ताजा समाचार
माओवादी आन्दोलन र विप्लववादी अराजकता
डा. ऋषिराज बराल
कम्युनिस्ट आन्दोलनको लामो अनुभव भएकाहरूमा पनि माओवाद 'फोकोवाद' 'विप्लववाद' का बारेमा त्यति सारो ज्ञान नभएको कुरा उनीहरूका लेखाइ र बुझाइबाट थाहा हुन्छ । कम्युनिस्ट नाम जोडिएका तर, यसको आदर्शबाट धेरै पुगेकाहरूका लागि यी पदावलीको मतलब नहुनु अनौठो कुरा भएन, तर आफूलाई अब्बल दर्जाको क्रान्तिकारी भन्नेहरू पनि माओवाद 'फोकोवाद' र 'विप्लववाद' का बारेमा त्यति प्रस्ट भएको देखिएन ।
क्रान्तिकारी भनौँदा एक जनाले “सशस्त्र संशोधनवाद पनि हुन्छ” ? भनेर कतै लेखेको पढेको थिएँ । उनका भनाइमा हतियार उठाएर गरिने हरेक सङ्घर्ष र परिवर्तन क्रान्तिकारी हुन्छ भन्ने हुन्छ । सैन्य ‘कु’ पनि हतियारबद्ध हुन्छ । दक्षिणपन्थीहरूले पनि सशस्त्र सङ्घर्ष गर्छन् र त्यसै व्यवस्थामा सरकार परिवर्तन गर्छन् । ‘टुपाक अमारु’ को इतिहास पनि हामीसित छ । त्यसैले हतियारको कुरा गर्दैमा, सत्ता परिवर्तनको कुरा गर्दैमा कोही पनि क्रान्तिकारी हुँदैन । यहाँ सिद्धान्त, सङ्गठन, नेतृत्व र क्रान्तिको बाटो, सारमा माओले भन्नुभएको ‘क्रान्तिका तीन जादुगरी हतियार’ को प्रश्न प्रधान हुन्छ ।
वास्तवमा, माओवाद विश्वसर्वहारा क्रान्तिको सार्वभौम सिद्धान्त हो । माओका भनाइमा सामाजिक उत्पादनका दृष्टिले विप्लववाद लम्पट-सर्वहारा विचारधारा र निम्नपुँजीवादी विचारधाराको मेल हो । विप्लववाद अंग्रेजी प्युचिज्म (putschism) को नेपाली अनुवाद हो । त्यसै गरी 'फोकोवाद' रेजिस डेब्रेले अघिसारेको निम्न-पुँजीवादी प्रवृत्तिका केही ''वीरहरू" ले गर्ने 'विद्रोह' सम्बन्धी धारणा हो । यहाँ सङ्क्षिप्तरूपमा यिनका बारेमा प्रकाश पार्ने प्रयाश गरिएको छ ।
माओवाद
मार्क्सवाद-लेनिनवादका आधारभूत मान्यतालाई चिनियाँ विष्टितामा लागु गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै र समाजवादी निर्माण अभियानका क्रममा देखापरेका हरेक किसिमका विचलन र विसङ्गतिका विरुद्ध सङ्घर्ष गर्दै माओले मार्क्सवाद-लेनिनवादको रक्षा, विकास र समृद्धिमा पुर्याएको योगदानसित माओवाद सम्बद्ध छ । माओको मृत्युपछि विश्वभरिका मार्क्सवादी-लेनिनवादीहरूले माओले दर्शन, वैज्ञानिक समाजवाद, राजनीतिक अर्थशास्त्र, सैन्यविज्ञान, जनदिशा, 'महाविवाद' तथा निरन्तर क्रान्तिका रूपमा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिमार्फत मार्क्सवाद-लेनिनवाद र विश्वक्रान्तिमा पुर्याएको योगदानलाई चीनको विशिष्टतामा मात्र सीमित नगरी अहिलेको विश्वक्रान्तिको आम दिशाका रूपमा लिनुपर्छ, माओ विचारले मात्र पुग्दैन, माओवादका रूपमा यसलाई स्थापित र आत्मसात गर्नुपर्छ भनेर संश्लेषण गरे ।
माओवादका पक्षधरहरूले माओवाद मार्क्सवादको तेर्स्रो चरण, आजको मार्क्सवाद हो र अबको समयमा माओवादी नभैकन कोही आफूलाई मार्क्सवादी हुनुको दावी गर्न सक्तैन भन्ने निष्कर्ष निकाले । सबैभन्दा पहिले पेरू कम्युनिस्ट पार्टीका नेता कमरेड गोन्जालोले वैज्ञानिक व्याख्या गर्दै १९८३ मा मार्क्सवाद-लेनिनवाद-माओवादलाई पेरु क्रान्तिको पथप्रदर्शक सिद्धान्तका रूपमा दस्ताबेजीकरण गरे । पछि सन् १९९३ मा 'क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) ले माओवादलाई दस्ताबेजीकरण गर्यो । नेपालमा सबैभन्दा पहिले नेकपा (मशाल) ले माओवादलाई नेपाली क्रान्तिको पथप्रदशर्कक सिद्धान्तका रूपमा अङ्गीकार गरेको हो । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार (क्रान्तिकारी पार्टी, संयुक्त मोर्चा र जन सेना) र दीर्घकालीन जनयुद्ध माओवादी आन्दोलनका अभिन्न अङ्गहरू हुन् । कसैले आफूलाई क्रान्तिकारी भन्छ भने उसले माओवाद र क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्धता जनाएकै हुनुपर्छ ।
फोकोवाद
फोकोवाद स्पेनी शब्द फोकस (focus) सित सम्बद्ध छ । यसको अर्थ एकै ठाउँ झुरुम्म हुनु, गोलबद्ध हुनु हो । राजनीतिक तथा सैन्य क्षेत्रमा यसले विशेष अर्थ राख्छ । फोकोले खास उद्देश्यसित सम्बद्ध केही सीमीत व्यक्तिहरूको सङ्गठित जत्था अथवा डफ्फा भन्ने बुझाउँछ । फोकोवादलाई अर्नेस्ट चेग्वेवारा र स्पेनी बुद्धिजीवी रेजिस डेब्रेले आकार दिएका थिए । यो सिद्धान्तअनुसार कुनै पनि मुलुकमा विद्रोह आरम्भ गर्नका लागि वस्तुस्थिति परिपक्व बन्नुपर्दैन । केही समर्पित क्रान्तिकारीहरूको एउटा जत्था, सानै स्तरको भए पनि यसको आरम्भ गर्न सकिन्छ, यसले घुमन्तु प्रक्रियाद्वारा जतिबेला पनि, जहाँ पनि प्रहार गर्न सक्छ, जसले एउटा केन्द्र (फोको) को रूपमा काम गरेर अन्य छापामार दस्ताको विकास र युद्ध सञ्चालन गर्छ र चारैतिर अस्तव्यस्तता र आतङ्क उत्पन्न गरेर खास अवस्थामा पुगेपछि सत्ता कब्जा गर्न सक्षम हुन्छ । सानै स्तरको भए पनि एउटा सङ्गठित जत्थाले आफ्ना आक्रामक गतिविधि र व्यवहारद्वारा क्रान्तिकारी परिस्थितिको निर्माण गर्नसक्छ भन्ने कुरामा जोड दिनु नै फोकोवादी सिद्धान्त हो ।
फोकोवाद केही बहादुरहरूको सङ्गठित जत्थाले क्रान्तिसम्पन्न गर्नसक्छ भन्ने मान्यतामा आधारित छ । यसले बलिदानमा जोड दिन्छ र यसबाट नै नयाँ ऊर्जा प्राप्त गरेर अघि बढ्न सकिन्छ, भन्छ । यो मूलतः ''हान र भाग” मा आधारित हुन्छ । यसले संयुक्त मोर्चाको कुरा पनि गर्दैन । यसले समर्पित व्यक्तिहरूको एउटा सङ्ठित जत्था (फोको) को निर्मांण गरेपछि आम जनतासित मिसिनु र उनीहरूलाई आन्दोलनमा सहभागी गराउनु आवश्यक छैन र पर्दैन भन्छ । यसको जोड बढी सहरिया मध्यम तप्का र "नागरिक समाज" प्रति हुन्छ । यसले कार्यभन्दा "वार प्रोपोगन्डा" मा जोड दिन्छ । यो एक्लेबीर प्रवृत्तिमा रमाउँछ । यसै अर्थमा फोकोवादलाई आमजनताले होइन, छानिएका केही खासहरू(elitist) ले क्रान्ति गर्छन् भन्ने सिद्धान्तका रूपमा लिइन्छ ।
यथार्थतः फोको सिद्धान्त चे र डेब्रेका अनुभवहरूको आदर्शवादी सामान्यीकरणमा आाधारित छ । चेले ल्याटिन अमेरिकी समाज सहर र गाउँबीच कम भेद भएको समाज भएकाले त्यहाँ हुने क्रान्ति रूसी र चिनियाँ दुवै मोडलबाट भिन्न हुन्छ र आफूहरू लेनिन र माओको पछि नलाग्ने कुराको घोषणा गरे । फोकोवादले राज्यसत्ता सम्बन्धी लेनिन र माओले अघि सारेका मान्यताहरू दुवैको विरोध गर्छ । यसो गर्नुको कारण “आफूले ‘रिभोलुसन विदिन रिभोलुसन’ तयार पार्दा चेले यसो गर्न जोड दिएकाले हो”, भनेर डेब्रेले स्वीकारेका पनि छन् । आफ्ना शृङ्खलाबद्ध लेखहरूमा चेले क्युबाली अनुभवलाई ल्याटिन अमेरिकाभरि जस्ताकोतस्तै लागु गरिनुपर्ने जिकिर पनि गरे । उनले दृढसङ्कल्पित सशस्त्र लडाकुहरू ( ''फोकोहरू" ) का ससाना समूहहरू पहाडहरूमा लुक्दै सशस्त्र कारबाहीहरू प्रयोग गरेर विशिष्ट अवस्थामा सत्ताधारीहरूलाई ध्वस्त गर्न सक्छन् भन्ने तर्क गरे । वास्तवमा फोकोवादले सापेक्षित सजिलो र छिटै विजयको आशा देखाउने आकर्षण र एककिसिमको रोमान्टिक भाव र उन्मादको आवेगको उठान गर्छ । मान्छेहरूलाई के प्रशिक्षण दिइन्थ्यो भने : ''परिस्थिति भनेको खास केही होइन, क्रान्ति भनेको मूलतः इच्छाशक्ति र साहसको काम हो, जसले गर्दा उनीहरू क्रान्तिकारी अग्रदस्तायुक्त पार्टी गठन नगरिकनै वा ग्रामिण क्षेत्रमा कृषि क्रान्ति नगरिकनै जनअसन्तुष्टिको प्रतिनिधित्व गर्न र बन्न सक्छन् र यसैका आधारमा क्रान्ति सम्पन्न गर्नसक्छन् ।”
फोकोवादले माओवादले अघिसारेका जनसम्बन्ध (mass line) देखि जनयुद्धसित गाँसिएका विविध आयाश्यकता र मान्यतालाई बेवास्ता गर्छ । यसले नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई अनावश्यक मान्छ र सबै कुरा एउटा प्रतिबद्ध र सङ्गठित 'फोको' बाट सम्भव हुन्छ, भन्छ । यसले समाजका उत्पीडित वर्ग र समुदायको आन्दोलनभन्दा मध्यम वर्ग र ''नागरिक समाज" मा जोड दिन्छ । यसले हतियारको कुरा गर्छ र निरन्तर क्रान्तिको कुरा पनि गर्छ । तर यसले गरेको निरन्तर क्रान्तिको कुरा माओले 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' का समयमा उठाएको जस्तो होइन । त्यहाँ सर्वहारावर्गको अधिनायकत्वको कुरा थियो । फोकोवादले सर्वहारावर्गको अधिनायकत्वलाई स्वीकार गर्दैन ।
फोकोवादको 'निरन्तर क्रान्ति' एउटा शक्तिसित लडेर सत्ता साझेदारी गर्ने र फेरि अर्को शक्तिसित जुझ्ने र सत्ता साझेदारी गर्दै अघि बढ्दै अन्ततः एकल समाजवादमा पुग्ने मान्यतामा आधारित छ । यो शान्तिपूर्ण किसिमले गरिने भँडुवा विकासवादजस्तै, सशस्त्र भँडुवा विकासवादी चिन्तन हो । सारमा भन्नुपर्दा फोकोवाद निरन्तर क्रान्ति सशस्त्र वलद्वारा सत्ता साझेदारीका लागि निरन्तर रूपमा गरिने बार्गेनिङ-सङ्घर्ष हो । यसलाई कम्बाइन्ड रिभोलुसन (एकीकृत क्रान्ति) भन्नुको अर्थ पनि यही नै हो । यसरी फोकोवाद ‘वाम’ विचलनको नयाँ उदाहरणमा परिणत भयो । माओवादीहरूले यसलाई सशस्त्र संशोधनवाद (armed revisionism) को संज्ञा दिएका छन् । सन् १९८४ मा स्थापित माओवादीहरूको अन्तराष्ट्रिय सङ्गठन (रिम) ले फोकोवादबारे यस्तो निष्कर्ष छ :
“संशोधनवादी विचलनहरू विगतदेखि नै दुवै थरी ‘वाम’ र खुला दक्षिणपन्थका रूपमा सतहमा आएका छन् । खासगरेर आधुनिक संशोसनवादले विगतमा ’समाजवादमा शान्तिपूर्ण सङ्क्रमण’ को नाराको ढोल पिट्यो र यसलाई राष्ट्रिय मुक्ति सङ्घर्षमा लागु गर्न खोज्यो । साथसाथै यो खुला पुँजीवादी दक्षिणपन्थी संशोधनवाद अर्को किसिमको ‘वाम’ सशस्त्र संशोधनवादका रूपमा विकसित भयो, जसलाई क्युबाली क्रान्तिका नेता र अरूहरूले प्रवर्धन गरे । यस सिद्धान्तले हतियारलाई आम जनसम्बन्धबाट पृथक राख्छ र ‘समाजवादी’ आन्दोलनका लागि संयुक्त क्रान्तिकारी चरण ( combined revolutionary stages) को प्रचार गर्छ ।"
विप्लववाद
१९२९ को चिनियाँ क्रान्तिको असफलतालाई ध्यानमा राखेर माओले ' पार्टीभित्रका गलत विचारहरूलाई सुधार्ने सम्बन्धमा' शीर्षकमा दस्ताबेज तयार पार्नुभएको थियो । त्यसमा विविध प्रवृत्तिहरूको किटान गर्दै दक्षिणपन्थी विसर्जनवाद र ‘वामपन्थी’ विचलनका विरुद्ध सङ्घर्ष गनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभएको थियो । माओले पार्टीमा देखिएको सैन्यवाद, घुमन्तु विद्रोही प्रवृत्ति र विप्लववादका विरुद्ध कार्यकर्तालाई सचेत गराउनु भएको थियो ।
विप्लववाद पारिभाषिक पदावली हो र यससित वैचारिक तथा राजनीतिक पक्ष जोडिएको छ । यसलाई निम्न-पुँजीवादी प्रवृत्ति, गैरसर्वहारा चिन्तन र सैन्यवादका अवशेषका रूपमा व्याख्या गर्दै माओले भन्नुभएको छ :
“कतिपय कमरेडहरू आत्मगत तथा वस्तुगत स्थितिलाई बेवास्ता गर्छन्, उनीहरूलाई क्रान्तिकारी उत्ताउलोपनको रोगले गाँजेको हुन्छ । उनीहरू आम जनताको बीचमा मसिना तथा सानातिना काम गर्ने झन्झट उठाउँदैनन्, बरु दिग्भ्रमित भएर ठूलाठूला कामहरू मात्र गर्न चाहन्छन् । यो विप्लववादको अवशेष हो । ...सामाजिक उत्पत्तिको दृष्टिबाट हेर्ने हो विप्लववाद लम्पट-सर्वहारा विचारधारा र निम्न पुँजीवादी विचारधारको मेल हो ।”
यसलाई प्रस्ट पार्दै सो आलेखको टिप्पणीमा भनिएको छ :
“१९२७ मा क्रान्तिको पराजयपछि छोटो समयका लागि कम्युनिस्ट पार्टीभित्र “वामपन्थी” विप्लववादी प्रवृत्ति पैदा भयो । चिनियाँ क्रान्तिलाई “स्थायी क्रान्ति” र चीनको क्रान्तिकारी परिस्थितिलाई “स्थायी उभार” ठानेर विप्लववादी कमरेडहरूले व्यवस्थित ढङ्गबाट पछि हट्ने कुरालाई अस्वीकार गरे, र हुकुमी शैलीहरू अँगाले र थोरै सङ्ख्यामा पार्टी सदस्यहरू र सानो समुदायमाथि भर परेर उनीहरूले गलत रूपमा मुलुकभरि लगातार त्यस्ता स्थानीय विद्रोहहरू गराउने प्रयत्न गरे, जसको कुनै सम्भावना नै थिएन ।”
माओको भनाइमा विप्लववादको सम्बन्ध वस्तुस्थितिको सही व्याख्या नगरी मनोगत किसिमले सैन्यवादी प्रवृत्तिगत हुटहुटीका साथ गरिने कामकारवाहीहरूसित छ । यथार्थत: विप्लववाद आक्रोस, असफलता, निरासा र कुण्ठाजन्य मानसिकताको व्यावहारिक प्रतिबिम्बन हो । माओले भनेझैँ यो विचारभन्दा आर्थिक उत्प्रेरणाको पछि लाग्ने लम्पट सर्वहाराहरू र निम्नपुँजीवादी मानसिकताको उपज हो ।
त्यस्तै माओले ''घुमक्कड बिद्रोही डफ्फा " का बारेमा पनि चर्चा गर्नुभएको छ । ''घुमक्कड" बिद्रोही डफ्फा " का बारेमा उहाँले, मुख्य शक्तिहरूको विकास गर्नुको सट्टा ''मानिस भाडामा लिने र घोडा किन्ने" र ''भगुवाहरू भर्ति गर्ने र बागीहरूलाई सामेल गर्ने कार्यदिशाको अनुशरण गर्छन् ..जनतासित मिलेर कठोर सङ्घर्ष चलाउने धेर्यको कमी हुन्छ र उनीहरू खुब मोजमज्जा गर्नका लागि ठूलाठूला सहरहरूमा जान मात्र चाहन्छन्", भन्नुभएको छ ।
निष्कर्ष
आधारभूत विशेषता मिले पनि फोकोवाद तथा विप्लववाद हिजोकै रूपमा देखापर्दैनन् । देशकाल परिस्थितिअनुसार विभिन्न समय र विभिन्न देशमा फरकफरक चरित्रमा यिनीहरू देखा पर्ने गरेका छन् र र यसो हुनु स्वाभाविक पनि छ । आक्रोस, कुण्ठा, मनोगतता, अराजकता, सत्तालालसाको छटपटी, निम्न-पुँजीवादी हुटहुटी, चर्चा मोह र “वार प्रोपोगन्डा” यसका साझा विशेषता हुन् । अराजकता र अस्तव्यस्तता निर्माण गर्नु र जसरी हुन्छ सरकारमा पुग्नु विप्लववादको आधारभूत विशेषता हो । जेजस्तो रूपमा देखिए पनि यो दर्शन, विचारधारा र राजनीति सबै कोँणबाट मार्क्सवादी-लेनिनवादी-माओवादी मूल्यमान्यता भन्दा विपरीत छ ।
नेपाली समाज जुन किसिमको अकर्मण्यताबाट गुजिरहेको छ, यसले विप्लववादी तथा ''घुमक्कड" बिद्रोही" प्रवृत्तिको विकास गराउनु स्वाभाविक छ । वर्गीय आन्दोलन कमजोर भएपछि ''पहिचानवादी" आन्दोलनले टाउको उठाएझैँ अहिले नयाँ जनवादी क्रान्तिका सम्बन्धमा देखिएको व्यावहारिक अकर्मण्यताका कारण विप्लववादी प्रवृत्तिले टाउको उठाउनु स्वाभाविक छ । आफूलाई चर्चामा ल्याउन, आफूलाई शक्तिको रूपमा स्थापित गर्न यस्तो प्रवृत्ति बोकेका समूहहरूले अराजकतापूर्ण कामकारवाहीहरू गर्ने मात्र नभएर जनविरोधी शक्तिहरूसित समेत साँठगाँठ गर्न सक्ने सम्भावना रहन्छ । नेपाली राजनीतिमा यस किसिमको प्रवृत्तिका सङ्केतहरू देखा पर्नथालेको यथार्थलाई अस्वीकार गर्न सकिन्न । र यो निकै खतरनाक संकेत हो ।
क्रान्तिकारी राजनीतिको निश्चित योजनाबद्धता तथा शृंखलासित नजोडिएका फौजी गतिबिधिजस्ता लाग्ने उट्पट्याङ गतिविधिहरूको सारतत्व अराजकतावाद हो र अन्ततः यसले फाइदा पुर्याउने भनेको प्रतिक्रियावादी वर्ग र सत्तालाई नै हो । आज नेपालको माओवादी आन्दोलनले परम्परागत प्रतिक्रियावादीहरूका बिरुद्ध मात्र नभएर समाजवादको वकालत गर्दै नव-प्रतिक्रियावादको अभ्यास गर्ने शक्तिका साथै "वाम रूपमा अभिव्यक्त दक्षिणपन्थी प्रवृत्ति" का विरुद्ध पनि लड्नु परेको स्थिति छ ।
यो कुरा जति सत्य छ, घोषित दक्षिणपन्थी प्रवृत्ति भन्दा वाम खोलमा देखिने दक्षिणपन्थी प्रवृत्ति क्रान्तिका लागि बढी घातक हुन्छ भन्ने कुरा पनि त्यत्तिकै सत्य हो । मार्क्सवाद त्यागेर आफूलाई दलाल पुँजीवादी सत्ताको हकदार बनाइरहेकाहरू खुला छन् र उनीहरूसितको सङ्घर्ष आमनेसामनेको हुन्छ । तर, वाम खोलमा देखिने दक्षिणपन्थी प्रवृत्तिले क्रान्तिकारी हुनुको अनेक भ्रम दिइरहेको हुन्छ ।
०००

देशकाल परिस्थिति अनुसार कहिले कुन पक्ष र कहिले कुन पक्षसितको सङ्घर्ष प्रधान हुन सक्छ, तर यी दुवै प्रवृत्तिका विरुद्ध सङ्घर्ष नगरी नेपाली नयाँ जनवादी क्रान्ति अघि बढ्ने स्थिति छैन । यही नै अहिलेको खुला सत्य हो ।
डा. ऋषिराज बराल
०००
भिडियो फिचरview all