ताजा समाचार
विवाद, घुर्की र आक्रोसबीच सम्मेलन सम्पन्न
विवाद, बहस, घुर्की र आक्रोसका बीच नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको समाचार पत्रपत्रिकाले प्रकाशित गरेका छन् र कमरेड किरणले यसलाई “कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता र विजयको सम्मेलन " भन्नुभएको पढ्न पाइएको छ ।
पोखरामा यही असोज २२ देखि २६सम्म भएको सम्मेलनमा माओवादको आवश्यकता र औचित्य, दसबर्से जनयुद्धको सिंहावलोकन, चुनाव बहिस्कार, पार्टीको नाम फेर्ने सन्दर्भमा निकै लामो र तीव्र बहस भए पनि नेपालको माओवादी आन्दोलनमा अहिले सबैभन्दा बढी बहस गर्नुपर्ने र ठोस निर्णय लिनुपर्ने विषयलाई पार्टीका सल्लाहकार तथा किसान मोर्चाका नेता भूमिश्वर कडेलसहित केही प्रतिनिधिले मात्र उठाउनुलाई चाहिँ आधारतभूत प्रश्नमा सम्मेलनका प्रतिनिधि कमरेडहरू त्यति गम्भीर हुन नसकेको भन्न सकिन्छ । यसले प्रतिनिधिहरूको वैचारिक स्तरप्रति प्रश्न उठाउँछ ।
माओवाद र महान् जनयुद्धको आवश्यकता र औचित्यमाथि प्रश्न उठाउने कुरा अचम्म लाग्दो भए पनि यसले नयाँ जनवादका नाममा के-कस्ता मान्छेहरू माओवादी आन्दोलनमा नेता भएर देखिन खोजेका रहेछन् र पार्टीलाई कता लान खोजिरहेका रहेछन् भनेर चाहिं बुझ्न सकिन्छ । तिनले आफ्नो वैचारिक हैसियत र चिन्तनशैली र कार्यशैली देखाएर नकारात्मक किसिमले शिक्षा दिएका छन् । भारतमा नयाँ जनवादको नाम लिँदै संसदवादी गतिविधिमा रमाउनेहरूको स्थिति के-कस्तो छ र नेपालमा मोहन विक्रमहरूको स्थिति के-कस्तो छ भन्ने कुरा दिनको घामजत्तिकै प्रस्ट छ । वास्तवमा माओवाद र जनयुद्धको ऐतिहासिक र गरिमामय इतिहास पार गरेर आउनेहरूले यसलाई बहस र विवादको वातावरणका लागि ढोका खुला गर्नु नै पहिलो कमजोरी भएको र यो प्रश्न उठाउनुपर्ने विषय हो । यसबाट एकताप्रक्रिया नै गलत जग र सम्झौतावादी-अवसरवादी चिन्तनमा आधारित थियो र यसबाट माओवाद र दसबर्से जनयुद्ध विरोधी अवसरवादीहरूले फाइदा उठाउनु स्वाभाविक थियो भन्न सकिन्छ । यति मात्र नभएर यस्तो वैचारिक मुद्दालाई सिङ्गो हलले पूर्ण खारेज गरिदिँदा पनि थाति राख्नु अर्को कमजोरी र अवसरवादी निर्णय हो । नयाँ जनवादी क्रान्तिसित सम्बद्ध आधारभूत विषयलाई विवाद र बहसको विषय बनाएर निरन्तरतामा राख्नु अवसरवाद र अकर्मण्यताका लागि ढोका खुला राख्नु हो, ठाउँ खालि छोड्नु हो । यस सन्दर्भमा प्रतिनिधिहरू, के.स. र सल्लाहकार समितिका कमरेडहरूको भन्दा नेतृत्व टिमका कमरेडहरूमा पछौटेपन, घिसेपिटे शैली र अवसरवादी-सम्झौतावादी चिन्तनले घरजम गरेको देखियो र यो सुखद र शुभसङ्केत होइन । यहाँ फेरि पनि कमजोरी भएको छ ।
नाम फेर्ने कुरा त्यति ठूलो कुरा होइन तापनि माओवाद र जनयुद्धको क्रान्तिकारी सारतत्व र विरासतीय निरन्तरताको स्पिरिटसित यो जोडिएको छ । माओवादी नाम राख्दैमा सबै माओवादी हुँदा रहेनछन् भनेर प्रचण्डले देखाएको भिन्नै सन्दर्भ हो । माओवादको आफ्नै महत्व र सारतत्व छ । प्रचण्डले बदनाम गराएका कारणा र सबैलाई समेटेर फराकिलो पार्ने नाममा एकथरी क्रान्तिकारी भनौँदाहरूले माओवादी पदावली र नाम घाँडो लागेर महाधिवेशनबाट हटाउने ‘स्पिरिट’ देखाएको सन्दर्भमा पोखरा सम्मेलनमा पार्टीको नामका सन्दर्भमा देखिएको स्पिरिट स्वागतयोग्य छ, सही छ । हुन त चाहने हो भने महाधिवेशनबाट पारित गर्ने गरी केन्द्रीय समितिबाट पनि नाम फेर्न सकिन्छ तापनि सिङ्गो सम्मेलनको आवाजलाई हुमुकी शैलीमा दबाउने नेतृत्व टिमले यसो गर्ला भनेर सोच्नु गलत हुनेछ ।
चुनाव बहिष्कारको स्पिरिट पनि हार अथवा जीतका आधारमा नभएर वैचारिक निष्कर्षका साथ आउनु पर्छ । वस्तुगत स्थिति, आत्मगत अवस्था आदि भन्दै सधैँ गोलचक्करमा रमाउने प्रवृत्तिको विरोध गर्दै नयाँ दिशामा अघि बढ्ने स्पिरिटसित जोडिएर बहिष्कारको स्पिरिट आएको हो भने यो स्वागतयोग्य छ । चुनावमा भाग लिने र बहिष्कार गर्ने प्रश्न हारजितको प्रश्न नभएर पार्टीलाई कुन दिशातिर लैजाने भन्ने प्रश्न हो । साथै यो प्रश्न, चुनाव आउँछ, जान्छ के टाउको दुखाउनु भन्ने प्रश्न मात्र पनि होइन, विश्वक्रान्तिको अनुभव र समयसन्दर्भले अब चुनावमा भाग लिने अथवा नलिने प्रश्न रणनीतिक प्रश्नका रूपमा उभिएको छ र यसबारे सम्मेलनमा सहभागी जिल्लाका प्रतिनिधिलगायतका कमरेडहरूले देखाएको स्पिरिट स्वागतयोग्य छ । साथै सम्मेलनको स्पिरिटलाई कदर नगर्नुचाहिँ आलोचनायोग्य छ र जनवादको अभ्यास र आवाजको बेवास्ता हुने हो भने, माथिका दुईचार जनाले भनेको कुरालाई सही थाप्नु पर्ने मात्रै हो भने त्यो सम्मेलन, सम्मेलन नभएर नाटक र नौटङ्की मात्र हुन्छ ।
पार्टीको नाम नेकपा (माओवादी) राख्ने र चुनाव वहिष्कार गर्ने सन्दर्भसित जोडिएर थरीथरीका समाचार टिप्पणीहरू प्रकाशमा आएका छन् । फ्लोरको फरक मतलाई बोल्न दिइएन भनेर पनि समाचार आए । अमुक नेताले पार्टीको नाम परिवर्तन गर्ने र चुनाव बहिष्कार गर्ने हो भने पार्टी छोड्छु भनेर घुर्की लगाएको र इतिहास देखाएर दादागिरी प्रवृत्ति देखाएको भनेजस्ता कुरा पनि समाचारका विषय बने । यसो हो भने यो ठालु प्रवृत्ति हो र गैरमार्क्सवादी चिन्तन प्रवृत्ति हो । यो सम्मेलनको भावना र प्रतिनिधिको मानसिकताका विरुद्धको सामन्ती हैकमवादी प्रवृत्ति हो र गम्भीर विषय हो । अरूलाई ‘ब्राम्हणवादी’ र ‘खस-पहाडिया अहङ्कारवाद’ भन्नेहरूले अझ यस्तो प्रवृत्ति देखाउँछन् भने झन् यो गम्भीर विषय हो । यसलाई पार्टीभित्रको क्यान्सर रोग भन्न सकिन्छ । ‘नयाँ ढङ्गको पार्टी’ बनाउने अवधारणा र उद्देश्यसित यस किसिमको प्रवृत्ति कतै मेल खाँदैन । यसको उपाय भनेको अपरेसन गरेर फ्याल्ने नै हो । यसै क्रममा चुनाव वहिष्कारमा जाने भनेर दशओटा जिल्लाका सेक्रेटरी, सचिवालय सदस्य र सल्लाहकारहरूले फरक मत दर्ता गराएको कुरा पनि प्रकाशमा आएको छ । यसो हो भने यो गम्भीर विषय हो र यसको गम्भीरतापूर्वक हाल गर्नु पर्छ । यसले पार्टीमा वैचारिक अराजकता र सङ्गठनात्मक भद्रगोल निम्त्याउन सक्छ ।
नाम फेर्ने तथा चुनाव बहिष्कार गर्ने सन्दर्भमा जति बहस र छलफल भए, त्यति कार्यदिशाका सन्दर्भमा बहसछलफल भएको सुनिएन र पढ्न पनि पाइएन । यो त्यति सुखद, आशलाग्दो र उत्साहप्रद पक्ष होइन । यसबाट आधारभूत प्रश्न र पक्षमा भन्दा केही प्राविधिक तथा कार्यनीतिक प्रश्नमा प्रतिनिधि कमरेडहरू बढी अलमलिएको बोध हुन्छ । अहिलेको प्रमुख समस्या वैज्ञानिक र क्रान्तिकारी कार्यदिशाको निर्माण हो र यसले नै चुनाव वहिष्कारलगायतका प्रश्नलाई पनि निर्धारित गर्छ । यसमा किसान सङ्गठनका नेता कमरेड भूमिश्वर कडेलले अघि सार्नुभएको बुझाइ स्वागतयोग्य छ । चुनाव वहिष्कारको स्पिरिट देखाउने कमरेडहरूले यस विषयमा गम्भीरता नदेखाउनु सारतः सारसङ्ग्रहवादमा फस्नु हो । नाम फेर्ने र बहिष्कारको स्पिरिट क्रान्तिकारी कार्यदिशा निर्माणको स्पिरिटसित जोडिए मात्रै त्यसको सार्थकता र सान्दिर्भिकताको अर्थ रहन्छ । अन्यथा सिङ्गो टाउको छोडेर पुच्छरमा अल्मलिएको भन्ने हुन्छ ।
माथिको समग्र सन्दर्भ हेर्दा र बुझ्दा नाम फेर्न नमान्ने चुनाव वहिष्कार गर्न नसक्ने, बहुमतको निर्णयलाई लत्याउने र प्रतिक्रियावादी व्यवस्थाको संसद्मा जान हुरुक्क हुनेहरूले सशस्त्र सङ्घर्षको बाटो कसरी अबलम्बन गर्लान् भनेर प्रश्न उठ्नु/उठाउनु स्वाभाविक हुन्छ । विगतमा झैँ यसपल्टका निर्णयहरू पनि दस्ताबेजमै सीमित हुने हुन् कि भनेर सम्बद्ध कमरेडहरूले चिन्ता व्यक्त गर्नु पनि स्वाभाविक छ । साथै यस किसिमको स्थितिमा ‘नयाँ ढङ्गको पार्टी’ निर्माण गर्ने कुरा पनि गफको विषय मात्रमा सीमित हुने कुराको पनि आकलन गर्न सकिन्छ । प्रतिनिधिहरूकै भनाइमा पनि विश्वासका आधारहरू एकदमै कम देखिन्छन् । विश्वास जगाउने कुरा नेतृत्त्वका लागि चुनौती बनेको छ ।
यसैबीच सम्मेलनले पार्टी सङ्गठन र नेतृत्वका सम्बन्धमा केही महत्वपूर्ण निर्णय गरेको छ र यो निर्णय स्वागतयोग्य छ । यसले एकलपदीय नीति लिएर महासचिव मात्र राखेर कमरेड किरणलाई सो जिम्मेवारी दिएको छ, यो राम्रो निर्णय हो । हुन त महासचिवमा तीनओटा टाउका अघि सरेका कारण प्राविधिक हल गर्न यसो गरिएको भनेर टिप्पणी गरिएको पनि सुनिएको छ तापनि सङ्गठन सम्बन्धी निर्णय सही र वैज्ञानिक छ । त्यस्तै एकताको हुलमुलमा पसेकाहरू जति सबैलाई केन्द्रीय सदस्य दिने, बाबु नेता भए मार्क्सवादको 'म' पनि नजानेका ठेकेदारहरूलाई के.स. दिने, श्रीमान् नेता भए घरधन्दामै समय बिताउने श्रीमतीलाई स्वतः के.स. दिने, वर्गीय प्रश्नभन्दा पार्टीलाई मोर्चाका रूपमा लिएर योग्यता नपुगे पनि जात, क्षेत्र लिङ्गमा जोड दिएर वर्गसङ्घर्षको अनुभवबिनाका कार्यकर्तालाई नेतृत्व तहमा लाने काम विगतदेखि नै भएको हो र यता ‘शान्तिप्रक्रिया’ मा आएपछि त यस प्रक्रियालाई झन् आधार, मानदण्ड र योग्ता नै बने/बनाए जस्तो गरी पार्टीमा पसाइयो र पार्टी पार्टीजस्तो नभएर, मोर्चा जस्तो र अमुकअमुकको परिवारको जमघटजस्तो हुनथालेको थियो । यो गम्भीर वैचारिक र साङ्गठनिक समस्याको द्योतक हो । पार्टीको के.स. भनेको गरिमामय समिति हो, कसैले दम्स्याएका भरमा तथा धम्क्याएका भरमा र नातागोता र गुटका आधारमा प्राप्त गर्ने तथा दिने चिज होइन ।
यो समस्यालाई अहिलेको सम्मेलनले केही हदसम्म हल गर्न खोजेको देखिन्छ र यसले सबै केन्द्रीय सदस्य पूर्णकालीन हुनैपर्ने, एनजिओ-आइएनजिओमा संलग्न हुन नहुने, पार्टीले जहाँ खटायो त्यहाँ जानैपर्ने, १० वर्ष निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुपर्ने र बैचारिक, राजनीतिक तथा सांगठनिक स्पष्टता हुनैपर्ने जस्ता आधारहरू अघि सारेको छ । यो सही छ र स्वागतयोग्य छ । पहिले विप्लव कमरेडसँगै हुँदाको समयमा पनि होलटाइमर र के.स.सम्बन्धी मापदण्डका कुरा उठेका थिए । तर बादलहरूलाई आफ्ना मान्छे जसरी पनि पार्नुपर्ने , विप्लवलाई पनि आफ्ना मान्छे जसरी पनि राख्नुपर्ने भएपछि कुनै नीति र आधार बन्न सकेन । योग्य र वरिष्ठहरू भन्दा बादल र विप्लवको चाहनाको प्रतिस्पर्धाको सूची तयार भएको थियो । गुटमा गाँसिनुलाई योग्य मान्दा अक्षम र सारै जुनिएर मान्छे पनि टाउकामा पुग्न सफल भएका थिए ।
अहिलेको सम्मेलनले केही आधार बनाएको छ र व्यवहारमा कसरी जान्छ पर्खनुपर्ने हुन्छ । सिद्धान्ततः सही छ । तर होलटाइमरका नाममा दिनभरि फेसबुक र घरव्यवहारमा अलमलिने कमरेडहरू, चिया पसलमा अरूको टीकाटिप्पणीमा दिन बिताउनेहरू पनि थुप्रै छन् र होलटाइमर भनेर प्रमाणपत्र पाएकाहरूभन्दा बढी खट्ने, काममा लाग्ने, क्रान्तिको चिन्ता गर्ने अर्धहोलटाइमर कमरेडहरू पनि छन्/हुन्छन् । त्यसैले कामलाई हेरेर यससम्बन्धी निर्णय गर्नु वैज्ञानिक हुन्छ, होलटाइमरका नाममा यान्त्रिकताबाट बच्नुपर्ने हुन्छ । होलटाइमरका नाममा फेसबुकेहरू र चिया पसलका गफाडीहरू र कहाँ र के गर्दा पैसा हात पर्छ भनेर चौबिसै घण्टा चिन्ता र चिन्तन गर्नेहरूका बारेमा पनि समीक्षा हुनु आवश्यक हुन्छ । नत्र होलटाइमरका नाममा अयोग्यहरूले योग्यहरूमाथि हुकुम चलाउने हुन्छ र र अयोग्य होलटाइमरहरूको झुन्डले पार्टीको माथिल्लो निकाय भरिने खतरा हुनसक्छ । सबैको विषयमा भन्न नमिले पनि, कतिपयको व्यवहार हेर्दा अन्यत्र कतै ठाउँ दिन नमिल्नेलाई सल्लाहकार बनाएको जस्तो देखिएको छ र कस्तालाई पार्टीको केन्द्रीय सल्लाहकार बनाउने भन्ने विषयमा पनि सोच्नु आवश्यक छ ।
सम्मेलन “सानदार किसिमले” सम्पन्न भए पनि पोखरा सम्मेलनसित गाँसिएर जेजति कुरा बाहिर आए, तिनले सकारात्मक सन्देश, आशा र उत्साहको सम्प्रेषण गरेनन्/गर्न सकेनन्, यो सत्यलाई आत्मसात गर्नुपर्छ । विरोधीहरूलाई उडाउने र अनावश्यक टीकाटिप्पणी गर्ने विषय र अवसर सो सम्मेलनले दिएको छ । विरोधीहरू उत्साहित छन् । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) अबका दिनमा कसरी जान्छ, प्रश्न र जिज्ञासा दुवै छ । क्रान्तिकारी ध्रुवीकरणको प्रक्रिया कसरी अघि बढ्छ, यसमा पनि प्रश्न छ । वास्तवमा पोखरा सम्मेलनले दिएको शिक्षा र अनुभवका सम्बन्धमा नेतृत्व पक्तिले गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ । मूल नेतृत्वप्रति त्यत्रो आशा र विश्वास साथै जनमत हुँदा पनि मूल नेतृत्वबाट दरिलो गरी खुट्टा टेक्ने काम भएन भन्ने टिप्पणी पनि सहभागीहरूको छ ।
वास्तवमा माथिदेखि तलसम्म सबैले पोखरा सम्मेलनलाई सकारात्मक र नकारात्मक शिक्षाका रूपमा लिएर निराश भावमा होइन, क्रान्तिकारी आशावादका साथ अघि बढ्नु आवश्यक छ र मूल चिन्ता क्रान्तिकारी कार्यदिशाको निर्माणमा केन्द्रित हुनु आवश्यक छ । यसलाई गोलमटोल पारेर गरिने कामकुरा भनेको गोलचक्करवाद र विसर्जन नै हो । अहिलेको मूल प्रश्न माओवादी झण्डाको रक्षा र विकासको हो । केही कमजोरी भए पनि नेपालको सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) नै सापेक्षित मात्रामा सबैभन्दा क्रान्तिकारी पार्टीक रूपमा देखिएको छ र योसित मात्रै अनुभव र विचारले खारिएको नेतृत्व छ । वर्गसङघर्षलाई तीव्र पार्दै जाँदा अवसरवादीहरू-चुनाववादीहरू पाखा लाग्ने र क्रान्तिकारी धुवीकृत हुने स्थिति बन्दैजान्छ । त्यसैले अबको आवश्यकता भनेको क्रान्तिकारी वर्गसङ्घर्षलाई तीव्रता दिनु हो । र यसका लागि मूल नेतृत्वले मात्र पुग्दैन, दरिलो नेतृत्व टिम चाहिन्छ र अहिले नेकपा (क्रान्तिकारी माओवादी) को सबैभन्दा गम्भीर समस्या यही नै हो र यो समस्या यसपल्टको सम्मेलनमा झन् टडकारो रूपमा देखियो । तल मात्र होइन, अब पोलिटब्युरोदेखि माथि कार्यालयसम्म केकस्ता कमरेडहरू रहने भन्ने कुराको पनि मापदण्ड निर्माण गर्नु आवश्यक छ । समस्या तल छन्, तर त्यो भन्दा बढी समस्या माथि नै छन् भन्ने सत्यतथ्य यसपल्टको सम्मेलनले प्रस्टताका साथ देखायो । यस टिप्पणीकारका दृष्टिमा समस्या सबैभन्दा बढी माथि नै छ र सुद्धीकरण माथिबाट नै हुनुपर्छ । अक्षम पोलिटब्युरो सदस्यहरू र अवसरवादी प्रवृत्तिका कार्यालय टिमका पदाधिकारीहरूले पनि स्वविवेकले तल झरेर पुनः आफ्नो क्षमता र योग्यतालाई प्रमाणित गर्नु आवश्यक छ । माथिका चाहिँ जागिर खाएजस्तो एकपल्ट माथि गएपछि तल नझर्ने भन्ने हुन्छ र ? यसका सम्बन्धमा दस्ताबेजको स्पिरिट व्यवहारमा देखिनु पर्छ ।
कम्युनिस्ट पार्टीका हरेक बैठक, सम्मेलन र महाधिवेशनहरू आफैँमा वर्गसङ्घर्षका विविध स्वरूपहरू हुन् र यसबाट सिक्ने र शिक्षा लिने कुरा आफैँमा गम्भीर विषय हो । यतिबेर थुप्रैहरू ‘ढडिया’ थापेर बसेका छन् भन्ने कुरालाई गम्भीरताका साथ लिएर कार्यकर्ता तह र नेतृत्त्व तहमा क्रान्तिकारी आशावाद जगाएर अघि बढ्नु आवश्यक छ । नयाँ महासचिवका सामु चुनौतीहरू पनि छन् र अवसरहरू पनि । चिनियाँहरूले सांस्कृतिक क्रान्तिकालमा गाउने गरेको एउटा गीतको हरफ अघि सार्छु : “एउटा कुशल नाविकले मात्र जहाजलाई आँधी र चट्टानका बीचबाट किनारामा पुर्याउन सक्छ ।”
अवश्य पनि हो, दक्षिणपन्थी हावाहुरीको समयमा यो कार्य जटिल छ, तर असम्भव छैन भन्ने कुरा पनि मालेमावादीहरूले बुझेका छन् ।
जनमेल टिप्पणीकार
०००

भिडियो फिचरview all