
बन्दी माओवादी नेता कमरेड अजिथको स्वास्थ्योपचारप्रति सरकारी व्यवहारको सर्वत्र निन्दा

कमरेड अजिथ नामले चर्चित कोन्नाथ मुरलिधरनलाई मुटुको उपचार गरिरहेको समयमा पुणेभन्दा ३० किलोमिटर परको टालेगाउँ धवादा भन्ने ठाउँबाट ८ मे, २०१५मा वहाँको सहयोगीका साथ गिरफतार गरेर ‘अनलफुल एक्टिभिटिज प्रिभेन्सन एक्ट’ अन्तर्गत जेलमा राखिएको छ । सन् २०१६ मा छातीमा पीडा भएर अस्पताल लगेपछि, वहाँलाई अहिलेसम्म अस्पताल लगिएको छैन । जेलमा उचित स्वास्थ्योपचार नगरिने, समयमा औषधी उपलब्ध नगराउने, बाहिर लगेर उपचार गर्न पनि नदिने भएपछि मानवअधिकारवादीहरू तथा परिवारका सदस्यले औषधी उपचारको व्यवस्था गर्न र जमानतमा रिहाइ गर्न याचिकासमेत दर्ता गरेको भए पनि जेलप्रशासन र सरकारले यसप्रति अलिकति चासो देखाएको छैन ।
वहाँको स्वास्थ्योपचार तथा रिहाइलाई लिएर बहुचर्चित बुद्धिजीवीहरू नोम चोम्स्कीलगायत, पार्थ चटर्जी, गायत्री स्पिवाक, जुडिथ बटलर जस्ता थुप्रै प्राध्यापक तथा विद्वानहरूले संयुक्त वक्तव्यमार्फत जेलप्रशासन तथा भारतीय सरकारमाथि दबाब दिएका छन् ।
कमरेड मुरलीधरन भाकपा (माले) नक्सलबारीका प्रमुख नेता तथा त्यसबेलाको ‘रिम’ कमिटी ‘कोरिम’ को सक्रिय सदस्यका साथै ‘कम्पोसा’ को पनि सक्रिय सदस्य हुनुहुन्थ्यो । वहाँ 'रिम' को प्रकाशन ‘ए वल्र्ड टु विन’ को हिन्दी तथा अङ्ग्रेजी संस्करणको सम्पादक टोलीमा पनि हुनुहुन्थ्यो । सन् २०१४ मा भाकपा (माओवादी) र भाकपा (माले) नक्सलबारीबीच पार्टी एकतापछि वहाँ भाकपा (माओवादी) को पोलिटब्युरो सदस्य हुनुका साथै प्रकाशनको क्षेत्रमा महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो । पार्टीभित्र बौद्धिक र अध्ययनशील नेताका रूपमा स्थापित र कमरडे अजिथको पुस्तक ‘ल्यान्ड, कास्ट एन्ड सर्विच्युड’ निकै महत्वपूर्ण पुस्तक हो । त्यस्तै क्रान्तिकारी पार्टी, अमेरिकका नेता बब अभाकियनको ''न्यु सिन्थेसिस' को चिरफार गरेर लेखिएको पुस्तक 'अगनेस्ट अभाकियानिज्म ' पनि असाध्यै चर्चित पुस्तक हो l
भिडियो फिचरview all