ताजा समाचार
दुई लाइन सङ्घर्षका क्षणहरू
ईश्वरीप्रसाद दाहाल ‘असारे’
“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चीज प्राप्त हुन्छन्, यदि अनुयायीहरू छैनन् भने पनि ती प्राप्त हुन सक्छन् । यदि बन्दुकहरू छैनन् भने पनि ती प्राप्त हुन सक्छन्, यदि राजनीतिक सत्ता छैन भने पनि त्यो प्राप्त हुन सक्छ, यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो, जब यो तानिन्छ पूरै जाल खुल्दछ ।” : माओ त्से–तुङ
सुरुका राजनीतिक दिनहरूमा पञ्चायतको विरोधमा भूमिका खेलिरहेको र आफ्नो गाउँमा एकछत्र प्रभाव रहेको काङ्ग्रेसको राजनीतिबाट प्रभावित थिएँ । गरिब, श्रमिक र मजदुर वर्गको पक्षमा भूमिका निर्वाह गर्न थालेपछि म कम्युनिस्ट पार्टीको सम्पर्कमा पुगेको थिएँ । अझ म आफ्नो भावना यसरी राख्दा ठीक होला : मेरो पक्षधरता र भूमिका कम्युनिस्टको जस्तो राजनीतिक– दलीय आबद्धता पुँजीपति वर्गको जस्तो भएको रहेछ । एकदिन बद्री खतिवडाले प्याच्च भनिहाले– “तपाईँ कुरा मजदुरका गर्नुहुन्छ, पार्टी चाहिँ काङ्ग्रेसमा बस्नुहुन्छ, कसरी कुरा मिल्छ ! मजदुरको हित चाहने भए मजदुरकै पार्टीमा बस्नुपर्यो नि ।” बद्री खतिवडाको कुरा सही थियो । म २०२४ सालपछि कम्युनिस्ट पार्टीको सम्पर्कमा पुगेँ ।
२०२५ सालमा जागिरको सिलसिलामा म चितवन पुगेको थिएँ । क्याम्पसको अध्ययन पनि त्यहीँ सुरु गरेँ । पशुपति वाग्ले, टेकबहादुर थापा र म एउटै प्रारम्भिक समितिमा थियौँ । २०३३ सालबाट भने म नेकपा (चौथो महाधिवेशन) को सम्पर्कमा पुगेँ । कारखाना छोडेर घरमा गएको थिएँ । खम्बसिंह कुँवरले ऋषि देवकोटा ‘आजाद’ लाई मेरो सम्पर्क दिएका रहेछन् । एकदिन घरमा कमरेड आजाद आए । उनीसँग त्यसदिन सामान्य छलफल भयो । आजाद आएका केही दिनपछि चन्द्रप्रसाद गजुरेल र हरिबोल गजुरेल आए, अनि औपचारिक रूपमा नेकपा चौथो महाधिवेशनमा आबद्ध भएँ ।
मोहनविक्रम सिंहको ‘उग्र-वामपन्थी विचारको खण्डन’ रचनाबाट निकै प्रभावित थिएँ । जेल बसेर आएका र पारिवारिक रूपले पनि लड्दैआएका नेता भएकाले सिंहलाई आदर्श ठान्थेँ । समयक्रममा यिनी अलि बढी सङ्कीर्ण रहेछन् भन्ने लाग्दैगयो । २०४० सालमा मोहनविक्रम ‘पण्डितिनी काण्ड’ मा मुछिए । बाचस्पति देवकोटाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाइयो । मोहनविक्रमले नै मेरो नाम प्रस्ताव गरेका थिए । मोहनविक्रमको अपेक्षाविपरीत हामीले एकमतले कारबाही सिफारिस गरेका थियौँ ।
२०३६ सालमा जनकपुरको बाह्रबिघा मैदानमा विशाल सभा राखिएको थियो । त्यहाँ साठी हजार जनता उपस्थित भएको अनुमान गरिएको थियो । सर्लाहीदेखि सिरहासम्म र सिन्धुली, उदयपुरलगायतबाट जनता सहभागी थिए । सो सभामा निर्मल लामाजीले सम्बोधन गर्ने तय भएको थियो । पार्टीमा छलफल नै नगरी सो सभामा लामाले मनमोहन अधिकारीलाई पठाएछन्, आफू गएनन् । त्यो घटनालाई लिएर धेरै प्रश्नहरू उठे । निर्मल लामालाई ‘कायर’ भनियो । “त्यो संशोधनवादीलाई पार्टीको सभामा किन पठाएको ?” त्यतिखेर मोहनविक्रमले भनेका थिए । २०४० सालमा निर्मल लामा पक्ष कारबाहीमा परेपछि म केन्द्रीय समितिमा आएको थिएँ ।
मोहनविक्रमको कारबाहीपछि प्रचण्डप्रति पार्टीमा जनमत बढ्दैगएको थियो । यो युवक क्रान्तिकारी हो भन्ने लाग्दै थियो । त्यसैबेला प्रचण्ड र रवीन्द्र श्रेष्ठ भएर युवा सङ्गठनको मुखपत्र प्रकाशित गरेका थिए । त्यसमा प्रचण्डको जोसिलो अन्तर्वार्ता थियो । त्यसले धेरैलाई प्रभावित गर्यो । त्यसपछि खम्बसिंह कुँवर, इन्द्रविलास पौडेल, दीपेन्द्र शर्मा, तिलक खवास ‘जमिर’ र मैले प्रचडलाई केन्द्रीय समितिमा लग्नुपर्छ भन्यौँ । त्यसपछि कमरेड बादल र देवप्रसाद गुरुङलाई पनि अगाडि सारियो । खम्बसिंह कुँवरले जनजाति समुदायबाट नेता नजन्माईकन आन्दोलनको उठान सकिन्न भन्थे । हामी त्यसमा सहमत थियौँ । त्यसबेला प्रचण्डलाई क्षमता भएको युवाका दृष्टिले र रामबहादुर थापा ‘बादल’ एवम् देव गुरुङलाई जनजाति समुदायको प्रतिनिधिका दृष्टिले हेरिएको थियो । कमरेड बादल जनजाति समुदायबाट आएका भए पनि जातिवादी गन्ध आउँदैनथ्यो । प्रचण्डले भने समयसमयमा बादलमा ‘मगरवाद’ छ भन्दा रहेछन् ।
२०४५ सालमा किरणले नै प्रचण्डलाई महामन्त्रीमा आफैँले प्रस्ताव गरेका थिए । त्यसबेला भक्तबहादुर श्रेष्ठले किरणलाई “पार्टीमा छलफल नै नगरी किन प्रस्ताव गर्नुभयो ? महामन्त्री पद तपाईंको खल्तीको पैसा हो ?” भनेर रिसाउँदै भनेका थिए । त्यसबेला पाँचौँ महाधिवेशनमा भारतबाट भाइचारा पार्टीका पैँतीस–छत्तीस वर्षका कमरेड सनी सहभागी भएका थिए । हामीले भाइचाराका युवाहरू नेतृत्वमा पुग्न हुने, नेपालमा किन नहुने ? भन्ने तर्क गरेका थियौँ । मोहनविक्रममाथि ‘पण्डितिनी काण्ड’ लाई लिएर आक्रमण भइरहेका बेला ‘वैचारिक विचलन आएका कारण व्यवहारमा त्यसको अभिव्यक्ति प्रकट भएको’ भनेर प्रचण्डले भनेका थिए । हामी त्यो निष्कर्षबाट प्रभावित भएका थियौँ । प्रचण्डको क्रियाशीलता, अध्ययन, तर्कशीलताबाट धेरै युवाहरू प्रभावित थिए ।
सिज अभियानपछि कमरेड बादल हाम्रो नेता बनेर आओस् भन्ने भावना ममा पनि पलाएको थियो । त्यो अभियानपछि प्रचण्ड भने बादलको पार्टीमा पकड बढेकोमा तर्सन थालेको गाइँगुइँ पनि थियो । फुन्टिवाङ बैठकमा प्रचण्डले “बादलजीले बोलेपछि असारेजी तपाईँलाई के चाहियो र ! बादल र तपाईँको प्रवृत्ति मिलिहाल्छ” भनेका थिए । बादललाई कारबाही गरेको बेला म मध्यप्रदेशको भोपालमा थिएँ । कमरेड बादलपछि प्रचण्डलाई फोन गरेँ । प्रचण्डले केही नभनी “असारेजी तपाईँ मुम्बई आउनुस् त” भनेपछि म तुरुन्त मुम्बई गएँ । त्यतिखेर प्रचण्डले कारबाही गरेकै छैन भनेका थिए । त्यसपछि बादलसँग सम्पर्क गर्दा , “असारेजी म तपाईंलाई ढाँट्छु त, कारबाही गर्यो , उतै नेपालमा भेटौँला” भनेका थिए । त्यतिबेला हामी बैठकमा जुट्दैथियौँ ।
फुन्टिवाङ बैठकको तयारीका क्रममा बाबुराम भट्टराई र बादलका बीचमा दिल्लीमा मोर्चाबन्दी भएको रहेछ । फरकफरक ठाउँबाट आएका नेताहरूलाई फरकफरक गाउँमा राखिएको थियो । बादल कुरेलीमा थिए ।
बादलको वासस्थानमा गएर मैले भनेँ—“प्रचण्डसँग लडौँला, तर बाबुरामसँग सम्झौता गर्नु ऐतिहासिक भूल हुन्छ, त्यसो गर्नुहुँदैन ।” मलाई बादलको वासस्थानमा देखेपछि मणि थापा र देवेन्द्र पौडेल केही नबोली फर्किएका थिए । त्यतिखेर उनीहरूको अनुहार हेर्नलायक थियो । दिल्लीको खिँचडी खान बादल तयार छैनन् भन्ने उनीहरूले बुझिहाले । बादललाई सहयोगी हात बढाउने र बाबुराम भट्टराईबाट पृथक गराउने प्रयासमा अरू जिम्मेवार युवा नेताहरू पनि क्रियाशील रहेको पछि मैले थाहा पाएँ । फुन्टिवाङमा बाबुरामले कमरेड बादललाई अस्वाभाविक हमला गरेका थिए ।
लावाङ बैठकमा मैले बाबुरामलाई भनेको थिएँ—“तपाईं एकजना लेखक त हो, तर नेता होइन ।” उनले मलाई, “साथीहरूको मन जित्न सकिनँ” भनेका थिए । बाबुराम भट्टराई दक्षिणपन्थी हो, उसबाट क्रान्तिलाई क्षतिबाहेक अरू केही हुँदैन भनेर म भनिरहन्थेँ । प्रचण्डले बाबुरामलाई लिएर जानुपर्छ भनिरहन्थे । बाबुरामसँग मेरो कहिल्यै सहज सम्बन्ध भएन । उनी सर्वहारा वर्गको हितमा होइन कि आफ्नो र अर्को वर्गको हितमा काम गर्ने व्यक्ति हुन् भन्ने कुरा अहिले उनी आफैँले नै प्रमाणित गरिदिए ।
फुन्टिवाङ बैठकमा बादलको लिनप्याओवादी सम्बन्धी कारबाही फुकुवा गर्न प्रचण्ड बाध्य भएका थिए । कमरेड बादल विशेष केन्द्रीय कमान्ड ‘नेवा र ताम्सालिङ’ को जिम्मा लिएर आए । विभागीय जिम्मा रवीन्द्र श्रेष्ठको थियो । बादलले मलाई आफूसँग नै स्थानान्तरण गर्ने माग गरेपछि म फेरि काठमाडौँ पुगेको थिएँ । मलाई प्रचण्डले बादलको मान्छे भन्ठान्थे भने बादलले प्रचण्डको मान्छे भन्ठान्थे । ममा बादलप्रति सहानुभूति बढ्दैगएको भए पनि एउटाका कुरा अर्कालाई सुनाइनँ । कमरेड बादलको सल्लाहमा एउटा काममा जाँदै गर्दा गिरफ्तार भएर ६ महिना बेपत्ता र ६ महिना जेलमा समेत बसेको थिएँ ।
चुनवाङ बैठकमा सबैजना एक तह घटुवा गर्ने निर्णय भयो । तर, सेती-महाकाली, भेरी-कर्णाली यथावत राख्ने निर्णय भयो । दलित र दुर्गम क्षेत्रका नेताहरू खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, लेखराज भट्ट एवम् विदेश विभागका इन्द्रमोहन सिग्देल र धर्मेन्द्र बास्तोलालाई घटुवा नगर्ने निर्णय तर्कपूर्ण नै लाग्थ्यो । घटुवा नहुनेमा राम कार्कीलगायत पनि परेका थिए । त्यतिबेला मैले प्रचण्डसँग “राम कार्कीलगायतलाई किन घटुवा नगरेको त ?” भनेको थिएँ । प्रचण्डले झर्किँदै भनेका थिए—“सन्तुलन मिलाउन परेन !” म त्यतिखेर आश्चर्यमा परेको थिएँ । त्यसबेला प्रचण्डलाई, “तपाईँले पार्टी सिध्याउनुभयो” भनेर अरू केही नबोली हिडें । त्यसपछि प्रचण्डले मेरो पछाडि मान्छे लगाउन थाले । रवीन्द्र श्रेष्ठलाई कारबाही गरेपछि प्रचण्डको हर्कत झन् शङ्कास्पद लाग्न थाल्यो ।
किरणको विषयमा ममा सधैँ स्थिर धारणा रह्यो । उनमा वैचारिक क्षमता छ; सोझा छन्; ढाँटछल गर्दैनन् भन्ने मलाई लागिरह्यो । तर, यिनले नेतृत्व गर्छन् भन्ने कहिल्यै लागेन । सायद, किरणलाई पनि मैले त्यसरी नै सोच्छु भन्ने थाहा हुँदो हो । उनले बेलाबेलामा छेडछाड पनि गर्थे । एक दिन दुर्गादेवी (मेरी जीवनसाथी) ले भनेकी पनि थिइन्—“तपाईंले किरणलाई कहिले पो नेता मान्नुभएको थियो र !”
प्रचण्डसँग अन्तर्विरोध चर्केपछि ‘रातो फोको’ बनाएर काम गर्दा पनि किरणसँग त्यति राम्रो सहकार्य भएन । नेकपा-माओवादी बनेपछि कीर्तिपुरमा भएको प्रशिक्षणमा ( पालुङटार बैठकपछि) मोहन वैद्य ‘किरण’ प्रमुख अतिथि थिए । गणतान्त्रिक सम्पर्क मञ्चका साथीहरूले उक्त प्रशिक्षणात्मक कार्यक्रम बहिष्कार गरेछन् । मसँग सल्लाह गरेका थिएनन् । त्यसको इन्चार्ज म भएकोले मैले नै सचेततापूर्वक बहिष्कार गराएको भान किरणलाई परेछ । किरणजीले दुर्गादेवीसँग असारेजीले यसो गर्नुभयो भनेछन् । उनले “कहिलेकाहीँ युवाहरूले नसोधीकन पनि तलमाथि गर्न सक्छन्, उहाँसँगै कुरा गर्नुस् न” भनिछन् । त्यसपछि किरणले मसँग छलफलै नगरी कारबाहीको प्रस्ताव लिएर आए । बैठक स्थगित भएको बेला मैले कमरेड बादललाई भनेँ, “बादलजी मैले सधैँ तपाईँलाई सहयोग गर्दैआएको छु । आज मलाई तपाईँको सहयोग चाहिएको छ । किरणले मलाई कारबाही गर्ने योजना बनाएका छन् । तपाईँले मलाई उपत्यकाको सहइन्चार्जमा प्रस्ताव गर्नुस् त ।” बादलले त्यसैअनुसार प्रस्ताव लगेका थिए । मैले केन्द्रीय समितिको बैठकमै किरणलाई भनेको थिएँ, “तपाईँले सक्नुहुन्न, विप्लवलाई नेतृत्व दिनुस् ।”
000
सङ्घर्षका पाइला बाट ।

भिडियो फिचरview all