ताजा समाचार
चिनियाँ युवाहरू माओवादको पक्षमा
‘चिनियाँ कमरेडहरूसित कुराकानी’ शीर्षकमा जर्मनीको अनलाइन ‘जुगेन्डवाइडरस्ट्यान्ड ब्लगस्पट' ले पहिले लिएको र पछि अङ्ग्रेजी अनलाइन ‘रेड स्पार्क’ ले प्रकाशित गरेको चिनियाँ युवाहरूसितको यो कुराकानी पाठकहरूका लागि रुचिकर हुने ठानी अन्तर्वार्ताकारहरूको सम्पादकीय टिप्पणीसहित यहाँ प्रकाशित गरिएको छ । यसले चिनियाँ कम्युनिस्ट पार्टीप्रतिको चिनियाँ आम जनताको धारणा बुझ्न सघाउ पुग्नेछ भन्ने हामीलाई लागेको छ ।
----------------------------------------------------------------------------------------------
‘चिनियाँ कमरेडहरूसित कुराकानी’ : जुगेन्डवाइडरस्ट्यान्ड ब्लगस्पट
(केही दिन पहिले बर्लिनमा चिनियाँ युवा सहकर्मीहरूसित हाम्रो भेटघाट भएको थियो । त्यतिबेला हामीले उनीहरूसित सङ्क्षिप्त कुराकानी गरेका थियौँ । आफ्नो देशमा उनीहरू प्रतिपक्षीय कम्युनिस्ट समूहका सदस्य थिए, जो उनीहरूका अनुसार मालेमाप्रति प्रतिबद्ध छन् र विश्वविद्यालय केन्द्रित क्रान्तिकारी राजनीतिको विकासका लागि केही वर्षदेखि प्रयासरत छन् ।
उनीहरूका भनाइहरू हाम्रा धारणा तथा बुझाइसित मिल्नैपर्छ भन्ने छैन । यतिबेर हाम्रा मित्रहरूलाई बिना कुनै टिप्पणी बोल्न दिनुपर्छ भन्ने हामीलाई लागेको छ । चिनियाँ “वामपन्थीहरू” को आवाज केही उदारवादीहरूबाहेक अन्य साम्राज्यवादी मुलुकहरू र जर्मन भाषा बोलिने संसारमा मुस्किलले सुन्न पाइन्छ ।)
तपाईँहरूका गतिविधि र दृटिकोणबारे केही बताइदिनुहुन्छ कि ?
हामी अमुक (xxx ) विश्वविद्यालयका मार्क्सवादी समूहका सदस्य हौँ । विद्यार्थीहरूमाझ केही वर्षदेखि हामी साँचो मार्क्सवाद, साँचो लेनिनवाद र सांस्कृतिक क्रान्तिको साँचो इतिहास पुनस्र्थापनाका लागि काम गरिरहेका छौँ । जब कि हामीहरूमध्ये धेरजसो को के पदमा छौँ भन्ने कुरा बढी खोल्न सक्तैनौँ र खोल्नु पनि हुँदैन । निकै ठूलो दमन छ, हामी गोप्य किसिमले प्रशिक्षण भेलाहरू चलाउँछौँ । यसका साथै विश्वविद्यालयका कर्मचारीहरूका लागि बेलुका स्कुलिङको कार्यक्रम पनि चलाउँछौँ ।
हामीहरू सही अर्थमा “जनताको सेवा गर्छौँ’, उदाहरणका लागि विश्वविद्यालयमा सरसफाइको काममा लागेका महिलाहरू जसको “गल्तीगरेको” नाममा मजदुरी काटिन्छ र दण्डित गरिन्छ, उनीहरूलाई हामी सहयोग गर्छौँ । हामी कलाकारलाई सङ्गठित गरेर कन्सर्टझैँ बेलुका साङ्गीतिक कार्यक्रम चलाउँछौँ र कार्यक्रममा सहभागी हुन निर्माणकार्यसित सम्बद्ध नयाँ मजदुरहरू र प्रगतिशील विद्यार्थीहरूलाई आमन्त्रित गर्छौँ, जसबाट मार्क्सवादी शिक्षा पूरा गर्न उनीहरूलाई सहयोग पुगोस् ।
सामान्यतः हाम्रो काम राम्रोसित चलेको छ र हामी थपिँदै र मजबुत हुँदैगएका छौँ ।
के तपाईँहरूजस्तै अरू समूहहरू पनि छन् ?
हो, हामीजस्तै समूहहरू हरेक ठूला सहरहरू, त्यसमा पनि हरेक विश्वविद्यालयमा छन् । सबै क्रान्तिकारीहरूले माओका योगदानलाई माओवादको उच्चतम् चरणका रूपमा मान्दछन्, तर कोही मार्क्सवाद-लेनिनवाद-माओत्सेतुङ विचार भन्नेन्नेहरू छन् र कोही मार्क्सवाद-लेनिनवाद-माओवाद भन्नेहरू छन् । विभिन्न टोलीका विभिन्न विचारहरू भए पनि प्रायगरेर अन्तर्विरोध राजनीतिक बुझाइमा भन्दा पनि व्यवहारमा देखिन्छ । को प्रगतिशील र सही छ भन्ने कुरा व्यवहारबाट थाहा पाउन सकिन्छ ।
आजको चिनियाँ सत्ता र समाजलाई तपाईँहरू कसरी हुर्नुहुन्छ ?
चीनमा एकदमै शोषणा छ र विकसित पुँजीवाद र साम्राज्यवाद छ । चिनियाँ पुँजीको ठूलो हिस्सा विदेशमा छ भन्ने कुरा चिनियाँ जनतालाई राम्ररी थाहा छ । थुप्रै सङ्घर्ष र हडतालहरू हुने गर्दछन् । पुँजीपतिहरूका विरुद्ध ठोस नेतृत्वबिना नै जनताले स्वस्फूर्तरूपमा सङघर्ष गरिरहेका हुन्छन् । कम्युनिस्ट विचार राख्नेहरू यो सङ्घर्षमा सहभागी हुन्छन्, तर पुँजीपतिहरू प्रहरीलाई फोन नगरी गुन्डा-माफिया दलको सहयोग लिन्छन्–किनभने उनीहरू सस्तो र सजिलै उपलब्ध हुन्छन् । उनीहरू प्रहरीको जस्तो भेषमा आउँछन् र विरोधका कार्यक्रममाथि धावा बोल्छन् । अगाडि उभिएको व्यक्ति प्रहरी हो कि गुन्डा दलको सदस्य हो भन्ने कुरा आन्दोलनकारीलाई थाहा हुँदैन । चीनमा घरबारविहीनहरूको सङ्ख्या ठूलो छ । कतिपय रेल्वे स्टेसन तथा खण्डहरमा रात बिताउँछन् । आत्महत्या गर्नेहरूको सङ्ख्या पनि ठूलो छ । विकराल आर्थिक समस्या छ ।
उसोभए कस्तो किसिमको क्रान्तिको आवश्यकता छ त त्यहाँ ?
क्रान्तिका सम्बन्धमा चिनियाँ वामपन्थीहरूमा तीन किसिमका धार छन् : पहिलो धारले भन्छ, अब सर्वहारा वर्गद्वारा हिंसात्मक समाजवादी क्रान्ति हुनु आवश्यक छ । दोस्रो धारले भन्छ, अहिलेको चिनियाँ क्रान्तिको विरुद्ध श्रमिक वर्गको नेतृत्वमा जनवादी क्रान्ति हुनु आवश्यक छ । तेस्रो धारले भन्छ , वर्तमान चिनियाँ कम्युनिस्ट पार्टीलाई सुरक्षित राख्न पुनर्कब्जामा लिनुपर्छ । यो धारलाई हामी नाङ्गो प्रतिक्रियावादी धार मान्छौँ ।
चीनमा युवाहरूले केकस्तो संस्कृति मन पराउँछन् ?
मध्यमवर्गीय युवाहरूले सर्वहार गीत-सङ्गीत होइन, पङ्क संस्कृति र गीत मन पराउँछन् । सर्वहारा वर्गका युवाहरू लोकगीतहरू सुन्न बढी मन पराउँछन् । तर, साँचो कुरा के हो भने श्रमजीवी वर्गका सबै युवाहरू माओलाई समर्थन गर्छन् ।
एमसिपिसी (चिनियाँ माओवादी कम्युनिस्ट पार्टी) गठन गरिएको बारेमा सन् २००८ मा पत्रपत्रिकामा सङ्क्षिप्त रूपमा समाचार आएको थियो र त्यसमा क्रान्तिका लागि आह्वान गरिएको थियो नी त ?
त्यो चिनियाँ कम्युनिस्ट पार्टीभित्रको अन्तर-पार्टी सङ्घर्षको अभिव्यक्ति थियो । यो चिनियाँ कम्युनिस्ट पार्टीभित्रको सत्ताधारी गुटको तुलनामा अलि बढी “वामपन्थी’ गुट हो तापनि संशोधनवादी गुट नै हो र यो सत्ता आफ्नो पकडमा लिन चाहन्थ्यो ।
तपाईँको देशको क्रान्तिकारी आन्दोलनमा अन्तर्राष्ट्रिय क्षेत्रको केकस्तो प्रभाव परेको छ ?
प्रस्ट छ, सरकारी माध्यमहरू बाहिरी मुलुकका कुनै पनि महत्वपूर्ण क्रान्तिकारी आन्दोलनका समाचारहरू बाहिर ल्याउँदैनन् । हामीसित फेसबुक, ट्विटर अथवा यु टुयुब जस्तासामाजिक माध्यमहरूसमेत यथेष्ट मात्रामा छैनन् । यो राम्रो कुरा होइन । हामीले यहाँ युरोपमा आएपछि मात्रै फिलिपिन्सको क्रान्तिका बारेमा सुन्यौँ, र भारतमा चलिरहेको जनयुद्धका बारेमा ‘चक्रब्युह’ फिल्मको माध्यमबाट मात्रै थाहा पायौँ, अब त धेरै कुरा थाहा पायौं । कुर्दिस्तान र आयरल्यान्डका सङ्घर्षहरू पनि हाम्रा लागि अज्ञात थिए । तर अब हामी सशक्त प्रभाव, अनुभव र नयाँ प्रेरणाका साथ चीन फर्कनेछौँ ।
०००

भिडियो फिचरview all