ताजा समाचार
यस्तो छ वर्तमान “समाजवादी” चीनको तस्विर
विश्वका मार्क्सवादी क्रान्तिकारीहरूले माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भएको र त्यहाँ क्रमिकरूपमा पुँजीवादको पुनर्स्थापना हुँदेगएर वर्तमानसम्म आइपुग्दा चीनले सामाजिक साम्राज्यवादको चरित्र ग्रहण गरेको ठहर गरेका छन् । परन्तु सामान्य मान्छे मात्र नभएर आफूलाई खाँटी क्रान्तिकारी त्यसमा पनि आफूलाई २१ औँ शताब्दीको सबैभन्दा क्रान्तिकारी ठान्नेहरूले समेत वर्तमान चीनलाई समाजवादी मुलुक भनेको र दस्ताबेजमा उल्लेख गरेको पाइन्छ । अझ चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनमा सि जिपिङले बोलेको कुरालाई लिएर उनीहरूले चीनमा माओकालको समाजवाद नै आएजस्तो गरी महिमागान गाएको पाइन्छ ।
साँच्चै चीन समाजवादी मुलुक हो त ? सि जिपिङ क्रान्तिकारी समाजवादको अभियन्ता हुन् त ? कि नेपालका प्रचण्ड र ओलीको नौटङ्की समाजवादजस्तै हो सि जिपिङको समाजवाद ? चीनको अवस्था के हो र त्यहाँ के भएरहेको छ भन्ने कुराको जिज्ञासा हामी सबैको चासोको विषय हो । यसै क्रममा माओकालका चिनियाँ रेडगार्ड वेइ वेइले लेखेको लेख “ हाम्रो भावी क्रान्तिसम्बन्धी केही विचारहरू” हाम्रो हात परेको छ । फिलिपिन्स कम्युनिस्ट पार्टीको वेबसाइटमा अंग्रेजीमा प्रकाशित यो रचना अलि अगाडिकै भए पनि आधारभूत रूपमा यो रचना माओको मृत्युपछिको चीनको तस्विर हो । अहिले चिनियाँ सरकारले प्रतिबन्धित गरेका थुप्रै वेबसाइटमध्ये चिनियाँ भाषाको वेबसाइट www.hongqiwang.com मा प्रकाशित यो रचनाले चिनियाँ सत्ताधारी वर्तमान शासक वर्गको चरित्र मात्र उजागर नगरी त्यसविरुद्धको सङ्घर्षको चिन्तनलाई पनि प्रस्तुत गर्छ । सही अर्थमा वर्तमान चीन के हो र त्यहाँ अहिले के भइरहेको छ भन्ने कुराको जानकारी पाठकहरूलाई दिनु उचित हुन्छ भनेर हामीले यो रचना अनुवाद गरी प्रकाशित गरेका छौँ । यो रचना पढ्दा हामी हाम्रो कम्युनिस्ट आन्दोलन, गद्दारहरूले हामीलाई दिएको धोका र यसका विरुद्ध सङ्घर्षका लागि सोचिरहेका र योजना बनाइरहेका आफूहरूलाई पनि सम्झिन्छौँ ।
.----------------------------------------------------------------------------------------------------------------
हाम्रो भावी क्रान्तिसम्बन्धी केही विचारहरू : रेड गार्ड, वेइ वेइ
३० वर्षको ‘सुधार’ पछि एउटा सच्चा कम्युनिस्ट पार्टी निर्माणका लागि आफ्नो निष्कर्ष प्रस्तुत गर्ने समय आएको छ ।
बितेका ३० वर्षको परिवर्तन भनेको आधारभूत रूपमै चीनमा पुँजीवादको पुनर्स्थापना हो । अझै पनि हाम्रो मुलुकको प्रधान अन्तर्विरोध सर्वहारा र बुर्जुवाबीचको अन्तर्विरोध हो, तर अन्तर्विरोधको प्रधान पक्ष बुर्जुवामा फेरिएको छ । यतिबेर श्रमजीवी जनता र सर्वहाराले नयाँ क्रान्तिको आवश्यकताको सामना गर्नुपरेको स्थिति छ ।
हाम्रा सामु उपस्थित क्रान्तिको आधार भनेको भ्रष्टाचार, मुलुकको बेचविखन र पुँजीवादको पुनर्स्थापनाका विरुद्ध माओको महान् झण्डालाई माथि उठाएर महान् समाजवादी क्रान्तिलाई निरन्तरता दिनु हो । मुलुकमा अहिले सर्वहाराको अधिनायकत्व नभएकाले हाम्रो क्रान्तिको निरन्तरता सर्वहारा वर्गको अधिनायकत्वद्वारा परिचालिन हुने स्थिति छैन । त्यसैले हामीले अगाडि बढाउने क्रान्ति बुर्जुवा वर्गको अधिनायकत्वका विरुद्धमा हुनेछ । हाम्रो अगाडिको बाटो कठिन र विभिन्न घुम्ती र मोडहरूले भरिएको हुनेछ ।
हाम्रो क्रान्तिको मूल निसाना पार्टीभित्र सत्ता कब्जा गरेर बसेका पुँजीपन्थीहरू र गद्दार संशोधनवादी गुटहरू हुन् । यी संशोधनवादी समूहहरू नक्कली कम्युनिस्टहरू हुन्, जो कम्युनिस्ट पार्टीको उच्च पद ओगटेर बसेका छन् । जनतालाई सधैँभरि मुर्ख बनाउन सकिन्छ र आफ्नो पदलाई निरन्तरता दिन सकिन्छ भनेर उनीहरूले पार्टीको नेताका रूपमा उच्च पद कब्जा गरेर बसेका छन् । १७ औँ पार्टी महाधिवेशनमा उनीहरूले देङ सियाओ-पेङ, जियाङ ज-मिन र हु जिङ-ताओका विचारहरूलाई नयाँ विचारका रूपमा अघि सार्दै मार्क्सवाद-लेनिनवाद र माओ त्से-तुङ विचारधारका विरुद्ध पार्टीको पथप्रदर्शक सिद्धान्तका रूपमा प्रस्तुत गरे । उनीहरूले मार्क्स , लेनिन माओलाई विधानमा उल्लेख गर्नुको कारण के हो भने ती नामहरूलाई देखाउनका लागि मात्रै पनि प्रयोग नगरे आफ्नो प्रभुत्व गुम्ने र आफू सिद्धिने हो कि भन्ने उनीहरूलाई डर छ । त्यसैले कालान्तरसम्म उनीहरूले आफूलाई लुकाउन मार्क्स , लेनिन र माओको नाम लिइरहनेछन् ।
हाम्रो क्रान्तिको निसाना नौकरसाही र दलाल बुर्जुवाहरू हुन् र यही नै उनीहरूको वर्गचरित्रको सारतत्त्व हो । उनीहरूले व्यापक किसिमले हाम्रो मुलुक र जनतालाई बेचेका छन् र भर्खरै पनि हाम्रो अर्थतन्त्रलाई विदेशीको हातमा सुम्पिने काम निरन्तर रूपमा गरिरहेका छन् । उनीहरूका क्रियाकलापहरू बुझिनसक्नुका छन् । उनीहरूको विदेशी शक्तिसित अति घनिष्टता भएकाले उनीहरू तिनको स्वार्थबाट पर जान सक्तैनन् । उनीहरूले आफनो सम्पति र परिवारलाई पनि विदेशमै व्यवस्था मिलाएका छन् । उनीहरूले आफू र आफ्नो मुलुकलाई पूणरूपमा विदेशीको हातमा बेचेका छन् र आफूलाई दासका रूपमा प्रस्तुत गर्छन् । उनीहरूले बृहत् रूपमा सम्पतिको निजिकरण अभियान चलाएर राज्यका उद्योगकलकारखानाहरूको बिक्री गरे । “सम्पतिको स्वामित्व” सम्बन्धी कानुन पारित गरेपछि तिनीहरूले राज्यसम्बद्ध प्रतिष्ठानहरूको तलबमानको अन्तराल बढाइएका छन् । यसको अर्थ गुणात्मक परिवर्तन भइसकेको छ । राष्ट्रिय चेतनाका दृष्टिले यिनीहरू रूसका भ्लादमिर पुटिन जत्तिका पनि छैनन् । कम्तीमा उनले त अमेरिकाको विरुद्ध उभिने साहस गरेका छन् । जनताको आत्मसम्मान भनेको के हो भन्ने कुरा यिनीहरूले बिर्सिसकेका छन्, यिनीहरू विदेशीका सामु क्विङ बंशीय वादशाहका सामु दरवारिया कर्मचारीले गर्ने व्यवहारझै गर्दछन् ।
राज्यसंयन्त्र पूर्णरूपमा भ्रष्ट छ । भोलिका दिनमा हाम्रो क्रान्ति सम्पन्न भएपछि हामी यो अहिले उनीहरूलेले चलाएको यो पुरानो राज्यसंयन्त्रको प्रयोग गर्ने छैनौँ । लेनिनले ''राज्य र क्रान्ति" मा भनेझैँ हामी अहिलेको राज्यसंयन्त्रलाई पूरै ध्वस्त पार्नेछौँ । साथै अहिले पनि कम्युनिस्ट पार्टीभित्र भ्रष्टाचार नगर्ने थुप्रै इमानदार पार्टी सदस्यहरू छन् भन्ने कुरालाई पनि हामीले ध्यान दिनु आवश्यक छ । पार्टीभित्र वहाँहरू हाम्रो मुख्य ताकत हुनुहुन्छ ।
सर्वहारा भनौँ श्रमजीवी वर्ग नै अहिले पनि हाम्रो क्रान्तिको नेतृत्वदायी वर्ग हो । यसमध्ये पनि गाउँबाट आएका मजदुरहरू हाम्रा नयाँ शक्ति हुन् । किसान र श्रमजीवी बुद्धिजीवीहरू अझै पनि मजदुर वर्गका भरपर्दा सहयोगीहरू हुन् । सर्वहारा वर्गले समाजवादप्रति दृढ विश्वास देखाएको यथार्थ हाम्रो सामाजिक व्यवहारले पुष्टि गरिसकेको छ, उनीहरूको भाग्य र भविष्य समाजवादसित घनिष्ठ रूपमा गाँसिएको छ भन्ने कुरा उनीहरूलाई थाहा छ । एकजना मजदुर कवि वाङ सुइ–जोङले “दि स्टेट इन्टरप्राइज— आवर मदर”शीर्षकमा कविता लेखे । अरू कसले यस्तो कविता लेख्न सक्छ ? मजदुरहरूलाई मात्रै समाजवादी राज्यप्रतिष्ठानप्रति यति सारो माया हुन्छ ।
क्रान्तिकारी वामपन्थीहरूले बनाउन चाहेको कम्युनिस्ट पार्टी सच्चा मार्क्सवादी क्रान्तिकारी कम्युनिस्ट पार्टी हो जुन सङ्घर्षसित जोडिएको हुन्छ । मार्क्सवाद र माओ त्से-तुङ विचारधाराको पक्षमा उभिएको पार्टी नै सही पार्टी हो भनेर हामी घोषणा गर्न चाहन्छौँ । हामी क्रान्तिकारीहरू संशोधनवादीहरू नोकरसाही दलाल बुर्जुवा गुटका विरुद्ध लडिरहेका छौँ । तिनीहरू धोकेबाज हुन्, जसले पार्टीको सत्ता कब्जा गरेर मार्क्सवाद र माओ विचारधाराका विरुद्ध गद्दारी गरे । तिनीहरू नक्कली कम्युनिस्टहरू हुन्, भ्रष्ट छन् र गुणात्मक रूपमै सच्चा कम्युनिस्ट भन्दा भिन्न छन् ।
हाम्रो सङ्घर्षको कार्यक्रमले समस्या उत्पन्न गर्न सक्छ । जनतामाथि भएको अन्यायका विरुद्ध निरन्तर विरोध प्रदर्शन भइरहेको छ : यति कुनै जनविष्फोट भयो भने सरकारका विरुद्ध जनताको आक्रोस व्यवहारमा परिणत हुनेछ र त्यस्तो बेला सच्चा कम्युनिस्टहरू पनि मारमा पर्न सक्ने अवस्था छ । स्थिति यस्तो छ, किनभने जनताका आँखामा कम्युनिस्ट पार्टीको छवि राम्रो छैन, जनताले यसलाई नकारात्मकतामा हेर्नथालेको स्थिति छ । जनताले प्रहार गर्न खोजेको त मुलुकलाई विदेशीलाई बेचेर आफूलाई सम्पन्न बनाउने भ्रष्ट नेता र भ्रष्ट कम्युनिस्ट पार्टीलाई हो, माओकालको कम्युनिस्ट पार्टीलाई होइन । तर यहाँ त कम्युनिस्ट पदावली नै बद्नाम छ ।
त्यसैले सच्चा कम्युनिस्ट पार्टी र भ्रष्ट कम्युनिस्ट पार्टीको चरित्रलाई प्रस्ट पारेर हामीले अहिले हाम्रा प्रचारअभियानलाई केन्द्रित गर्दै जनतालाई बुझाइरहेका छौँ । हाम्रा कुराकानीहरू तथा लेखहरूमा हामीले “सच्चा” कम्युनिस्ट पार्टी र “नक्कली” कम्युनिस्ट पार्टीबीच यस्तो भिन्नता हुन्छ भन्ने कुरा उल्लेख गरेर व्याख्या गर्न थालेका छौँ । नत्र जनताले हङ्गेरीमा भएजस्तै कम्युनिस्ट नाम र पदावलीप्रति नै वितृष्णा जागेर सच्चा र नक्कली दुवैलाई एउटै घानमा हालेर विरोधअभियान चलाउनेछन् र ध्वस्त बनाउनेछन् । यस्तो स्थिति केही गरी आयो भने जनतालाई सम्झाउन र बुझाउन धेरै ढिलो भइसकेको हुनेछ । उदाहरणका रूपमा जुन ४ को घटना (चीनको तियानमेन स्क्वायरको घटना : अनुवादक) लाई लिन सकिन्छ, अधिकांश विद्यार्थी र जनसमुदाय भ्रष्टाचारको विरोध गरिरहेका थिए, तर उग्र दक्षिणपन्थी फाङ लि झीले तिनलाई प्रयोग गर्यो र विरोध कार्यक्रमको अन्त्य दुखान्त हुनपुग्यो । हाम्रो नारा हुनुपर्छ : “हामी नै उत्पीडित जनताको प्रतिनिधित्व गर्ने सच्चा कम्युनिस्ट हौँ । भ्रटाचारी बुर्जुवाहरूको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीजस्तो हामी नक्कली कम्युनिस्ट होइनौँ । हामी जनताको स्वामित्वमा आधारित समाजवाद चाहन्छौँ ।”
विगतमा हामीले माओको क्रान्तिकारी लाइनतिर फर्कने कुरा गर्दा कतिपयले गलत किसिमले बुझे । हामी फेरि पूरै नयाँ जनवादी क्रान्तिको समयतिर फर्कँदैछौ भन्ने अर्थमा पनि बुझे । विगतमा हामी जनता स्वयमले नेतृत्व लिने अधिकार दिनुपर्ने कुराप्रति त्यति गम्भीर भएनौँ । हाम्रो उद्देश्य ''पेरिस कम्युन" का सिद्धान्तका आधारमा एउटा सुन्दर समाजवादी समाज निर्माण गर्नु हो । सर्वहारवादी जनवाद नै सही अर्थमा जनवाद हो । ''पेरिस कम्युन" का झैँ उमेदवार बन्ने र आफैं सत्ता चलाउन निर्वाचित हुने अधिकार जनतामा सुरक्षित हुनुपर्छ । बुर्जुवा अधिकार हटाउने र श्रम र ज्यालामा देखिएको अन्तराल न्यून गर्नु आवश्यक छ । यी ''पेरिस कम्युन" का सिद्धान्तहरू हुन् ।
संयुक्त मोर्चा बनाउँदा पनि यतिबेर हाम्रो समाज तीनओटा प्रमुख शक्तिले बनेको छ भनेर बुझ्नुपर्छ । पहिलो, संशोधनवादीहरू हुन्, जोसित राज्यको राजनीतिक शक्ति छ । दोस्रो सर्वहारा र क्रान्तिकारी शक्ति र अर्को अति दक्षिणपन्थी शक्ति छ, यही शक्तिले सि सान भोलाको आयोजना गरेको थियो । नोकरसाही र पुँजीपति वर्गले हाम्रो मुलुक बिक्रीगरिरहेको हुनाले कतिपय वामपन्थी कित्ताका मान्छेहरू पनि सत्तामा रहेका दलालहरूसित लड्न तिनलाई समेट्नुपर्छ भन्ने धारणा राख्छन् । परन्तु सही अर्थमा तिनीहरू नै जनताका सबैभन्दा खराब सत्रुहरू हुन् भन्ने कुरालाई हामीले छुट्याउनुपर्छ र जनतालाई बुझाउनु पर्छ । संशोधनवादी गुट र अति दक्षिणपन्थीहरूबीचको मूल भिन्नता भनेको संशोधनवादीहरू साम्यवादको भोटो लगाएर कम्युनिस्ट हुनुको अभिनय गरिरहेका छन् र कहिलेकाहीँ जनताको पक्षमा रहेको अभिनय पनि गर्छन् । अति दक्षिणपन्थीहरू सत्तामा आए भने चाहिँ उनीहरूले निर्ममता र निर्दयतापूर्वक आम जनताको हत्या गर्नेछन् । सि सान भेलामा सहभागी हुने वाङ झाओ-जुन जस्ता बुर्जुवाहरू भित्रैदेखि कम्युनिस्टहरूलाई घृणा गर्छन् र उनीहरू बाँचुन्जेलसम्म कम्युनिस्ट विरोधी रहिहरन्छन् ।
अहिलेको सत्ताले यस्ता मान्छेहरूलाई पहिले सम्पन्न हुने मौका दिन्छ र अनि पछि पार्टीमा भित्र्याउने गर्छ । यसो गर्दा उनीहरूबाट सद्भाव पाउन सकिन्छ भनेर यी सत्ताधारीहरूले सोचेका छन् र हुन्छन् । वास्तवमा यी मान्छेहरूमा कम्युनिस्ट पार्टी र पदावलीप्रति नै घृणा भरिएको छ र उनीहरू यसबाट छुटकारा पाउन वैधानिक बाटो अगालिरहेका छन् । पार्टीमा उनीहरूको प्रतिनिधित्व भनेको घोर दक्षिाणपन्थी राजनीतिको प्रतिनिधित्व हो । पछिका दिनमा हाम्रो लडाइँ संशोधनवादीहरू विरुद्ध मात्र नभएर यस्तै घोर दक्षिणपन्थीहरूको सत्ता विरुद्ध हुनेछ । संशोधनवादी गुट र घोर दक्षिणपन्थीहरू दुवैका दृष्टिमा हामी क्रान्तिकारी वामपन्थीहरू दुस्मन हौँ । त्यसैले हाम्रो संयुक्त मोर्चाको नारा यस्तो हुनुपर्छ :
पुँजीवादी पुनस्र्थपनाका विरुद्ध लड्न वामपन्थी झण्डाको वरिपरि गोलबद्ध होऔँ !
हाम्रो देश बेचुवाहरू विरुद्धको सङ्घर्षको झण्डामुनि गोलबद्ध भएर लड्न सबै देशभक्तहरू एकजुट होऔँ !
भ्रष्टाचारका विरुद्धको लडाइँमा सबै उत्पीडित जनता एउटै झण्डामुनि जुटौँ !
हामीहरू हाम्रा विचारहरू एकअर्कासित आदानप्रदान गर्नेछौँ र हामी एकअर्कालाई समर्थन तथा सहयोग गर्नेछौँ । साना भिन्नतालाई थाती राखेर प्रमुख दुस्मनका विरुद्ध हामी साझा आधार तयार पार्नेछौँ ।
सरकारले जनतालाई ठग्न अहिले एउटा बलियो प्रवृत्ति अँगालेको छ । उनीहरूको हातमा सबै शक्ति केन्द्रित छ र प्रचारका सबै माध्यमहरू उनीहरूकै हातमा छन् । जब कुनै घटना घट्छ समाचारमाध्यमहरू किसान र मजदुरको घरमा गएर नेताहरूले आँसु चुहाएको दृश्य घुमाईघुमाई देखाउँछन् । उनीहरूका यस्ता क्रियाकलापले कतिपय युवाहरूलाई समेत भ्रमित पारेको छ । उनीहरूले दृश्यमा के देखाइरहेका छन् भन्ने कुरा भन्दा पनि समग्र व्यवहारमा के गरिरहेका छन् भन्ने कुरा प्रमुख हो । पार्टीको १७ औँ महाधिवेशनपछि तिनले दक्षिणपन्थी प्रवाहको अर्को कदम चाले । उनीहरूले “सुधार” लाई निरन्तरता दिने भन्दै बाँकी रहेका राज्यनियन्त्रित केही औद्योगिक प्रतिष्ठानहरू विदेशी तथा स्वदेशी पुँजीपतिहरूलाई सस्तोमा बिक्री गरे । उनीहरूले त्यस्ता प्रतिष्ठानमा कतिपय मजदुरलाई कामबाट हटाए भने कतिपयको पाउँदै आएको ज्याला घटाए । अब उनीहरू प्रतिष्ठानको नयाँ मालिकलाई सहयोग पुग्ने गरी “बलजफ्ती” किसिमले “ज्यालादारी कानुन” लागु गर्न लागिरहेका छन् ।
उनीहरू कम्युनिस्ट विरोधीका रूपमा चिनिएको सि ताओको लेखको खण्डन गर्नु आवश्यक ठान्दैनन् । उनीहरूले १७ औँ महाधिवेशनमा खुला कम्युनिस्ट विरोधी माओवाद विरोधी लि रुइलार्ई आमन्त्रित गरेका थिए । उनीहरूले कम्युनिस्ट पार्टीलाई चुनौती दिने आन-हुई प्रान्तका वाङ झाओ-जुनका चारओटा लेखहरूको पनि बेवास्ता गरे । तर माओलाई सम्झिएवापत तिनीहरूले झाङ क्विङ-फुलाई गिरफ्तार गरेर जेल पठाए । तिनीहरूले थुप्रै वामपन्थी वेबसाइटहरू बन्द गराए । यसबाट उनीहरू कसको प्रतिनिधितव गर्छन् भन्ने कुरा प्रस्ट हुँदैन र ? उनीहरूले भनेको मुक्त विचार भनेको तीनओटा सिद्धान्तहरूको परित्याग गर्नु हो : मार्क्सवाद र माओ विचारधाराको परित्याग, मजदुर-किसान र आम जनताको परित्याग र क्रान्तिको परित्याग । अर्कोतिर उनीहरू केप्रति समर्पित छन् भने : निजी बजार अर्थतन्त्र, मुलुकलाई घरेलु तथा विदेशी पुँजपतिहरूको हातमा बिक्री र आफ्नो फासिवादी अधिनायकत्वलाई अघि बढाउन भ्रस्ट राज्यसंयन्त्र ।
हामी वामपन्थीहरू सुधारको चरित्रप्रति विमति जनाउनु आवश्यक ठान्दैनौँ । परन्तु, हाम्रो कार्यनीति कस्तो हुनुपर्छ भन्ने कुरामा चाहिँ हामीहरू प्रस्ट हुनु आवश्यक छ । के हुनसक्छ हाम्रो कार्यनीति, जसले हामीलाई विजयसम्म पुर्याउँछ ?
सही कार्यनीतिले समग्र सही रणनीतिलाई पछ्याउनु पर्छ । रणनीति भनेको सैद्धान्तिका प्रश्न हो । हामी सिद्धान्त विपरीत जान सक्तैनौँ र पनि कार्यनीतिको लचकतापूर्वक प्रयोग गर्नुपर्ने पनि हुनसक्छ । क्रान्तिले वैधानिक सङ्घर्षलाई निषेध गर्दैन । हामी वामपन्थीहरूले घोरदक्षिणपन्थीहरूसित लड्न सकिने हरेक अवसरलाई उपयोग गर्नुपर्छ । उदाहरणका रूपमा जि रुई सि ताओ र दुवान रुओ-फेइ जस्ता मान्छेहरू लाजपचेका विषालु गद्दार जासुसहरू हुन् । परन्तु, अर्कोतिर सुधारका नाममा आएका गलत कुराको भने हामीले दृढताका साथ जोडदार रूपमा विरोध गर्नुपर्छ । हामीलाई कतिपय मान्छेहरू देङले भनेका कतिपय कुराको उपयोग गर्दा के हुन्छ र पनि भन्दछन्—तर देङ खतरनाक धोकेबाज थियो र सबै समस्याको जड पनि उसैबाट आरम्भ हुन्छ । त्यसैले हामीले जनतामा भ्रम पार्ने काम गर्नु हुँदैन । हामीले त गद्दारहरू र ठगहरूको जतिसक्तो भण्डाफोर गर्नुपर्छ । हामीले जनतासम्म सही कुरा पुर्याउन र हाम्रो लडाइँको मोर्चालाई ब्यापक बनाउन धोकेबाजहरूको विरुद्ध इन्टर्नेट लगायत हाम्रा विचार सम्प्रेषण गर्न सकिनेजति हरेक माध्यम र उपायको प्रयोग गर्नुपर्छ ।
हाम्रा नाराहरू : हाम्रो क्रान्तिकारी चरित्रले गर्दा हाम्रा नाराहरू प्रस्ट छन् र हृदयदेखि नै यिनले आम जनसमुदायमा उत्साह सिर्जना गर्नेछन् । हामी माओको निरन्तर क्रान्तिको झण्डा माथि उचाल्नेछौँ, हामी हाम्रो मुलुक बेच्ने र पुँजीवादको पुनस्र्थांपना गर्ने संशोधनवाद र यसका अगुवाहरूका विरुद्ध महान् समाजवादी क्रान्तिलाई अघि बढाउनेछौँ ।
सही हो, हामीले नारा मात्र अघि सारेर पुग्ने छैन । हामीले बढीभन्दा बढी अप्ठ्यारा कामहरू गर्नु आवश्यक छ । सर्वहाराहरू अहिले जेजस्तो को आर्थिक स्थितिमा बाँचेका छन्, यसले उनीहरू सबैभन्दा क्रान्तिकारी र आमूल परिवर्तनकारी वर्ग हुन् भनेर निर्धारित गर्छ । अघि बढ्नका लागि बुद्धिजीवीहरूले निश्चय पनि आफूलाई मजदुर र किसानसित जोड्नु पर्छ र जोड्नेछन् ।
हामी फासिवादी अधिनायकत्वअन्तर्गत छौँ । हामीहरूलाई बोल्न छुट छैन । हामी जनवाद चाहन्छौँ । लेनिनले भन्नुभएको छ, शुद्ध प्रजातन्त्र भन्ने कुरा कतै छैन— वर्ग प्रजातन्त्र मात्र छ । हामी बुर्जुवा प्रजातन्त्र चाहँदैनौँ । अमेरिकीहरू भन्छन्, “हामी खुलारूपमा हाम्रा राष्ट्रपतिलाई गाली गर्न सक्छौँ ।” जब कि अमेरिकी सरकारले कोरिया र भियतनाममाथि आक्रमण गर्न सेना पठायो, इराकमा बमवारि गरेर तहसनह गर्यो , अनि मर्न र मार्न अमेरिकीहरूलाई त्यहाँ पठाउँदा सबै आज्ञाकारी बनेर गए। हामी सर्वहाराको प्रजातन्त्र, सच्चा प्रजातन्त्र, जनताको प्रजातन्त्र चाहन्छौँ ।
कम्युस्टि पार्टी सर्वहाराको अग्रदस्ता हो र यो उसैको निगरानीमा रहनुपर्छ । यदि सर्वहारालाई पार्टी प्रतिनिधिहरूको निगरानी तथा खबरदारी गर्ने र कारबाही गर्ने अधिकार छैन भने पार्टीले संशोधनवादी बाटो लिएको बेला हामी अधिकारविहिन हुने छौँ, हाम्रो हातमा केही पनि हुँदैन । कोही पार्टीको माथिल्लो तह महासचिवमा पुग्यो भन्दैमा उसलाई मार्क्सवादको एकदमै राम्रो ज्ञान छ अथवा हुन्छ भनेर कसले भन्नसक्छ ? जो कोही पनि पार्टीको महासचिव हुनेबित्तिकै आफूलाई सिद्धान्तकार र माओको हाराहारीको हुँ भनेर ठान्नु हाँसउठ्दो कुरासिबाय केही होइन । पार्टी सेक्रेटरी भनेको कामको जिम्मेवारी मात्र हो । यहाँ सिङ्गो सर्वहारा वर्गको सत्ता र राजनीतिक चेतनाले यसमा अर्थ राख्छ । वर्ग (हाम्रो) ले मात्रै पार्टीको रेखदेख गर्छ र पार्टीलाई बचाउन सक्छ । जब हामी यस किसिमको जनवादको स्थितिमा पुग्छौँ अनि मात्रै सर्वहाराले पार्टीलाई आफ्नो नियन्त्रणमा लिन सक्छ र सर्वहाराको नेतृत्व गर्न सक्षम हुन्छ । त्यस्तो बेलामा मात्रै पार्टी दक्षिणपन्थी हुने खतरा कम हुन्छ । यो हाम्रो इतिहासले दिएको महान् ऐतिहासिक शिक्षा हो ।
तिनीहरूले हरेक क्षेत्र र मोर्चा सैन्य, राजनीतिक संयन्त्र, न्यायालय व्यवस्था र सञ्चारमाध्यम आदि सबै क्षेत्रमा आफ्नो हितका लागि अधिनायकत्व चलाएका छन् । पहिले तिनीहरू तपाईँलाई पक्राउ गर्छन् र तपाईँलाई धम्कीको सामान्य सजाय दिन्छन्, त्यसपछि तिनीहरू तपाईँलाई निगरानीमा राख्छन्...। हामीले धेरै कठिनाइको सामना गर्नुपर्ने हुन्छ र पनि हामीले क्रान्तिलाई अघि बढाउनु पर्ने नै हुन्छ । यो आम जनसमुदायमा आधारित हुनेछ । सत्तामा रहेका तिनलाई ध्वस्त पार्न हामीले श्रमजीवी वर्गलाई सङ्गठित गर्ने छौँ । पहिलोपल्ट हामी सफल हुन नसके हामीलाई दोस्रोपल्ट, तेस्रोपल्ट पनि लाग्न सक्नेछ । हामीले बडो होसियारीका साथ जनकार्य सम्पन्न गर्नुपर्ने हुन्छ । जनता क्रान्ति चाहन्छन् : अहिले उनीहरूमा स्थितिको समग्र अध्ययन गर्ने अवस्था नभए पनि उनीहरू यसको विकास गदैजाने छन् । आखिर उनीहरू ढिलोचाँडो क्रान्ति चाहन्छन् । हामीले आम जनसमुदायलाई विश्वास गर्नुपर्छ । वस्तुगत र आत्मगत स्थिति अझै परिपक्व हुन बाँकी छ र हामी त्यति चिन्तित भइहाल्नुपर्ने स्थिति छैन । हामीले भूमिगत रूपमा काम गर्नु जरुरी छ र विभिन्न क्षेत्रमा विभिन्न किसिमका अध्ययन समूह गठन गरेर, बहसछलफल र मञ्चहरूको निर्माण गर्नु आवश्यक छ । जनताको राजनीतिक चेतनास्तर माथि उठाउन हामीहरू अनुकूल वातावरण तयार पार्ने छौँ र यसका लागि कठोर मेहनत गर्नेछौँ । हाम्रा प्रयासका माध्यमबाट अनुकूल स्थिति तयार हुनेबित्तिकै हामी समाजका विविध तह र तप्कासित सम्बन्ध बनाएर पार्टीको रूप दिनेछौँ । एकपल्ट उत्पीडित जनसमुदाय सङ्गठित भएपछि हामीलाई कुनै पनि शक्तिले रोक्न सक्ने छैन ।
अनु : डा. ऋषिराज बराल
०००
स्रोतः https://www.ndfp.org/some-thoughts-regarding-our-future-revolution-by-a-revolutionary-old-guard/

भिडियो फिचरview all