
रावद्वारा फासिवादबिरुद्ध एकजुट हुन आव्हान

प्रोफेसर कुलबर्गी, याकुब मेनन, महमद अखलाव लगायतको हत्याले मोदी सरकारको फासिवादको प्रतिनिधित्व गर्छ । दलित भएकै नाममा, मुस्लिम भएकै नाममा हत्या गरिएको छ, बलात्कार गरिएको छ । यी सबै काम ‘हिन्दू राष्ट्र’, ‘जनमन की वात’ ‘मेड इन इन्डिया’ आदिका नाममा भएका छन् । पहिले पनि सामाजिक कार्यकर्ताहरू गोविन्द फनसादे, नरेन्द्र डोभालकारलाई हिन्दू स्वयम् सेवक सङ्घका गुन्डाहरूले हत्या गरेका थिए र अहिले मोदी सरकारको गलत क्रियाकलापहरूको विरोध गर्नेहरूलाई 'भारत माता विरोधी', 'पाकिस्तानको एजेन्ट' भनेर दिनदहाडै हत्या गरिन्छ भनेर रावले भनेका छन् । रावका भनाइमा मोदीले अनेक शब्दजालमार्फत भ्रम उत्पन्न गरेर नक्कली राष्ट्रवादको अभ्यास गरिरहेका छन् र यसको एउटै उद्देश्य फासिवादलाई सही ठहर्याउनु मात्र हो ।
रावले मोदीको फासिवादको आतङ्क मुलुकभित्र मात्र सीमित नभएर उनले छिमेकी मुलकहरूमा पनि आतङ्क मच्चाएका छन् । उनका भनाइमा मोदीले पहिलेका सरकारहरूभन्दा अघि बढेर छिमेकी मुलुकहरू त्यसमा पनि नेपालको सार्वभौम सत्ता र आन्तरिक मामिलामा हस्तक्षेप गरेका छन् ।
सन् ३० र ४० को दशकमा नाजी फासिवादले जस्तो फासिवादको अभ्यास गरेको थियो, अहिले मोदी फासिवादले त्यही शैलीमा अभ्यास गररिहेको छ । आफूलाई ‘ननसेकुलर’ भन्ने काङ्ग्रेस र जनताको राजनीति गरेको भन्ने सिपिआइ र सिपिआइ (एम) जस्ता पार्टीहरू पनि हिन्दूवादी फासिवादको प्रतिरोध गर्न सक्षम छैनन्, बरु उनीहरू आदिवासी र उत्पीडित जनताले चलाएको आन्दोलन विरोधी मोदीको फासिवादी प्रवृत्तिलाई एक वा अर्को किसिमले सहयोग पुर्याइरहेका छन् भनेर रावले भनेका छन् ।
रावका भनाइमा एकातिर हिन्दूवादी फासिवाद लादेर मोदी सरकार आफ्ना विरोधीहरूमाथि दमन गरिरहेको छ भने अर्कातिर विकास र समृद्धिका नाममा विदेशी बहुराष्ट्रिय कम्पनीहरूलाई भित्र्याएर मुलुकको प्राकृतिक स्रोतसाधन सुम्पिरहेको छ । यसले आदिवासी उत्पीडित जनतालाई आफ्नो थातथलोबाट विस्थापित गरेको छ र विरोध गर्नेहरूलाई विकास विरोधी र नक्सली भनेर दमन गरिरहेको छ ।
वरवर रावले मोदी सरकारले राजनीतिक, आर्थिक र सांस्कृतिक हरेक क्षेत्रमा लादेको फासिवादी आतङ्कविरुद्ध एक जुट भएर स्वाधीन र सही अर्थको जनतन्त्रको निर्माण गर्न क्रियाशील भाकपा (माओवादी) ले चलाएको दीर्घकालीन जनयुद्धलाई निर्णायक स्थितिमा पुर्याउन सबै उत्पीडित वर्ग र समुदायलाई आव्हान पनि गरेका छन् ।
आफ्नो आलेखको अन्त्यमा उनले भनेका छन् :
“फासिवादलाई पराजित गर्न विगतमा अन्तर्राष्ट्रिय सर्वहाराहरू तथा जनवादी शक्तिहरूले खेलेको भूमिकाबाट उत्प्रेरणा लिँदै हामी ब्राम्हणवादी हिन्दू फासिवादका विरद्ध शोषितउत्पीडत आम जनता, उत्पीडित जनसमुदाय र शोषित जनताको ठूलो हिस्सालाई एक जुट भएर शक्तिशाली शक्तिको निर्माण गर्न र दीर्घकालीन सङ्घर्षमार्फत सदाका लागि यसलाई मसानघाटमा पुर्याउन आह्वा गर्छौँ ।
संशोधनवादी, सुधारवादी अथवा संसदीय बाटो, भोटको राजनीतिले विजेपीमाथि विजय गरेर नभएर, फासिवादलाई क्रान्तिकारी बाटोबाट मात्र निर्मूल पार्न सकिन्छ भन्ने कुरालाई ध्यान दिँदै एउटा सही अर्थको प्रजातान्त्रिक, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, आत्मनिर्भर जनगणतन्त्रको स्थापना गर्न र साँच्चिकै र अन्तिम रूपले हिन्दूत्व-फासिवादलाई सदाका लागि चिहानमा पुर्याउनका लागि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) द्वारा जारी सशस्त्र ग्रामिण क्रान्तिकारी लडाइँलाई बलियो बनाउन हामी अपिल गर्दछौँ । ”
(यसको पूर्ण पाठका लागि : thenextfront.com) हेर्नुहोला ।
भिडियो फिचरview all