
माओवादीसितको भिडन्तमा २ जना सब-इन्स्पेक्टरसहित ५ जनाको मृत्यु, १२ जना मरणासन्न

घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरबाट लागिएको र भिडन्तमा मर्नेको संख्या अझ बढी हुन् सक्ने कुरा समाचार माध्यमहरूले जनाएका छन् l ३ घन्टासम्म चलेको भनिएको सो भिडन्तमा ६० जना सरकारी फोर्स रहेको र माओवादीको ६ नम्बर कम्पनी संलग्न रहेको भनेर भारतीय माध्यमहरूले जनाएका छन् l सरकारी स्रोतले माओवादीतर्फ पनि ठूलो नोक्सान भएको भने पनि अहिलेसम्म आधिकारिक समाचार प्राप्त भएको छैन l उल्टै माओवादी छापामारले ठूलो संख्यामा हातहतियार कब्जा गरेको कुरा प्रकाशमा आएको छ l
सरकारले यताका दिनमा माओवादी दबाउन अनेक उपाय गरिरहेको, गाउँलेलाई समातेर कागज गराएर माओवादीले आत्मसमर्पण गरेको होहल्ला गरिरहेको, पलायानवादीहरूको हवाला दिएर मनोआतंक उत्पन्न गरिरहेको र माओवादी खुम्चिए भनेर प्रचारवादी गरिरहेको अवस्थामा भएको यो घटनाले सरकारी दाबीलाई झूटो साबित गरेको भनेर संचार माध्यमहरूले जनाएका छन् l
गत वर्ष यसै क्षेत्रमा ३७ जना सरकारी फोर्सको मृत्यु भएको थियो l भारतीय सत्ताधारी वर्गले मनाउने गरेको गणतन्त्र दिवशको २ दिनअघि भएको यो घटनालाई ''कथित गणतन्त्र दिवसको अर्थ छैन, यसलाई खारेज गरौं " भनेर माओवादीले केही दिनअघि गरेको आव्हानसित जोडेर पनि यस घटनालाई हेरिएको छ l
भिडियो फिचरview all