
मारिने अधिकांश बिहाभोजका गाउँलेहरू

......................................................................................................................
मान्छेहरू लासमा खोजिरहेछन् आफ्नो गाउँबाट बेपत्ता युवायुवतीका अनुहारहरू
तामेश्वर सिन्हा

सूत्रबाट प्राप्त जानकारीअनुसार बोरिया तथा कंससुर जंगलमा इन्द्रावती नदी किनारमा भएको भनिएको कथित मुठभेडको स्थान नजिकको गट्टेपल्ली गाउँका आठ जना युवायुवतीहरू अहिलेसम्म पनि गाउँमा फर्केका छैनन् । तिनमा ५ जना केटी र ३ जना केटा छन् । गाउँलेहरू भन्छन्, उनीहरू नजिकैको गाउँ कंसपुरमा बिहाभोज खान गएका थिए । नजिकै गोलीवारी भएको र उनीहरू गाउँ नफर्केकाले गाउँलेहरू उनीहरूको खोजीमा लागे । परिवारका सदस्य घर नआएपछि गाउँलेको एउटा समूह ती केटाकेटीहरूको सोधखोज गर्न नजिकैको थाना पुग्यो । त्यसरी गएका गाउँलेलाई पनि पुलिसले समातेर उल्टै प्रहरी प्रमुख कार्यालयमा पठाए ।
पुलिसले गाउँले तथा उनीहरूका परिवारलाई ओरिजनल आधारकार्ड अथवा पासपोर्ट साइजको फोटो ल्याउनका लागि भने । जनताले आधार कार्ड प्रहरीलाई उपलब्ध गराएपछि उनीहरूले ती लासहरू चिन्न र चिनाउन पर्छ भनेर करबल गरे । तर इन्द्रावतीको पानीमा फुलेर र शरीर अङ्गभङ्ग भएका कारण तिनले ती लास चिन्न सकेनन् । गाउँलेहरूलाई अहिले पनि प्रहरी हेडक्वार्टमा राखेर अनावश्यक डरत्रास देखाउने काम गरिएको छ । चिनिएका लासको पनि पोस्टमार्टम गर्नुपर्ने तथा डिएनए परीक्षण गर्नुपर्ने भनेर परिवारलाई दिइएको छैन । विहान भोजबाट फर्किदै गरेका युवायुवतीमाथि नक्सली भनेर पुलिसले अन्धाधुन्ध गोली चलाएको हो भन्ने भनाइ गाउँलेको छ ।
बिहामा गएर घर नफर्केका गट्टेपल्ली गाउँका युवायुवतीको नाम यसप्रकार छ :
१. मङ्गेस बुकुलु आत्राम, २. रासो पोछा मण्डावी, ३.अङ्कित देवु गावडे, ४.बुज्जु उसेन्डी, ५.इरपा मण्डावी, ६.मङ्गेस चुन्डु मण्डावी, ७.रासो मण्डावी र ८ नुसे पेदु मण्डावी
तपाईँहरूलाई भनिदिउँ अठ जनामध्ये मङ्गेस चुँडु भामरागढमा ११ कक्षाको विद्यार्थी हो । र ऊ अहिलेसम्म बेपत्ता छ । क्षतविक्षत भएकाले पानीमा तैरिरहेका लासहरू चिन्न सकिने स्थितिमा छैनन् ।
एकजना मान्छेले नाम नभन्ने सर्तमा भने — “माओवादीहरूसित उता पर भिडन्त भएको भए पनि भिडन्तपछि माओवादीहरू सो स्थानबाट हिँडेपछि पुलिस उनीहरूलाई खोज्दै आएको र विवाहको जमघटलाई नै माओवादीहरूको जमघट ठानेर अन्धाधुन्ध गोली चलाएको हो । यसमा धेरजसो निर्दोष गाउँले थिए ।”
यस घटनालाई कतिपय सञ्चारमाध्यमहरूले मुठभेडमा टप लिडरसहित ठूलो सङ्ख्यामा नक्सलीहरू मारिएको भनेर खुबै हल्ला गरे । टप लिडर मारिएको समाचार प्रकाशित गर्न माध्यमहरूमा होडबाजी चल्यो । तर कसैले पनि, कुनै मिडियाले पनि कसरी यत्रो जना मारिए र त्यसमा आदिवासी पनि मारिए भन्ने कुराको खोजबिन गर्न चासो राखेनन् । जो जो भागे भागे, भाग्न सफल नभएका गाउँलेलाई घेराबन्दी गरेर मारियो । कोही भाग्दा मारिए र कोही घाइते भएर पछि मरे । त्यसै भएकाले पछिसम्म लास भेटिएको हो । अहिलेसम्म ३९ जनाको लास भेटिएको छ ।
एउटा गाउँबाट बिहामा आठ जना युवायुवतीहरू मारिएझैँ, छिमेकी अन्य गाउँबाट पनि त मान्छेहरू बिहा भोजमा गएका थिए होलान भन्ने प्रश्न छ । यसै भएकाले कथित मुठभेडको स्वतन्त्र जाँचको प्रसङ्ग उठ्नु स्वाभाविक छ र क्रान्तिकारी कवि वरवर रावसहित अन्य मानवअधिकारवादी संस्थाले उठाएको माग जायज छ ।
अहिले पनि जनतामा आतङ्क फैलाउन र प्रहरीको सफलता देखाउने नाममा प्रहरीले सुकमा, छत्तिसगढमा यति जना नक्सली मारिए, बस्तरमा यति जना मारिए भनेर प्रचार गरिरहेको छ र सरकारी माध्यमहरू समाचारलाई बढाईचढाई गरेर इन्दावतीमा नक्सलीका थप लासहरू फेटिए भनेर हल्ला गरिरहेका छन् ।
खबर के पनि छ भने घटनासित सम्बद्ध गाउँ र छिमेकी गाउँहरूमा आतङ्क भय, र पीडाको वातावरण छ । मान्छेहरू घर फर्केका छैन्न्, र कसका घरका कति जना सदस्य मारिए टुङ्गो छैन । बाहिरबाट आएका व्यक्तिहरू जो भए पनि कुनै पनि कुरा नभन्नु र भनेमा सिध्याइदिने भनेर पुलिसले धम्की दिएका छन् । छेउछाउका गाउँका थुप्रै गाउँलेहरू बेपत्ता भएका समचार आइरहेका छन् । गटटेपल्लीका साथै मन्ने राजाराम गाउँका युवायुवतीहरू पनि गायब भएको समाचार आएका छन् ।
आश्चर्यको विषय के छ भने पुलिसले जसलाई माओवादी भनेर हत्या गरेको छ, उनीहरू माओवादी भएको भन्ने कुनै पनि रेकर्र्ड, वारन्ट अथवा मुद्दा उनीहरूका नाममा छैन । यसकारण यो घटनामा गम्भीर षड्यन्त्रको गन्ध आउँछ । आफ्नो अपराध ढाक्न र त्यस क्षेत्रलाई आफूअनुकूल चलाउन नक्कली कथा बुनेर मुठभेडका नाममा प्रहरीले गाउँलेलाई नक्सलीहरूसित जोडन लागेको त होइन ? भनेर प्रश्न गर्नुपर्ने स्थिति छ ।
बस्तर/गाडचिरोली, २८,२०१८
स्रोत : अनलाइन 'जनज्वार'
अनुवाद : ऋषिराज बराल
........................................................................................
सो घटनालाई लिएर विश्वका माओवादी सङ्गठनहरू, क्रान्तिकारी बुद्धिजीवीहरू र मानवअधिकारवादी सङ्घसंसथाहरूले तीव्र निन्दा तथा भ्रत्र्सना गरेका छन् । यसै क्रममा विभिन्न सञ्चारमाध्यमहरूले सोधेको प्रश्नको जवाफमाभारतीय क्रान्तिकारी कवि तथा माओवादी विचारक वरवर रावले ''सो घटना भारतीय प्रतिक्रियावादले भारतका आदिवासी जनतामाथि चलाएको युद्ध हो" भनेर त्यसको स्वतन्त्र छानबिन र जाँचको माग गरेका छन् ।
०००
भिडियो फिचरview all