
बन्दका क्रममा माओवादी छापामारको एम्बुसमा परेर सब इन्सपेक्टरको मृत्यु, भाजपा नेताको घर ध्वस्त

यसैबीच आजको बन्दको सिलसिलामा माओवादी छापामारहरूले छत्तिसगढ राज्यको कङ्कड जिल्लाको टकोडीस्थित भारतीय जनता पार्टीका बिधायक उसेंडीको फर्महाउसलाई बमले उडाइदिएका छन् । माओवादीहरूलाई कसरी समाप्त पार्न सकिन्छ भन्दै छत्तिसगढका मुख्यमन्त्रीले कहिले विकासका नाममा र कहिले शान्तिका नाममा “विकास यात्रा” चलाएको र त्यसैक्रममा सो क्षेत्रको यात्रा तय गरिएको बेला सो विष्फोट भएको हो ।
आदिवासीका विरुद्ध आदिवासीको प्रयोग गर्ने र माओवादीहरू सिध्याउने उदेश्यका साथ् “बस्तरिया डिभिजन” बनाएका छत्तिसगढका मुख्यमन्त्री रमण सिंहले राज्यमा उल्टै जातीय द्वन्द्व बढाउने काम गरेको भनेर उनको आलोचना र निन्दा हुने गरेको छ ।
भिडियो फिचरview all