ताजा समाचार
सम्मेलनको दस्ताबेजमाथि एकमुस्ट प्रतिक्रिया
डा.ऋषिराज बराल
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को यही असोज २१ गतेदेखि पोखरामा हुनलागेको राष्ट्रिय सम्मेलनले के-कस्तो कार्यदिशा तय गर्ला र के-कस्ता नीति, योजना र कार्यक्रमहरू पारित गर्ला भन्ने जिज्ञासा यतिखेर चौतर्फी रूपमा उठेको छ । महाधिवेशनपछि राष्ट्रिय सम्मेलन नीति निर्माण लगायतका थुप्रै प्रश्नहरूको उत्तर दिने र उत्तर खोज्ने ठाउँ भएकाले माओवादी आन्दोलनका शुभचिन्तकहरू तथा यसका विरोधीहरूले समेत सम्मेलनप्रति चासो राख्नु स्वाभाविक हो । यस अर्थमा राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा यो टिप्पणीकार नेपाल कम्युनिस्ट पार्टी .(क्रान्तिकारी माओवादी) ले नेपालको माओवादी आन्दोलनमा विगतका सकारात्मक र नकारात्मक पाटा र पक्षहरूको वैज्ञानिक किसिमले समीक्षा गरोस्, कमीकमजोरीहरूको निर्मम किसिमले आत्मसमीक्षा गरोस् र क्रान्तिकारी कार्यदिशा निर्माण गरेर गतिमन्दतामा रहेको माओवादी आन्दोलनलाई नयाँ दिशा र गति देओस् भन्ने कामना गर्दछ ।
सम्मेलनको क्रममा प्रकाशित ‘राजनीतिक दस्ताबेज र आन्तरिक बहस’ शीर्षकको दस्ताबेज पत्रकारहरूका माझ खुलारूपमा पुगेको सन्दर्भमा यसबारे खुला टीकाटिप्पणी हुनु स्वाभाविक छ । ठूलो आकारको पुस्तिकामा ७८ पृ.मा समेटिएको यो दस्ताबेज ३ खण्डमा विभाजित छ : पहिलो खण्ड ‘राजनीतिक दस्ताबेजहरू’ को खण्ड हो, दोस्रो खण्डको शीर्षक ‘फरकमतका प्रस्ताव’ र तेस्रो खण्डको शीर्षक ‘फरकमतबारे स्पष्टीकरण’ रहेको छ ।
पहिलो खण्डमा पार्टीको २०७४ असार २५-३० को केन्द्रीय समिति द्वारा पारित ‘राजनीतिक प्रतिवेदन’ (मस्यौदा), ‘नेपाली समाजको स्वरूप र पार्टीको आम कार्यदिशा’ र पार्टी विधान (मस्यौदा) शीर्षकका सामग्रीहरू छन् । दोस्रो खण्डमा माओविचारधारा र दसबर्से जनयुद्धसम्बन्धी रामसिंह श्रीस र सिताराम तामाङका फरक मतका सामग्रीहरू छन् र तेस्रो खण्डमा फरकमतका सम्बन्धमा कमरेड ‘किरण’ को उत्तर रहेको छ ।
फरकमत र स्पष्टीकरणको आफ्नै किसिमको महत्व रहे पनि ‘राजनीतिक प्रतिवेदन’ र ‘नेपाली समाजको स्वरूप र पार्टीको आम कार्यदिशा’ सम्बन्धी दस्ताबेज आधारभूत दस्ताबेज भएकाले यहाँ यिनमा केन्द्रित रहेर केही टिप्पणी गर्नु सान्दर्भिक ठानिएको छ ।
‘राजनीतिक प्रतिवेदन’ आठवटा उपशीर्षमा लेखिएको छ । यहाँ जे-जस्ता विषयवस्तुहरू उठाइएका छन्, ती निकै महत्वपूर्ण छन् । दस्ताबेज अलि फरक किसिमले परिश्रमका साथ लेखिएको छ । अवश्य पनि कतिपय कुरा अपुग छन् तापनि यो दस्ताबेजले समकालीन विश्वराजनीति खास गरेर साम्राज्यवादको वर्तमान स्थिति र विश्व कम्युनिस्ट आन्दोलनका बारेमा महत्वपूर्ण किसिमले प्रकाश पारेको छ । यो पार्टीभित्रका लागि मात्र नभएर बाहिरका पाठक तथा शुभचिन्तकहरूका लागि पनि प्रशिक्षणको दस्ताबेजको रूपमा आएको छ ।
१. पहिलो उपशीर्षक ‘अन्तर्राष्ट्रिय परिस्थिति’ रहेको छ र यसले यस पक्षमा गहन विश्लेषण गरेको छ । यहाँ प्रस्टताका साथ स्थितिलाई प्रस्तुत गर्दै अहिलेका जल्दाबल्दा प्रश्नहरू उठाइएको छ । यसमा “भारतीय विस्तारवाद नै नेपालका लागि प्रमुख बाह्य दुस्मन बन्दै आएको छ”, “आज पनि एसिया, अफ्रिका, दक्षिण अमेरिका, क्रान्तिका केन्द्र नै बनेका छन् । तसअर्थ आज पनि विश्वको मूल प्रवृत्ति क्रान्ति हो” भन्ने भनाइ सही ठम्याइँ हो र अझ भारत, फिलिपिन्स र टर्कीको स्थिति हेर्दा एसियालाई नै क्रान्तिको मूल केन्द्र मान्नुपर्ने हुन्छ ।
कतिपय नेताहरू अझै पनि समाजवादी मुलुकहरूको वर्तमान स्थितिबारे भ्रममा रहेका पाइन्छन् । खासगरेर एमाले, रोहितसमूहबाट ‘शान्तिप्रक्रिया’ पछि माओवादी आन्दोलनमा प्रवेश गरेकाहरूमा यो भ्रम रहेको पाइन्छ । यो स्कुलिङको समस्या हो । चीनमा प्रतिक्रान्ति भएपछि विश्वका माओवादी क्रान्तिकारीहरूले गरेको ठहर भनेको विश्वमा अब कुनै पनि समाजवादी मुलुक छैन भन्ने हो । यो कुरालाई दस्ताबेजमा यसरी प्रस्ट पारिएको छ : “आज विश्वमा तीन प्रकारका आधारभूत अन्तर्विरोध देखापर्दै आएका छन् : क) साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचको अन्तर्विरोध, ख) पुँजीपति वर्ग र सर्वहारा वर्गबीचको अन्तर्विरोध र ग) साम्राज्यवादी शक्तिहरूको बीचको आपसी अन्तर्विरोध । ”
यहाँ माओले त्यससमयमा भन्नुभएको चौथो अन्तर्विरोध साम्राज्यवादी मुलुकहरू र समाजवादी मुलुकहरूबीचको अन्तर्विरोधको सन्दर्भ छैन र हुने कुरा पनि भएन, किनभने विश्वमा कतै पनि समाजवादी सत्ता छैन । यो यथार्थलाई क्रान्तिकारी भन्न र भनाउन चाहनेले गम्भीरतापूर्वक लिनु आवश्यक छ । कतिपयले चीन, क्युबा, उत्तरकोरिया सबैलाई समाजवादी मुलुक भनेर सम्बोधन गरेको पाइन्छ । एकपल्ट चीन, उत्तरकोरियाको भ्रमण गर्नेबित्तिकै महान् समाजवादी मुलुक देख्ने प्रवृत्ति जसरी कान्तिकारी भनिएका पार्टीका नेताहरूमा देखिने गरिएको छ, यो गम्भीर किसिमको विचलन हो । नेकपा ( क्रान्तिकारी माओवादी) मा खासखास पात्रहरूमा यस किसिमको प्रवृत्ति देखिए पनि विप्लव समूहले भने “उत्तर–साम्राज्यवाद र समाजवादी शक्तिबीचको अन्तर्विरोध” भनेर यसलाई महाधिवेशनद्वारा नै पारित गरेर विश्वमा समाजवादी मुलुकहरू रहेको कुरालाई स्वीकारेको छ ।
चीनका बारेमा यस दस्ताबेजमा उल्लेखित निम्न भनाइ निकै सान्दर्भिक छ : “चीनका अनुसार पश्चिमले औपनिवेशीकरण र बहुराष्ट्रियकरणको मान्यता ल्याएपश्चात् समानता र भातृत्वको मान्यतामा आधारित रही पूर्वले नयाँ भूमण्डलीकरणको रूपमा बेल्ट एन्ड रोड अर्थात् सिल्क मार्गको मान्तयता अगाडि ल्याएको छ । वस्तुतः चीनको यो मान्यता विश्वव्यापी सतरको बृहत् रणनीतिक योजनामा आधारित छ । मई २०१७ मा पेकिङमा बेल्ट एन्ड रोडको शिखर सम्मेलन भयो र त्यसमा भूमण्डलीकरणको समर्थन गरियो ।”
आज विश्यमा कुनै पनि समाजवादी मुलुक छैन भन्ने कुरालाई कमरेड किरणको आलेख ‘नेकपा–विपलव समूह : एक सङ्क्षिप्त अध्ययन’ (माओवादी २०७४ भाद्र) )मा पनि अध्ययन गर्न सकिन्छ । वास्तवमा चीन अब समाजवादी नभएको मात्र नभएर, यो आर्थिक साम्राज्यवादमार्फत साम्राज्यवादको नयाँ अभ्यासमा लागेको छ र भूमण्डलीकरणको उसको योजना यसै रणनीतिक उद्देश्यसित गाँसिएको छ भन्ने विश्वका क्रान्तिकारीहरूको ठहर छ । विश्वका ३० भन्दा बढी माओवादी पार्टी तथा सङ्गठनहरूले चीनलाई साम्राज्यवादी मुलुक भन्ने आधार तयार भएको भनेर निर्णय गरेका छन् ।
२. ‘राष्ट्रिय परिस्थितिको विश्लेषण’ यो दस्ताबेजको महत्वपूर्ण पक्ष हो र यसमा पहिलेका दस्ताबेजहरूका तुलनामा थुप्रै कुरा प्रस्टताका साथ आएका छन् ।
यसले प्रस्टताका साथ लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि पनि यहाँ राज्यव्यवस्था पञ्चायती कालको जस्तै दलाल तथा नोकरसाही पुँजीपति एवम् सामन्त वर्गकै हातमा रहेको छ भन्दै नेपाली समाजको अन्तर्विरोधलाई यसरी प्रस्ट पारेको छ :
“आज नेपाली समाजमा तीन प्रकारका आधारभूत अन्तर्विरोधहरू रहेका छन् , ती हुन् : क) घरेलु प्रतिक्रियावाद अर्थात् दलाल तथा नोकरसाही पुँजीपति एवम् सामन्त वर्ग र आम जनसमुदायका बीचको अन्तर्विरोध, ख) वैदेशिक प्रतिक्रियावाद अर्थात् विस्तारवाद, साम्राज्यवाद र सिङ्गो नेपालबीचको अन्तर्विरोध तथा, ग) श्रम र पुँजीबीचको अन्तर्विरोध । नेपालमा प्रधान अन्तर्विरोधको प्रश्न निकै जटिल र गाँजिएर रहेको छ । राष्ट्रियता र जनतन्त्र एकअर्कासँग घनिष्ट रूपमा जोडिएका छन् । नेपाली जनवादी क्रान्तिको वर्तमान चरणमा दलाल एवम् नोकरसाही पुँजीपति वर्ग र सामन्त वर्ग प्रमुख दुस्मन रहेका छन् । ती वर्ग सामान्यतः साम्राज्यवाद र विशेषतः भारतीय विस्तारवादद्वारा निर्देशित तथा परिचालित रहिआएका छन् । अहिले दलाल एवम् नोकरसाही पुँजीपति तथा सामन्त वर्ग एकातिर र आम जनसमुदाय अर्कोतिर भई प्रधान अन्तर्विरोध बनेको छ ।”
माथिको भनाइ नेपाली समाजको वस्तुगत स्थितिको ठोस र सटिक विश्लेषण हो भन्ने कुरामा विवाद छैन । अवश्य पनि “नेपालमा प्रधान अन्तर्विरोधको प्रश्न निकै जटिल र गाँजिएर रहेको छ ।” हिजो जनयुद्ध लडेको एउटा शक्ति प्रतिक्रियावादी कित्तामा पुगेर राष्ट्रिय स्वाधीनता र क्रान्तिको विरुद्धमा उभिएको छ । यसप्रतिको चिन्तालाई दस्ताबेजमा यसरी प्रस्ट पारिएको छ : ...“नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको एकपछि अर्को हिस्साको प्रतिक्रियावादीकरण तथा दलालीकरणको प्रक्रिया पनि तीव्र बन्दैगएको छ । यस स्थितिमा जनताको जनतन्त्र मात्र होइन,राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नमा पनि थप खतरा पैदा हुँदैगएको छ ।” यो खास गरेर प्रचण्ड समूहको व्यवहारले देखाएको अहिलेको यथार्थ हो ।
‘राष्ट्रिय परिस्थिति’ अन्तर्गत आत्मगत स्थिति, एकता र आइएनजिओ लगायत अन्य थुप्रै महत्चपूर्ण विषय र सन्दर्भहरू उठाइएका छन् र ती स्वागतयोग्य छन् । यसमा राष्ट्रियताको प्रश्नप्रति साँच्चिकै गम्भीरता देखाइएको छ । चीनलाई भारतकै हाराहारीमा राखेर व्यवहार गरिहाल्न नसकिए पनि हामी चीनको मिचाहा, हेपाहा र विस्तारवादी नीतिलाई केही पनि होइन भनेर सहन पनि सक्तैनौँ । भारतीय विस्तारवादसित लड्ने कुरामा चीनको सहयोगको अपेक्षा गर्न सकिए पनि चीनका हरेक उद्देश्यप्रति भने सहीछाप लगाउन सकिँदैन । यस विषयमा दस्ताबेज प्रस्ट छ । लिपुलेक नेपाली भूभाग हो भन्ने कुरामा चीन अनभिज्ञ हुने अथवा छ भन्ने कुरा होइन, हाम्रो भूभागको विषयमा चीनले भारतसित जे-जस्तो सम्झौता गर्यो, यो आलोचनायोग्य मात्र होइन, निन्दनीय पनि छ । यो विस्तारवादी नीति नै हो । यो सन्दर्भलाई दस्ताबेजले “भारत-चीनका बीच लिपुलेक मार्गसम्बन्धी सम्झौता गरेर नेपालको राष्ट्रिय स्वाधीनतामाथि चीनद्वारा पनि गम्भीर आघात पुर्याइएको छ” भनेर दस्ताबेजले जुन किसिमको गम्भीरता देखाएको छ, यो स्वागतयोग्य छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र समाजवादी मुलुकका सम्बन्धमा रहेका कतिपय भ्रम प्रस्ट पार्ने सन्दर्भमा नेकपा-माओवादीको सातौँ महाधिवेशनभन्दा अहिलेको दस्ताबेज बढी प्रस्ट छ ।
यो उपशीर्षक अन्तर्गत उठाइएको अर्को महत्वपूर्ण प्रश्न जनयुद्धसम्बन्धी छ । यसमा लेखिएको छ :
“लामो समयदेखि अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहिआएको नेपालमा सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध तत्कालीन रूपमा जनताका जल्दाबल्दा समस्याको समाधान र दीर्घकालीन रूपमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि अनेकौँ सङ्घर्ष र जनआन्दोलन हुँदैआएका छन् । यसै क्रममा दश वर्षसमम महान् जनयुद्ध पनि सञ्चालित भयो । परन्तु, मूल नेतृत्वमा गम्भीर प्रकृतिको नवशंसोधनवादी विचलन पैदा हुनु र क्रान्तिकारीहरूद्वारा त्यसको सशक्त रूपमा सामना गर्न नसक्नुका कारण ती आन्दोलन र जनयुद्धले गम्भीर धक्का खानुपर्यो ।”
अवश्य पनि हो । नेपाल अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक मुलुक हो र नयाँ जनवादी क्रान्ति नै नेपाली क्रान्तिको चरित्र हो । यस विषयमा दस्ताबेज प्रस्ट छ । तर “क्रान्तिकारीहरूद्वारा त्यसको सशक्त रूपमा सामना गर्न नसक्नु” भनेर मात्र पुग्दैन । जनयुद्धको कालखण्ड र यताका “शान्तिप्रक्रिया” का समयमा के-के गल्तीकमजोरी भए र क्रान्तिकारीहरूका पनि केकस्ता कमीकमजोरी रहे भन्ने कुराको अलि खोलेर विशिष्टतामै आउनु आवश्यक छ । यो पक्षले अलि विस्तारको माग गर्छ ।
३. तेस्रो उपशीर्षक ‘राजनीतिक शक्तिहरूको विश्लेषण’ मा नेपालका विविध राजनीतिक शक्तिहरूको वर्गचरित्रमाथि प्रकाश पारिएको छ । यसमा नेकपा (क्रान्तिकारी माओवादी) लाई ‘सर्वहारा वर्गको प्रतिनिधि पार्टी’ का रूपमा राखिएको छ । त्यसैगरी ‘विभिन्न वाम राजनीतिक समूहअन्तर्गत “नेकपा विप्लव समूह, नेकपा कट्टेल समूह र नेपकिपा छन् ।” विप्लव समूहबारेको राजनीतिक निष्कर्ष सही भए पनि नेमकिपालाई पनि यसअन्तर्गत राख्नु वैचारिक दृष्टिले सही ठहर्दैन । नेमकिपा वास्तवमा संशोधनवादी समूह नै हो । यसलाई नेकपा विप्लव समूहको हाराहारीमा राख्न मिल्दैन ।
त्यसैगरी ‘दक्षिणपन्थी संशोधनवादी समूह’ अन्तर्गतका समूहबारेको निष्कर्ष सही छ र माकेलगायत नेका, एमाले, काङ्ग्रेस र नयाँ शक्तिलाई ‘प्रतिधु्वीय शक्तिहरू’ अर्थात् प्रतिक्रियावादी शक्तिहरूअन्तर्गत राखिएको छ । यो एकदमै सही बुझाइ हो । माके अब संशोधनवादी समूह पनि रहेन, यो त प्रतिक्रियावादी समूहमा परिणत भएको छ ।
४. दस्ताबेजको अर्को महत्वपूर्ण शीर्षक ‘अन्तर्राष्ट्रिय तथा नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त सिंहावलोकन’ हो । यसमा ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास, समीक्षा र संश्लेषण गरिएको छ । यसमा पनि नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास, समीक्षा र संश्लेषणले विशेष महत्व राख्दछ । ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन’ उपशीर्षक अन्तर्गत इतिहासलाई जसरी प्रस्तुत गरिएको छ, यो सराहनी्य छ । यसको ८ औँ बुँदामा लेखिएको छ—“सन् १९९३मा माओका योगदानहरूको वस्तुगत मूल्याङ्कन गर्दै पथप्रदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद-लेनिनवाद-माओवाद पारित गर्यो ।” यसमा “यसअघि गोन्जालोको नेतृत्वमा रहेको पेरू कम्युनिस्ट पार्टीले १९८२ मा मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा पारित गरेको थियो” भनेर थप्नु गोन्जालोको योगदानप्रति सही सम्बोधन हुन्छ ।
५. यसमा अर्को उपशीर्षक ‘नेपाली कम्युनिस्ट आन्दोलन’ अन्तर्गत नेपालको कम्युनिस्ट आन्दोलनको स्थापनाकालदेखि आजसम्मको सङ्क्षिप्तावलोकन छ । यो महत्वपूर्ण पक्ष हो र हरेक कार्यकर्ताले अध्ययन गनुपर्ने विषय हो । यसको ९औँ नम्बरमा लेखिएको छ : “२०३८ सालमा सम्पन्न चौथो केन्द्रीय समितिको प्लेनममा चीनमा प्रतिक्रान्ति शीर्षक दस्ताबेज पारित गरिनु ऐतिहासिक महत्वको कदम थियो ।” आफूलाई क्रान्तिकारी कित्तामा राख्ने र चीनलाई समाजवादी मुलुक ठान्नेहरूले यो इतिहास र निर्णयलाई साथै यहाँ लेखिएको वाक्यांश “ऐतिहासिक महत्वको कदम” को राम्ररी अध्ययन गर्नु आवश्यक छ । त्यसैगरी १० औँ बुँदामा लेखिएको छ : “२०४१ सालमा पार्टीको पाचौँ महाधिवेशन भयो । नयाँ जनवाद तथा दीर्घकालीन जनयुद्धमा आधारित आम कार्यदिशा पारित गरियो ।” मोहनविक्रमकोसरसरती हेर्दा सारसङ्ग्रहवादी सारमा संशोधनवादी नारा “देशभक्त तथा जनतान्त्रिक शक्तिहरूको सरकार” को मूल राजनीतिक दिशालाई नेकपा (मशाल) ले परित्याग गर्यो र दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी सत्ताको बाटो भएर समाजवाद र साम्यवादसम्म पुग्ने निर्णय लियो । यो निर्णय नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ र गुणात्मक फड्को थियो । यसरी हेर्दा २०४१ सालदेखि नेपालमा मालेमा, नयाँ जनवादी क्रान्ति र दीर्घकालीन जनयुद्धको राजनीतिक लाइनको योजनाबद्ध किसिमले आरम्भ भएको यथार्थ पुष्टि हुन्छ ।
यो उपशीर्षक अन्तर्गत १६ नम्बर बुँदामा गरिएको समीक्षाले गम्भीर किसिमले ध्यानाकर्षण गराउँछ । लेखिएको छ :
“महान् जनयुद्ध पछिल्लो कालखण्डमा दक्षिणपन्थी संशोधनवादी नेतृत्वले वर्गीय तथा राष्ट्रिय आत्मसमर्पण र भारतीय विस्तारवादसितको साँठगाँठ गर्नपुग्यो । यसै क्रममा शान्तिप्रक्रिया अगाडि बढ्यो । पार्टीमा विद्यमान दक्षिणपन्थी संशोधनवादी नेतृत्वले नयाँ जनवादी क्रान्तिलाई गलत दिशामा मोड्न र जनयुद्धको अवसान गर्नका लागि नियोजित रूपमा अनेकौँ षड्यन्त्रमूलक गतिविधिहरू सञ्चालित गर्यो । चुनवाङको के.स.को बैठकमा लिइएको लोकतान्त्रिक गणतन्त्रको नीति, बारबुँदे सम्झौता, विस्तृत शान्तिसम्झौता, जनमुक्ति सेनाको नेपाली सेनामा विलयन, संविधान सभामा लोकतान्त्रिक गणतन्त्र तथा संसद्वादका लागि गरिएको कसरत—आदि यिनै नियोजित षड्यन्त्रमूलक गतिविधिका केही प्रमुख अभिव्यक्ति हुन् । फलतः नेपाली नयाँ जनवादी क्रान्तिले गम्भीर धक्का खान पुग्यो । साथै यस प्रक्रियामा क्रान्तिकारी पक्षबाट पनि कतिपय कमी, कमजोरी तथा सीमा रहनगएका छन् । यस सन्दर्भमा प्रचण्डपथलाई स्वीकार्नु, सैद्धान्तिक, राजनीतिक, तथा साङ्गठनिक क्षेत्रमा आवश्यक सतर्कताको अभाव, अवसरवादसित प्रभावकारी ढङ्गले वैचारिक तथा राजनीतिक सङ्घर्ष चलाउन नसक्नु आलि उल्लेखनीय रहेका छन् ।”
अवश्य पनि हिजो जनयुद्धकालका खासगरेर दोस्रो राष्ट्रिय सम्मेलनदेखि नै ‘एक्काइसौँ शताब्दीको जनवाद’, ‘प्रचण्डपथ’ को निर्णय, चुनवाङ बैठक, बारबुँदै सम्झौता लगायतका विषयहरूमा गल्ती-कमजोरी भएका हुन् र छन् । कसले कहाँनेर के गल्ती गर्यो भन्ने कुराले पनि अर्थ राख्छ तापनि कमी, कमजोरी र गल्तीहरू भए भनेर आउनुलाई स्वागत गर्नुपर्ने हुन्छ । गल्ती र कमजोरी जनयुद्धकालमा मात्र भएका छैनन्, ‘शान्तिप्रक्रया’ को कालमा पनि भएका छन् र प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछि पनि भएका छन् । यसका सम्बन्धमा पनि के के कमजोरी भयो, किन भयो भनेर प्रस्टताका साथ आउनु आवश्यक छ । ‘१९ नम्बर’ बुँदामा केही कुरा उठाइए पनि त्यो पुग्दो छैन । पार्टीले गति लिन नसक्नु, समूहगत तथा व्यक्ति व्यक्तिका रूपमा पार्टीबाट कार्यकर्ताहरू बाहिरिनुका पछाडि अवश्य पनि केही कारण र समस्याहरू रहेका छन् । दस्ताबेजमा प्रचण्डसित सम्बन्ध विच्छेदपछिको समयको पनि समीक्षा आउनुपर्ने थियो । यस मामिलामा दस्ताबेज मौन बसेर यथार्थबाट भाग्न खोजेको छ ।
६. पहिलो खण्डको ५ औँ उपशीर्षक ‘विशिष्ट कार्यदिशा, नीति तथा कार्यक्रम’ रहेको छ र यो एकदमै महत्वपूर्ण विषय हो । सारा प्रश्न र समस्याहरू यसैसित गाँसिएका छन् । यसलाई ३४ वटा बुँदामा सूत्रीकरण गरिएको छ । आरम्भै भनिएको छ :
“पार्टीको आम कार्यदिशा नीति तथा कार्यक्रम नयाँ जनवादी क्रान्तिको दिशामा परिलक्षित रहेको छ । नेपालमा सर्वहारा वर्गको नेतृत्व र मजदुर किसान एकता एवम् सबै उत्पीडित जनसमुदायको संयुक्तअधिनायकत्वमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने पार्टीको मूल राजनीतिक रणनीति हो । यस प्रकारको राज्यसत्ताको स्थापनाका लागि नेपालमा विभिन्न जनसङ्घर्ष, सशस्त्र जनसङ्घर्ष तथा मुख्यतः दश वर्षको जनयुद्धका आधार तथा अनुभव र नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको सामरिक कार्यदिशा अवलम्बन गर्नु पर्दछ । यही नै नेपाली क्रान्तिको बाटो हो ।”
अहिले क्रान्तिकारीहरूबीच चलेको र उठेको बहसको केन्द्र नै कार्यदिशा रहेको छ । कार्यदिशा तय गर्ने सम्बन्धमा सबैले आ-आफ्नो बुझाइ र ठम्याइअनुसार नेपाली समाज, अन्तर्राष्टिय परिस्थिति, क्रान्तिको चरित्र र कार्यदिशाको व्याख्या र विश्लेषण गर्ने गरिएको पाइएको छ । नेपाली समाजको आधारभूत व्याख्याविश्लेषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिको विश्लेषण, पथप्रदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार, नयाँ ढङ्गको पार्टी निर्माण, बलपूर्वक सत्ता प्राप्तिको अवधारणा जस्ता विषयहरूमा नेकपा (क्रान्तिकारी माओवादी) प्रस्ट छ र सही छ, तर कार्यदिशालाई ठोस गर्ने कार्य र चुनावसम्बन्धी प्रश्नमा यो अलमलिएको छ र परिणाममा अकर्मण्यता, गतिहीनता र पुनरावृत्तिको गोलचक्करवादमा फसेको स्थिति छ । यस किसिमको स्थिति लामो अवधिसम्म रहेमा विसर्जनको सङ्कटबाट जोगिन सक्ने स्थिति बन्दैन ।
कार्यदिशाबारे लामै लेख लेख्नु आवश्यक छ र यसअघि पनि यसबारे धेरै लेखिएको छ । प्रचण्डसित सम्बन्ध विच्छेद गरेर आएपछि “जनयुद्धको जगमा जनविद्रोह”, “मूलतः जनविद्रोह”, “सशस्त्र जनसङ्घर्ष” हुँदै अहिले यो “ नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको सामरिक कार्यदिशा” मा पुगेको छ । आधारभूत रूपमा यो “मुख्यतः दश वर्षको जनयुद्धका आधार तथा अनुभव” मा उभिन खोजेको देखिन्छ । सामरिक कार्यदिशाको समग्र पक्षको विवरण आवश्यक हुँदैन, तर “नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह” पदावली प्रयोगका दृष्टिले अमूर्त किसिमको लाग्छ र सारतत्वका दृष्टिले सारसङ्ग्रहवादी छ । यसले सारतः सहरी विद्रोहसित साइनोसम्बन्ध जोड्दछ । सहरी विद्रोहको कार्यदिशा नेपालका सम्बन्धमा अवैज्ञानिक र अयोग्य छ र हुन्छ । जे जे भने पनि नेपाली जनताले अन्ततः नेपाली विशिष्टताको जनयुद्धको बाटो नसमाती विचार नेतृत्व, सङगठनको रक्षा गर्न सक्तैनन् र क्रान्तिले नयाँ दिशा र गति पनि लिन सक्तैन । यथार्थ यही हो । अन्यथा स्थिति गोलचक्करवादमा सीमित हुनेछ । यस विषयमा यस टिप्पणीकारले ‘माओवादी आन्दोलन : वैचारिक सङ्कट र सङ्घर्ष’ (बहसमा माओवादी आन्दोलन : २०७२) मा प्रस्ट पारिसकेको छ । थप व्याख्या गर्नु आवश्यक ठान्दिन ।
७. दस्ताबेजको ६ औँ उपशीर्षक ‘पार्टीका काम र स्थानीय निर्वाचन : सङ्क्षिप्त समीक्षा’ रहेको छ । नेकपा ( क्रान्तिकारी माओवादी) ले स्थानीय चुनावमा सहभागिता जनायो र हुन लागेको केन्द्र तथा प्रादेशिक चुनावको पनि “क्रान्तिकारी उपयोग” गर्ने निर्णय गरेको छ । चुनावको “क्रान्तिकारी उपयोग” का सन्दर्भमा यसले लेनिनलाई अघि सारेको छ र यसका सम्बन्धमा माओले रूसी नव-संशोधनवादीहरूसितको लडाइँका सन्दर्भमा व्यक्त गरेका भनाइ, ‘महान् बहस’ लगायत अन्य दस्ताबेजको चर्चा गर्न आवश्यक ठानेको देखिएन । प्रतिक्रियावादी चुनावमा सहभागी हुने सम्बन्धमा हिजो ‘रिम’ ले गरेको निर्णय तथा अहिले विश्वका माओवादी पार्टीहरूले के गरिरहेका छन् र के भनिरहेका छन् भन्ने कुरालाई पनि दस्ताबेजले स्थान दिएको छैन । यसो गर्दा चुनाव वहिष्कारको बाटो लिनुपर्ने हुँदा यसो नगरेको हुनसक्छ ।
चुनावमा भाग लिने कार्य पार्टीलाई विस्तारै चुनावमुखी बनाउने अभियानको अंश हो । केहीगरी जितेर संसदमा गए पनि खास व्यक्तिले सुविधा भोग्नेभन्दा बढी हुने छैन र यसले आधारभूत र मूल कार्य सामरिक कार्यलाई पछि पार्ने र वैचारिक रूपमा पार्टीलाई विसर्जनतर्फ प्रवृत्त गराउने काम मात्र गर्छ । नयाँ ढङ्गको पार्टी निर्माणमा जोड दिने पार्टीले चुनावप्रति बढी आशक्ति देखाउनु आफैँमा आश्चर्यको विषय हो । वास्तवमा यस विषयमा नेकपा (क्रान्तिकारी माओवादी)को सम्मेलनले गम्भीरतापूर्वक सोच्नु आवश्यक छ । । भारतमा हामीले मालेमा र नयाँ जनवादी क्रान्ति भन्दै चुनाव उपयोग गर्ने पार्टीहरूको हविगत देखिसकेका छौँ, यसबाट शिक्षा लिनु आवश्यक छ । यहाँ सन् १९६४ मा ‘बेजिङ रिभ्यु’ मा छापिएको लेख ‘सर्वहारा अधिनायकत्वको विजय जिनदावाद !’ (विकल्प :२) बाट एउटा सानो अंश प्रस्तुत गर्नु आवश्यक ठान्दछु :
“विगतका दशकहरूमा थुप्रै कम्युनिस्ट पार्टीहरूले चुनाव र संसदमा भाग लिएका थिए, तर कसैले पनि यसका माध्यमद्वारा सर्वहारा अधिनायकत्व कायम गर्न सकेनन् । यदि कुनै कम्युनिस्ट पार्टीले संसद्मा बहुमत ल्याएर सरकारमा सहभागी भए पनि यसले पुरानो राज्यसत्तालाई ध्वस्त पार्ने कुरा त परैजाओस बुर्जुवाहरूको राजनीतिक शासनको चरित्रमा समेत कुनै परिवर्तन गर्न सक्तैन । प्रतिक्रियावादी सत्ताधारी वर्गले चुनाव धाँधलीपूर्ण भयो भनेर अमान्य घोषित गर्छ, संसद् विघटन गर्छ, अथवा कम्युनिस्ट पार्टीलाई हटाउन ठाडै हिँसाको प्रयोग गर्छ । यदि सर्वहाराको पार्टीले आफूलाई जनताबीच लाँदैन, सशस्त्र सङ्घर्षलाई परित्याग गर्छ र संसदीय राजनीतिमा भर गर्छ भने त्यो पार्टीले जनतालाई दिग्भ्रमित पार्नुका साथै आफूलाई समेत भ्रष्ट तुल्याउँछ । बुर्जुवाहरूले संसदीय चुनावमार्फत कम्युनिस्ट पार्टीलाई खरिद गर्छन् र यसलाई संशोधनवादी पार्टी, बुर्जुवाहरूको पार्टीमा फेर्छन्–इतिहासमा यस्तो नभएको कतै छ र ?”
८. सातौँ बुँदाको शीर्षक ‘साङ्गठनिक फाँटका कामबारे’ रहेको छ । हेर्दा सामान्यजस्तो लागे पनि यी बुँदाहरू महत्वपूर्ण छन् । वास्तवमा यो सन्दर्भलाई दस्ताबेजको महत्वपूर्ण विशेषता भन्न सकिन्छ । ‘नयाँ ढङगको पार्टी निर्माणको काम’, ‘तीन जादुगरी हतियारको प्रश्न’, ‘जनवादी केन्द्रीयता, 'आत्मालोचना–आलोचना’, ‘अन्तर्सङ्घर्ष तथा दुईलाइन सङ्घर्ष’, ‘कार्यकर्ता सम्बन्धी प्रश्न’ लगायतका १२ वटा बुँदामा सम्बद्ध विषयलाई समेटिएको छ । सबै बुँदामा उठाइएका धारणाहरू महत्वपूर्ण छन् । १८८९ देखि ने नयाँ ढङ्गको पार्टीको आवश्यकता र औचित्यबारे प्रश्न उठेको हो र एङ्गेल्सदेखि यहाँसम्म आइपुग्दा यसका विशेषतामा पनि थप विकास भएको छ । योसित नीति, नेता, कार्यकर्ता सबै जोडिएका छन् । ‘कार्यकर्ता सम्बन्धी प्रश्न’ उठाइएका प्रश्नहरू इमानदारीपूर्वक आएका छन् र महत्वपूर्ण छन् । जस्तो यसमा लेखिएको छ :
“पार्टीमा कार्यकर्ताको मूल्याङ्कनको विषयमा वरिष्ठता र कनिष्ठता, वरिष्ठता र क्षमता, सक्रियता र निष्क्रियता आदि प्रश्न निरन्तर रूपमा उठ्दैआएका छन् । यी प्रश्नको सही हल गर्नुपर्छ । एकपटक वरिष्ठ भए सदैव वरिष्ठ भइरहने र एकपटक कनिष्ठ भए सदैव कनिष्ठ हुने हुन सक्तैन । पार्टीमा वृद्ध, प्रौढ र युवा पङ्क्तिको सन्तुलन मिलाउनु पर्दछ । अन्ततः कमिटीमा रहन र नेता–कार्यकर्ता बन्नका लागि लाल र निपुणको द्वन्द्वात्मक संयोजन अनिवार्य रूपमा आवश्यक हुन्छ ।...पार्टीमा भौतिक उत्प्रेरणा होइन, त्याग, निष्ठा र वलिदानकै भूमिका प्रधान हुन्छ ।”
यो महत्त्वपूर्ण अभिलेखीकरण हो । चिनियाँहरूले यस विषयमा धेरै सामग्री दिएका छन् ।
मार्क्सवादको सामानय ज्ञान नभए पनि क्षमता र योग्यता नभए पनि, कामप्रति लगाव र इमानदारी नभए पनि नेताहरूसित साइनो जोडिएको आधारमा, पार्टी फुटको विशिष्ट स्थितिको हुलमुलमा, टुप्पीमा समातेर कसैले तानेको आधारमा र गूटगत प्रधिनिधित्त्वका आधारमा थुप्रै अयोग्यहरू नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय नेता बनेका छन् भनेर सो पार्टीभित्रकै एकथरीले चित्त दुखाएर खुला टीकाटिप्पणी गरिरहेको स्थितिमा ‘कार्यकर्ता सम्बन्धी प्रश्न’ ले धेरै महत्वपूर्ण कुरामा प्रकाश पारेको छ । दस्ताबेजको यो अंशले सो पार्टीभित्रको कार्यकर्ताको स्थितिको सबल प्रतिबिम्बन गरेको छ । सबै कुरा खुलेर आएका छन् ।
९. आठौँ बुँदाको शीर्षक ‘आगामी कामको रूपरेखा’ रहेको छ र यसमा गर्नुपर्ने विविध कामको उल्लेख गरिएको छ । यसमध्ये ‘साङ्गठनिक काम’ अन्तर्गतका बुँदाहरू विशेष उल्लेखनीय छन् । यसमध्ये एउटा बुँदा “विभिन्न रूपमा छरिएर रहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई धु्रवीकृत तथा एकताबद्ध तुल्याउने” भन्ने रहेको छ । यो कार्य यति सहज र सरल नदेखिए पनि आजको अपरिहार्य आवश्यकता हो भन्ने कुरामा विवाद छैन ।
१०. पहिलो खण्डको दोस्रो शीर्षक ‘ नेपाली समाजको स्वरूप र पार्टीको आम कार्यदिशा’ हो र यो ‘राजनीतिक प्रतिवेदन’ कै पूरक अंश हो । यसमा नेपाली समाजको मार्क्सवादी राजनीतिक अर्थशास्त्रीय कोणबाट व्याख्या-विश्लेषण गरी वर्गसंरचना र अन्तर्विरोधको स्थितिलाई प्रस्ट पारिएको छ र त्यसैका आधारमा नयाँ जनवादी क्रान्तिको कार्यदिशाको किटान गरिएको छ । यसका ११ नम्बरदेखि १५ सम्मका बुँदाहरू विशेष महत्वका छन् । यो भागमा प्रयोग गरिएका केही पदावली ‘पहाडिया आर्य–खस’ जस्ता पदावलीहरू हिजो पञ्चायती कालमा सान्दर्भिक भए पनि , अब यिनको सान्दर्भिकता र औचित्य समाप्त भइसकेको छ । ‘ब्राम्हणवाद’ होइन, पुरोहितवाद पदावली प्रयोग गर्दा भन्न खोजेको कुरा प्रस्ट हुन्छ, अर्थ पनि सही हुन्छ । त्यसै गरी ‘जातीय पहिचानसहितको सङ्घीयता’ तथा ‘आत्मनिर्णयको अधिकार’ सम्बन्धी सन्दर्भहरू पनि माओवादी आन्दोलनमा बहस र विवादका विषय बनेका छन् ।
११. यसरी समग्रमा हेर्दा कार्यदिशाको सम्बन्धमा, चुनावको उपयोग गर्ने सम्बन्धमा र जातीय पहिचान र आत्म निर्णयको अधिकारका सन्दर्भमा अघि सारिएका धारणाहरूबाहेक अन्य विषय आधारभूत रूपमा सही छन् र स्वागतयोग्य छन् । यो टिप्पणीकारले कार्यदिशा, जातीय पहिचानमा आधारित सङ्घीयता र आत्मनिर्णयको अधिकार र अन्तर्राष्ट्रिय परिस्थिति र माओवादी आन्दोलनका सन्दर्भमा सातौँ महाधिवेशादेखि नै फरक मत राख्दैआएको हो । अहिले आएर चुनावको सन्दर्भ पनि जोडिएको छ । यीमध्ये पनि कार्यदिशाको प्रश्न सबैभन्दा जटिल छ, जसले क्रान्तिकारीहरूबीचको एकताका लागि पनि जटिलता पैदा गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) ले अघि सारेको कार्यदिशाको व्याख्या र निष्कर्ष हेर्दा यसले जनयुद्धको जगलाई आधार बनाएर जनविद्रोहमा जोड दिन खोजेको देखिन्छ । “मुख्यतः दश वर्षको जनयुद्धका आधार तथा अनुभव” लाई जोड दिनुको अर्थ यही हो भन्न सकिन्छ । वास्तवमा सही विषय जनविद्रोह (पिपुल्स स्ट्रगल) होइन, जनयुद्ध (पिपुल्स वार) हो । जनयुद्ध भनेको समग्र युद्ध (टोटल वार) हो । यसले सबैलाई समेट्छ । यो दीर्घकालीन हुने कि अल्पकालीन हुने भन्ने कुरा मनोगत किसिमले नभएर सचेतन प्रयास, आत्मगत तथा वस्तुगत स्थितिको द्वन्द्वात्मकता, शक्ति सन्तुलनको स्थिति, अन्तर्राष्ट्रिय परिस्थितिमा भरपर्ने कुरा हो ।
नेपाली जनयुद्धको मूल आधार र जग माओले देखाएको जनयुद्धको आधारभूत बाटो नै हुन्छ, तर नेपालजस्तो मुलुकमा लामो अवधिसम्मको जनयुद्ध टिकाउन गारो पनि हुन सक्ने भएकाले यसले लेनिनबाट पनि केही सिक्नुपर्ने र लिनुपर्ने हुन्छ । यो केही सिक्नुपर्ने र लिनुपर्ने खास बिन्दु भनेको रणनीतिक सन्तुलनबाट अघि बढेको समयबिन्दु हुनसक्छ । यसै प्रक्रियामा नेपाली नयाँ जनवादी क्रान्तिका लागि नेपाली जनताले लड्ने लडाइँको चरित्र र कार्यदिशा नेपाली विशिष्टताको जनयुद्धमा परिणत हुन्छ ।
दस्ताबेजमा फरक मत पनि आएका छन् र यसको प्रस्टताका साथ कमरेड किरणको पुग्दो जवाफ आएको छ, यसमा प्रवेश गर्नु यो टिप्पणीकार आवश्यक ठान्दैन । परन्तु नेपाली नयाँ जनवादी क्रन्तिका अभिन्न अंग माओवाद र जनयुद्धप्रति नै विमति जनाउनेले यसको रक्षा र विकासको त कुरै छाडौं, यसका आधारमा हुने क्रान्तिको नेतृत्त्व कसरी गर्न सक्ला र कार्यकर्ताले उसको नेत्रित्त्वलाई कसरी सहजै ग्रहण गर्लान् ? भनेर प्रश्न उठ्नु/ उठाउनु चाहिं स्वाभाविक छ ।
नेपालको स्थिति लेनिनको समयको जस्तो स्थिति पनि होइन र अलग पहिचान बोकेका बाल्टिक राज्यहरूको स्थिति पनि होइन, सङ्घीयता, पहिचानवाद र आत्मनिर्णयको अधिकारका सम्बन्धमा नेपाली समाजले स्टालिन र माओलाई समात्नु आवश्यक छ र यहाँ स्थानीय स्वायत्तताको नीति नै सही र वैज्ञानिक हुन्छ ।
१२. केही विषयमा यस टिप्पणीकारका फरक धारणा छन् तापनि आधारभूत रूपमा यो दस्ताबेज प्रशिक्षणात्मक दस्ताबेज बनेको छ । कार्यदिशाको विषय बहसको विषय बन्नु स्वाभाविक छ र केही समय यो बहस चलिरहला पनि । र पनि सम्मेलनले चुनाव उपयोगको कार्यनीति खारेज गरोस् र क्रान्तिकारी कार्यदिशा पारित गर्दै क्रमभङ्गका साथ पार्टीलाई नयाँ दिशामा गतिवान बनाओस् भनेर कामना गर्नु सही र स्वाभाविक हुन्छ ।
०००

भिडियो फिचरview all