
आठ वर्षपछि भाकपा (माओवादी) का नेता कोबाध गान्धी जमानतमा रिहा

वहाँलाई “अनलफुल एक्टिभिटिज (प्रिभेन्टिव) एक्ट" अन्तग पक्राउ गरी विभिन्न घटनासित जोडेर १४ वटा मुद्दा लगाइएको थियो । प्रहरीले ठोसरूपमा प्रमाण जुटाउन नसकेको र प्रस्तुत गरेका प्रमाणहरू पनि भरपर्दा नभएको भनेर अदालतले वहाँलाई जमानतमा रिहा गरेको भनेर भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पार्टीमा अध्ययनशील नेता र विचारकका रूपमा स्थापित कोबाध गान्धी पक्राउ पर्दा सो पार्टीको पोलिट ब्युरो सदस्य हुनुहुन्थ्यो ।
भारतको महाराष्ट्र राज्यसँग सम्बन्धित कोबाध गान्धी सम्पन्न परिवारको सदस्य हुनुहुन्थ्यो र वहाँले देहरादुन र विदेशमा समेत अध्ययन गर्नुभएको थियो । सन् सत्तरीको दशकदेखि नै वहाँ कम्युनिस्ट आन्दोलनप्रति आकर्षित हुनुभयो र सन् १९८१ म भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वारको केन्द्रीय सदस्य हुनुभयो । पिपुल्सवार र एमसिसीबीच सन् २००४ मा पार्टी एकता भएर भाकपा ( माओवादी ) बनेपछिको पहिलो महाधिवेशन (२००७) मा वहाँ सो पार्टीको पोलिटब्युरो सदस्य हुनुभएको थियो । पार्टीले वहाँलाई बौद्धिक र प्रकाशन क्षेत्रको जिम्मेवारी दिएको थियो । पक्राउ परेको समयमा पनि वहाँ पार्टी प्रकाशन कार्यमा व्यस्त हुनुहुन्थ्यो ।
वहाँको पक्राउपछि माओवादी पार्टीका प्रवक्ता कमरेड आजाद (सन् २०११मा सहिद) ले “कमरेड कोबाध गान्धीको पक्राउले भाकपा (माअमेवादी) र भारतीय क्रान्तिलाई ठूलो क्षति पुगेको” भनेर वक्तव्य जारी गर्नुभएको थियो ।
महिला तथा दलित मुक्तिसम्बन्धी विशिष्ट अध्येता भाकपा (माओवादी) की केन्द्रीय नेतृ अनुराध गान्धी ( क्यान्सरको बिरामीका कारण हाल दिवङ्गत) का जीवनसाथी कमरेड कोबाध गान्धी ब्लड प्रेसर, मुटु र किडनीको समस्याले ग्रस्त हुनुहुन्थ्यो र मानवअधिकारवादीहरू लगायत राष्ट्रिय-अन्तर्राष्ट्रिय बौद्धिक क्षेत्रले वहाँको उचित स्वास्थ्योपचारका साथै रिहाइका लागि आवाज उठाइरहेको थियो ।
भिडियो फिचरview all