यम प्रसाद शर्मा लगायत रहेका छन । गिरफ्तार सबैलाइ प्रहरी चौकी कुश्मिशेरामा राखिएको छ । 

नेकपा ( मशाल ) बागलुङको आयोजनामा २९ कार्तिकका दिन कुश्मिशेरा बजारमा बहिस्कार सभा चलिरहेको थियो । प्रवक्ता रेशम गिरिको सन्चालनमा अघि बढेको सो सभालाइ जिल्ला सचिब नारायण सापकोटा र कास्की जिल्ला प्रवक्ता बिक्रम थापाले सम्बोधन गरिसकेका थिए । सभाका मुख्य वक्ता पोलिटब्युरो सदस्य कृष्णराज पौडेलले सम्बोधन गरिरहेका बेला प्रहरिले एक्कासी हस्तक्षेप गरेको थियो । मशालका नेता कार्यकर्ता र प्रहरी बिच केहिबेर घम्साघम्सी परेको थियो । प्रहरिले मशालका नेता कार्यकर्ताका साथै माइक र पर्चा लगायतका प्रचार सामाग्रीहरु पनि जफत गरेको छ ।

 स्रोत : हाँक सप्ताहिक (Facebook) 





भिडियो फिचरview all