ताजा समाचार
प्राध्यापक साइबाबाकी जीवनसाथी भन्छिन् : भारतीय जनता प्रहरीआतङ्कमा बाँच्न बाध्य छन्
गत वर्ष भारतको महाराष्ट्र राज्यको केन्द्रीय अदालतले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित सम्बन्ध भएको भन्ने अभियोग लगाई दिल्ली विश्वविद्यालय रामलाल कलेजका अङ्ग्रेजी विषयका प्राध्यापक ४९ वर्षीय जिएन. साइबाबालाई आजीवन कारावासको सजाय तोकेको थियो । प्राध्यापक साइबाबा अहिले पनि नागपुर केन्द्रीय कारावासमा गोलघरमा कैदी जीवन बिताइरहनुभएको छ । ९० प्रतिशत विकलाङ्ग साइबाबा १९ भन्दा बढी रोगले ग्रस्त भए पनि वहाँलाई नियम-कानुन र संविधानले दिएको अधिकार र सुविधासमेत उपलब्ध गराइएको छैन ।
वहाँ स्वास्थ्योपचार र लेखनपढनका साथै बाहिरी भेटघाटबाट पनि वञ्चित हुनुहुन्छ । वहाँको रिहाइका लागि देशभित्र र बाहिरबाट समेत व्यापक मात्रमा आवाज उठिरहेको भए पनि सरकारले यसलाई गम्भीरताका साथ लिएको छैन । यसै क्रममा साइबाबाको सङ्घर्षशील जीवन, जेलको स्थिति, साइबाबाको स्वास्थ्यलगायतका सन्दर्भहरूलाई लिएर वहाँकी जीवनसाथी बसन्थाकुमारीसित ‘हिन्दूब्युजिनेसलाइन’ का पत्रकार श्रीया मोहनले लिएको अन्तर्वार्ताको नेपाली अनुवाद हामीले यहाँ प्रस्तुत गरेका छौँ । अलि अगाडिकै अन्तर्वार्ता भए पनि भारतीय जेल र साइबाबाको स्थितिलाई बुझ्न यसले पाठकहरूलाई सघाउ पुग्ने विश्वास हामीले लिएका छौँ ।
--------------------------------------------------------------------------------------------------------
“हामीले होइन, राज्यले नै संविधानको उल्लङ्घन गरेको छ”: वसन्थाकुमारी
प्रश्न : मलाई प्रोफेसर साइबाबाको जीवनका बारेमा मलाई केही बताइदिनुहुन्छ कि ? तपाईँहरूको भेट कसरी भएको थियो ?
सानो उमेरदेखि नै वहाँ साहित्यमा रुचि राख्नुहुन्थ्यो । यो पनि हामीलाई भेट गराउने कारण थियो । हुन त हामी आन्ध्र प्रदेशको अमलापुरममा अलगअलग स्कुलमा पढ्थ्यौँ, हामी ६क्लासमा पढ्दा टुयुसन पढदाखेरि हाम्रो भेट भएको थियो । साइबाबा एकदमै गरिब परिवारको हुनुहुन्थ्यो । हामी दुवै किसान परिवारका भए पनि साइबाबाको परिवारलाई बिहानबेलुकाको छाक टार्न गारो थियो । ५ वर्षको हुँदाखेरि उहाँलाई पोलियोले नराम्रो गरी समात्यो र वहाँ ९० प्रतिशत अशक्त अवस्थामा पुग्नुभयो । त्यतिबेर त्यहाँ ह्विल चेयर र यस्तै अन्य माध्यय केही पनि थिएनन् । आफ्ना दुई हातमा चप्पल लगाउनु हुन्थ्यो र चारहात पाउ टेकेर घस्रिनुहुन्थ्यो । वहाँको भाइले साइकलमा राखेर वहाँलाई स्कुल पुर्याउने र ल्याउने गर्नुहुन्थ्यो ।
वहाँ शरदचन्द्र, टैगोर, प्रेमचन्द्र, श्री श्री (श्रीरङ्गम श्रीनिवास राव) र अन्य लेखकहरूलाई मन पराउनुहुन्थ्यो । किताबप्रतिको मोहका कारण पनि हामी नजिकियौँ ।
सायद, सेन्ट जोन्स मिसिनरी स्कुलमा पढ्दाको समयमा वहाँमा सामाजिक मुद्दाहरूमा रुचि जाग्न थालेको हो, त्यहाँ वहाँले दश क्लाससम्म पढ्नुभएको थियो । दश क्लासमा वहाँ जिल्ला फस्ट हुनुभएको थियो र त्यसले गर्दा छात्रवृत्ति पाउनुभएको थियो । हामी दुवै अमलापुरमको एसकेबिआर कलेजमा पढ्न थाल्यौँ । वहाँले अङ्ग्रजी लिएर विए अनर्स गर्नुभयो ।
हामीले कलेजमा पढ्दैगरेको समयमा मण्डल आयोगको प्रतिवेदन सार्वजनिक भयो । हामी यसका बारेमा त्यति धेरै जान्दैनथ्यौँ, तर स्वाभावैले आरक्षणसम्बन्धी मुद्दाको समर्थन गर्नु आवश्यक छ भन्ने हामीलाई लाग्यो । हैदरावादमा अङ्ग्रेजीको एमए पढन गएपछि मात्रै हाम्रो संसार चारैतिर फैलियो । त्यतिबेला नै वहाँले पहिलोपल्ट अमलापुसरमबाहिर पाइला टेक्नुभएको थियो । हामीले प्रोफेसर हरगोपाल र वरवर रावलाई भेट्यौँ र वहाँहरूसितको भेटघाट र वहाँहरूको प्रवचनले सरकारको साम्राज्यवादी नीतिहरू र जनताका मुद्दाहरूका बारेमा जान्ने मौका पायौँ । हामीले सन् १९९१ मा बिहा गर्यौं ।
प्रश्न : के वहाँ माओवादीहरूको समर्थक हुनुहुन्थ्यो ?
कसलाई हामी माओवादीको समर्थक भन्ने गर्छौं ? राज्यले जनतामाथि प्रहार गरिरहेको छ भने शासनसत्ताले गरेका अन्यायको विरोध त हुन्छ नै । त्यतिबेरको ब्रिटिस कालमा पनि त विरोधकै माध्यमबाट हामीले स्वतन्त्रता आर्जन गरेका हौँ । आज पनि राज्यले जनतामाथि दिनदिनै अन्यायका विविध रूपहरू तिनै अन्यायपूर्ण नीतिनियम, जेल र आदालत लादिरहेको छ, पुनरावृत्ति गरिरहेको छ ।
स्थिति वृटिसकाल जत्तिको पनि छैन । सबैले उसको जनविरोधी आस्थालाई अँगालून् भनेर भारतीय सरकार आफ्नो घोर फासिवादी साँधुरो घेरामा सीमित नेतृत्व स्वीकार गर्न धाकधम्की प्रयोग गर्छ । सरकारी नियत र प्रवृत्तिका विरुद्ध बोल्ने र प्रश्न गर्ने अधिकार हामीलाई छैन ।
सबै आदिवासी क्षेत्र खनिजस्रोतले सम्पन्न छन् । सरकार विकासका नाममा गरिब आदिवासी गाउँले जनतालाई विस्थापन गरिरहेको छ । उनीहरूले चाहेको विकास कस्तो किसिमको हो भनेर सरकारले आदिवासी जनतालाई कहिल्यै सोधेको छ ? उनीहरूको घर जलाउनु, घरमा पालेका वस्तुभाउहरू मार्नु, अन्नबालीमा आगो लगाउनु, महिलाहरूको अपमान गर्नु, केटाकेटी-युवाहरूको हातका औँला काट्नु र कथित मुठभेठका नाममा उनीहरूको हत्या गर्नु नै विकास हो र ? कसरी आदिवासी महिलाहरूको बेइज्जत गरिन्छ, कसरी उनीहरूलाई बलात्कारका घटानाद्वारा आतङ्कित पारिन्छ भनेर राष्ट्रिय मानवअधिकार आयोगका प्रतिवेदनहरूले समेत प्रस्ट पार्छन । जनता सदैव प्रहरीआतङ्कमा बाँच्न बाध्य छन् । हामीले यस किसिमको फासिवादी शासनको प्रतिवाद नगर्ने हो भने कसरी हाम्रो मुलुकको स्वतन्त्रता बाँच्न सक्ला ?
प्रश्न : प्रोफेसर साइबाबाको आदिवासीसितको सम्बन्धका बारेमा केही बताइदिनुस न ।
साइबाबा आदिवासीहरूकै कारण आज बाँचिरहनुभएको छ । सत्ताले वहाँलाई गोलघर (अन्डा सेल) मा राखेदेखि नै, त्यहाँ बन्दी बनाइएका आदिवासीहरूले वहाँको हेरचाह गरिरहेका छन् । जेल अधिकारीहरूले वहाँलाई जेलमा ह्विलचेयरमा नितान्त एक्लै छाडेका थिए । असक्त वहाँ ह्विलचेयरबाट झर्न र फेरि चढ्न, निहुरेर खाना र पानी हातमा लिन, दिशापिसाबका लागि जानसमेत नसक्ने अवस्थामा हुनुहुन्थ्यो । आदिवासी बन्दीहरूले यो सबै देखेपछि वहाँलाई एक जना सहयोगी दिइयोस् भनेर आवाज उठाए । त्यो ह्विलचेयर पनि भाँचिएको थियो र बस्ने ठाउँच्यातिएको थियो । उनीहरूले त्यसमा नयाँ बस्ने चकटीखाटको व्यवस्था गरे । उनीहरूको संयमित विरोधले जेल अधिकारीहरूलाई साइबाबाका लागि मान्छेको व्यवस्था गर्न बाध्य गरायो । आफू अपाङ्ग भए पनि ‘जनताका विरुद्ध लादिएको युद्ध विरोधी अभियान’ को सदस्य बनेर विस्थापन विरोधी मञ्चहरूमा आदिवासी जनताका कुरा सुन्न राँची, तेलङ्गानाको अदिलावाद र केही जिल्लाका सदरमुकाम जानुभए पनि वहाँ आफ्नो जीवनमा कहिल्यै पनि बस्तर अथवा दन्तेवाडा जानुभएन ।
प्रश्न : गत साल अप्रिलमा बिनासर्त जमानत स्वीकार गरिएको थियो, तर अहिले गाडचिरोली अदालतको फैसलापछि प्राध्यापक साइबाबालाई दोषी ठहर गरी आजीवन कारावासको सजाय तोकिएको छ । अहिले उनीहरूले के त्यस्तो प्रमाण पाए र त्यस्तो ?
सरकारका साम्राज्यवादपरस्त नीतिहरूको विरोध गर्ने तथा जनतामाथि भएका अन्यायअत्याचार बन्द गरिनुपर्छ भनेर आवाज उठाउँने संस्था ‘रिभोलुस्नरी डेमोक्रेटिक फ्रन्ट’ (आरडिएफ) सित वहाँ सम्बद्ध हुनुलाई नै उनीहरूले प्रमाणका रूपमा लिएका छन् ।
‘आरडिएफ’ माओवादी पार्टीसित सम्बद्ध छ र साइबाबा त्योसित सम्बद्ध भएकाले साइबाबाको माओवादीहरूसित सम्बन्ध छ भन्ने भनाइ अदालतको रहेको छ ।
साइबाबा पूर्णकालीन प्राध्यापक हुनुहुन्छ, वहाँ सरकारी कलेजमा पढाइरहनुभएको छ, पढाउने, कापी जाँच्ने, प्रश्नपत्रहरू तयार पार्ने काममा दिनरात व्यस्त हुनुहुन्छ, र पनि ‘अपरेसन ग्रिनहन्ट’ को विरोध गरेको नाममा माओवादीको मास्टरमाइन्ड भन्दै तपाईँ वहाँलाई आजीवन कारावासको सजाय कसरी दिनुहुन्छ ?
अदालतको अभियोगमा वहाँले सन् १९८२ देखि छत्तिसगढमा विकासको काममा अवरोध पुर्याएको भनेको छ, के तपाईँलाई पत्यार लाग्छ यो कुरा ?
कानुनको दुरुपयोग गरिएको छ । मुम्बई उच्च न्यायालयले ‘सु मतो’ आधारमा वहाँलाई जुलाई २०१५मा रिहाइ गर्यो । तर, यो छ महिनाका लागि मात्र लागू गरियो । वहाँको जमानत खारेज गरियो र डिसेम्बर २०१५ मा पुनः जेल पठाइयो र अप्रिल २०१६ मा बिनासर्त जमानत स्वीकार नगरुन्जेलसम्म वहाँ कारावासमै रहनुभयो ।
प्रश्न : के-कस्ता किसिमका न्यायिक कमजोरी भएका छन् भन्ने लाग्छ तपाईँलाई ?
सेप्टेम्बर १२, २०१३ का दिन महाराष्ट्र र दिल्ली पुलिसको ६० जनाको टोलीले प्राध्यापक क्वार्टरको उत्तरी कुनामा रहेको हाम्रो निवासमा खानतलासी गर्यो । उनीहरू अहेरी महाराष्ट्रको सर्च वारन्टका साथ आएका थिए । प्राध्यापक साइबाबाले चोरी गरेको स्वीकार गरेको भन्ने अहेरी थानाको भनाइ थियो । हामीले हाम्रो जीवनमा पहिलोपलट अहेरीको नाम सुनेका थियौँ । आजका मितिसम्म वहाँले के चिज चोर्नु भयो भन्ने कुरा थाहा पाउन सकेका छैनौँ । प्रहरीले हामीलाई कोठामा बन्द गरे । त्यसपछि उनीहरूले हाम्रो घरको सबै कोठा र चिजबिजहरू आफूखुसी खोतलखातल गरेर हामीलाई थाहा नदिई सबै हाम्रो घरबाट प्राप्त भएका सामान भनेर झोलामा राखे । उनीहरूले ती सामानलाई सिल पनि गरेनन्, न त ती सामानबारे कुनै साक्षी नै राखे । उनीहरूले हाम्रो वकिललाई फोन गर्न पनि दिएनन् । ल्यापटप, हार्ड डिस्क र पेन ड्राइभहरू सबै सिल नगरी लिएर गए ।
उनीहरूले यिनलाई विद्युतीय प्रमाण भनेका छन् । कब्जा गरिएको भनिएको, तर, सिल नगरिएका र साक्षीसमेत नरहेका यस्ता चिजहरूलाई कसरी प्रमाणका रूपमा लिन सकिन्छ र ? सबै २२ साक्षीहरू प्रहरी अधिकृतहरू मात्र थिए । कानुनतः प्रहरी अधिकृतहरू साक्षी हुन सक्तैनन् । गाडचिरोलीमा पहिलोपल्ट विद्युतीय सामग्रीलाई प्रमाणका रूपमा प्रयोग गर्दा मुद्दालाई मुल्तवीमा राखिएको थियो भन्ने कुरा पनि उठेको थियो । तर उनीहरूले सुनेनन् ।
अन्तर्राष्ट्रिय कानुनअनुसार ९० प्रतिशत विकलाङ्ग मान्छेलाई पक्राउ गर्न पाइँदैन । नागपुर गोलघरमा १४ महिनाको कारावासपछि वहाँको स्वास्थ्य नराम्रो गरी बिग्रियो र पहिलेका समस्या त छँदै थिए, अरू १९ थरी बिमारीहरू— किड्नीको पत्थरी, मृगौला, मुटु रोग र दम लगायतका बिमारीहरू देखा परे । अरू अङ्गभन्दा वहाँका हातहरू केही मजबुत भए पनि खानपिन र औषधीउपचारको अभावका कारण वहाँको देब्रे पाखुराको मांशपेसी पनि काम नलाग्ने भएर पूरै हात नचल्ने भएको छ । यस्ता विभिन्न कारणले असह्य पीडा हुँदासमेत जेल प्रशासनले डाक्टरलाई देखाउन दिएन । हैदरावाद 'केयर' अस्पतालबाट डिस्चार्ज भएको चार हप्तापछि फेब्रवरी २४ मा वहाँको किड्नीमा रहेको पत्थरीको अपरेसनका लागि डाक्टरले मिति तोकेको थियो । जेल अधिकारीहरूले यी सबै कुरालाई लगातार अस्वीकार गरे ।
प्रश्न : राज्य वहाँको पछि लागेको छ भनेर तपाईँले कहिले थाहा पाउनुभयो ? वहाँलाई केही होला कि भनेर तपाईँ कहिल्यै चिन्तित हुनुभयो ?
हामी कहिले पनि आतङ्कित भएनौँ, किनभने हामीले गलत गरिरहेका छौँ भनेर हामीले कहिल्यै अनुभूत नै गरेनौँ । हामी संविधानको पालना गरिरहेका थियौँ र संविधान प्रदत्त प्रजातान्त्रिक अधिकारअन्तर्गत रहेर फरक मत प्रकट गरिरहेका थियौँ । हामी होइन, राज्यले संविधानको उल्लङ्घन गरिरहेको छ, र हामीले यसको अभिप्रायका सम्बन्धमा प्रश्न गरेको मात्र हो ।
बिडी शर्मा सधैँ हाम्रो प्रेरणाको स्रोत रहनुभयो । हामीले वहाँबाट धेरै सिक्यौँ र वहाँका साथमा रहेर आदिवासीको अधिकारका लागि सङ्घर्ष गर्यौं । हामीले वहाँका सबै पुस्तकहरूको अध्ययन गर्यौं र राज्यले कसरी आफ्नै संविधानको उल्लङ्घन गर्छ भन्ने कुरा जान्यौँ ।
‘अपरेसन ग्रिनहन्ट’ चलेको अवस्थामा हामी यस विरुद्धको अभियानको हिस्सा बनेका थियौँ र यसमा बेला भाटिया, सोनी सोरी, मालिनी सुब्रमन्यम र अन्य थुप्रै साथै थियौँ । दिल्ली विश्वविद्यालयका प्राध्यापकहरू नै भए पनि राज्यको विरुद्ध विद्रोह गर्नेहरूलाई छाडिने छैन भनेर पि. चितम्बर (त्यति बेलाका गृहमन्त्री) ले सन् २०११ मा धम्क्याएका थिए ।
प्रश्न : आर्थिक समस्या कसरी टारिरहनुभएको छ ?
हामीले चारैतिरबाट निरासाको सामना गरिरहनुपरेको छ । कानुनअनुसार पक्राउ परेको ७२ घण्टाभित्र कुनै पनि केन्द्रीय सरकारको जागिरे रिहाइ नभए ऊ स्वतः निलम्बित हुन्छ । निलम्बन अन्तर्गत पहिलो ६ महिनासम्म उसलाई उसको तलबको ५० प्रतिशत भुक्तानी गरिन्छ र त्यसपछि फैसला नहोउन्जेलसम्म उसको तलबको ७५ प्रतिशत उसलाई भुक्तानी गरिन्छ । पहिलोपल्ट सन् २०१४ मा पक्राउ परेदेखि हालसम्म वहाँको तलबको ५० प्रतिशत मात्र उपलब्ध गराइएको छ । नियमानुसार यसमा कहिल्यै पनि वृद्धि गरिएन । यसरी थोरै रकमले हामीलाई जीवन धान्न सारै गारो परेको छ । आफ्नै बाबाले पढेको कलेजमा पढ्दै गरेकी हाम्री छोरीले अङ्ग्रेजी अनर्सको अन्तिम वर्ष पूरा गर्न अझै बाँकी छ । सबै कुरा हाम्रा लागि कष्टसाध्य बनेका छन् ।
प्रश्न : तपाईँहरू जेलमा कसरी भेटघाट गर्नुहुन्छ र? जेलका पर्खालहरूमा यसलाई कसरी मिलाइएको छ ?
मैले नागपुर केन्द्रीय जेलमा गत बुधवार अप्रिल ५ का दिन वहाँलाई भेटेँ । वहाँको स्वास्थ्य एकदमै नाजुक अवस्थामा छ । वहाँको ब्लड प्रेसर असामान्य किसिमले उच्च भएको छ । तर वहाँको मेडिकल रिपोर्टमा बदनियतपूर्ण किसिमले रक्तचाप सामान्य किसिमको भनेर रिपोर्ट दिइएको छ । स्वास्थ्यको बारेमा वहाँले चिठीमा लेख्नुभएका हरफहरू जेल अधिकारीहरूले हटाएर र केरमेट गरेर मात्र बाहिर पठाउने गर्छन् । पत्थरी, छाती दुखाइ र सास फेर्न नै गारो हुने पहिलेका स्वास्थ्य समस्याले थप गाँजेको बेला प्यानक्रियाजको दुखाइको समस्या पनि थपिएको छ । वहाँलाई औषधी उपलब्ध गराइएको छैन । वहाँलाई जेलको खाना खान पनि गारो भएको छ । साङ्केतिक भाषाको प्रयोग गरिएको भन्ने बहाना बनाएर मैले र छोरीले लेखेका चिठीहरू पनि वहाँलाई दिइंदैन । पत्रिका पनि सेन्सर गरेर कतिपय समाचारका पन्ना काटेर मात्र पढ्न दिइन्छ । राज्यको उत्पीडनले साइबाबाको जीवनलाई एकदमै कष्टपूर्ण बनाएको छ ।
प्रश्न : तपाईँहरू आफ्नो विवाहको वार्षिकोत्सव कसरी मनाउनुहुन्थ्यो ?
(हाँस्तै) विवाहको वार्षिकोत्सवमा तिमी के चाहन्छौ भनेर वहाँले सोध्नुहुन्थ्यो । वहाँ मेरालागि केही विशेष चिज किन्न चाहनुहुन्थ्यो । वहाँको स्वास्थ्य नाजुक अवस्थामा थियो, आर्थिक दृष्टिले पनि हामी सङ्घर्ष गरिरहेका थियो । स्वास्थ्यका कारण वहाँलाई प्लेनबाट नागपुर जानुपर्ने हुन्थ्यो र म चाहिँ ट्रेनबाट । वहाँ तेस्रो पटक पक्राउ पर्नुहुन्छ होला भनेर हामीले सोचेका थिएनौँ । जमानतको बेला पनि एउटा अस्पतालबाट अर्को अस्पताल धाइरहनु पर्ने अवस्था थियो । वहाँको शरीरका अङ्गहरू विस्तारै सिथिल बन्दैगएका थिए । त्यतिबेला पनि र अहिले पनि वहाँको जीवनलाई चाँडोभन्दा कसरी बचाउने होला भन्ने बाहेक तत्काललाई अरू कुरा सोच्न पनि असमर्थ छौँ ।
अनु. ऋषिराज बराल

भिडियो फिचरview all