ताजा समाचार
कमरेड किरणबाट गल्ती-कमजोरी स्वीकार
(दसबर्से महान् जनयुद्ध त्याग, बलिदान, समपर्ण र क्रान्तिचेतको सौर्यगाथा थियो । यो नेपाली जनताको मुक्ति अभियानको महान् गाथा थियो, जुन नेतृत्व तहमा रहेका प्रचण्ड-बाबुराम त्यसमा पनि मूल नेतृत्वमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ का गद्दारीका कारण बीचैमा दुर्घटित भयो । यस किसिमको स्थिति एकैचोटि र आकस्मिक किसिमले उत्पन्न भएको थिएन । खास गरेर नेकपा (माओवादी) को दोस्रो सम्मेलनदेखि विचलनका स्वरूप र प्रवृत्तिहरू देखापरेका थिए र चुनवाङ बैठक र कथित शान्ति प्रक्रिया हुँदै जनमुक्ति सेना विघटनमा पुगेर यसको एउटा अध्याय समाप्त भएको थियो । यस विषयमा ‘जनमेल’ ले बारम्बार विगतमा कहाँकहाँ के-के कमजोरी भएर क-कसबाट भए र क्रान्तिकारी भनिएका कमरेडहरूबाट पनि किन खबरदारी हुन सकेन भनेर प्रश्न उठाउँदै आएको थियो र भर्खरै पनि कमरेड ऋषिराज बराललले 'जनमेल मार्फत 'नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६९ वर्ष : वैचारिक अभिरेखाङ्कन' शीर्षक लेखमा यो प्रश्न उठाउनुभएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध बुद्धिजीवीहरूको पहल र सोही पार्टीका पूर्व सल्लाहकार समितिका सचिव कमरेड दीर्घ पाण्डेसहितको सम्पादनमा प्रकाशित पत्रिका वर्गबोधमा कमरेड मोहन बैद्यको ‘महान् जनयुद्ध : एक सङ्क्षिप्त चर्चा’ शीर्षकमा एउटा आलेख प्रकाशित भएको छ । छोटो भए पनि यो आलेखमा निकै महत्वपूर्ण अभिमतहरू प्रकट भएका छन् । विगतमा कहाँ र के-कस्ता गल्ती र कमजोरीहरू भए भनेर जसरी व्यक्त गर्ने काम भएको छ, यो सराहनीय छ । यो अझै सन्दर्भसहित थप व्याख्यामा आउनु आवश्यक छ भन्ने ‘जनमेल’ को बुझाइ छ । यहाँ सम्बद्ध सन्दर्भलाई प्रस्तुत गरिएको छ ।)
.................................................................................................................................................
गम्भीर विचलन र विश्वासघात
जनयुद्धको एउटा कालखण्डमा मूल नेतृत्वद्वारा सकारात्मक भूमिका खेलिए पनि अर्को कालखण्डमा त्यसमा विभिन्न प्रकारका गलत चिन्तन तथा प्रवृत्ति पैदा हुँदैगए । अन्ततः ती मध्यमार्गको रूप धारण गर्दै गम्भीर दक्षिणपन्थी अवसरवादमा परिणत भए । ती सबैको पराकाष्ठा कम्युनिस्ट पार्टी, क्रान्ति र जनयुद्धप्रतिको गम्भीर विश्वासघातमा प्रकट भयो । यस सन्दर्भमा उल्लेख गर्नुपर्ने मूल विषय यी हुन् :
पहिलो : विचारधारात्मक क्षेत्र । विचारधारात्मक क्षेत्रमा निम्न पुँजीवाद अत्यन्तै घातक मनोवृत्ति हो । यस मनोवृत्तिको दोहोरो विशेषता हुन्छ । यो प्रवृत्ति एउटा निश्चित कालखण्डमा क्रान्तिकारी रूपमा प्रकट हुने गर्दछ भने क्रान्तिले सटिक तथा कठिन मोड लिएको अर्को कालखण्डमा अवसरवादी रूपमा देखा पर्ने गर्दछ । निम्न पुँजीवादी मनोवृत्तिले ग्रसित मानिसहरूमा चरम व्यक्तिगत महत्वाकांक्षा, अस्थिरता, अधैर्य, ढुलमुलपन आदि पाइन्छ । नेतृत्वको सर्वोच्च ओहदामा पुगेका मानिसहरूमा यसप्रकारका प्रवृत्ति पैदा भए भने तिनको परिणाम अत्यन्तै नकारात्मक तथा घातक बन्न पुग्दछ । आखिर त्यही नै भयो । मूल नेतृत्वले विसर्जनवाद र आत्मसमर्पणवादको बाटो पक्ड्यो । यसै क्रममा अनेकौं आवरण खडा गरी अवतरणका लागि आधार तयार पार्ने काम गरियो । संविधान सभा, जनयुद्ध र जनविद्रोहको फ्युजन, एक्काइसौं शताब्दीको जनवाद आदि यिनै आवरणका केही प्रमुख रूप थिए ।
दोस्रो : राजनीतिक कार्यदिशाको क्षेत्र । राजनीतिक कार्यदिशाको क्षेत्रमा नयाँ जनवादको विरोध र विकल्पमा लोकतान्त्रिक गणतन्त्रको नारा पारित गरियो । यो गम्भीर प्रकारको दक्षिणपन्थी संशोधनवादी विचलन थियो । यो सुधारवाद र संसदवादको नाङ्गो अभिव्यक्ति थियो । यसै क्रममा भारतीय विस्तारवादको निर्देशनमा १२ बुँदे सम्झौता गरियो ।
तेस्रो : फौजी कार्यदिशाको क्षेत्र । फौजी कार्यदिशाको क्षेत्रमा एकातिर जनयुद्ध तथा सशस्त्र जनविद्रोहको फुयुजन र अर्कोतिर सशस्त्र जनयुद्ध, निशस्त्र जनआन्दोलन, शान्तिवार्ता तथा कूटनीतिबीच तालमेलको आवरण खडा गरियो । यी दुवै आवरण आफ्नो सारतत्वमा लोकतान्त्रिक गणतन्त्रका रूपमा संसदवादको पुनरावृत्ति र पश्चगामी राज्यसत्तामै अवतरणका लागि खडा गरिएका थिए । जब विस्तृत शान्ति सम्झौताका रूपमा १० वर्षसम्म सञ्चालित जनयुद्धको अन्त्य भएको घोषणा गरियो, त्यो बेला यी सबै आवरण स्पष्टसित उदाङ्गिए ।
चौथो : साम्राज्यवाद सम्बन्धी दृष्टिकोण । साम्राज्यवादबारे लेनिन र माओद्वारा गरिएको विश्लेषण र त्यसद्वारा निर्मित रणनीति सम्बन्धी मान्यतालाई पछि परिसकेको बताइयो । वस्तुतः साम्रज्यवादले भूमण्डलीकृत स्वरूप ग्रहण गरे पनि त्यसको एकाधिकारवादी सारतत्वमा कुनै परिवर्तन आएको थिएन र छैन पनि । परन्तु, साम्राज्यवाद सम्बन्धी लेनिन र माओका मान्यतालाई पछि परिसकेको बताई साम्राज्यवाद र विस्तारवादसित आत्मसमर्पण गर्नका लागि ढोका खोल्ने काम गरियो । यी सबैको परिणामस्वरूप संविधान सभामा पश्चगामी राज्यसत्ता तथा संसदीय व्यवस्थालाई नै ब्युझाउने काम भयो र त्यसै संविधानको कार्यन्वयन गर्ने प्रतिबद्धता जाहेर गरियो ।
गल्ती, कमजोरी र सीमा
जनयुद्धको प्रक्रियामा क्रान्तिकारी पथबाट अर्थात् तत्कालीन नेकपा (माओवादी) भित्रको क्रान्तिकारी धाराबाट पनि गल्ती, कमी तथा कमजोरी हुन गएका छन् । यस धारामा पनि कतिपय सीमा रहनगएका छन् । यी कुराबारे पनि उल्लेख गर्न आवश्यक छ ।
पहिलो त क्रान्तिकारीहरूमा पनि निम्न-पुजीवादी चिन्तनका कतिपय कमजोरी तथा सीमाहरू रहे । यस सन्दर्भमा मूलतः केही उदारता, आवश्यक सतर्कताको अभाव, मूल नेतृत्वप्रति आवश्यकताभन्दा बढी विश्वास जस्ता विषय उल्लेखनीय रहेका छन् ।
दोस्रो कुरा, विचारको विकासको नाममा प्रचण्डपथलाई स्वीकार गर्नु सबैभन्दा ठूलो गल्ती हुनगएको छ । नेपालमा मार्क्सवाद-लेनिनवाद-माओवादको प्रयोगको प्रक्रियामा जुन मान्यता विकसित हुँदैगएका थिए सामूहिक नेतृत्वको भूमिका रहेको थियो । त्यो स्थिति हतारिएर व्यक्तिविशेषको नाममा पथ जोड्नु आवश्यक थिएन । हामी उक्त प्रकारका आफ्ना गल्ती, कमजोरी तथा सीमाप्रति गम्भीर रूपमा आत्मालोचित हुँदैआएका छौं ।
जनयुद्धले सिकाएको पाठ
दस वर्षसम्म सञ्चालित महान् जनयुद्धको क्रियामा जुन सकारात्मक तथा नकारात्मक अनुभवहरू हासिल गरिए, ती अनुभवहरूले हामीलाई कयौं महत्वपूर्ण पाठहरू सिकाएका छन् । ती पाठहरूलाई हामीले संक्षिप्तमा सूत्रबद्ध गर्न जरुरी छ ।
पहिलो, क्रान्तिका लागि सही सिद्धान्त, सही कार्यदिशा र सही नेतृत्वको आवश्यकता पर्दछ । जब हामी मार्क्सवाद-लेनिनवाद-माओवादद्वारा पथप्रदर्शित भई नयाँ जनवादी क्रान्ति र जनयुद्धको राजनीतिक तथा फौजी कार्यदिशालाई आत्मसात गरी अगाडि बढ्यौं र नेतृत्व पनि सही नै रह्यो, त्यो बेलासम्म जनयुद्धको विकासको प्रक्रिया प्रभावकारी ढङ्गले अगाडि बढ्यो, यसको उल्टो जब सही सिद्धान्त, कार्यदिशा र नेतृत्वमा गडबडी पैदा हुँदैगयो, त्यस स्थितिमा जनयुद्धले पनि गम्भीर धक्का खानपुग्यो ।
दोस्रो, सानो र कमजोर शक्तिले पनि सही सिद्धान्त र कार्यदिशाका आधारमा राम्रो तयारी गर्यो भने क्रान्तिकारी युद्ध अगाडि बढ्न सक्दो रहेछ । यो जनयुद्धले सिकाएको एउटा अर्को महत्वपूर्ण पाठ हो ।
तेस्रो, जनयुद्धमा सबै तह र तप्काका जनसमुदाय विशाल मात्रामा होमिए । यसो हुनका पछाडि वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक लगायत उत्पीडनको मारमा परेका मजदूर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएका क्षेत्र लगायतका जनताका समस्यालाई सही रूपमा संबोधन र जनतामा विश्वास गर्न सक्नु नै मूल कारण रहेका छन् ।
चौथो, पार्टीमा चल्ने दुई लाइन सङ्घर्षमा जबसम्म क्रान्तिकारी धारा प्रभावी हुन्छ, त्यो बेलासम्म पार्टी सही हुन्छ र क्रान्तिको प्रक्रिया पनि सही ढङ्गले अगाडि बढ्छ, अनि जब यसमा विपरीत काम हुनथाल्दछ, त्यो बेला ठूलै गडबडी पैदा हुन्छ । जनयुद्धले सिकाएको यो एउटा अर्को महत्वपूर्ण पाठ हो ।
०००

भिडियो फिचरview all