ताजा समाचार
जिन्गु नरसिंहा रेड्डी गद्दार र खलनायकमा फेरिएको छ: भाकपा (माओवादी)
गत हप्ता भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य पार्टीमा जम्पन्ना र राजेस नामले परिचित जिन्गु नरसिंहा रेड्डी र उनकी श्रीमती राजिथाले पार्टीप्रति गद्दारी गरेर दुस्मनका सामु आत्मसमर्पण गरेपछि भारतीय प्रतिक्रियावादले यसलाई लिएर निकै ठूलो युद्ध जितेभन्दा बढी गरेर होहल्ला गरिरहेको छ । भारतीय विस्तारवादसित सम्बद्ध माध्यमहरूलगायत साम्राज्यवादको सेवा गरिरहेका विदेशी माध्यमहरूले समेत भारतीय माओवादी आन्दोलनका विरुद्ध अनेक भ्रम उत्पन्न गर्दै भारतीय तथा विश्वका उत्पीडित जनतामा निरासाभाव जगाउने किसिमका समाचारहरू प्रवाहित तथा प्रकाशित गरिरहेका छन् । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले दुस्मनको प्रचारआतङ्क र मनोयुद्ध विरुद्ध एक अपिल जारी गर्दै आत्मसमर्पणकारी गद्धारहरूको भ्रममा नपर्न आम जनता, कार्यकर्ताहरू र शुभचिन्तकहरूमा अपिल गरेको छ । लामो वक्तव्यमा सबै विवरण प्रस्ट पारिएको छ । जिन्गु नरसिंहा रेड्डीको लज्जास्पद गद्दारी र आत्मसमर्पण : मुर्दावाद ! सम्झौताहीन सङ्घर्ष र स्वार्थरहित बलिदानको क्रान्तिकारी परम्परा : जिन्दावाद ! क्रान्ति सबै किसिमका बाधाहरू पन्छाएर आफ्नो बाटोमा अघि बढ्नेछ ! भन्दै अपिलमा भनिएको छ :
“हाम्रो पार्टीका केन्द्रीय सदस्य जिन्गु नरसिंहा रेड्डी (जम्पन्ना, राजेस), ले दुस्मनका सामु आत्मसपर्ण गरेका छन् । उनले सर्वहारा वर्गको अपरापजित विचारधारा, माओवादी पार्टी, दीर्घकालीन जनयुद्ध र उत्पीडित जनताको क्रान्तिकारी आन्दोलनप्रतिको पहिले नै गुमाइसकेका थिए । वर्गसङ्घर्षले ल्याएको वस्तुगत परिवर्तनका कारण उत्पन्न नयाँ र कष्टसाध्य परिस्थितिमा दुस्मनको चौतर्फी अमाक्रमणको बढेदा प्रहार सहन नसकेर, उनले सारै स्वार्थी, निच र कायरतापूर्ण पतनको बाटो रोजेर दुस्मनका सामु लाजमर्दो किसिमले घुँडा टेके । यो भारतीय सर्वहाराहरूको अग्रदस्ता पार्टी, भारतीय क्रान्ति र मुलुकका उत्पीडित जनताको विरत्वपूर्ण सङ्घर्षप्रति ठाडो गद्दारी हो । यो ती हजारौँ क्रान्तिकारी सहिदहरूको बलिदानप्रतिको अपमान हो, जसले ती वर्गदुस्मनका विरुद्ध लड्दा आफ्नो प्राणको आहुति दिउका थिए, तिनै दुस्मनसित अहिले राजेसले लाजलाग्दो किसिमले अङ्माल गरेका छन् । यो घटनासँगै क्रान्तिकारी आन्दोलनमा उनको तीन दसकको राजनीतिक जीवनको घीनलाग्दो अन्त्य भएको छ । हाम्रो केन्द्रीय समिति उनको गद्दारीको जोडदार शब्दमा भ्रत्र्सना गर्छ र समग्र पार्टी नेता तथा कार्यकर्ता, सिङ्गो क्रान्तिकारी क्याम्प, सङ्घर्षशील जनता र भारतीय क्रान्तिका मित्रहरूलाई यस्ता गद्दारहरू उनीहरूको घीनलाग्दो आत्मसमर्पणको बाटोलाई ठाडै दुत्कार्न अपिल गर्दछ । नरसिंहा रेड्डीको पलायनबाट अलिकति पनि विचलित नभई हाम्रो केन्द्रीय समिति दृढता र बिनाहिचकिचाहट हाम्रो पार्टीका तात्कालिक र अन्तिम लक्ष पूण गर्न वर्गसङ्घर्षको रातो झण्डालाई अघि बढाउन दृढ सङ्कल्पित छ ।”
तल सो वक्तव्यको पूर्ण पाठ प्रस्तुत गरिएको छ :
----------------------------------------------------------------------------------------------------------------------------
जिन्गु नरसिंहा रेड्डीको लज्जास्पद गद्दारी र आत्मसमर्पण : मुर्दावाद !
सम्झौताहीन सङ्घर्ष र स्वार्थरहित बलिदानको क्रान्तिकारी परम्परा : जिन्दावाद !
क्रान्ति सबै किसिमका बाधाहरू पन्छाएर आफ्नो बाटोमा अघि बढ्नेछ !
हाम्रो पार्टीका केन्द्रीय सदस्य जिन्गु नरसिंहा रेड्डी (जम्पन्ना , राजेस), ले दुस्मनका सामु आत्मसमपर्ण गरेका छन् । उनले सर्वहारा वर्गको अपराजित विचारधारा, माओवादी पार्टी, दीर्घकालीन जनयुद्ध र उत्पीडित जनताको क्रान्तिकारी आन्दोलनप्रतिको विश्वास पहिले नै गुमाइसकेका थिए । वर्गसङ्घर्षले ल्याएको वस्तुगत परिवर्तनका कारण उत्पन्न नयाँ र कष्टसाध्य परिस्थितिमा दुस्मनको चौतर्फी अमाक्रमणको बढ्दो प्रहार सहन नसकेर उनले सारै स्वार्थी, निच र कायरतापूर्ण पतनको बाटो रोजेर दुस्मनका सामु लाजमर्दो किसिमले घुँडा टेके । यो भारतीय सर्वहाराहरूको अग्रदस्ता पार्टी, भारतीय क्रान्ति र मुलुकका उत्पीडित जनताको विरत्वपूर्ण सङ्घर्षप्रति ठाडो गद्दारी हो । यो ती हजारौँ क्रान्तिकारी सहिदहरूको बलिदानप्रतिको अपमान हो, जसले ती वर्गदुस्मनका विरुद्ध लड्दा आफ्नो प्राणको आहुति दिएका थिए, तिनै दुस्मनसित अहिले राजेसले लाजलाग्दो किसिमले अङ्माल गरेका छन् । यो घटनासँगै क्रान्तिकारी आन्दोलनमा उनको तीन दसकको राजनीतिक जीवनको घीनलाग्दो अन्त्य भएको छ । हाम्रो केन्द्रीय समिति उनको गद्दारीको जोडदार शब्दमा भ्रत्र्सना गर्छ र समग्र पार्टी नेता तथा कार्यकर्ता, सिङ्गो क्रान्तिकारी क्याम्प, सङ्घर्षशील जनता र भारती्य क्रान्तिका मित्रहरूलाई यस्ता गद्दारहरू र उनीहरूको घीनलाग्दो आत्मसमर्पणको बाटोलाई ठाडै दुत्कार्न अपिल गर्दछ । नरसिंहा रेड्डीको पलायनबाट अलिकति पनि विचलित नभई हाम्रो केन्द्रीय समिति दृढता र बिनाहिचकिचाहट हाम्रो पार्टीका तात्कालिक र अन्तिम लक्ष पूरा गर्न वर्गसङ्घर्षको रातो झण्डालाई अघि बढाउन दृढ सङ्कल्पित छ ।
नरसिंहा रेड्डी टेक्निसियनका रूपमा हैदरावादमा फ्याक्ट्रीमा काम गर्दाको समयमा सन् १९८० को दशकमा आन्दोलनसित जोडिएका थिए । पछि उनी पेशेवर क्रान्तिकारी भए र उनलाई पार्टीले वारङ्गल जिल्लाको इतुरङ्गारम क्षेत्रमा छापामार स्क्वाड सदस्यका रूपमा काम गर्न पठायो । त्यसपछि उनी स्क्वाड कमान्डर, एरिया कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र १९८६ देखि १९९५ मा जिल्ला कमिटी सेक्रेटरी भए । त्यस क्षेत्रलाई माथिल्लो तहको छापामार इलाकाका रूपमा विकास गर्न १९९५ मा ‘उत्तरी तेलङ्गाना विशेष जोनल कमिटी’को गठन गरियो । त्यसै वर्ष भएको पहिलो भेलाले उनलाई ‘उत्तरी तेलङ्गाना विशेष जोनल कमिटीमा चयन गरियो । सन् २००मा उनी ‘उत्तरी तेलङ्गाना विशेष जोनल कमिटी’ को सेक्रेटरी भए र २००७ सम्म आफ्नो क्षमताले भ्याएसम्म काम गरे । उनी २००१ मा केन्द्रीय समितिका चयन भएका थिए र २००१ देखि २००७ सम्म केन्द्रीय सदस्यका रूपमा तेलङ्गानामा काम गरे । उनलाई २०११ म ओडिसामा स्थानान्तरण गरियो, जहाँ उनले २०१६को अन्त्यसम्म काम गरे । एक वर्षदेखि उनी वैचारिक र राजनीतिक अकर्मण्यतामा नराम्रो गरी फसेका थिए र २०१७ को नोभेम्बरमा आत्मसमर्पणसम्बन्धी आफ्नो निर्णय सम्बद्ध केन्द्रीय सदस्यसम्म पुर्याएका थिए ।
यो साँचो हो नरसिंहा रेड्डीले सापेक्षित रूपमा क्रान्तिकारी आन्दोलनमा लामो अवधिसम्म सहभागी भए, आन्दोलनलाई सघाउ पुर्याउंदै तीन दसकको अवधिमा आफ्नो राजनीतिलाई विकसित गरेर पार्टीको उच्च पद केन्द्रीय समितिको नेतासम्म भए । तर, सँगसँगै उनीसित थुप्रै गम्भीर कमजोरीहरू र सीमाहरू, उदाहरणमा रूपमा व्यक्तिवाद, नोकरसाहीपन, र मानसम्मानको देखासिकी जस्ता गैरसर्वहारा प्रवित्तिहरू पनि उनको राजनीतिक जीवनमा निरन्तर देखापर्ने गरेका थिए ।
छापामार स्वाड तथा पार्टी कमिटीमा उनीसित काम गर्ने कमरेडहरू तथा नेतृत्व तहमा रहेका कमरेडहरूले यस किसिमका नकारात्मक पक्षहरूका विरुद्ध हरेक समय निरन्तर सङ्घर्ष गरे । सम्बद्ध कमिटीले यस्ता कमजोरी हटाउन हरेक पाइलामा प्रयास गर्यो र आफूमा रहेका अधिकांश कमजोरीप्रतिको आलोचनालाई उनले स्वीकारेको कुरा पनि गरे । तर यी गल्ती, कमजोरी र सीमाहरूलाई उनले आफूमित्रबाट भने हटाएनन् । खासगरेर पछिल्ला केही वर्षहरूमा यी नकारात्मक पक्षहरू अझ हुर्कदैगए र अहिलेको पार्टी र आन्दोलनले भोग्नुपरेको वर्तमान कठिन र परिस्थितिमा यी प्रवृत्तिहरू हाबी हुनपुगे । दुस्मनले उत्पन्न गरेको आतङ्कबाट उनी यति सारो भयभित भए कि उनी पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने स्थितिमा पुगे । उनी दुस्मनको सम्भावित आक्रमणबाट बच्न महत्वपूर्ण बैठकमा उपस्थित हुनछाडे, जब कि त्यही परिस्थितिमा अन्य कमरेडहरू स्थितिको सामना गर्दै उपस्थित हुनेगर्थे । माथिल्लो तहका कमरेडहरूलगायत उनको सुरक्षामा रहेका कमरेडहरूले पनि निरन्तर रूपमा उनको डरपोक र निरासावादी व्यवहारको आलोचना गर्ने गर्दथे । वर्तमान परिस्थिति र दुस्मनको भीषण आक्रमणले पार्टीको माथिल्लो नेतृत्व तहका कमरेडहरूले दृढ र विश्वस्त भएर युद्धको मैदानमा साहसपूर्वक आफूलाई सुरक्षित राख्ने कुरा पार्टी, जनछापामार सेना र आन्दोलनको सुरक्षासित गाँसिएको अभिन्न अङ्ग हो । यो सैन्य क्षेत्रलगायत सबै क्रान्तिकारी क्षेत्रद्वारा गरिनु आवश्यक हुन्छ । तर एउटा केन्द्रीय सदस्यका नाताले नरसिंहा रेड्डी, पार्टीले दिएको उच्च तहको जिम्मेवारी उच्च तहको राजनीतिक चेतनाको प्रदर्शन, तदारुकता, साहस, अनुशासन, निस्वार्थ बलिदानीभाव र नेतृत्वमा हुनुपर्ने अन्य गुणहरू पूरा गर्न असफल भए ।
हाम्रो पार्टीले नरसिंहा रेड्डीका क्रियाकलापहरूको अध्ययन गर्दै उनमा विद्यमान कमजोरीहरू र सीमाहरू गम्भीर तहमा पुगेका छन् भनेर समीक्षा गर्यो । जनता र क्रान्तिकारी आन्दोलनको न्यूनीकरण गर्ने र दुस्मनको शक्तिलाई भयङ्कर देख्ने मनोगतवादी भासमा उनी नराम्ररी फसेका छन् भन्ने निष्कर्षमा केन्द्रीय समिति पुग्यो । उनले उज्यालो देख्ने, सकारात्मक पाटो देख्ने होस गुमाए, केन्द्रीय समितिको नेतृत्वदायी सदस्यका रूपमा वस्तुगत परिस्थितिको विश्लेषण गर्न उनी अक्षम भए, बारम्बर उनी गलत सङ्गठनात्मक विधि अबलम्बन गर्नथाले र पार्टीले विश्वास गरेर उनलाई दिएको महत्वपूर्ण जिम्मेवारी पूरा गर्न उनी पूर्णरूपमा असफल भए । अहिलेको उनको पलायन लामो समयदेखि उनीभित्र विद्यमान कमजोरीहरू मनोगतवाद र व्यक्तिवादलाई पार्टी कमिटीहरूमा थोपर्ने प्रवृत्तिको निष्कर्ष हो ।
जनवादी केन्द्रीयता र सर्वहरावादी अनुशासनको उल्लङ्घन गर्दै र आफ्ना व्यक्तिगत समस्याहरूलाई गुटबन्दी र मनपरी ढङ्गले अघि सार्दै मतभेद र वैचारिक बहसका रूप दिनु उनको बानी नै बनिसकेको थियो । कहिलेकाहीँ उनी सम्बद्ध पार्टी कमिटीका कामकारबाहीहरूमा अवरोध उत्पन्न गर्थे र अन्य कमरेडहरूले उनका यस्ता क्रियाकलापहरूको आलोचना गर्दा उनी बैठकहरू बहिष्कार गर्थे । यस किसिमका सङ्गठनविरोधी व्यवहार र क्रियाकलापका कारण उनले विस्तारै आफ्ना कमरेडहरूको विश्वास गुमाउँदैगए र एक्लिए । एकता-सङ्घर्ष-एकताका आधारमा उनका गल्ती र कमजोरीहरू सच्याएर उनलाई सुधार्ने हेतुले धेरैपल्ट सम्बद्ध पार्टी कमिटीका कमरेडहरूले उनका गलत व्यवहारको आलोचना गरेका थिए । तर उनी आफ्ना नकारात्मक पक्षहरूको चापलाई बुझ्न असमर्थ रहे र आत्मालोचित हुनुपर्ने प्रवृत्तिलाई पूर्णरूपमा खारेज गरिदिए, मार्क्सवाद-लेनिनवाद-माओवादको आलोकमा आफ्नो विश्वदृष्टिकोणलाई रूपान्तरण गर्ने कार्यमा असफल भए । यसले उनको पतन मात्र गराएन, पार्टीलाई पनि निकै ठूलो नोक्सान पुर्यायो ।
यी सबै कुरालाई ध्यानमा राखेर उनले आफ्ना कमीकमजोरीहरू तथा गल्तीहरू महसुस गरून् र आफ्ना कमरेडहरूको सहयोगले आफूलाई सच्याऊन् भनेर पार्टी केन्द्रीय समितिले यो वर्षको आरम्भमा २ वर्षका लागि नरसिंहा रेड्डीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, न त उनले यो निर्णयलाई सकारात्मक किसिमले स्वीकारे, न त कुनै आत्मालोचना नै गरे । केन्द्रीय समितिले उनलाई दिएको राज्य कमिटीको जिम्मेवारी लिन पनि उनले इन्कार गरे । निम्नपुँजीवादी नक्कली सम्मान र आफ्नो व्यक्तिवादी सङ्कीर्ण मानसिकतालाई सर्वोपरि राखेर उनले पार्टीको निर्णयको पालना गर्न, वर्तमानमा उनमा विकसित गैरसर्वहारावादी प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्न र कम्युनिस्ट क्रान्तिकारीका रूपमा आफूलाई रूपान्तरित गर्न अस्कीकार गरे । टाउको निहुराएर जनता र क्रान्तिको विनम्रतापूर्वक सेवा गर्नुको साटो उनले आत्मसमर्पण गरेर गुहे कीरा भएर दुस्मनको सेवा गरेर बाँच्नु उचित ठाने । यसरी एउटा क्रान्तिकारीको सरमपचेको नीच गद्दार र खलनायकमा परिवर्तित हुने प्रक्रिया पूरा भयो । जतिबेर उनलाई पार्टीले केन्द्रीय समितिबाट निलम्बन गर्ने निर्णय गरेको थियो, त्यतिबेर उनले पार्टीको राजनीतिक लाइनप्रंति फरक मत जाहेर गरेका थिए । उनले तर्क अघि सारेका थिए, “अहिलेको भारत अर्धसामन्ती-अर्धऔपनिवेशिक होइन, यो पुँजीवादी मुलुकमा फेरिइसकेको छ । त्यसैले वस्तुस्थिति अनुसार पार्टीलाइन फेरिनुपर्छ र भारतको पछिल्लो स्थितिलाई ध्यानमा राखेर विद्रोहको लाइन लिनु सही हुन्छ ।" यस किसिमको राजनीतिक मतभिन्नता पलायनताका लागि अघि सारिएको बहाना मात्र थियो ।
सबै क्रान्तिहरू बाङ्गोटिङ्गो बाटो भएर, आरोह अवरोह र कठिन परिस्थिति भएर अघि बढ्छन् । यस्ता चुनौतीहरूको साहसपूर्वक सामना गरेर नै एउटा सर्वहारा पार्टी इस्पातिलो बन्छ र क्रान्तिलाई विजयसम्म नेतृत्व गर्ने क्षमता प्राप्त गर्छ । यस किसिमको परिस्थितिमा सबै कम्युनिस्टहरूका लागि–अझ त्यसमा पनि गैर-सर्वहारा वर्गहरूबाट आएर पार्टीमा लागेकाहरूका लागि वैचारिक र राजनीतिक समझलाई थप समृद्ध तुल्याउनु, सर्वहारा विश्वदृष्टिकोण अँगाल्दै र आफूलाई रूपान्तरित गर्दै यसप्रति दृढतापूर्वक अडिग रहने कुरा एकदमै अनिवार्य हुन्छ । पार्टीको फलामे अनुशासनको जगमा उभिएर, जनता र अन्य कमरेडहरूसित आफूलाई एकाकार गरेर, व्यवहारबाट सिक्तै, आफ्ना गल्तीकमजोरी सच्याउँदै, आफ्नै विरुद्ध सङ्घर्ष गर्दै जनताको निस्वार्थ सेवाका लागि सङ्घर्षको अग्र मोर्चामा उभिएर अन्तिम अवस्थासम्म प्रतिबद्ध क्रान्तिकारीका रूपमा अडिग रहन उनीहरूले जनवादी केन्द्रीयताको सिद्धान्तलाई अझ बढी ठोसरूपमा लागू गर्नु आवश्यक हुन्छ । तर परिक्षणको घडीमा धेरैजसो यस कार्यमा असफल हुनेहरू पनि हुन्छन् । इतिहासले प्रमाणित गरेको कुरा के हो भने आफूलाई रूपान्तरित गर्नु आवश्यक नठान्ने केही मुट्ठीभर व्यक्तिहरू, यस किसिमका सङ्गिन घडीमा बलिदानका लागि आफूलाई तयार पार्नुभन्दा बाँच्नु नै सबैभन्दा प्रमुख कुरा ठान्ने व्यक्तिहरू आफूलाई आन्दोलनबाट अलग्याउँछन् । उनीहरू क्रान्तिकारी क्याम्पबाट कुलेलम ठोक्छन् र दुस्मनको सेवा गर्दै प्रतिक्रान्तिकारी बन्छन् । एउटा क्रान्तिकारी, आफ्ना कार्यकर्ता र जनतासित घुलमिल र उठबस गर्न छोडेर, आफ्ना कमीकमजोरीहरूका विरुद्ध सङ्घर्ष गर्न छोडेर कसरी दुस्मनको प्यारो बन्छ भन्ने कुराको टड्कालो नकारात्मक उदाहरण हुन् नरसिंहा रेड्डी । भयभित तिनीहरू वर्गदुस्मनका सामु निरीह बनेर प्रस्तुत हुन्छन् र त्यसपछि तिनीहरू आफैँले जनताप्रतिको आफ्नो उपादेयता समाप्त पार्छन् । क्रान्तिले यस्ता मान्छेलाई सडेका मालझैँ बेवास्ता गर्छ र वर्गसङ्घर्षका क्रममा तिनलाई रछ्यानमा फ्यालिदिन्छ ।
यस किसिमका अधम व्यक्तिहरू दुस्मनको धुनमा गाउन थाल्छन् र पार्टी, यसको नेतृत्व, क्रान्तिकारी आन्दोलन र भारतीय क्रान्तिका विरुद्ध विषबमन गर्न थाल्छन् भने यो अचम्म मान्ने कुरा हो भन्ने लाग्दैन । दुस्मनको आडभरोसा पाएर तिनीहरू आउँदा दिनमा (नक्कली) “बुद्धिजीवीहरू, “पत्रकारहरू”, “सामाजिक कार्यकर्ताहरू” आदिको अवतारमा देखिन सक्छन् र उनीहरूको एउटै उद्देश्य हुन्छ, पार्टी र क्रान्तिलाई नोक्सान पुर्याउनु । हाम्रा कमरेडहरू, मित्रहरू र भारतीय क्रान्तिका शुभचिन्तकहरू यस किसिमको स्थितिप्रति सतर्क रहनुपर्छ र उनीहरूप्रति त्यस्तै किसिमको व्यवहार गर्नुपर्छ । उनीहरूलाई दुस्मनको गोयबल्स प्रचारसंयन्त्रको अंशको रूपमा बुझेर सचेत उत्पीडित जनसमुदायले यस्ता गद्दारहरूका बकवासहरूलाई घृणाले बेवास्ता गर्नुपर्छ ।
समग्र धोकेबाजहरू र गद्दारहरूका विपरीत, हरेक क्रान्तिकारी आन्दोलनले यस्ता सम्झौताहीन कम्युनिस्ट योद्धाहरूलाई अगाडि ल्याउँछ, जसले आफ्नो अन्तिम साससम्म आफूलाई जनताको सेवामा समर्पित गर्छन् । भारतीय क्रान्ति पनि यसको अपवाद छैन, यससित जनताको सेवामा निस्वार्थ भावनाले आफूलाई बलिदान गर्ने हजारौँ वीर सहिदहरूको लामो गौरवशाली परम्परा जीवित छ । तिनीहरूमध्ये हाम्रा प्रिय र महान् नेता तथा तथा कार्यकर्ताहरू चारु मजुमदार, कन्हाइ चटर्जी, सरोजदत्त, सुशितल राय चौधरी, अमूल्य सेन, चन्द्रशेखर दास, कृष्णमूर्ति, सत्यम, कैलाशम, अप्पु, वर्घेज, विश्वकर्मा, बालन, दिनकर, श्याम, महेश, मुरली, करम सिंह, परिमल सेन, सान्डे राजामौली, बडकापुर चन्द्रामौली, अनुराधा गान्धी,पटेल सुधाकर, चेरुकुरी राजकुमार, मलुझोला कोटेश्वर्लु, रउफ, सुशिल रोय, श्रीधर श्रीनवासन, कप्पु देवराज, नारायण सन्याल, पद्यमा, ललिथाक्का, उर्मिला, रजिथा, अजिथा, साकेथ राजन, मइमुद्दिन, आशिस यादव, प्रसाद दया, प्रभाकर, मङ्तु, सहिदा, आरके, यादाना, माधव, महेन्दर, मस्तान राओ, पुली अन्जना, कञ्चन, सशाधर महतो, जनार्दन, भुमैया-किस्ता गौड र अन्य हजारौँ सहिद कमरेडहरू छन्, यी नाम त केही मात्र हुन्, जो अन्तिम साससम्म क्रान्ति र जनताप्रतिको साँचो प्रतिबद्धतामा अडिग रहे । यी जनताका सच्चा नायकहरूले हामीलाई आज पनि बाटो देखाइरहेका छन् ।
केही गद्दारहरूको प्रतिक्रियावादी साशक वर्गको सेवामा पलायन, धोका र निचताको प्रदर्शनले क्रान्तिलाई कहिले पनि रोक्न सक्तैन ! तिनीहरूले केही समय अस्थायी किसिमले वाधाव्यवधान उत्पन्न गर्न सक्लान्, केही क्षणिक नोक्सान पुर्याउन सक्लान्, तर क्रान्तिले यस्ता कुडाकर्कटलाई चिहानमा पुर्याउनेछ र आफ्नो लक्षमा अघि बढ्नेछ । सर्वहारा क्रान्तिकारीहरूद्वारा नेतृत्व गरिएको र वीर सहिदहरूद्वारा ऊर्जा प्रदान गरिएको, मुलुकका लाखौँलाख उत्पीडित जनताको आन्दोलनले उनीहरूका मालिकसहित उनीहरूलाई इतिहासको रछ्यानमा फ्यालिदिनेछ र विजय प्राप्त गर्ने छ ।
(अभय)
प्रवक्ता
केन्द्रीय समिति, भारतीय कम्युनिस्ट पार्टी ( माओवादी)
२२ डिसेम्बर, २०१७
अनु : ऋषिराज बराल

भिडियो फिचरview all