menu

ताजा समाचार

कमरेड इब्राहिम कायपाक्कायको सम्झनामा आठ माओवादी पार्टीहरूको संयुक्त वक्तव्य

कमरेड इब्राहिम कायपाक्काय टर्की कम्युनिस्ट पार्टी/मार्क्सवादी-लेनिनवादी (टिकेपी/एमएल) को संस्थापक हुनुहुन्छ ।  संशोधनवादीहरूसित सम्बन्ध विच्छेद गर्दै वहाँले मार्क्सवाद-लेनिनवाद र माओविचारधारालाई पार्टीको मार्ग निर्देशक सिद्धान्त अँगाल्नु भयो र दीर्घकालीन जनयुद्धको बाटोबाट नै टर्कीका जनताको मुक्ति सम्भव छ भनेर जनयुद्धको थालनी गर्नुभयो । यसै सन्दर्भमा दुस्मनको घेराबन्दीमा परेर मे १८, १९७३ मा वहाँले सहादत प्राप्त गर्नुभएको थियो  । २४ वर्षको उमेरमा सहादत प्राप्त गर्ने कमरेड कायपाक्काय ४५ औँ स्मृति दिवसका सन्दर्भमा युरोप तथा ल्याटिन अमेरिकाका ८ वटा माओवादी पार्टी तथा सङ्ठनहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।

यस्तो छ सो वक्तव्यको सारसंक्षेप:

“‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ का सर्वोत्कृष्ट अनुयायीमध्ये एकजना वहाँ पनि हुनुहुन्थ्यो । विश्व कम्युनिस्ट आनदोलनका दृष्टिले वहाँ ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को उपज हुनुहुन्थो भने टर्कीको विशिष्टतामा वहाँका केही मौलिक विचार पनि थिए ।

सन् ६० र ७० मा टर्कीमा समाजवादी क्रान्तिका लागि वर्गसङ्घर्ष तीव्र बनेको थियो । खास गरेर सन् १९६८को आन्दोलनले सिङ्गो युरोपलाई हल्लाएझैँ टर्की पनि अछुतो रहन सकेन । संशोधनवाद र रुसी सामाजिक साम्राज्यवादका विरुद्ध  माओको नेतृत्वमा चलेको ‘चिनियाँ महान् सर्वहारा क्रान्ति’ ले पारेको विश्वव्यापी प्रभावले विश्वका क्रान्तिकारीहरूलाई नयाँ किसिमले सोच्न बाध्य बनायो । वहाँ टर्की कम्युनिस्ट पार्टीभित्रको संशोधनवादी धारका विरुद्ध माओ विचारधारा र दिर्घकालीन जनयुद्धको झण्डाका साथ उभिनुभयो ।

कायपाक्काय सर्वहारा अन्तर्राष्ट्रियतावादी झण्डाका साथ अघि बढेर सामाजिक साम्राज्यवादका विरुद्ध उभिनुका साथै नयाँ जनवादी क्रान्ति र दीर्घकालीन जनयुद्धको बाटो नै टर्कीका जनताको मुक्तिको बाटो हो भन्ने निष्कर्षमा पुग्नुभयो र संशोधनवादीहरू विरुद्ध विद्रोह गरेर सन् १९७२ मा माओवादी पार्टीको निर्माण गर्नुभयो । संशोधनवादीहरूका विरुद्ध मात्र नभई निम्न पुँजीवादी फोकोवादी प्रवृत्तिका विरुद्ध पनि वहाँले वैचारिक सङ्घर्ष चलाउनु भयो ।

जनयुद्धको तयारी चलिरहेको क्रममा वहाँको हत्या गरिए पनि वहाँको वैचारिक  दिशाबोध टर्कीको क्रान्तिका लागि आज पनि उत्तिकै सान्दर्भिक छ । विचारका दृष्टिले वहाँले अहिले पनि नेतृत्व गरिरहनुभएको छ । वहाँको ४५ औँ स्मृति दिवसका सन्दर्भमा हामी साम्यवाद, क्रान्ति र सर्वहारा विचारधाराप्रति प्रतिबद्धताको सपथ खान्छौँ  । वहाँको सम्मान गर्दै वहाँले देखाएको बाटोमा दृढताका साथ अघि बढ्ने प्रण गछौँ । वहाँ मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको सच्चा अनुयायी हुनुहुन्छ ।”

निम्नलिखित नाराका साथ वक्तव्य टुङ्ग्याइएको छ ।

इब्राहिम कायपाक्काय : जिन्दावाद !
साम्राज्यवाद र प्रतिक्रियावादीहरू : मुर्दावाद !
मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र अध्यक्ष माओ जेदोङले देखाएको चम्किलो बाटो : जिन्दावाद !
अन्तर्राष्ट्रिय सर्वहारावाद :  जिन्दावाद !

यसरी वक्तव्य प्रकाशित गर्नेहरूमा निम्नलिखित पार्टी तथा समूहहरू रहेका छन् :

कम्युनिस्ट पार्टी अफ टर्की/ मार्क्सवादी/लेनिनवादी
कम्युनिस्ट पार्टी अफ ग्रिस ( मार्क्सवादी-लेनिनवादी)
कम्युनिस्ट पार्टी अफ ब्राजिल (रेड फ्याक्सन)
कमिटी रेड फ्ल्याग-एफआरजी
कमिटिज फर दि फाउन्डेसन अफ दि (माओइस्ट) कम्युनिस्ट पार्टी-अस्ट्रिया
माओइस्ट कम्युनिस्ट पार्टी (इटाली)
 माओइस्ट कम्युनिस्ट पाटी (फ्रान्स)
कमिटी फर बिल्डिङ दि माओइस्ट पार्टी, गालिसिया, स्पेनिस स्टेट


भिडियो फिचरview all