
ट्रम्पको फिलिपिन्स भ्रमणको चौतर्फी विरोध

सो अपिलमा “यस क्षेत्रका व्यापार, क्षेत्रीय तनाव लगायत विभिन्न विषयमा छलफल गर्न शिखर सम्मेलन भनिए पनि अमेरिका, रूस र चीनले यस क्षेत्रमा आफ्नो नवउदारवादी भूमण्डलीकरणको नीतिलाई विस्तार गर्न र प्रभुत्व कायम गर्ने उद्देश्यका लागि अमेरिकाका दुई प्रमुख प्रतिस्पर्धीहरू चीन र रूससहित १८ देशका प्रतिनिधिहरू सहभागी हुनेछन्”, भनिएको छ ।
भित्री मनसाय र उद्देश्य अर्कै भए पनि बाह्य रूपमा सो बैठकको सूचीमा चाहिँ व्यापार वार्ता, एसियामा अमेरिकी सैनाको तैनाथी, चीनको आक्रामक विस्तार, कोरिया प्रायदिपमा युद्धको स्थिति, पूर्वी र दक्षिण चीनसागरमा बढ्दो क्षेत्रीय तनाव र अन्य स्थानीय र क्षेत्रीय मुद्दाहरू रहेका छन् । एसिया–प्रशान्त क्षेत्रमा चीनको विस्तार रोक्न र आफ्नो प्रभुत्व कायम गर्न अमेरिकाले समग्र रक्षा खर्चमा अमेरिकी डलर ४३५ विलियनबाट ५३३ बिलियन पु¥याएको छ ।
सो कार्यक्रममा अमेरिकी साम्राज्यवादका सामु नतमस्तक फिलिपिन्सको दुतेर्ते सरकाले जनताका विरुद्ध आफ्ना योजनाहरू कार्यान्वयन गर्ने क्रममा अमेरिका तथा चीन दुवैलाई खुसी पार्ने प्रयास गनै छ, र अगामी दिनमा फिलिपिन्स जनतामाथि उसको आतङकको थप वृद्धि हुने छ भनेर पनि अपिलमा उल्लेख गरिएको छ । यस किसिमको स्थितिका कारण दमनविरुद्ध अन्तर्राष्ट्रिय एैक्यबद्धताको माग गर्नु स्वाभाविक हुन्छ भन्दै अपिलमा प्रतिरोध अभियामनलाई साथ र सहयोग दिन अनुरोध गर्दै “अमेरिकी युद्धहरूको प्रतिरोध गरौँ र शान्तिको पक्षमा उभिऔँ”, भनिएको छ ।
अपिलको अन्त्यमा भनिएको छ :
“ट्रम्पको फिलिपिन्स भ्रमण र एसिया प्रशान्त क्षेत्र “एसियान” र “इएएस” मा नव–उदारवादी एजेन्डाको विरोधको आह्वानको कार्यक्रमलाई समर्थन गरौँ र अमेरिकी साम्राज्यवादबाट सही अर्थमा स्वतनत्र हुन फिलिपिन्सका जनताले चलाएको सङ्घर्षको आन्दोलनमा सहभागी बनौँ । हामी अमेरिका फिलिपिन्स छोड् भन्छौँ ।”
यसैबीच बायनका कार्यकर्ताले रास्ट्रपति भवन अगाडि नारा-जुलुस गर्नुका साथै अमेरिकी झण्डा जलाएका छन् ।
०००
भिडियो फिचरview all