menu

ताजा समाचार

माओत्सेतुङ : फेरि चिङ्काङ्सान चढ्दा

( ‘फेरि चिङ्काङ्सान चढ्दा’ माओका  कविताहरूमध्ये सर्वाधिक चर्चित र लोकप्रिय कविता हो । ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को पूर्वसन्ध्यामा लेखिएको यो कविताको शीर्षकले एउटा चढाइ जनवादी क्रान्तिको समयको थियो र अबको ‘नयाँ चढाइ’  ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ हो भन्ने कुराको सङ्केत दिन्छ । क्रान्तिकारी आशावादले भरिएको यस कविताले सङ्घर्षको उदात्त पक्षलाई  औंल्याएको छ ।)

------------------------------------------------------------------------





फेरि चिङ्काङ्सान चढ्दा

आकाङ्क्षा थियो, धेरै दिनदेखि
बादललाई छुने
र  अहिले म फेरि चढ्दैछु चिङकाङ्सान ।
आफ्नो पुरानो किल्ला टेक्ने आकाङ्क्षाले
लामो यात्रा पार गरेर आएको छु,
फेरिएछन् पुराना दृश्यहरू
तिनका ठाउँमा
नयाँ दृश्यहरू देखिरहेको छु ।
चारैतिर पोथ्राहरूमा
हर्षविभोर भएर
ओरिवल चराहरू गाइरहेका छन्
झरनाहरू झरझर गरिरहेका छन्
र सडकहरू आकासतिर ठडिएका छन् ।
एकपल्ट ह्वाङ्याङचिहबाट अघि बढेपछि  
खतरा भन्ने चिज कतै केही देखिँदैन ।
हावाको सुइँसुइँले तरङ्गित पारेको छ  
झन्डा र तुलहरू फहराइरहेका छन्
जहाँ मान्छेहरूको बस्ती छ ।

थाहै नपाई बितेछन् अठतीस वर्षहरू
हामी नऔँ आकासको चन्द्रमालाई छुन सक्छौँ
र समात्न सक्छौँ कछुवाहरू
पाँच समुद्रको गहिराइमा :
विजयोल्लासले भरिएका गीत र खुसीका बीच
हामीहरू फर्किनेछौँ ।
यदि पहाड चढ्ने साहस गर्छौं भने
यो दुनियाँमा गाह्रो भन्ने चीज केही पनि छैन ।
000
मे १९६५
भिडियो फिचरview all