
भाकपा (माओवादी) द्वारा आज ६ वटा राज्य बन्दको घोषणा
मे १९ देखि २५ सम्म 'प्रतिरोध सप्ताह' मनाइरहेको सो पार्टीले बन्दको प्रचारका लागि पर्चा,पोस्टरका साथै ठाउँठाउँमा तुल पनि टाँगेको छ । विकासका नाममा विदेशी कम्पनीलाई मुलुकको प्राकृतिक स्रोत साधन जिम्मा लगाउने र वर्षौँदेखि बस्तै आएका आदिवासीहरूलाई मूल ठाउँबाट हटाउने सरकारी निर्णयको माओवादी पार्टीले विरोध गर्नुका साथै प्रतिरोध कार्यक्रम पनि गरिरहेको छ । आदिवासीहरूलाई माओवादी भन्दै धरपकड, हत्या र बलात्कार गर्ने कार्य पनि भइरहेको भन्दै माओवादीले जल, जमिन र जङ्गल आदिवासी जनताको अधिकारको कुरा हो र यसको पक्षमा सदैव लड्ने घोषणा पनि गरेको छ ।
भाकपा (माओवादी) ले २२/ २३ अप्रिलको घटना योजनाबद्ध किसिमले गरिएको नरसंहार हो र यसको उदेश्य जनतालाई आतंकित पारी सो क्षेत्रबाट विस्थापित गर्नु हो भनेको छ । माओवादी कार्यकर्तासहित ४० जना गाउँलेको हत्याको निन्दा गर्दै माओवादीले बदला लिएरै छाड्ने घोषणा पनि गरेको छ । यसै क्रममा यसै हप्ता छातिसगढ़को दन्तेवाडा जिल्लामा माओवादी छापामारले थापेको अम्बुस्मा परेर ७ जना दुस्मन फोर्सको मृत्यु हुनुको साथै एके -४७ लगायतको हतियार पनि काब्जा गरेका थिए ।
भिडियो फिचरview all