
फासिवादी दमनविरुद्ध भाकपा (माओवादी) द्वारा आज बन्दको आह्वान

छत्तिसगढ राज्यको नारायणपुर जिल्लामा भएको एम्बसु घटनापछि फासिवादी मोदी सरकारले माओवादीहरूका विरुद्ध अपरेसनका गर्ने नाममा ग्रामीण क्षेत्रमा आतङ् मच्चाइरहेको अवस्थामा भाकपा (माओवादी) को आन्ध्र-ओडिसा स्पेसल जोनल कमिटीले आज फ्रेब्रवरी ५ तारिखका दिन ‘फासिवादी दमनका विरुद्ध प्रतिरोध अभियान’ भन्दै तेलङ्गना–दण्डकारण्य बन्दको आह्श्वान गरेको छ ।
बन्दको तयारीको क्रममा पर्चा-पोस्टिरिङ गर्नुका साथै बहुराष्ट्रिय कम्पनीका गाडीहरू ध्वस्त पार्ने तथा जनताका विरुद्ध जासुसी गर्नेहरू, क्रान्तिका भगौडाहरूका साथै जनतालाई आतङ्कित पार्ने गुन्डा दल विरुद्धको कारबाहीलाई पनि तीव्र बनाएको छ । यसै क्रममा आचदिवासी क्षेत्र, त्यसमा पनि आन्ध्र-ओडिसा क्षेत्रको विकासका नाममा मलकानगिरी क्षेत्रमा स्थापित विदेशी कम्पनीसित सम्बद्ध संस्थाका २८ ओटा गाडीहरू जलाएर माओवादी छापामारहरूले ध्वस्त पारिदिएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भिडियो फिचरview all