
बरबर रावद्वारा पूर्वमाओवादी नेता तथा लेखक तुषार कान्तिको रिहाइको माग

तुषार कान्ति भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) पिपुल्स वारको समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिया थिए र पछि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) निर्माण भएपछि केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए । २००७ उनलाई पटनाबाट गिरफतार गरिएको थियो र तेलङ्गानामा एक जना किसानको हत्या र केरलामा छापामारलाई तालिम दिएको अभियोग लगाएर २०१३ सम्म जेलमा राखिएको थियो । बङ्गालमा जन्मेर आन्ध्रको अदिलावाद जिल्लामा बस्तै आएका तुषार अदालतले रिहाइ गरेपछि विभिन्न रोगका कारण अध्ययन-चिन्तन र लेखनपढनमा सक्रिय भएर खुला जीवन बिताइरहेका थिए ।
तुषारकी जीवनसाथी नागपुर विश्वविद्यालयकी प्राध्यापक सोमा सेनले एकएक बहाना बनाएर बाटोबाट त्यसरी समातेर लैजानु भनेको पक्राउ होइन, अपहरण हो र यसबाट सरकार बौद्धिक क्षेत्रको मुख बन्द गराउन चाहन्छ भनेकी छन् ।
यसैबीच ‘नेस्नल डेमोक्रेटिक फ्रन्ट’ (आरडिएफ) का अध्यक्ष कवि, समीक्षक तथा माओवादी चिन्तक बरबर रावले “सक्रिय राजनीति छाडेर साहित्यिक लेखन र पत्रकारितामा लागेको र विभिन्न रोगका कारण औषधीउपचार गराइरहेको मान्छेलाई अपहरणको शैलीमा पक्राउ गरेर सरकारले राज्यआतङ्क मच्चाएको भन्दै तुषारको अविलम्ब रिहाइको माग गरेका छन् । साथै उनले तुषारको रिहाइको पक्षमा आवाज उठाउन लेखक, पत्रकार तथा मानवअधिकारवादीहरूसित अपिल पनि गरेका छन् ।
भिडियो फिचरview all