
अन्तर्साम्राज्यवादी षड्यन्त्रको प्रतिरोध गर्न फिलिपिन्स कम्युनिस्ट पार्टीको आह्वान

अपिलमा फिलिपिन्सको दुतेरते सरकार अमेरिकी साम्राज्यवादको सहयोगमा मुलुकमा चलिरहेको जनताको आन्दोलन दबाउन कुनै पनि किसिमको सम्झौता गर्न पछि नपर्ने हुँदा यो शिखर बैठक सारमा यो क्षेत्रका लागि खतराको संकेत हो र साम्राज्यवादी मुलुकहरू आआफ्नो वर्चस्व कायम गर्ने प्रतिस्पर्धा मात्र हो भनिएको छ ।
''उदारीकरणका लागि गरिएको साम्राज्यवादी षड्यन्त्रको प्रतिरोध गरौँ !'' ''साम्राज्यवादी प्रतिद्वन्द्वीता र बढ्दो युद्ध धम्कीको प्रतिरोध गरौँ !'' शिर्षकमा प्रकाशित सो अपिलमा मा फिलिपिन्स र विश्वका जनतालाई उएसिया-प्रशान्त क्षेत्रलाई अमेरिका, रुस, छिन् र जापानबीचको अन्तर्साम्राज्यवादी अखडा बन्न नदिन प्रतिरोधमा उत्रिन आह्वान गरिएको छ ।
यसैबीच अमेरिकास्थित फिलिपिनोहरूको संस्था बायन, युएसएले ''ट्रंपलाई अमेरिका पस्न नदिऔं' लागायतका पोस्टरलाई व्यापक बनौएको छ ।
भिडियो फिचरview all