
रेड फ्याक्सन सम्बद्ध क्रान्तिकारीहरूद्वारा मालेमावादी न्युक्लिअस गठन

ब्राजिलमा रसियाली अक्टोबर क्रान्तिको विश्वव्यापी प्रभाव र प्रवाहका क्रममा मार्च १९२२ मा कम्युनिस्ट पार्टी अफ ब्राजिल (पिसिबी) गठन भएको थियो र यसले आरम्भका दिनमा निकै महत्वपूर्ण भूमिका खेलेको थियो । खास गरेर कम्युनिस्ट पार्टीको नेतृत्वमा सन् १९३५ मा भएको जनआन्दोलनले ब्राजिलको जनसङ्घर्षको इतिहासमा विशेष महत्व राख्छ । तर पछिका दिनमा ब्राजिल कम्युनिस्ट पार्टी क्रु्रस्चेवको ‘शान्तिपूर्ण सङ्क्रमण’ र चुनावी राजनीतिमा केन्द्रित हुन थालेपछि त्यसभित्रका क्रान्तिकारीहरूले विद्रोह गरेर सन् १९६२ कम्युनिस्ट पार्टी अफ ब्राजिल (पिसिडिओबी) गठन गरेर माआले देखाएको क्रान्तिको बाटो ग्रामीण वर्ग सङ्घर्ष र जनयुद्धको बाटो अबलम्बन गरे ।
साम्राज्यवादको आडभरोसामा ब्राजिलमा चलेको जनयुद्धमाथि निर्मम दमन र मूल नेताहरूको हत्या गरेपछि बाँकी रहेकाहरूले संशोधनवादी बाटो अँगालेर कम्युनिस्ट पार्टीलाई पुन: संसदवादी चुनावी पार्टीमा फेरे । अहिले त्यहाँ कम्युनिस्ट नामका तीनओटा पार्टीहरू छन् र यी सबै चुनाव र संसदीय बाटोका पक्षधर छन् । यिनले अँगालेको दक्षिणपन्थी राजनीतिका विरुद्ध क्रान्तिकारीहरूले विद्रोह गरेर 'मार्क्सिज्म-लेनिनिज्म-माओइज्म' (NEMLM) गठन गरेका हुन् ।
उनीहरूले प्रकाशित गरेको दस्ताबेजअनुसार अहिले ‘न्युक्लिअस अफ मार्क्सिज्म-लेनिनिज्म-माओइज्म (NEMLM) गठन गरे पनि छिटै यसलाई एउटा जुझारु क्रान्तिकारी मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टीका रूपमा विकसित गरिनेछ । यसको गठनलाई उनीहरूले संशोधनवादी लाइन विरुद्धको लामो सङ्घर्ष र विजयको परिणामका रूपमा लिएका छन् र मार्क्सवादको उच्च चरण भनेको माओवाद हो, माओवाद आजको मार्क्सवाद हो भनेका छन् र यसलाई पथप्रदर्शक सिद्धान्त मानेर मात्रै ब्राजिलका जनताको नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भनेका छन् ।
‘न्युक्लिअस अफ मार्क्सिज्म-लेनिनिज्म-माओइज्म (NEMLM) को प्रकाशनमा मा भनिएको छ : “नेम्लमको गठन ब्राजिल कम्युनिस्ट पार्टीभित्रको सङ्घर्षको तेस्रो चरण हो र यो अहिलेलाई संशोधनवाद र अवसरवाद विरुद्धको पूर्ण विजय हो, यसले ब्राजिल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी) निर्माणको नयाँ चरणको प्रतिनिधित्व गर्छ र यसले दीर्घकालीन जनयुद्धका माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादको बाटो हुँदै विश्व सर्वहारा क्रान्तिको सेवाका साथ यो सुनौलो साम्यवादको स्थापनातर्फ अघि बढ्नेछ । ”
भिडियो फिचरview all