ताजा समाचार
भाकपा (माओवादी) को कार्यकर्ताहरूलाई निर्देशन
(भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को वैचारिक प्रकाशन ‘पिपुल्स वार’ मा 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति'सम्बन्धी महत्वपूर्ण रचनाहरूका साथै वर्तमान विश्वपरिस्थिति र सर्वहारा क्रान्तिको चरित्रका बारेमा विश्लेषण गरिएका महत्त्वपूर्ण सामग्रीहरू प्रकाशित गरेको छ । साथै कार्यकर्ताको प्रशिक्षण र निर्देशनका लागि प्रस्ताव र परिपत्रका रूपमा केही महत्वपूर्ण सामग्री पनि प्रकाशित गरेको छ । यसैअन्तर्गत एउटा सामग्रीको शीर्षक ‘वर्तमान परिस्थिति र हाम्रा कार्यभारहरू’ रहेको छ । यसमा अन्तर्राष्ट्रिय परिस्थितिका साथै भारतीय घरेलु स्थितिको पनि व्याख्या, विश्लेषण र संश्लेषण गरिएको छ । घरेलु स्थितिको समग्र विश्लेषणपछि आफ्ना कार्यकर्तालाई सैद्धान्तिक तथा राजनीतिक पक्षका साथै सैन्य पक्षमा दिइएको निर्देशन पाठकहरूका लागि उपयोगी हुने ठानी हामीले यहाँ प्रस्तुत गरेका छौं ।)
सैद्धान्तिक तथा राजनीतिक कामहरू : नीतिगत
१. नेतृत्व तहमा रहेका कमरेडहरूले एकपल्ट फेरि लेनिनका रचनाहरू ‘साम्राज्यवाद, पुँजीवादको उच्च चरण’, ‘युद्ध र शान्ति’र ‘तेस्रो अन्तर्राष्ट्रिय’ ले फासिवादका विरुद्ध लड्नका लागि दोस्रो विश्वयुद्धभन्दा अघि ल्याएका कार्ययोजनाहरू राम्रोसित अध्ययन गर्नु जरूरी छ । यी रचनाहरूमा आधारित भएर हामीले वर्तमान शासकवर्गको पाकिस्तान र चीनका विरुद्ध राष्ट्रवादी प्रलाप र युद्धउन्मादमा अन्तर्निहित पक्षको निरन्तर भण्डाफोर गर्नुपर्छ । हामीले शोषक साशक वर्ग र सङ्घ परिवारको नक्कली देशभक्तिको भण्डाफोर गर्नुपर्दछ ।
२.मुलुकलाई निर्वाध रूपमा साम्राज्यवादको हातमा बेच्ने र दलाल नोकरसाही पुँजीपति वर्ग र ठूला जमिनदार वर्गको शोषणलाई स्थायित्व प्रदान गर्ने ब्राम्हणवादी हिन्दू फासिवादीका विरुद्ध हामीले चौतर्फी रूपमा वैचारिक र राजनीतिक सङ्घर्षलाई तीव्र पार्नु आवश्यक छ ।
३. हामीले गैरसरकारी संस्थाहरूको उत्तरआधुनिकतावाद र कानुनी लडाइँ, सुधारवाद र अर्थवादसम्बन्धी कुतर्कहरूको भण्डाफोर गर्नुपर्दछ र बलपूर्वक जनसत्ता प्राप्त गर्ने चेतनाको विकासमा जोड दिनुपर्छ ।
४. हामीले राज्य/विशेष क्षेत्रहरू/ विशेष जोनहरूमा कृषि, उद्योग र जनसेवाका अन्य क्षेत्रहरूमा अन्तर्राष्ट्रिय वित्तीय पुँजी, दलाल नोकरसाही पुँजी र सामन्तवादले एकसाथ गरेका शोषणका रूपहरूको सामाजिक जाँचपड्ताललाई पूर्णता दिनुपर्छ । हामीले यो प्रकरणमा आम जनतालाई परिचालन गरेर वर्गसङ्घर्ष चलाउनुपर्छ । यस उद्देश्यका लागि हामीले कानुनी, गोप्य र संयुक्त मोर्चा बनाएर वर्गसङ्घर्षका लागि जनताको ठूलो हिस्सालाई सङ्गठित गर्नुपर्छ । हामीले सबै छापामार जोनहरूमा वर्ग सङ्गठनहरूलाई सुदृढ तुल्याउनु पर्छ र तल्लो तहबाट आरम्भ गरेर वर्गसङ्घर्षलाई तीव्र बनाउन केन्द्रित गर्नुपर्छ ।
१९९१ देखि साम्राज्यवादी भूमण्डलीकरण्को नीति लागु गरेपछि मुलुकमा स्थायी मजदुरलाई विस्थापित गर्न कन्ट्याक्ट र दैनिक ज्यालादारीका नाममा असङ्गठित मजदुरहरूको सख्यामा वृद्धि गरिएको छ । यो सँगसँगै बसाइँसरेर आएका मजदुरहरू पनि बढ्नथाले । उनीहरू पनि असङ्गठित मजदुरहरू नै हुन् । हामीले यी असङ्गठित मजदुरहरूलाई पनि सङ.गठित गरेर सङ्घर्षमा लगाउनुपर्छ । असङ्गठित मजदुरहरूलाई पहिलेदेखि सङ्गठित गरेका ठाउँहरूमा चाहिँ थप सुदृढीकरण गर्नु आवश्यक छ ।
५. हामीले दलित, आदिवासी, अल्पसङ्ख्यक धर्मावलम्बीहरू र जनवादी शक्तिहरूलाई ब्राम्हणवादी हिन्दू फासिवादका विरुद्ध सङ्गठित गर्नुपर्छ र यसका लागि विभिन्न तह र रूपका संयुक्त मोर्चाहरू निर्माण गर्नुपर्छ ।
६ मुलुकमा विदेशी विश्वविद्यालयहरूको स्थापना र प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म भएको शिक्षाको निजीकरण, व्यापारीकरणका विरुद्ध विद्यार्थी र आम जनतालाई सङ्गठित गर्नुपर्दछ ।
७. हामीले विस्थापन विरुद्धको अभियानलाई साम्राज्यवाद विरोधी तथा सिविवि विरुद्धको अभियानमा विकसित गर्नुपर्छ । कृषि क्षेत्रमा देखिएको सङ्कटबाट असन्तुष्ट बनेका किसानहरूलाई सङगठित गरेर सामन्तवाद विरोधी तथा साम्राज्यवाद विरोधी सङ्घर्षको विस्तार गर्नुपर्छ ।
८. मुलुकमा 'अपरेसन ग्रिन हन्ट' का नाममा आम जनतामाथि शोषक वर्गले चलाएको युद्धका विरुद्ध स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनवादी शक्तिलाई सङ्गठित गरेर संयुक्त मोर्चा निर्माण गर्नु आवश्यक छ ।
९.अहिलेको आन्दोलन तीव्र भएको क्षेत्रसित जोडिएका बृहत् मैदानी इलाकामा व्यापक मात्रामा वर्गसङ्घर्षलाई विस्तार गर्नु आवश्यक छ ।
१०. सहरी आन्दोलन कमजोर हुनुको कारणहरूको गम्भीर अध्ययन गरेर यसलाई नयाँ किसिमले अघि बढाउनु जरुरी छ । यसका लागि नयाँ जनशक्तिको निर्माण गरेर प्रशिक्षण दिनु आवश्यक छ ।
११. हामीले पार्टी कर्ताकर्ताको सैद्धान्तिक, राजनीतिक स्तरको अभिवृद्धि गर्नु आवश्यक छ, जसबाट कठिन परिस्थितिमाथि उनीहरूले विजय प्राप्त गर्न सकून् । हामीले एलटिपी र सबै तहको फिल्ड ट्रेनिङ कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ ।
१२. हामीले दुस्मनले चलाएको मनौवैज्ञानिक तथा भ्रमपूर्ण युद्धको निरन्तर भण्डाफोर गर्नुपर्छ र त्यसैगरी उनीहरूसित लडेर पराजित गर्नुपर्छ ।
सैन्य, सङ्गठनात्मक कामहरू : नीतिगत
पार्टी र सैन्य कार्यकर्ताहरूले एकीकृत–माओवादी पार्टी निर्माण गरेपछि हामीले चलाएको माओवादी जनयुद्धसित सम्बद्ध अनुभवको अध्ययन गरेकै हुनुपर्छ । हामीले हाम्रा कार्यकर्तालाई आन्दोलनको शक्ति, सङ्गठनात्मक स्थिति र सम्बद्ध क्षेत्रको भौगोलिक अवस्थामा आधारित भएर छापामार युद्धनीतिका बारेमा प्रशिक्षित गर्नुपर्छ ।
२. हामीले अहिले देशव्यापी रूपमा सामना गर्नुपरेका समस्या निराकरणकाका लागि सकारात्मक पक्षहरूलाई आधार मान्दै छापामार युद्धका लागि स्थानीय तहमा जेजति साधनस्रोत छ, त्यसैका आधारमा छापामार युद्धलाई रिन्तरता दिनुपर्छ । बितेका तीन वर्षहरूमा कार्पेट सेक्युरिटी क्षेत्रहरूमा भएका अपरेसनहरूसित सम्बद्ध अनुभवहरूको संश्लेषण गर्नुपर्छ र ती क्षेत्रहरूमा छापामार युद्धको विकास गर्दै तीव्र बनाउनु पर्छ ।
३. हामीले राजनीतिक तथा सैन्य क्षेत्रको नेतृत्व तहको शक्तिलाई तालिम दिने काममा जोड दिनुपर्छ । हामीले हाम्रा जनमुक्ति छापामार सेनालाई विशेष तालिम दिनुपर्छ, जसबाट उनीहरू एलआइसी तथा प्रतिछापामार लडाईँसित सम्बद्ध नीतिको सामना र प्रतिरोध गर्न सकून् । हामीले कार्यनीतिगत साथै विभिन्न किसिमका शीपको विकास गर्नुपर्छ । सबै तहका कमान्डरहरूले यसलाई लागु गर्नुका साथै मजबुत बनाउनु आवश्यक छ ।
४. हामीले दुस्मनको आक्रमणबाट स्थानीय नेतृत्वको रक्षा गर्नुपर्छ । यसका लागि राज्य, विशेष जोन, विशेष एरिया कमिटीहरूले आवश्यक विधिहरू अँगाल्नुपर्ने हुन्छ ।
५ हामीले कार्पेट सेक्युरिटी एरियाहरूमा आम जनकार्य र छापामार युद्धका कामकारबाहीबारे जनता र लडाकु दस्तालाई प्रस्टरूपमा बुझाउनुपर्छ । यसो गर्दा जनतालाई कुनै हानिनोक्सानी नहोस् भनेर हामीले ध्यान दिनुपर्छ ।
६.हामीले हाम्रा कामकारबाही र सङ्गठनात्मक गतिविधिहरू दुस्मनले आक्रमण गर्दा तल एरिया कमिटीदेखि माथि केन्द्रीय कमिटीसम्मका नेतृत्वदायी शक्तिहरूलाई सुरक्षित राख्ने किसिमले लागु गर्नुपर्छ ।
७. हामीले हानिनोक्सानी व्यहोरेका क्षेत्रहरूलाई पुनः मजबुत बनाउने किसिमले काम गर्नुपर्छ । राज्य कमिटीले त्यस क्षेत्रको जनाधार, सङ्गठनात्मक स्थितिमा आधारित भएर आमजनता तथा सैन्य गतिविधिलाई परिचालित गर्नुपर्छ ।
८. कार्पेट सेक्युरिटीको बढ्दो अवस्थाका कारण उत्पन्न समस्यालाई ध्यानमा राखेर आन्दोलनका अन्य क्षेत्रहरूसित समन्वय गर्दै राज्य कमिटीहरूले आन्दोलनको नेतृत्वको पहल गर्नुपर्छ । राज्य कमिटीहरू/स्पेसल जोनल कमिटीहरू/विशेष एरिया कमिटीहरू, जिल्ला/डिभिजन/जोनल कमिटीहरू पहिलेजस्तो नियमित बैठकहरू सञ्चालन गर्न सकिरहेका छैनन् । त्यसैले सब–जोनल ब्युरोहरू डिके, आरसी (अहिले संयुक्त कमान्ड) डिभिसीले सबै एरियामा र सब-डिकेको सबडिभिजनल ब्युरोले आफ्नै स्वतन्त्र पहलमा आन्दोलनलाई नेतृत्व प्रदान गर्नु आवश्यक छ । यी कमिटीहरूको अभावमा एसजेडसिएमहरू र डिभिसिएमहरूले आन्दोलनलाई अगाडि बढाउन टिमवर्कका रूपमा काम गर्नुपर्ने हुन्छ । छापामार युद्धको सिद्धान्तलाई खास क्षेत्रको विशिष्टता र केन्द्रित र विकेन्द्रित शक्ति विन्यासका आधारमा लागु गर्नुपर्छ । सैन्यकार्य र जनपरिचालनकार्यबीच समन्वय बनाएर लैजानुपर्छ । आवश्यकता पर्नेबित्तिकै एरिया कमिटीहरू र प्लाटुनहरूलाई एउटै कमान्डमा ल्याउनुपर्छ । आवश्यक पर्यो भने एलजिएस र एलओएसलाई एउटै युनिटमा मिसाउनु पर्ने हुन्छ र दुइटा एसीलाई पनि एकै ठाउँ मिसाउनुपर्ने हुन्छ । यस्ता निर्णयहरू फेरिएको शक्तिमा आफ्नो पहल नगुम्ने किसिमले र फेरिएको अवस्था र दिशाको राम्रो अध्ययन गरेर मात्र गरिनुपर्छ । यस्ता कुरामा हामी मनोगतवादी हुनु हुँदैन । एसजेडसिएम टोलीहरू र सब-जोनल ब्युरोहरूले यस्ता निर्णयहरू सिसिएमहरूको निर्णय र निर्देशनमा लिनुपर्छ । काम गर्ने विधि फेर्नुपर्छ, जसबाट फेरिएको परिस्थितिअनुसार पहल गरेर निर्णय लिन सकियोस् ।
९. बोतेम (डिके–तेलङ्गना), रामागुडा (एओबि),...(बिहार-झारखण्डमा भएका जस्ता नोक्सानीहरूबाट बच्न हामीले हाम्रा बसाइ (क्याम्प), हिँडाइ, प्याट्रोलिङ र सुरक्षा सतर्कतामा पनि फेरबदल गर्नु जरूरी छ । हामीले हाम्रा क्याम्पहरूमा हुने दुस्मनको आक्रमणलाई प्रत्याक्रमण गर्न नियमित कवाजको अभ्यास गर्नुपर्दछ । हामीले क्याम्पवरिपरि आत्मरक्षाको दरिलो व्यवस्था गर्नुपर्छ ।
१०. हातहतियार तथा खरखजाना प्राप्त गर्न र दुस्मनको सफाया गर्न हामीले बदलाका कारबाही तथा टिसिओसीहरू गर्नुपर्छ । यसका लागि जनताको निरन्तर सूचनालाई अगगाडि राखेर तथा दुस्मनको कमजोरीहरूलाई ध्यानमा राखनुपर्छ । यसका लागि हामीले सही योजना बनाएर हाम्रो फोर्सलाई उत्साहका साथ परिचालन गर्नुपर्छ । युद्धका कारबाहीहरूमा नेतृत्वदायी फोर्सको संलग्नतामा वृद्धि गर्नुका साथै यसलाई बलियो पनि बनाउनुपर्छ । नेतृत्वदायी शक्तिहरू, कार्यकर्ताहरू र सबै ‘जनमुक्ति छापामार सेना’ एकगठ भएर साहस र हिम्मतका साथ लड्नुपर्छ । हातहतियार कब्जा र बदलाभावका कारबाहीहरूमा आक्रमण र गति, अघि बढ्ने र पछि हट्ने कार्यमा पनि हामीले आवश्यकताअनुसार फेरबदल गर्नुपर्छ, सिर्जनात्मक हुनुपर्छ । त्यसैले हामीले युद्धकलामा विकास गर्नेपर्छ । हामीले सबै किसिमका हतियारसित काम गर्ने शीपको विकास गर्नैपर्ने हुन्छ ।
११. हामीले कार्पेट सेक्युरिटीलाई रोक्न, असफल पार्न, ध्वस्त पार्न आक्रमणको आवश्यक विधि अँगाल्नु पर्नेहुन्छ ।
१२. सुदृढीकरण र विस्तारको प्रक्रियामार्फत सिआरबी र इआरबी क्षेत्रहरूबीचको क्षेत्रलाई बृहत् छामामार इलाकाका रूपमा विकसित गर्नुपर्छ । यस कामको सफलताले कठिन स्थितिलाई पार लगाउन र भारतीय क्रान्तिलाई अघि बढाउन एउटा आधार प्रदान गर्छ ।
१३.पार्टीमा काम गरिरहेका कार्यकर्ताहरू, जनसेना र संयुक्त मोर्चाले माओवादी कामको शैलीमा पोख्तता हासिल गर्नैपर्ने हुन्छ ।
प्रिय कमरेडहरू !
दुस्मनको प्रतिक्रान्तिकारी आक्रमणले हाम्रा सामु गम्भीर चुनौती खडा गरेको छ । हामीहरू यो कठिन स्थितिलाई पार लगाउन सकौँला कि नसकौँला ? सक्छौं । अर्कोतिर घरेलु तथा अन्तर्राष्ट्रिय राजनीतिक स्थितिले विश्वव्यापी रूपमा साम्राज्यवादीहरू, तिनका दलालहरू, दलाल नोकरसाही पुँजीपतिहरू र ठूला जमिनदारहरूका सामु एकदमै गम्भीर चुनौती खडा गरेको छ । दिनदिनै बढ्दैगएको आर्थिक तथा राजनीतिक सङ्कटलाई कसरी झेल्ने ? कसरी विश्वव्यापी क्रान्तिको लहरको सामना गर्ने ? शोषक, शासक वर्गहरूको सामु उपस्थित निमर्म प्रतिकूल अवस्था हाम्रा लागि अनुकूल पक्षहरू हुन् । यी अनुकूल पक्षहरूमाथि आधारित भएर हामीले राजनीतिक, सैन्य र सङ्गठनात्मक प्रयासहरूको निर्माणका लागि सही रणनीतिहरू अँगाल्नु पर्दछ । अनि मात्रै हामी अवश्य पनि वर्तमान कठिन स्थितिमाथि विजय प्राप्त गर्न र भारतको क्रान्तिकारी आन्दोलनलाई पनि अघि बढाउन सक्छौँ । कृषिमा मात्र निर्भर भएर बाँच्न नसक्नुको अवस्था र सहरमा कामको अभावका कारण किसानहरूको ठूलो सङ्ख्या एकदमै असन्तुष्ट छ । विद्यार्थी र युवाहरू साम्राज्यवादी र सामन्ती उत्पीडन र दमनका कारण निस्सासिँदो अवस्थामा छन् । विस्थापनको समस्याले गर्दा आदिवासीहरूले आफ्नो जीवनअस्तित्व र पहिचान गुमाइरहेका छन् । साम्राज्यवादी भूमण्डलीकरण नीतिहरूका कारण मजदुरहरू र अन्य कामदारहरू असुरक्षाको सामना गरिरहेका छन् । यी सबै कुरालाई वर्गसङ्घर्षमा सङ्गठित र सुदृढ पार्ने प्रयास गरौँ । सीमित शक्तिबाट कामको थालनी गरौँ र असीमित शक्ति तयार पारौँ । हामीले नयाँ पुस्तालाई क्रान्तिका लागि सङ्गठित गरौँ । भूगोलको ठूलो क्षेत्रलाई लाल प्रतिरोध क्षेत्रहरू र गुरिल्ला जोनहरूमा विकास गरौँ । यस प्रक्रियामा व्यापक, सङ्गठित जुझारु जनाधारको निर्माण गरौँ, जनमुक्ति छापामार सेनालाई सुदृढ पारौँ र जनयुद्धलाई घनीभूत रूपमा अघि बढाऔँ । त्यसैले दुस्मनको आक्रमणलाई परास्त गरौँ र कठिन स्थितिमाथि विजय प्राप्त गरौँ ।
बितेका दिन वर्षहरूमा हामीले भोगेका कठिनाइहरूबाट पार पाउनका लागि हामीले गरेका प्रयासहरूबाट उत्पन्न अनुकूल पक्षहरूलाई हामीले अझ थप बलियो बनाउनुपर्छ । यी अनुकुल पक्षहरू कठिनाइबाट मुक्त पार्ने बलिया आधारहरू हुनसक्छन् । हामीहरूबीच विद्यमान विजातीय वर्ग प्रवृत्तिहरूलाई सच्याऔँ । आन्दोलनको शक्तिअनुसार मालेमाका सिद्धान्तहरू र माओवादी जनयुद्धका सिद्धान्तहरूलाई लागु गरौँ । फेरिएको परिस्थितिअनुसार हाम्रा राजनीतिक तथा सैन्य रणनीतिलाई परिवर्तन गरौँ । यस प्रयासमा हामी सबै तहमा टिम भावनाका साथ काम गरौँ । आमजनताका बीचबाट नयाँ पुस्तालाई सङ्गठित र बलियो बनाउने रणनीतिको विकास गरौँ । माओवादी शैलीको काम गराइमा दक्षता हासिल गरौँ ।
विश्वको कम्युनिस्ट आन्दोलन र हाम्रो मुलुकको इतिहासले पनि थुप्रै अप्ठ्याराहरू र पराजयलाई भोगेको छ । हामीले यी सबैको सामना गर्दैआएका छौँ । जब हिटलरको फासिवादी डफ्फाले दोस्रो विश्वयुद्धमा लेनिनग्राडमाथि घेराबन्दी गर्यो, जब दक्षिण चीनको मुक्त क्षेत्र चिनियाँ कम्युनिस्ट पार्टीले गुमायो र दीर्घकालीन जनयुद्धको लामो अभियानको बाटो समात्नु प¥यो, जब नक्सलबाडी र श्रीकाकुलमका सङ्घर्षहरूको पराजय भयो, हामीले निकै गम्भीर प्रतिकूल स्थितिको सामना गर्नुपर्यो । सही रणनीतिहरू, अद्वितीय हिम्मत र साहस, दृढ इच्छाशक्ति र सही कार्यशैलीद्वारा हामीले ती समस्यामाथि विजय प्राप्त गर्यो । यी अनुभवहरूमा आधारित भएर ‘अपरेसन ग्रिन हन्ट’ का विरुद्ध लडौँ र कठिन परिस्थितिमाथि विजय प्राप्त गरौँ ।
क्रान्तिकारी अभिवादन
केन्द्रीय समिति, भाकपा (माओवादी)
अनु. डा. ऋषिराज बराल

भिडियो फिचरview all