ताजा समाचार
अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा कम्युनिस्ट न्युक्लिअस, नेपालको अपिल
सबैभन्दा पहिले, अक्टोबर क्रान्तिको शतवार्षिकीका सम्बन्धमा हामी समग्र उत्पीडित तथा मुक्तिकामी जनताप्रति क्रान्तिकारी अभिवादन प्रकट गर्दछौँ र अक्टोबर क्रान्तिले देखाएको क्रान्तिकारी परिवर्तनको बाटोमा दृढताका साथ अघि बढ्ने प्रण गर्दछौं । महान् लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर क्रान्ति पेरिस कम्युनपछिको महान् र गौरवशाली इतिहास थियो र मार्क्सवाद र सर्वहारा वर्गीय मुक्तिको इतिहासमा अर्को गौरवगाथा थियो ।
विश्वका उत्पीडित तथा मुक्तिकामी जनता विश्वव्यापी रूपमा महान् अक्टोबर क्रान्तिको शतवार्षिकी बडो क्रान्तिकारी उत्साह र अठोटका साथ मनाइरहेका छन् । क्रान्तिकारीहरू मात्र नभई लेनिनले अघि सार्नुभएको सर्वहारा वर्गीय मूल्यलाई परित्याग गरेका संशोधनवादीहरूले पनि देखावटी रूपमा भए पनि लेनिनलाई सम्झिनेछन् । परन्तु, आजको सन्दर्भमा लेनिनलाई सम्झिनुको अर्थ मार्क्सवाद-लेनिनवाद र माओवादी मूल्य र आदर्शप्रति प्रतिबद्ध हुनु हो । अक्टोबर क्रान्तिका मूल्य र आदर्शलाई माओवादसित जोडेर क्रान्तिकारी आन्दोलनलाई सही दिशा र गति दिनु नै लेनिन र अक्टोबर क्रान्तिको मूल्यलाई सही अर्थमा आत्मसात गर्नु हो ।
साम्राज्यवादको मूल नाइके अमेरिकी साम्राज्यवाद आफ्नो आर्थिक-राजनीतिक तथा सैन्य सङ्कट टार्न विश्वका उत्पीडित राष्ट्रहरू तथा जनतामाथि युद्ध लादिरहेको छ । वर्तमान विश्वमा रूसी सामाजिक साम्राज्यवाद र चिनियाँ नव-साम्राज्यवाद अमेरिकी साम्राज्यवादसित प्रतिस्पर्धा गर्दै विश्वको आर्थिक र राजनीतिक विभाजन र भागबन्डामा प्रतिद्वन्दिता गरिरहेका छन् । खासगरेर चिनियाँ सामाजिक-साम्राज्यवाद आफ्नै मुलुकभित्र बढ्दो वर्गअन्तर्विरोधबाट ध्यान अन्यत्र मोड्न ‘महाशक्ति चीन”, “आधुनिक समाजवाद” “चिनियाँ सपना”, “नयाँ युग” आदिको नाराभित्र अमेरिका र भारतविरोधी भावना बढाउँदै देशभक्तिको नारा दिइरहेको छ भने अर्कातिर चिनियाँ जनतामा रहेको माओेप्रतिको बढ्दो विश्वास र आस्थाबाट फाइदा उठाउन चिनियाँ सत्ताधारीहरू माओको गुनगान पनि गरिरहेका छन् । वर्तमान राष्ट्रपति सि जिपिङले अहिले एकातिर राष्ट्रवादी स्वर अर्कोतिर माओको नक्कली गुनगान र “चिनियाँ विशेषताको समाजवाद” को नारामा चिनियाँ जनतालाई भ्रम दिइरहेका छन् । माओले देखाएको समाजवादको बाटो, समाजवादी मूल्य र आदर्श त्यागेका चिनियाँ सत्ताधारीहरूका सामु माओको नाम लिनु बाध्यता बनेको छ, चाहना होइन । सि जिपिङ अहिले यही काम गरिरहेका छन् । भर्खरै उनले दस्ताबेज र विधानमा ''सि जिपिङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्त” का रूपमा समावेश गरेर आफूलाई माओको समतुल्य घोषणा गरेका छन् । “ चिनियाँ महाशक्ति”, “भूमण्डलीकरण”, “विशाल चीन” “आर्थिक समृद्धि” र “सि जिपिङ विचारधारा” चिनियाँ विशेषताको साम्राज्यवादका आधार बनेका छन् ।
साम्राज्यवादी शक्तिहरूबीच बढ्दो अन्तर्विरोधको स्थितिसँगै विश्वका क्रान्तिकारी शक्तिहरूको पनि एकताबद्ध तथा सङ्गठित हुने प्रयासहरू जारी छन् । त्यसैगरी विश्वका विभिन्न मुलुकहरूमा संशोधनवादीहरूसित सम्बन्ध विच्छेद गर्दै क्रान्तिकारी माओवादी पार्टी निर्माण गर्ने कार्य पनि जारी छ । एसिया, ल्याटिन अमेरिका तथा युरोपमा मात्र नभई साम्राज्यवादको केन्द्र अमेरिकामा समेत विभिन्न राज्यहरूमा माओवादी समूहहरू निर्माण गर्ने काम उत्साहपूर्ण किसिमले अघि बढेको छ । पछिल्लो चरणमा ल्याटिन अमेरिका, युरोप र अमेरिकामा भएका सडक सङ्घर्षहरू तथा साम्राज्यवादविरोधी आन्दोलनमा माओवादीहरूको भूमिका निकै सराहनीय रहेको छ ।
नेपालको माओवादी आन्दोलनको नेतृत्व गरेका प्रचण्डको गद्दारी र कोरिम का महत्त्वपूर्ण सदस्य आरसिपी, अमेरिकाका बब अभाकियनको विसर्जनवादी चिन्तनका कारण सन् १९८४मा गठित रिम अहिले अस्तित्वमा छैन । यस्तो अवस्थामा विश्वभरिका मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधरहरूबीच बदलिएको अवस्था र आवश्यकताअनुसार क्रान्तिकारीहरूको नयाँ केन्द्र बनाउनुपर्छ भनेर जुन प्रयासहरू भइरहेका छन्, यो सह्राहनीय छ र नयाँ रिम निर्माण अभियानको एउटा सक्रिय सदस्य भएका नाताले ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माणको अभियानमा सक्रियतापूर्वक सहभागी हुन नेपालका क्रान्तिकारी शक्तिहरूलाई हार्दिक अपिल गर्दछ ।
आज घरेलु प्रतिक्रियावाद र वैदेशिक साम्राज्यवादी शक्तिहरू र नेपालको सन्दर्भमा विशेष रूपमा भारतीय विस्तारवाद र नेपालका तिनका दलाल सत्ताधारीहरू नेपालको क्रान्तिकारी शक्ति माओवादी आन्दोलनलाई एकातिर सत्ताबलद्वारा दबाउन चाहन्छन् भने अर्कोतिर लाल झण्डाको विरुद्ध लाल झण्डा प्रयोग गर्दै क्रान्तिकारी शक्तिलाई आत्मसमर्पणमार्फत विसर्जनको स्थितिमा पुर्याउने गम्भीर योजनामा क्रियाशील छन् । अहिले परम्परागत प्रतिक्रियावादी शक्तिहरू मात्र नभएर कम्युनिस्ट नामधारी नवप्रतिक्रियावादी शक्तिहरूसमेत नेपालको माओवादी आन्दोलनलाई वैचारिक तथा सङ्गठनात्मक रूपबाटै ध्वस्त पार्न चाहन्छन् र यसका लागि उनीहरू अनेक बहाना र षडयन्त्रमा लागेको कुरा व्यवहारले प्रस्ट पारिसकेको छ । यस्तो अवस्थामा नेपालका मात्र नभएर विश्वकै क्रान्तिकारीहरूले एकातिर साम्राज्यवाद र तिनका दलाल शासक वर्ग र अर्कोतिर कम्युनिस्टका नाममा मार्क्सवादी सिद्धान्त र मूल्य विरुद्ध राजनीतिक व्यापार चलाइरहेका संशोधनवादी-प्रतिक्रियावादीहरूसित लडिरहनुपरेको स्थिति छ । वास्तवमा दुवै मोर्चामा नलडी अबको क्रान्ति सम्पन्न गर्ने कार्य साँच्चिकै जटिल र कठिन छ भन्ने कुरा हामीले आफ्नै इतिहासबाट समेत अनुभव गरिसकेको यथार्थ हो ।
नरेद्र मोदीको फासिवादी सत्ताका हरेक दमन र आक्रमण, खास गरेर ‘अपरेस ग्रिन हन्ट’ को सामना गर्दै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा भारतका उत्पीडित जनता महान् जनयुद्ध लडिरहेका छन् । जनपक्षीय सरकारको मुखौटो लगाएको दुतेर्ते सरकार अनेक तिकडम गरेर माओवादीहरूलाई राजनीतिक आत्मसमर्पण गराउन फौजी दमनको योजनामा लीन भए पनि फिलिपिन्स कम्युनिस्ट पार्टी सबै किसिमका चुनौतीहरूको सामना गर्दै जनयुद्धको बाटोमा निरन्तर डटिरहेको छ । टर्कीका माओवादीहरू एकैचोटि अमेरिकी साम्राज्यवाद, घरेलु प्रतिक्रियावाद र इस्लामिक अतिवादीहरूका विरुद्ध कुर्दहरूसित संयुक्त मोर्चा बनाएर लडिरहेका छन् र कमरेड गोन्जालोको कारबासपछि भताभुङ्गको अवस्थामा रहेको पेरूको माओवादी आन्दोलनलाई त्यहाँका कमरेडहरूले नयाँ किसिमले पुनर्गठित गर्दै फौजी गतिविधि अघि बढाइरहेका छन् । हामी भारत, फिलिपिन्स, टर्की र पेरूमा आआपनो विशिष्टतामा चलिरहेका माओवादी जनयुद्धप्रति क्रान्तिकारी ऐक्यबद्धता जाहेर गर्छौ र ती देशहरूमा चलिरहेका क्रान्तिकारी जनयुद्धप्रति ऐक्यबद्धता जनाएर सर्वहारा अन्तर्राष्टिृयतावादी मूल्यको निर्वाह गर्न नेपाल लगायत विश्वभरिका क्रान्तिकारीहरूसित हार्दिक अपिल गर्दछौँ ।
“हिमालयतिर हेर नयाँ सूर्य उदाइरहेको छ” भनेर विश्वलाई सन्देश दिन सक्षम नेपालको दसबर्से जनयुद्ध प्रचण्ड-बाबुरामको गद्दारी र नेतृत्व तहमा रहेका अन्य कतिपयको कमजोरी र गम्भीरताबोधको अभावका कारण विसर्जनको स्थितिमा पुग्यो । दसबर्से जनयुद्ध सही थियो र यो असफल भएको होइन, नेतृत्व तहमा रहेका आत्मसमर्पणवादीहरूले यसलाई योजनाबद्ध ढङ्गले विसर्जनको स्थितिमा पुर्याएका मात्र हुन् । हिजो जनयुद्धको नेतृत्व गरेको प्रचण्ड-बाबुरामको हिस्सा प्रतिक्रियावादी कित्तामा पुगे पनि अन्य क्रान्तिकारीहरूले जनयुद्धको विरासत र माओवादको लाल झण्डाका साथमा आफूलाई दृढताका साथ उभ्याएका छौँ । यो सकारात्मक र सुखद पक्ष हो । नेपालको माओवादी आन्दोलनले अवश्य पनि धक्का खाएको छ, तर यो विसर्जन भएको छैन र हुने पनि छैन ।
अहिले नेपालमा जनयुद्धको विरासतको सेरोफेरोभित्रका तीनओटा शक्तिहरू कम्युनिस्ट न्युक्लिअस नेपाल, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा-विप्लव रहेका छन् । अहिलेको संविधान जनसंविधान होइन, अहिलेको संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था हो र यसको ठाउँमा जनसंविधान र सशस्त्र सङ्घर्षद्वारा नयाँ जनवादी क्रान्तिको बाटो हुँदै वैज्ञानिक समाजवादमा जाने कुरा नै हामीहरूबीचको साझा बिन्दु हो र यो सकारात्मक पक्ष हो । परन्तु यति मात्र पुग्दो छैन ।
मार्क्सवाद-लेनिनवाद-माओवाद आजको विश्वक्रान्तिको पथप्रदर्शक सिद्धान्त हो र नेपाली क्रान्तिको पनि हो । पछिल्ला दिनमा नेपालमा नवऔपनिवेशिक प्रवृत्तिहरू हाबी हुँदैगएको भए पनि नेपाली समाज आधारभूत रूपमा अझै पनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थितिमा छ । यसै अर्थमा यहाँ हुने क्रान्तिको मूल स्वरूप नयाँ जनवादी क्रान्ति हो । ‘क्रान्तिका तीन जादगरी हतियार’ बाट नै यो क्रान्ति सम्पन्न हुने कुरा पनि त्यत्तिकै सत्य हो । सेना नभएको जनतासित आफ्नो भन्नु केही हुँदैन । यो सत्य-तथ्यलाई हामीले गम्भीरतापूर्वक लिनु आवश्यक छ ।
नयाँ जनवादी क्रान्तिका आधारभूत मूल्यमान्यता समान रहे पनि हरेक देशको आफ्नै विशिष्टता र मौलिकतामा नयाँ जनवादी क्रान्ति सम्पन्न हुन्छ र यसको आधारभूत बाटो भनेको माओवादी जनयुद्धको बाटो नै हो । जनयुद्ध समग्र युद्ध हो र यो सारतः दीर्घकालीन प्रकृतिकै हुन्छ तापनि यो कति लामो अर्थात् दीर्घकालीन हुने अथवा कति छोटो हुने भन्ने कुरा विश्व परिस्थिति, घरेलु तथा बाह्य दुस्मनको अवस्था, क्रान्तिकारी शक्तिको आत्मगत स्थिति, सचेतन प्रयास आदिमा भरपर्छ । आधारभूत रूपमा हिजोको हाम्रो जनयुद्ध माओको दीर्घकालीन जनयुद्धका मूल्यमान्यतामा आधारित थियो र पनि त्यो हाम्रो मौलिकता र विशिष्टतामा आधारित जनयुद्ध थियो र अब पनि हिजोका अनुभवसमेतलाई अगाडि राखेर नेपाली समाजको विशिष्टता र मौलिकतामा आधारित भएर नेपालको नयाँ जनवादी क्रान्ति जनयुद्धको बाटो भएर अघि बढ्नेछ । यसलाई “नेपाली विशिष्टताको जनयुद्ध” भन्न सकिए पनि सारतः यो माओवादी जनयुद्ध हो । जे जे नाम दिए पनि नेपालको नयाँ जनवादी क्रान्तिले माओवादी जनयुद्धको बाटो नसमाती धरै छैन । यो सत्यलाई क्रान्तिकारीहरू सबैले आत्मसात गर्नु जरुरी छ ।
यतिखेर क्रान्तिकारी परिवर्तनप्रति प्रतिबद्ध मालेमावादी शक्तिहरूका सामु गम्भीर चुनौतीहरू छन् र समयमा तिनको सामना नगर्ने हो विसर्जन निम्तिनु स्वाभाविक छ । आजभोलि एकता र ध्रुवीकरणका कुराहरू बडो जोडतोडले उठ्ने गरेको पाइन्छ । परन्तु, एकताका नाममा माओवाद र जनयुद्धकै विरोध गर्ने विजातीय तत्वहरू भित्र्याउनु भनेको पश्चगमनको यात्रा हो । यो कति खतरनाक हुन्छ भन्ने कुरा समयले देखाइसकेको छ । वास्तवमा, एकता अथवा ध्रुवीकरणका नाममा कुनै खास समूह अथवा दुईचार जना अरू कसैसित मिसिएर मात्रै यो समस्या हल हुने स्थिति छैन । क्रान्तिकारी ध्रुवीकरणको अर्थ वैचारिक ध्रुवीकरण हो र यो भनेको माओवादी क्रान्तिकारीहरूको नयाँ किसिमको पुनर्गठन हो ।
हामी अक्टोबर दिवसको शतवार्षिकी मनाइरहेका छौँ । एक हिसाबले हामी नयाँ जनवादी क्रान्तिको तयारीमा छौँ । समयले सही अर्थका माओवादी क्रान्तिकारीहरूलाई एकै ठाउँमा उभिन आह्वान गरेको छ । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार र नेपाली विशिष्टताको जनयुद्धको कार्यदिशा नै हामी सबैलाई एउटै बिन्दुमा उभ्याउने आधारहरू हुन् । यी आधारहरूमा उभिएर निर्माण हुने, “एकमा-तीन’, लाल र निपुणबीचको संयोजन, योग्यता र क्षमताको केन्द्रीकरणको सङ्गठनात्मक स्वरूपले नै माओवादी आन्दोलनलाई नयाँ दिशा र गति प्रदान गर्न सक्छ । आउँनुहोस्, नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढौँ ।
मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद
महान् अक्टोबर क्रान्ति जिन्दावाद !
माओवादी जनयुद्ध जिन्दाबाद !
अक्टोबर २५, २०१७
संयोजक
कम्युनिस्ट न्युक्लिअस, नेपाल

भिडियो फिचरview all