ताजा समाचार
भाकपा (माओवादी) द्वारा बृहत् संयुक्त मोर्चा निर्माणका लागि आह्वान
(अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा भाकपा (माओवादी) ले “महान रसियाली क्रान्तिको १००औँ वर्षगाँठको अवसरमा रसियाली क्रान्तिमा निहित सारतत्त्वहरूको विश्वजनित सच्चाइलाई सदैव बुलन्द राखौँ र आफ्नो देशको विशिष्टता अनुसार त्यसलाई व्यवहारमा लागू गरौँ” शीर्षकमा पुस्तिकाकै रूपमा एउटा लामो आह्वानपत्र अङ्ग्रेजी तथा हिन्दीमा प्रकाशित गरेको छ । पहिले कार्यकर्ता तहमा सीमित यो दस्ताबेज अहिले आम पाठकका लागि पनि उपलब्ध छ । विभिन्न उपशीर्षकमा विभाजित यो आह्वानपत्रको अन्तिममा ‘रसियाली क्रान्तिको १००औँ वर्षगाँठमा सपथ लिऔँ, भारतीय नयाँ जनवादी क्रान्तिलाई सफल पारौँ, आफ्नो आधारभूत, प्रधान तथा केन्दीय जिम्मेवारीप्रति अडिग रहौँ’ र ‘हाम्रो जिम्मेवारी’ उपशीर्षक रहेका छन् । हामीले यहाँ ‘हाम्रो जिम्मेवारी’ उपशीर्षकको अनुवाद प्रस्तुत गरेका छौँ । )
.............................................................................................................
हाम्रो जिम्मेवारी
कमरेडहरू, मोदी सरकारद्वारा माओवादी पार्टी र आन्दोलनलाई पूर्णरूपमा किचिमिची पार्ने योजना निश्चितरूपमा उसको सरकारको एउटा प्रमुख कार्यका रूपमा अगाडि आएको छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ । परन्तु, यो भारतको कुनै एउटा पार्टीको सरकारको मात्रै आफ्नै किसिमको निर्णय होइन र यस्तो हुन पनि सक्तैन । किनभने भारतका शासक पार्टीहरू सामन्तवाद र साम्राज्यवादका दलाल छन् । त्यसैले चाहे कुनै पनि पार्टी अथवा कुनै पनि रङ्गको सरकार किन नहोस्, साम्राज्यवाद खासगरेर अमेरिकी साम्राज्यवादको निर्देशनअनुसार कम तीव्रतायुक्त युद्ध (लो इन्टेन्सिटी वार) नीतिका विभिन्न पक्षहरूलाई पूर्णरूपमा लागू गरिरहेका छन् । ‘युपिए’ को बेलाको तुलनामा ‘एनडिए’ सरकारद्वारा यी नीतिहरूलाई अझ आक्रामक ढङ्गले कार्यान्वयन गरिएको छ । त्यसैले केवल मोदी सरकार गद्दीमा बसेको हुनाले नै यो काम सरकारको प्रमुख काम बन्यो भन्ने होइन । ‘युपिए–२’ को सरकारको समयलाई एकपल्ट ध्यान दियौँ भने ‘युपिए–१’ र ‘युपिए–२ ले नै माओवादी पार्टी र माओवादी आन्दोलनलाई नै “देशको आन्तरिक सुरक्षाका लागि सबै भन्दा खतरा” बनाएर हाम्रो पार्टी र आन्दोलनलाई समाप्त पार्ने कामलाई सबैभन्दा मुख्य कामको रूपमा लिएका थिए भन्ने कुरा हामी थाहा पाउन सक्छौँ । ‘अपरेसन ग्रिन हन्ट’ को पहिलो र दोस्रो चरण तिनै सरकारको समयमा चलाइएको थियो । परन्तु परिणाम के निस्कियो त ? इतिहास साक्षी छ, उनीहरू आफूले तय गरेका उद्देश्य हासिल गर्न निकै मात्रामा असफल रहे । उल्टै माओवादी पार्टी र आन्दोलनको जरो जनतासम्म पुगेको छ र हजारौँ कमरेडहरूको सहादतका कारण भएको नोक्सान खपेर पनि पार्टी थुप्रै अनुभव र शिक्षा हासिल गरेर बलियो बनेको छ ।
अब आएर ब्राम्हणवादी-हिन्दूवादी फासिवादी मोदी सरकारद्वारा अमेरिकी साम्राज्यवादसहित अन्य तमाम साम्राज्यवादीहरू तथा प्रतिक्रियावादीहरूबाट हरेक प्रकारका सहयोग लिएर क्रान्तिकारी आन्दोलनलाई निस्तेज पार्न ‘अपरेसन ग्रिन हन्ट’ को तेस्रो चरणको योजना लागू गरिरहेको छ । “घेराउ र ध्वंश पार" को अभियान होस् अथवा कुनै पनि प्रकारको दमनात्मक अभियान, आत्मसमर्पणको नीति अथवा मनोवैज्ञानिक लडाइँका माध्यमबाट दुष्प्रचार गर्ने नीति, चाहे विभिन्न प्रकारका तथाकथित सुधार कार्यक्रम हुन्, अथवा तथाकथित विकासको ढोल पिट्ने कार्यक्रम सबैमा मोदी सरकारले एकदमै नयाँ किसिमले फेरबदल गरेको छ । मोदी सरकार कुर्सीमा बस्न पाएको छैन, माओवादीलाई सखाप पार्ने घोषणा गर्यो । बढीभन्दा बढी सङ्ख्यामा अर्धसैनिक फोर्स तथा बटालियनलाई माओवादी क्षेत्रमा तैनाथ गरिएको छ । साथै “आफ्नै औँलाले आफ्नै आँखो फोर्ने” चरम प्रतिक्रियावादी नीतिअन्तर्गत कतै ‘बस्तरिया बटालिएन’, त कतै ‘पहाडी बटालियन’, अथवा ‘स्थानीय आदिवासी बटालियन’ गठन गरेर “आदिवासीहरूलाई आदिवासीका विरुद्ध लडाउने” जस्तो प्रतिक्रियावादी कम तीव्रताको युद्धनीतिलाई बडो बफादारीका साथ लागू गरिरहेको छ ।
यस कार्यमा 'युपिए' सरकारद्वारा अर्को घृणित तरिका पनि अँगालिएको छ—आत्मसमर्पणको नीति, उसको भनाइअनुसार “अरू लोभ्याउन” का लागि आत्मसमर्पण गरे पहिलेभन्दा धेरै रकम पाइन्छ भनेर लोभलालच पनि देखाइरहेको छ । कमरेडहरू तथा कार्यकर्ताहरूको घरपरिवारका मान्छेलाई आत्मसमर्पण गर्न कर गर्ने र यसो नगरे यातना भोग्न र जेलमा सड्न तयार रहन भनेर धम्की दिने गरिन्छ र निमर्म किसिमले दमन च आतङ्कको वातावरण बनाइन्छ ।
माथि उल्लेखित सबै क्रान्तिविरोधी नीतिहरूको मुकाबिला गर्नका लागि हाम्रो पहिलो र प्रमुख काम हो—केन्द्रदेखि एरियासम्म तथा जनसङ्गठनहरूका नेतृत्वहरूको सुरक्षा गर्नु, पार्टीलाई बोल्सेवीकरण गर्नु तथा दुस्मनको चौतर्फी हमलालाई चौमुखी जबाफका साथ मुकाबिला गर्नका लागि सिङ्गो पार्टीपङ्क्ति तथा लडाकु जनतालाई हरेक किसिमले शिक्षित-दीक्षित पार्नु, जसबाट उच्च किसिमको प्रतिरोधी कारबाहीहरू चलाउन सकियोस् । यसैकारण सैन्यप्रशिक्षण बढाउनु आवश्यक छ, जसबाट जबाफी आक्रमणलाई सही अर्थमा जनयुद्धका रूपमा फेर्न सकियोस् । निश्चय नै हामीले राजनीतिक–साङ्गठनिक तथा सैन्य तयारीका कामहरूलाई एउटा अभियानकै रूपमा अघि बढाउनु पर्छ, सैनिक आक्रमणको जवाफी प्रतिरोधी लडाइँ, दुष्प्रचारको जवाफी प्रचार अभियान, जनताका जल्दाबल्दा समस्याहरूलाई लिएर जनआन्दोलनको निर्माण आदिका लागि ज्यानदिएर प्रयास थाल्नुपर्छ । यसका साथै तमाम प्रगतिशील-जनवादी शक्तिहरूसहित ब्राम्हणवादी हिन्दूवता फासिवादी शक्तिहरूका विरुद्ध तमाम मित्र शक्तिहरूसित मिलेर आन्दोलन निर्माणका लागि प्रयास गरिरहनु पर्दछ । अखिल भारतीय स्तरमा यथासम्भव छिटो एउटा संयुक्त मोर्चा वा व्यापक मञ्च गठन गरेर जनताका सामु प्रस्तुत गर्नु आवश्यक छ ।
कमरेडहरू, भारतीय क्रान्तिको अग्रगतिसित सम्बद्ध अगाडिको समय निकै ठूलो चुनौतीपूर्ण परिस्थितिको सफलतापूर्वक मुकाबिला गरेर मात्रै अगाडि बढाउन सकिन्छ । यसकारण जुनसुकै किसिमको चुनौतीको मुकाबिला गर्ने उद्देश्यका साथ हामीले सबै प्रकारका तयारी पूरा गर्नुपर्दछ । यसको अर्थ हो, माथि जेजति किसिमका जिम्मेवारीको चर्चा गरिएको छ, तिनको पूर्णरूपमा कार्यान्वयन गर्नु हाम्रो अति जरुरी र महत्वपूर्ण जिम्मेवारी हो ।
यसो गरेर नै हामी क्रान्तिका तीन जादुगरी हतियार अर्थात् पार्टी, जनसेना तथा संयुक्त मोर्चालाई सुदृढ बनाउन तथा निरन्तर मजबुती प्रदान गर्न सक्छौँ । पार्टीलाई सही अर्थमा बोल्सेवीकरण गरेबिना एक कदम पनि अघि बढ्न सक्तैनौँ भन्ने कुरा हामीले सदैव हेक्का राख्नुपर्छ । आउनुहोस्, हरेक किसिमका कमीकमजोरीलाई कथनीमा मात्र नभएर करनीबाट पनि पर हटाउन सङ्कल्पबद्ध होऔँ र पार्टीको आन्तरिक एकतालाई आँखाको नानीलाई झैँ सुरक्षित गर्दै मजबुत पारौँ तथा हरेक प्रकारका संशोधनवाद चाहे ‘वाम’ संशोधनवाद होस्, वा दक्षिणपन्थी संशोधनवाद, त्यसलाई परास्त गर्दै पार्टीको सही लाइन, नीति तथा कार्यशैलीलाई दृढतापूर्वक पालना गरौँ ।
अवश्य पनि बाटो टेढोमेढो, कठिन र जटिल छ, परन्तु, मालेमा तथा पार्टी लाइनमा अडिग रहेपछि हामी सारा बाधाव्यवधानहरूलाई पार गर्दै भारतीय नयाँ जनवादी क्रान्तिलाई अघि बढाउन आधार इलाकाको निर्माणका लागि ‘छापामार युद्ध’ लाई चलायमान युद्धमा फेरौँ, ‘पिएलजिए’ लाई ‘पिएलए’ मा फेरौँ जस्ता अति जरुरी जिम्मेवारीलाई तीव्र गतिका साथ अघि बढाउन सक्छौँ ।
आउनुहोस्, महान सहिदहरूका अधुरा कार्य तथा सपनालाई पूरा गर्नका लागि हिम्मतका साथ वर्गयुद्धको मैदानमा डटौँ ।
इतिहास साक्षी छ, अन्तिम जीत जनताकै हुन्छ । रातको अन्धकारपछि विहानको उज्यालो हुनेछ नै । भारतीय क्रान्ति सफल हुने छ नै, अर्थात् पहिले नयाँ जनवादी क्रान्ति र यसको लगत्तै समाजवादी क्रान्ति सफल हुनेछ नै ।
रसियाली क्रान्तिको १०० औँ वर्षगाँठ भारतको नयाँ जनवादी क्रान्तिलाई तीव्रता दिएर अथवा त्यसलाई सफल बनाएर मात्र नै, अझ भनौँ, क्रान्तिको अगाडिको पाइलोलाई समाजवादी समाजको स्थापनातर्फ अघि बढाएर नै सही रूपमा मनाउन सकिन्छ । यही नै पार्टीको आह्वान हो ।
२३ सितम्बर, २०१७

भिडियो फिचरview all