menu

ताजा समाचार

मार्क्सवादी लेखक अनिल शर्मा 'विरही'लाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

अदालतले  अनिल शर्मा विरहीलाई  रिहा गर्न पटकपटक आदेश दिँदा पनि पक्राउ गरी विभिन्न किसिमका कपोल्कल्पित मुद्धा  लगाई हिरासतमा राखेकाले रिहाइका लागि परिवारका तर्फबाट सर्वोच्चमा परेको रिट निवेदनमाथि आज मङ्सिर १६ गतेको सर्वोच्च अदालतको संयुक्त इजलासले  ‘अदालतले रिाइको आदेश दिँदा पनि जसरी पनि हिरासतमा राख्ने उद्देश्यका साथ पटकपटक पक्राउ गरी हिरासतमा राखिएकाले सो कार्य कानुन बमोजिम  नदेखिँदा थुनामुक्त गर्न सम्बद्ध निकायलाई आदेश गरिएको  छ” भनेको छ ।  

 भ¥याङबाट लडेर घाइते भएका शर्मालाई  भरतपुर अस्पतालमा उपचारका क्रममा प्रहरीले २०७७–१–२३ मा पक्राउ गरेको थियो र जेठ १८ मा अदालतले साधारण तारेखमा रिहाइको आदेश गरेको थियो । तर अस्पतालमै निगरानी गरिरहेको प्रहरीले जबर्जस्ती डिस्चार्ज गराएर  धनुषामा लगेर विष्फोटक पदार्थ लगायत ज्यानमार्ने उद्योग गरेको भन्ने मुद्दा लगाएको थियो । धनुषा अदालतले रिहा गरेपछि अनेक मुद्दा लगाएर प्रहरीले भोजपुर, सङ्खुवासभा हुँदै अन्त्यमा मोरङको बेलबारीमा हिरासतमा राखेको थियो र  अहिले अदालतले कानुन बमोजिम नदेखिएको भन्दै बेलबारी हिरासतबाट थुनामुक्त गर्न आदेश दिएको हो । 
बिरहीका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोख्रेल , राजु अधिकारी र  खिमानन्द भण्डारीले बहस-पैरवी गर्नुभएको थियो l 

लेखक शर्मा  ढाडको विरामीका साथै महधुमेह, उच्च रक्तचाप, थाइराइड र मुटुका रोगी पनि हुन् । नियमित औषघी सेवन गर्नु शर्मालाई कतिपय हिरासतमा दुव्र्यवहार गरेको समाचार समेत प्रकाशमा आएको थियो । मार्क्सवादी लेखक—कवि, निबन्धकार र समीक्षकका रूपमा नेपाली साहित्यमा स्थापित अनिल शर्माको रिहाइका लागि मार्क्सवादी लेखकहरूका साथै बिभिन्न साहित्यिक-सांस्कृतिक मोर्चाहरूले आवाज उठाउँदै आएका छन् ।


अदालतले रिहा गर्ने आदेश जारी गरे पनि  अदालत परिसरबाटै पक्राउ गर्ने कार्य जारी रहेकाले अनिल शर्मालाई पुनः पक्राउ नगर्लान भन्न नसकिने हुँदा न्यायप्रेमी समुदायले यसको  खबरदारी गर्नु आवश्यक छ ।  
भिडियो फिचरview all