
भारतीय दूतावास अगाडि जनयुद्धको नारा

कोणसभापछि भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाउन खोज्दा प्रतिनिधि मण्डललाई भित्र प्रवेश गर्न दिइएन र राजदूतावासको प्रवेशद्वारामा समेत सो ज्ञापनपत्र टाँस्न दिइएन ।
राजदूतावासमा बुझाउन तयार पारिएको ज्ञापनपत्रमा भनिएको छ “उत्पीडित जनता होइन, साम्राज्यवाद र तिनका दलालहरू आतङ्ककारी हुन् ।” त्यसैगरी मोदी सरकार ‘अपरेसन ग्रिन हन्ट’ का नाममा बलात्कार र हत्या अभियान चलाइरहेको छ र बहुराष्ट्रिय कम्पनीको हितका लागि आदिवासी जनताको भूमि कब्जा गरिरहेको छ भनेर उक्त ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्रमा जनतामाथि लादिएको हत्या र दमन बन्द गर्न, जेलमा रहेका कमरेड अजिथ र कमरेड कोबाध गान्धी लगायतका बन्दीहरूको रिहाइको पनि माग गरिएको छ । ज्ञापनपत्रको अन्त्यमा भनिएको छ “राज्यआतङ्कले जनताको अधिकारका लागि बोल्ने आवाज बन्द गर्न सक्तैन, ऐक्यबद्धता कमिटी भारतीय क्रान्तिकारीहरूका पक्षमा निरन्तर समर्थन जाहेर गर्छ र हरेक कदममा ऐक्यबद्धता प्रकट गर्दछ ।”
भिडियो फिचरview all