ताजा समाचार
चीन समाजवादी कि सामाजिक-साम्राज्यवादी ?
माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्ति र यसले उत्पन्न गरेको परिणामका सन्दर्भमा विश्वका माओवादी राजनीतिज्ञ तथा बुद्धिजीवीहरूले सन् १९८० को दशकदेखि हालसम्म पनि निरन्तर रूपमा कलम चलाइरहेका छन् । यसका सन्दर्भमा थुप्रै पुस्तकपुस्तिकाहरू पनि प्रकाशित भएका छन् । म यहाँ दुइटा लेखकको चर्चा गर्न चाहन्छु : एक जना हुन् मिनक्वि लि र अर्का हुन्, एन. बि. टर्नर । लिका दुईओटा पुस्तक क्यापिटलिस्ट डेभलपमेन्ट एन्ड क्लास स्ट्रगलइन इन चाइना (१९९४) र दि राइज अफ चाइना एन्ड दि डिमाइज अफ दि क्यापिटलिस्ट वल्र्ड इकनमी (२००८) निकै चर्चित र रोचक पुस्तकहरू हुन् । यी दुवै पुस्तकमा लिले सैद्धान्तिक तथा वैचारिक पक्षका आधारमा खासगरेर सन् १९८९देखि हालसम्मको चीनप्रतिको आफ्नो अनुभव र धारणालाई लिपिबद्ध गरेका छन् ।
सन् १९८९ को तियन मेन स्क्वायर घटनाका बारेमा माओवादी आन्दोलनसित गाँसिएकाहरू पनि अन्योल र भ्रममा छन् । कथित सुधारवादी अभियान १९८९ को तियन मेन स्क्वायरबारे लिको अनुभव र निष्कर्ष निकै रोचक छ । उनका भनाइमा सरसरती हेर्दा यो ‘आन्दोलन’ असन्तुष्टिको आन्दोलन थियो । तर यो समाजवादका पक्षमा नभएर उदारवाद र ‘खुला समाज’ लागि, थप ‘सुधार’ का लागि गरिएको आन्दोलन थियो । चिनियाँ समाजमा आक्रोस दुई किसिमले उत्पन्न भएको थियो । एउटा आक्रोस समाजवादी मूल्यका पक्षधरहरूको थियो र अर्को आक्रोस ‘सुधार’ को गति मन्द भयो भन्नेहरूको थियो । समाजवादी मूल्यको पक्षमा उभिनेहरूमाथि दमन गरिएको हुनाले यो शक्ति खुलेर आउन सकेको थिएन र ‘सुधार’ चाहनेहरू सत्तामा लागि ‘खतरनाक’ थिएनन् । सत्ताप्रतिको आक्रोस र असन्तुष्टिका कारण त्यस आन्दोलनमा मजदुरलगायतको उत्पीडनमा परेको तप्का पनि सहभागी थियो । यसको नेतृत्व ‘थप सुधार’ को माग गर्ने पुँजीपन्थीहरूको हातमा रहेकाले मजदुर र उत्पीडित समुदाय मारमा पर्यो । जुन दिन आन्दोलन तीव्र बनाउने भनियो, पुँजीपन्थीहरू पहिले नै कुलेलम ठोकिसकेका थिए र त्यस घटनामा मजदुर र उत्पीडित समुदाय नै सबैभन्दा बढी मारमा पर्यो । त्यो आन्दोलनको नेतृत्त्व क्रान्तिकारीहरूको हातमा भएको भए स्थिति अर्कै हुन्थ्यो भन्दै ''आन्दोलन के का लागि र कसको नेतृत्वमा भन्ने कुराले अहम् महत्व राख्छ" भनेर लिले उल्लेख गरेका छन् ।
दि राइज अफ चाइना एन्ड दि डिमाइज अफ दि क्यापिटलिस्ट वल्र्ड इकनमी मार्क्सवादी बौद्धिक क्षेत्रमा निकै चर्चित पुस्तक हो । माओपछि चीनमा आएको परिवर्तन चिनियाँ उत्पीडित जनताको पक्षमा नभएर पार्टी र सरकारको माथिल्लो तहमा पुगेका केही सम्भ्रान्त ‘कम्युनिस्टहरू’ का लागि मात्र लाभकारी भएको भन्दै लिले आफ्नो तर्कलाई ७ ओटा शीर्षकमा प्रस्तुत गरेका छन् । ‘प्रिफेस १९८९’ शीर्षक दिइएको लेखकीय भूमिका आफैँले धेरै कुरा भन्छ र उनी यस पुस्तकमा के देखाउन चाहन्छन् भन्ने कुराको पनि सङ्केत गर्छ । आफू पनि पहिले देङको सुधारवाद र एक थरी चिनियाँ उदारवादी बुद्धिजीवीहरूको होहोमा लागेको, तर १९८९ को ‘आन्दोलन’ मा निहित यथार्थ सामुन्नेमा आएपछि आफ्ना आँखा खुलेको कुरा उनले प्रस्टताका साथ राखेका छन् । त्यसपछि नै माओले होइन, पुँजीवादका चिनियाँ पक्षधरहरूले नै चीनलाई पुँजीवादी विनासको बाटोमा लानथालेका रहेछन् भन्ने कुरा आफूले बुझेको कुरा पनि उनले उल्लेख गरेका छन् । उनले तथ्य र तथ्याङ्कसहित माओको मृत्युपछि आर्जित समाजवादी मूल्य र आदर्श त्यागेर चीन कसरी विश्व पुँजीवाद र साम्राज्यवादी प्रतिस्पर्धामा उत्रियो भन्ने कुरा प्रस्ट पारेका छन् । साथै चिनियाँ समाजमा बढ्दो वर्गअन्तरालका कारण केकस्तो परिणाम देखापर्दैछ भन्ने कुरा पनि उनले बडो रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।
टर्नरको पुस्तक इज चाइना एन इम्पेरियलिस्ट कन्ट्री, कन्सिडरेसन एन्ड इभिडेन्स( २०१४) बढी सैद्धान्तिक तथा वैचारिक छ । उनले वैचारिक विश्लेषण तथा तथ्य र तथ्याङ्क आधारमा चीन पुँजीवादी मात्र होइन, नयाँ प्रवृत्तिका साथ साम्राज्यवादी मुलुकका रूपमा विकसित हुनथालेको उल्लेख गरेका छन् । त्यतिबेरको सोभियत सङ्घलाई सामाजिक साम्राज्यवाद भनेझैं चीनलाई पनि पुँजीवादी-साम्राज्यवाद किन नभन्ने भन्ने उनको तर्क रहेको छ । यस पुस्तकमा चीनले लिएको वर्तमान बाटोका बारेमा मात्र नभएर यस पुस्तकमा ‘तेस्रो विश्व’ सम्बन्धी अवधारणा र तेस्रो विश्व भनिने मुलुकमा चलेका वर्गसङ्घर्षका सन्दर्भमा पनि महत्वपूर्ण प्रश्न उठाइएको छ । अध्ययन, बहस-छलफलका लागि उपयोगी यस पुस्तकमा विषयवस्तुलाई २४ ओटा छोटाछोटा शीर्षकमा प्रस्तुत गरिएको छ ।
‘परिचय’ बाट आरम्भ यस पुस्तकमा ‘चाइना इज ऐन इन्टर्नल पार्ट अफ दि वल्र्ड क्यापिटलिस्ट-इम्पेरियलिस्ट सिस्टम’, ‘ब्रिक्स इज ए साइन अफ इन्टर्नल स्ट्रेन विदिन दि प्रिजेन्ट वल्र्ड इम्पेरियल सिस्टम’ देखि लिएर ‘इम्पेरियलिज्म विथ चाइनिज क्यारेक्टर’ लगायतका शीर्षकहरू रहेका छन् । यस पुस्तकमा उठाइएका सन्दर्भहरू चिनियाँ सन्दर्भसित मात्र सम्बद्ध बहस र विवादका विषय नभएर आजको विश्वकम्युनिस्ट आन्दोलनसित सम्बद्ध विषय पनि हुन् । जस्तो यो पुस्तकको आरम्भमै भनिएको छ :
“चीन पुँजीवादी-साम्राज्यवादी मुलुक हो कि होइन भन्ने विषय विश्व क्रान्तिकारी आन्दोलनमा केही भ्रम अझै पनि रहेकै छ । यो लेखले केही सैद्धान्तिक, पारिभाषिक तथा केही तर्कपूर्ण बुझाइका साथै उपलब्ध केही अनुभवजन्य प्रमाणलाई एकैसाथ प्रस्तुत गर्ने प्रयास गरेको छ, जसले चीन वास्तवमै पुँजीवादी-साम्राज्यवादी देश हो भन्न्ने कुरालाई पुष्टि गर्नेछ ।”
यसमा उठाइएका सन्दर्भहरू अहिलेका जल्दाबल्दा प्रश्नहरू हुन् र अब बहस-छलफलको कुरा नभएर चीनलाई सामाजिक-साम्राज्यवादी मुलुक भनेर किटान विषय गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ । लेनिनले वैचारिक सङ्घर्षका क्रममा मार्क्स-एङ्गेल्सलाई काउत्सकी जस्ता पात्रहरूबाट अलग्याउनुभयो र क्रान्तिकारी विगरासतलाई निरन्तरता दिनुभएझैँ माओलाई पनि स्रशोधनवादीहरूबाट मुक्त गर्नुपर्छ भन्ने भनाइ टर्नरको छ । विश्वकम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवादी हुन्डरीबाट माओ र माओवादलाई मुक्त पार्नका लागि पनि चिनियाँ पुँजीवादी-साम्राज्यवादको सही चिरफार गर्नु आवश्यक छ भन्ने टर्नरको भनाइप्रति कुनै विमति छैन । वास्तवमा अबको संशोधनवाद मार्क्सवाद-लेनिनवादमा मात्र सीमाबद्ध छैन र हुँदैन पनि, यो माओवादका विरुद्ध माओवादको झण्डाका साथ देखापर्छ र उदाहरणका लागि नेपालकै माओवादी आन्दोलनलाई लिन सकिन्छ । मार्क्सवाद-लेनिनवाद-माओवादको साइन बोर्ड टाँगेर प्रचण्ड-बाबुरामले व्यापार-व्यवसाय चलाए र अझै पनि कोही त्यसै साइनबोर्ड टाँगेर व्यापा चलाउन खोजिरहेका छन् । यसबाट पनि टर्नरको भनाइ सही साबित हुन्छ । माओवादका नाममा भएका विकृति र विसङ्गतिका विरुद्ध निर्मम वैचारिक सङ्घर्षबिना माओ र माओवादलाई संशोधनवादीहरूबाट मुक्त पार्न सकिँदैन । चीनमा अहिले शब्दजालमार्फत सि जिपिङले थप भ्रम दिइरहेका छन् भन्ने कुरामा पनि प्रस्ट हुनु आवश्यक छ ।
चीनमा प्रतिक्रान्ति भएको कुरा हिजोकै दिनमा हामीले घोषणा गरेका हौँ । र पछिल्ला दिनमा यसले सामाजिक साम्राज्यवादको चरित्र ग्रहण गरेको कुरामा कुनै विमति छैन । सिमानाको विषयलाई लिएर त्यतिबेर माओले भारतीय शासक वर्गको प्रवृत्तिलाई विस्तारवादको संज्ञा दिएझैँ लिपुलेकको सन्दर्भले चीनलाई पनि विस्तारवादी चीन भन्दा अन्यथा हुने छैन । टर्नरले यस्तो प्रवृत्तिलाई ‘क्षेत्रीय साम्राज्यवाद’ को संज्ञा दिएका छन् । टर्नरको पुस्तकले उठाएको सन्दर्भले राजनीतिक क्षेत्रका साथै राजनीतिक अर्थशास्त्रको क्षेत्रमा क्रियाशील बौद्धिक क्षेत्रलाई पनि नयाँ निष्कर्षका लागि सामग्री प्रदान गरेको छ । जेहोस्, आजको सन्दर्भमा दि राइज अफ चाइना एन्ड दि डिमाइज अफ दि क्यापिटलिस्ट वल्र्ड इकनमी र इज चाइना एन इम्पेरियलिस्ट कन्ट्री ? कन्सिडरेसन एन्ड इभिडेन्स अध्ययनका लागि महत्वपूर्ण सामग्री हुन् र यसमा पनि टर्नरको पुस्तक निकै महत्वको छ ।
भाकपा (माओवादी) ले अहिलेको चीनलाई सामाजिक-साम्राज्यवादी मुलुक भनेको छ । यस क्रममा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) द्वारा प्रकाशित पुस्तिका ‘पम्प्लेट अन चाइनिज सोसियल-इम्पेरियलिज्म’ महत्वपूर्ण सामग्री हो । नेपालमा कमरेड भक्तबहादुर श्रेष्ठ महामन्त्री हुँदा नेकपा (चौम ) ले हिजोका दिनमै ''चीनमा प्रतिक्रान्ति'' भनेर प्रस्ट पारेको थियो र अहिले पनि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले चीन समाजवादी मुलुक नरहेको कुरा सम्मेलनको दस्ताबेजमार्फत प्रस्ट पारेको छ ।
०००

भिडियो फिचरview all