
माओवादीको एम्बुसमा परेर सिआरपिएफका २ जनाको मृत्यु ५ मरणासन्न

प्रधानमन्त्री नरेन्द्र मोदीको यही अप्रिल १४ तारिखमा स्वास्थसम्बन्धी विशेष कार्यक्रमको उद्घाटन हुने भनेर त्यस क्षेत्रमा विशेष सुरक्षा निगरानी बढाईको अवस्थामा भएको सो घटना ''माओवादी कमजोर भए, अब यहाँ कुनै घटना घटाउन सक्तैनन्" भनेर केही दिनअघि मात्र छत्तिसगढका मुख्य मन्त्रीको भनाइको जवाफ भएको कुरा पनि सञ्चारमाध्यमले जनाएका छन् । माओवादी क्षेत्रको पेट्रोलिङ गरेर फर्कँदा ल्यान्ड माइनमा परेर घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ भने ल्यान्डमाइन विष्फोटपछि केही बेर दोहोर फाइरिङ भएको कुरा पनि समाचारमा उल्लेख गरिएको छ ।
नरेन्द्र मोदीको त्यस क्षेत्रमा हुन लागेको भ्रमणको सन्दर्भमा भाकपा (माओवादी) ले व्यापकरूपमा पर्चा छर्नुका साथै रातो मसीले लेखिएका पोस्टरहरू पनि ठाउँठाउँमा टाँसिएको कुरा समाचार माध्यमहरूले जनाएका छन् । समाचार माध्यमनुसार पोस्टरमा आदिवासी, दलित र गरिब जनताको हत्यारा मोदी सरकारको विरोध गर्नुका साथै प्राकृतिक स्रोतसाधन विदेशीलाई सुम्पेर आदिवासी जनतालाई विस्थापित गरिएको व्यहोरा उल्लेख गरिएको छ ।
भिडियो फिचरview all