menu

ताजा समाचार

प्राविधिक विकास र कम्युनिस्ट आन्दोलन

रमेश शर्मा
आज विश्वमा भइरहेको विज्ञान र प्रविधिको विकासले मानवजीवन र प्रकृतिका विविध पक्षहलाई प्रभावित पार्दै गइरहेको छ । यो प्रभावको गति यति तीव्र छ कि यसलाई ठीकसँग र सन्तुलित र यथार्थपरक ढङ्गले बुझेर र ग्रहण गरेर अघि नबढ्ने हो भने मानिस समाज विकासको वैज्ञानिक पद्धतिबाट अलग्गिन पुग्नेछ । तसर्थ आज प्रत्येक चेतनशील व्यक्ति, खासगरी समाजलाई अत्यन्त मानवीय एवम् वैज्ञानिक प्रक्रिया अँगालेर विकास गर्दैलैजाने सोच भएका मार्क्सवादी चिन्तकहरू एवम् अग्रदस्ताहरूले बढी चनाखो भएर समयको गतिलाई बुझेर अघि बढ्नु अत्यन्त जरुरी छ । प्राविधिक विकासले हानेको फड्कोलाई आज भित्रभित्र प्रकारले व्याख्या गरिँदैछ । विभित्र तप्काका व्यक्ति एवम् समूहहरूले यसलाई राजनीतिक रङ्ग दिएर आफ्नो वर्गीय स्वार्थ पूरा गर्ने मनसायले प्रयोग गरिरहेको पाइएको छ । यस सम्बन्धमा वैज्ञानिक मार्क्सवादी दृष्टिकोण के हुनु पर्ने हो भत्रे कुराको निर्क्योल  हुनु जरुरी छ । नत्रभने आँखा नहुनेले हात्ती छामेर गरेको आफ्नो अनुकूलको व्याख्या ले नै मान्यता पाउने हो भने समाज विकासको क्रम विकृत हुन पुगी उल्टो प्रतिगमनको दिशामा जाने प्रवल सम्भावना रहन्छ । यसै विषयमा यहाँ छोटो चर्चा गरिन्छ ।

विज्ञान र प्रविधिको विकासले आज मानव जीवनका सवै पक्षहरू— आर्थिक, सामाजिक, सांस्कृतिक आदिलाई प्रभाव पारेको छ । अकल्पनीय ढङ्गले मानिसको जीवन सरल बन्दैगइरहेको छ । ज्ञानको दायरा फराकिलो हुनुका साथै ज्ञान आर्जनप्रक्रिया पनि अत्यन्त सरल हुनपुगेको छ । यसको प्रभाव सबैभन्दा बढी आर्थिक क्षेत्रमा देखिन्छ । तसर्थ यो लेखमा आर्थिक पक्षलाई बढी समेटिने छ ।

सरल उत्पादन पद्धति

विज्ञान र प्रविधिको उपयोग ठूला आधुनिक उद्योगहरूमा धेरै पहिलेदेखि नै हुँदैआएको हो । उद्योगधन्धामा अत्यन्त गरुङ्गा र अप्ठ्यारा कामहरू मेसिनको प्रयोगले सजिलै र द्रुत गतिमा हुँदैआएको हो । तर यो क्रम बढेर अब रोबोटको प्रयोगसम्म आइपुगेको छ । उद्योगहरूमा सामान्य श्रमिकले गर्ने कामको निम्ति रोबोटको प्रयोग हुने सम्भावना बढेको छ । यसबाट ठूलाठूला कलकारखानाहरूमा केही उच्चस्तरका दक्ष प्राविधिज्ञको सहयोगमा सयकडौंको सङ्ख्यामा मजदुरहरू रोबोटको उपयोगले विस्थापित भई बेरोजगार हुने सम्भावना छ । सूचना र संचारको क्षेत्रमा डिजिटल प्रविधिको विकासले गर्दा कम्प्युटर, इन्टरनेट आदिको प्रयोगले गर्दा ठूलो क्रान्ति नै आएको छ । लेख, रचना, पुस्तक, समाचार आदि पढ्नको निम्ति कयौं दिन, हप्ता, महिना कुरेर बस्नुपर्ने युगको अन्त्य भएको छ । केही मिनट वा घण्टाभित्र सबै सामग्रीहरू भाइरल बनेर विश्वव्यापीरूपमा प्रवाहित हुन्छन् । होटेल, यातायात, विमानस्थल आदिजस्ता सेवा उद्योगहरूलाई पनि नयाँ प्रविधिको प्रयोगले अत्यन्त सरल, सुलभ र सुरक्षित बनाएको छ ।

यतिमात्र नभई, नयाँ प्रविधिको उपयोगले गर्दा नभई नहुने तर सवैभन्दा हेय दृष्टिले हेरिने पेशाहरू— खेती-किसानी, पशुपालन, बागवानी आदिसमेत अब सजिलो र आकर्षक हुनपुगेको छ । खेत जोत्ने, बाली लगाउने, काट्ने, दाउनी गर्ने, ओसार्ने, थन्क्याउने, बिक्री गर्ने आदि सबै कामका लागि स्वचालित वा अर्ध-स्वचालित मेसिन उपलब्ध हुने हुनाले किसानहरू अब हलगोरुको व्यवस्थापन गर्ने कामबाट मुक्त भएका छन् । सामान्य प्राविधिक ज्ञान भएका सीमित व्यक्तिहरूको श्रम नै सबै काम सम्पत्र गर्न पर्याप्त भएको छ ।

पुँजी लगानीको प्रकृति

पुँजी लगानीको प्रकृति दुई प्रकारको हुन्छ— मूर्त लगानी र अमूर्त लगानी । सोहीअनुसार कम्पनी, उद्योग, व्यवसाय आदिको सम्पत्तिको वासलात पनि मूर्त सम्पत्ति र अमूर्त सम्पत्ति भनेर छुट्याइन्छ । मूर्त सम्पत्ति वा लगानी भत्राले कम्पनीको जमिन, भवन, मेसिनरी, कम्प््युटर, गाडी आदिलाई जनाउँदछ भने अमूर्त सम्पत्ति भत्राले अभौतिक प्रकारका वस्तुहरू जस्तै, पेटेन्ट राइट, कपिराइट, ट्रेडमार्क, गुडवील, इन्टरनेट, लाइसेन्स, सफ्टवेयर, अनुसन्धान र विकास, विज्ञापन आदिलाई जनाउँछ । पहिलेपहिले उद्योग–व्यवसायको सम्पत्ति मूल्याङ्कनमा मूर्त सम्पत्ति मात्र समावेस गरिन्थ्यो । अमूर्त सम्पत्ति नगन्य मात्रामा हुने गर्दथ्यो । तर एक्काइसौँ शताव्दीको सुरुआतसँगै विकसित देशका कम्पनीहरूले आफूले गर्ने लगानीमा ठूलो फेरबदल ल्याए । उनीहरूले अमूर्त सम्पत्तिलाई पनि कम्पनीको मूल्याङ्कनमा राख्नथाले र मूर्त भन्दा अमूर्त सम्पत्तिको मात्रा बढी हुनथाल्यो । एक अध्ययनअनुसार विभित्र देशमा अमूर्त सम्पत्तिको मात्रा निम्नानुसार रहेको छ :

स्विजरल्याण्ड ५७ % , संयुक्तराज्य अमेरिका५५ % , फ्रान्स ५० % , मेक्सिको ४९ %,  नेदरल्याण्ड्स४९ %, चीन ४९ %, बेलायत ४७ %, जर्मनी ४३ %, दक्षिण अफ्रिका  ४३ %, फिनल्याण्ड४२ %  श्रोतः Gift रिपोर्ट, २००९, पृ.७।

यसप्रकार स्विजरल्याण्ड र संयुक्तराज्य अमेरिका बढी अमूर्त सम्पत्ति भएका मुलुकहरूमा क्रमशः पहिलो र दोश्रो स्थानमा छन् ।
फोर्बस नामको संचार संस्थाले सन् २०१८ मा गरेको विश्वका धनाढ्य व्यक्तिहरूको श्रेणी विभाजनअनुसार अरबौँ डलर निजी सम्पत्तिका मालिकहरूमध्ये संयुक्तराज्य अमेरिकाका एमेजोन कम्पनीका मालिक जेफ बेजोस पहिलो धनाढ््य व्यक्ति भएका छन् । जसको सम्पत्ति ११२ अरब अमेरिकी डलर छ । त्यस्तै दोश्रो घनाढ्यमा संयुक्तराज्य अमेरिकाकै माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स भएका छन्, जो यसअघि पहिलो नम्बरमा थिए । उनको सम्पत्तिको मूल्य ९० अरब अमेरिकी डलर बराबर छ । अमेरिकाकै फेसबुक कम्पनीका मालिक मार्क जुकरबर्ग ७१ अरब अमेरिकी डलरसहित पाँचौं स्थानमा परेका छन् ।

अब केही ठूला कम्पनीहरुको श्रेणी र तिनका अमूर्त सम्पत्तिको विवरण तलको तालिकामा प्रस्तुत गरिन्छः

 (बिलियन अमेरिकी डलर)    कूल सम्पत्तिको   प्रतिशत
१.एप्पल    कम्प्युटर    ४५५    ६२ %, २. माइक्रोसफ्ट    सफ्टवेयर ४४२    ८८ % , ३. एमेजन इन्टरनेट    ४१० ९५ % , ४. अल्फाबेट इन्टरनेट ३७८ ६५ %, ५. एटि एण्ड टी दूरसंचार३४७ ९५ %,  ६. फेसबुक    इन्टरनेट ३४४    ८४ %  श्रोतः  Gift रिपोर्ट, २०१७, पृ.४२।

यो तालिकाले देखाएअनुसार आज विश्वका सबैभन्दा माथिल्लो श्रेणीका कम्पनीहरू कम्प्युटर, सफ्टवेयर, इन्टरनेट, दूरसञ्चार आदिसँग सम्बन्धित छन् । जसको लगानी तथा सम्पत्तिको मूल्य मूर्त कुराहरूमा नगण्य मात्रामा छ । तर अमूर्त क्षेत्रमा कूल सम्पत्तिको ९५% सम्म हुनआएको देखिन्छ ।

यिनै सब तथ्याङ्कहरूलाई मध्यनजर गरेर बेलायतमा इम्पेरियल कलेजका अध्यापक जनाथन हस्केल र नेस्टाका स्टिआन पेस्टलेकले सन् २०१७ मा Capitalism Without Capital- the rise of the intangible economy नामको एउटा पुस्तक प्रकाशनमा ल्याएका छन् । जसमा उनीहरूले एक्काइसौं शताब्दीमा उद्योगहरूले मूर्त भन्दा अमूर्त लगानीको मात्रा बढाउँदैलगेको कुरा देखाएका छन् । यसलाई उनीहरूले “पुँजीबिनाको पुँजीवाद” को संज्ञा दिएका छन् । करिब एक दशक लामो अनुसन्धानबाट उनीहरू के निष्कर्षमा पुग्दछन् भने अमूर्त लगानी अर्थात् कम्पनीको अनुसन्धान र विकासमा गरिने ठूलो मात्राको लगानी क्रमशः अब केही ठूला कम्पनीहरूमा सीमित हुँदैछ । साना कम्पनीले केही मात्रामा अमूर्त लगानी बढाए पनि उनीहरू त्यति ठूलो परिमाणको पुँजी अमूर्त लगानीमा लगाउन सक्दैनन् । पेटेन्ट राइटको माध्यमबाट यसको फाइदा पनि तिनै ठूला कम्पनीहरूले हाँसिल गर्दछन् । यसले गर्दा पुँजीपतिहरूको बीचमा नै आर्थिक असमानताको खाडल ठूलो हुँदैगएको छ । नयाँनयाँ आविष्कारहरू सामान्य व्यवसायीहरूको पहुँचभन्दा बाहिर हुनपुगेकाले गर्दा यसको उपलव्धि पनि आम सर्वसाधारणको बीचमा विस्तार हुन सकेको छैन र यसको उत्पादनशीलता पनि घट्दैगएको छ । यो क्रमले विश्वलाई विस्तारै आर्थिक मन्दीको दिशामा लैजाने प्रवल सम्भावना छ ।

वस्तुस्थितिको प्रगतिवादी मूल्याङ्कन

बर्तमान अवस्थामा अमूर्त लगानी बढ्यो भनेर लगानीको स्वरूपमा जुन परिवर्तन आएको कुरा देखाइएको छ, त्यो माक्र्सवादी अवधारणासँग मेल खाँदैन । किनभने त्यहाँ मानसिक श्रममा गरिने लगानीलाई अमूर्त भनेर परम्परागत पुँजी लगानीभन्दा भित्र देखाउन खोजिएको छ । वास्तवमा यो भौतिक र अभौतिक कुरासँग मात्र सम्बन्धित छ । उत्पादन प्रणाली, सामाजिक सम्बन्ध आदि कुरासँग यसको खासै सम्बन्ध छैन । मार्क्सवादी दृष्टिले हेर्ने भनेको, मूर्त होस् वा अमूर्त, उत्पादनका साधनहरू माथिको स्वामित्व कसको नियन्त्रणमा छ र शारीरिक होस् वा मानसिक, श्रमिकहरूको ज्याला र उत्पादन मूल्यबीचको सम्बन्धमा हुने शोषण छ, छैन भत्रे कुरासँग सम्बन्धित छ । पुँजीवादी उत्पादन प्रणालीमा हुने शोषणको स्वरूपमा शारीरिक वा मानसिक श्रमबीचको फरकले खासै महत्व राख्दैन । त्यसैले मानसिक श्रम बढी भयो भन्दैमा ‘पुँजी बिनाको पुँजीवाद’ भत्रु उपयुक्त छैन ।

मानसिक श्रमबाट ज्ञान प्राप्त हुन्छ, जुन वैज्ञानिक दृष्टिले हेर्दा शारीरिक श्रमभन्दा खासै फरक छैन । दुवै अवस्थामा मानव ऊर्जा कै उपयोग भएको हुन्छ । भनिन्छ, मानव मस्तिष्कले शरीरले खानपानबाट पाएको ऊर्जाको २०% भाग उपयोग गरिदिन्छ । यसबाट बृद्धि भएको ज्ञानले नै मानिसको स्नायु प्रणालीमा भौतिक परिवर्तन ल्याउँछ । यसैबाट मानसिक कार्यको भौतिक स्वरूपलाई बुझ्न सकिन्छ । शारीरिक होस् वा मानसिक, उत्पादनशील श्रमले नै वस्तुको उपयोग मूल्यलाई विनिमय मूल्यमा रूपान्तरित गर्छ । मानसिक श्रमले ज्ञानको उपयोग मूल्यलाई ज्ञानको विनिमय मूल्यमा रूपान्तरित गर्छ भने शारीरिक श्रमले वस्तुगतरूपमा नै विनिमय मूल्यमा रूपान्तरित गरेको हुन्छ । अन्ततोगत्वा ती दुवै भौतिक नै हुन पुग्दछन् ।

अहिलेको समयमा बौद्धिक व्यक्तिहरूको सामूहिक प्रयत्नबाट नयाँनयाँ अनुसन्धान र आविष्कार हुनेगरेको छ । पुँजीपतिहरूले आफ्नो पुँजीको उपयोगबाट ती खोजहरूमा नियन्त्रण कायम गर्छन्, जसबाट अनुसन्धानमा संलग्न केही व्यक्तिहरू त पुँजीपतिबाट लाभान्वित हुन पुग्दछन्, तर आम जनताको निम्ति त्यसको प्रतिफल सर्वसुलभ हुन सक्दैन । किनकि पुँजीवादीहरूले बनाएको पेटेन्ट अधिकार, कपिराइट, बौद्धिक सम्पत्ति अधिकार, प्रतिलिपि अधिकार आदिजस्ता कानुनको प्रयोगबाट उक्त नयाँ आविष्कारको उपयोग पँुजीपतिहरूले आफ्नो नियन्त्रणमा लिन्छन् र आफ्नो स्वार्थअनुकूल प्रयोगमा ल्याउँछन् । परिणामस्वरूप नयाँ प्रविधिको विकासले उत्पादनमा ठूलो परिमाणमा वृद्धि ल्याउन सक्दा पनि त्यसको प्रतिफल पुँजीपतिहरूको नियन्त्रणमा भइदिनाले सामान्य जनताले अपेक्षित लाभ पाउँन सकेका छैनन् ।

 यसप्रकारको बौद्धिक  सम्पत्तिमाथिको अधिकारसम्बन्धी कानुनको पक्षमा मार्क्सवादीहरू हुँदैनन् । नयाँ आविष्कार सर्वसुलभ हुन सके मात्र त्यो मानव कल्याणकारी हुन्छ, अन्यथा त्यो सम्पत्ति केन्द्रीकरणको साधन मात्र हुनपुग्दछ । उदाहरणको निम्ति आज कृषि उत्पादन बढाउन भइरहेको अध्ययन, अनुसन्धान र आविष्कारलाई सर्वसुलभ बनाइदिने हो भने खाद्यात्रको उत्पादन यति प्रचुर मात्रामा हुनेछ कि विश्वमा खान नपाउने मान्छे कोही रहने छैन । तर यसको बीउ–बिजन लगायतका पक्रियागत कुरामा पुँजीपतिहरूले बन्देज लगाइदिएको हुनाले यसको उपयोग नाफा कमाउने उद्देश्य पूर्तिको निम्ति मात्र भइरहेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धान रोग नियन्त्रण गरेर रोग लाग्न नदिने भन्दा पनि रोगीको उपचार गर्दै जाने र नाफा कमाउँदै जाने प्रक्रियामा लागेको देखिन्छ ।

हस्केल र वेस्टलेकले लगानीको पकृति मूर्तभन्दा अमूर्त बढी हुँदैगएकोले गर्दा आधुनिक पुँजीवादको प्रकृति पनि फेरिएको कुरा गरेका छन् । एउटा कुरा त के सत्य प्रमाणित भएको छ भने पुँजीवादी अर्थशास्त्रीहरूले वकालत गर्नेगरेका उत्पादनमा अर्थात् आर्थिक क्रियाकलापहरूमा बजार अर्थतन्त्रको भूमिका निर्णायक हुन्छ, उपभोक्ताको रुचि सर्वोच्च हुन्छ भत्रे जस्ता कुराहरू अब बकवास भएका छन् । किनकि वस्तुको उत्पादन, बजारको व्यवस्थापन लगायतका विषयमा अब पुँजीपतिहरूको पूर्ण नियन्त्रण कायम भएको छ । उपभोक्ताको सर्वोच्चता भत्रे कुरा अब नारा मात्र रहनगएको छ । समग्रमा भत्रे हो भने अमूर्त लगानीमा आएको वृद्धिले गर्दा उत्पादनमा पुँजीपतिहरूको नियन्त्रण बढी बलियो भएको छ । यसले अतिरिक्त मूल्यको आर्जनको मात्रा पनि बढाउँदै लगेको छ । तर उत्पादन प्रणाली अहिले पनि यथावत छ । उत्पादक शक्ति र उत्पादनका साधनहरू बीचको अन्तर्विरोधपूर्ण उत्पादन सम्बन्ध उही पुरानै छ । पहिले आधुनिक मेसिनको प्रयोगमा हुने होडबाजी अहिले नयाँनयाँ सफ्टवेयरको विकास गर्ने तर्फ उन्मुख छ । मार्क्सले भत्रे गरेको, “एकाधिकारले प्रतिस्पर्धा जन्माउँदछ र प्रतिस्पर्धाले एकाधिकार जन्माउँदछ” भत्रे कुरा अद्यावधि कायम छ । त्यसैगरी ठूला स्तरमा हुने अमूर्त लगानीहरू बढ्दो छ । तर विश्वव्यापी स्तरमा हेर्ने हो भने कूल लगानीको मात्रा र यसको उत्पादनशीलता र मुनाफा घट्दो छ । किनकि साना व्यवसायीहरू लगानी बढाउन नसकी पीडित अवस्थामा छन् । मार्क्सले भत्रे गरेको मुनाफा घट्ने नियम झन् बढी घनिभूत हुँदैगएको छ । ठूला कम्पनीहरूमा बढ्दैगइरहेको अमूर्त लगानीले पुँजीको केन्द्रीकरण र यसको बढ्दो सङ्केन्द्रणलाई देखाउँछ । त्यसर्थ  मार्क्सवादीहरूले “पुँजी बिनाको पुँजीवाद” भन्नेहरूलाई त्यसको सट्टा “पुँजीवादबिनाको पुँजी” भन्ने नारालाई अघि सार्नु जरुरी भएको छ ।

निष्कर्ष

आज विश्वमा विज्ञान र प्रविधिमा आएको विकासको फड्कोले कम्युनिस्ट आन्दोलनलाई झनभन्दा झन अपरिहार्यरूपमा आवश्यक बनाउँदैलगेको छ । मार्क्सवाद दिनानुदिन निखारिँदै गएको छ । उत्पादनका साधनहरू र उत्पादक शक्ति यति विकसित र उत्पादनशील छन् कि तिनको उपयोग आम जनताको दैनिक आवश्यकताको परिपूर्तिको निम्ति गर्ने हो भने पृथ्वीमा कुनै पनि मानिस खान नपाएर भोको बस्नु पर्ने र लुगा लगाउन नपाएर नाङ्गो बस्नु पर्ने अवस्था आउँदैन । वस्तुगत परिस्थितिलाई विश्वस्तरमा उभिएर हेर्ने हो भने यो अवस्था मार्क्सले परिकल्पना गरेको साम्यवादी समाजको स्थापनाको अनुकूल भइसकेको छ । जहाँ मानिस आफ्नो दैनिक आवश्यकता परिपूर्तिको निम्ति न्यूनतम समय खर्च गरेर अधिकाँश समय मानव समाजलाई अझ बढी सभ्य, सुसंस्कृत र समुन्नत बनाउँदैलैजाने सृजनात्मक गतिविधिमा संलग्न हुन सक्छन् । तर यसको निम्ति उत्पादन सम्बन्ध तगारोको रूपमा अगाडि आएको छ । विकसित उत्पादक शक्तिले समाज विकासको लागि गुणात्मक फड्कोको माग गरिरहेको छ । तर उत्पादनका साधनमा पुँजीवादी स्वामित्व प्रणाली बाधक बनेर खडा छ । तसर्थ आजको आवश्यकता भनेको यो पुँजीवादी उत्पादन सम्बन्धलाई भत्काएर समाजवादी उत्पादन सम्बन्ध कायम गर्नु हो । जसले साम्यवादतर्फको यात्रालाई अत्यन्त निकट ल्याउने सम्भावना छ । तर यो प्रतिगामी उत्पादन सम्बन्धलाई भत्काउनु भनेको कुनै संसदीय चुनावी प्रक्रियाको क्षेत्र र क्षमताभन्दा बाहिरको कुरा हो । किनभने आज विश्वभरिको ९०% भन्दा बढी साधनश्रोतहरू मुठ्ठीभर पुँजीपतिहरूको नियन्त्रणमा छन् ।

 विभित्र देशहरूमा भएका राजनीतिक व्यवस्थाहरू हात्तीको देखाउने दाँत मात्र हुन् । यो त न्यून राजनीतिक चेतना भएका मानिसहरूलाई अलमल्याउने खेल मात्र हो । साधनश्रोत माथिको यो पकड गुम्न नदिन र अझ बलियो पार्दै लैजान साम्राज्यवादीहरू जस्तोसुकै घृणित र अमानवीय काम गर्न तयार छन् भत्रे कुरा अफगानिस्तान, इराक, सिरिया, यमन आदि देशहरूमा भइरहेको नरसंहारले स्पष्ट पारिसकेको छ । यो कठिन तर, महान कार्य सम्पत्र गर्नको निम्ति मार्क्सवादको आधारभूत प्रस्थापना “बल प्रयोगको भूमिका” को कुनै विकल्प छैन । यो भूमिका विकसित देशहरूमा सीधै साम्राज्यवादी बहुराष्ट्रिय कम्पनी र वित्तीय पुँजीका नियन्त्रकहरूको विरुद्ध लक्षित हुन्छ र समाजवादी व्यवस्थाको स्थापना हुन्छ भने नेपालजस्तो भारतीय प्रभावमा रहेको नव-औपनिवेशिक देशमा साम्राज्यवादका एजेन्टहरू विरुद्ध लक्षित हुन्छ । यसले साम्राज्यवादी र तिनका दलालबीचको कडी टुटाएर नयाँ जनवादी व्यवस्थाको स्थापना गर्दछ ।

यसप्रकार विज्ञान र प्रविधिको विकासले कम्युनिस्ट आन्दोलनलाई साम्यवादको निकट पुर्याउन  खेलेको भूमिकालाई लुकाउने असफल प्रयास गर्दै साम्राज्यवादी चिन्तन बोकेका बुद्धिजीवीहरूले यसलाई राजनीतिक रङ्ग दिएर मार्क्सवादको विरोधमा उपयोग गर्न खोज्दैछन् । उनीहरू यसलाई पुँजीबिनाको पुँजीवाद आयो भनेर मार्क्सवादलाई अर्थहीन बनाउन खोज्दैछन् । अर्कोतर्फ कम्युनिस्ट आन्दोलनबाट थाकेर पलायन भई साम्राज्यवादी र विस्तारवादीहरूको सेवामा समर्पित भएका नामधारी कम्युनिस्टहरू प्रविधिमा आएको विकासले मार्क्स, लेनिन र माओद्वारा स्थापित आधारभूत मान्यताहरूका विरुद्ध विष बमन गर्दै नयाँ बाटोको खोजी गर्ने कुरा गर्दछन् । ती पलायनवादीहरूको नयाँ बाटो भनेको आखिर अरू केही नभई पुरानै संसदीय दलदलमा भासिएर बुर्जुवा गणतन्त्रको फेरो समातेर जनतामाथिको दमन र लूटतन्त्रमा सहभागी भई सीमित नेतृत्वमण्डलीको वर्गउत्थानमा लाग्नु मात्र हो ।

तसर्थ, आजको आवश्यकता भनेको कम्युनिस्ट आन्दोलनभित्र लुकेर वा खुलारूपमा रहेका सबै प्रकारका गद्दार, दलाल र आत्मसमर्पणवादीहरूले फैलाउन खोजेको भ्रमबाट मुक्त भई नेपालमा जनयुद्धकालीन त्याग र बलिदानको उच्च आदर्शलाई स्मरण गर्नु हो । मानव मात्रको मुक्तिको महान् कार्यको लागि पुँजीवादी उत्पादन सम्बन्धलाई भत्काएर समाजवादी उत्पादन सम्बन्ध कायम गर्ने दिशामा आआफ्नो ठाउँबाट योगदान पुर्याउँदै जानु आज मार्क्सवादमा विश्वास गर्छु भत्रे प्रत्येक व्यक्तिको दायित्व हो ।

चैत २०७४
भिडियो फिचरview all