
माओवादी छापामारद्वारा ६ घण्टासम्म रेल कब्जा

रेल कब्जामा लिनुअघि सो क्षेत्रको मोबाइल टावरसमेत ध्वस्त पारेका छापामारहरूको कारबाहीमा ३ जना प्रहरीको मृत्यु भएको छर अन्य ५ जना घाइने भएका छन् ।
भरतीय सञ्चारमाध्यमहरूले ढिलो गरी प्रचारमा ल्याएको समाचार अनुसारर सो कारबाहीमा १५०जना जति छापामारहरूको उपस्थिति रहेको र मारिनेमा सब इन्सपेक्टर समेत छन् l सो कारबाहीमा छापामारहरूले ३ थान राइफल पनि कब्जामा लिएको कुरा पनि समाचार माध्यमले जनाएका छन् ।
यस्तै अर्को ठाउँ लखिसरायमा दानापुर-दुर्गा एक्सप्रेसका रेल कब्जा गरेर छापामारहरूले तीन जना कर्मचारीलाई कब्जामा लिएकोमा राती नै उनीहरूलाई छाडेका छन् । भारतीय सञ्चार माध्यमअनुसार २५ ओटा रेल्वे रुट प्रभावित भएका छन् र माओवादीका विरुद्ध २०७ कोब्रा बटालियन र २ बटालियन सिआरपिफ कम्बिङ अपरेसनका लागि खटाइएको छ ।
भिडियो फिचरview all