ताजा समाचार
लोकप्रियता र यथार्थवाद
बर्टोल्ट ब्रेख्त
(यो सन् १९३८ मा यथार्थवाद र शैलीका सम्बन्धमा जर्ज लुकास र ब्रेख्तबीच चलेको बहसका सन्दर्भमा लेखिएको लामो लेख ' जर्ज लुकासका विपक्षमा' को एउटा उपशीर्षक हो । यो अंशले लोकप्रियताको अर्थ जनताको सङ्घर्षसित सम्बद्ध लोकप्रियता भनेको छ र यथार्थवादको अर्थ समयसंगै विकसित गतिशील यथार्थ हो भनेको छ l यथार्थ गतिशील भएकाले शैलीलाई पनि त्यसै गरी नयाँ र प्रभावकारी बनाउनु पर्छ भन्ने भनाइ ब्रेख्तको छ । शैलीका सम्बन्धमा बनिबनाउ मानदण्डप्रति ब्रेख्तको रुचि देखिंदैन । यथार्थको बदलिँदो स्वरूपअनुसार शिल्प- शैलीमा पनि नवीनताको खोजी नै ब्रेख्तको यथार्थवाद, लोकप्रियता र शैलीसम्बन्धी धारणाको चुरो हो। )
‘लोकप्रिय’ पदावली जुन किसिमले साहित्यमा प्रयोग हुन्छ, यसले एउटा भिन्नै सङ्केतार्थ ग्रहण गर्नेगर्छ । यस्तो परिस्थितिमा लेखकहरूबाट तिनीहरूको पक्षमा लेखिनुको आशा गर्ने गरिन्छ, जसको माझमा उसको उठबस हुँदैन । यसो भए पनि कसैले पनि यस मामिलालाई नजिकैबाट बुझ्न खोज्यो भने लेखक र जनताको बीचको अन्तर त्यति त्यति सारो ठूलो हुँदैन, जति बुझ्ने गरिन्छ । आज यो अन्तर त्यति छैन, जति प्रतित हुन्छ, पहिले पनि त्यति सारो न्यून थिएन जति त्यस्तो लाग्थ्यो । चलनचल्तीको सौन्दर्यशास्त्र, पुस्तकहरूका दाम र सेन्सर व्यवस्थाले लेखक र जनताबीच देखिने गरी दूरी तय गरेको छ । यो दुरी बढ्नुमा ‘बाह्य कारक’ लाई पूर्ण जिम्मेवार ठान्नु गलत हुन्छ, एक अर्थमा अयथार्थिक हुनेछ ।
अवश्य पनि आज लोकप्रिय शैलीमा लेख्न सक्षम हुन विशेष प्रयास गर्नु आवश्यक छ । अर्कोतर्फ यो निकै सजिलो भएको छ —ज्यादा सजिलो र नितान्त जरुरी । माथिल्लो तप्कासित जनता देखिने गरी नै टाढिएका छन् र जनताका शोषक र उत्पीडकहरू खुलेर सामुन्नेमा आएका छन् र जनताका विरुद्ध व्यापक रूपमा रक्तपातपूर्ण युद्धमा संलग्न छन् । अहिले पक्षधरता प्रस्ट भएको छ । भन्न सकिन्छ, ‘जनता’ बीच खुला युद्ध आरम्भ भएको छ । यथार्थवादी शैलीमा लेख्नुपर्ने आजको मागलाई लामो समयसम्म सजिलैसित पन्साउन सकिँदैन । यसले एक हदसम्म अपरिहार्यता ग्रहण गरेको छ । शासक वर्गले पहिलेभन्दा निकै ठूल्ठूला झूठहरू बोल्न थालेको छ । साँचो कुरा बाहिर ल्याउनु पहिलेभन्दा एकदमै जरुरी भएको छ । पीडासँगै पीडितहरूको सङ्ख्या पनि पहिलेभन्दा निकै बढेको छ । जनताको अथाह पीडालाई ध्यानमा राख्दा सानातिना कठिनाइहरू तथा केही साना समूहका कठिनाइहरूको चिन्ता हास्यास्पद तथा अर्थहीन महसुस हुन थालेको छ ।
बढ्दो बर्बरताको विरुद्ध हाम्रो एउटै मात्र मित्र छ —जनता, जो यो बर्बरताबाट अत्यधिक पीडित छ । यसबाट मात्रै कसैले केही आशा गर्न सक्छ । त्यसैले जनतातर्फ फर्किनुपर्ने कुरा प्रस्ट छ र अब उसको भाषामा संवाद गर्नु पहिलेभन्दा अधिक जरुरी भएको छ । यसरी नै पदावली— लोकप्रिय कला र यथार्थवाद स्वाभाविक मित्र बन्दछन् । यही जनता— श्रमजीवी जनताको ठूलो हिस्सा—उनीहरू साहित्यबाट जीवनको साँचो प्रतिबिम्ब प्राप्त होस् भन्ने चाहन्छन् र जीवनको सच्चा प्रतिबिम्बले नै वास्तवमा केवल जनता—व्यापक श्रमजीवीहरूको सेवा गर्छ, र अवश्य पनि यो उसका लागि बोधगम्य र फलदायी—अर्को शब्दमा लोकप्रिय हुनुपर्छ । र पनि यी धारणाहरूको प्रयोग गर्ने अथवा त्यसका अवयवहरूको संरचनाको मिलान गर्नुअघि यसलाई गम्भीरताका साथ परिमार्जित गर्नु आवश्यक छ । यी धारणाहरू पूर्णरूपमा पारदर्शी, इतिहासरहित, सदावहार अथवा शङ्कारहित छन् भनेर सोच्नु भूल हुनेछ । लोकप्रियताको धारणा आफैँमा लोकप्रिय छैन । छ भनेर विश्वास गर्नु यथार्थपरक छैन । भाववाचक संज्ञाहरू —जसको अन्त्य ‘ता’ मा हुन्छ—यिनको पूरा शृङ्खला छ, यिनलाई गम्भीरतापूर्वक ग्रहण गर्नु आवश्यक छ । उपयोगिता, शम्प्रभुता र सुचिताका बारेमा सोच्नुस्, हामीहरूलाई थाहा छ राष्ट्रियताको धारणाले निकै विशिष्ट, सांस्कारिक, गर्वित र बहुविध सङ्केतार्थ राख्छ, जसलाई हामीले बेवास्ता गर्ने दुस्साहस गर्नु हुँदैन । हामीलाई लोकप्रियताको विचार/धारणाप्रति मात्र वास्ता छ भनेर यी सङ्केतार्थलाई बेवास्ता गर्नुहुँदैन ।
ती तथाकथित काव्यशास्त्रहरूले ‘जनता’ लाई रुढिवादी तरिकाबाट प्रस्तुत गर्छन्, अथवा भनौँ, यस किसिमले प्रस्तुत गर्छन्, जसले रुढिवादितालाई प्रोत्साहित गर्छ । तिनले जनतासामु शाश्वत गुण, पवित्र परम्पराहरू, कलारूपहरू, आनिबानी, रीतिरिवाज, धार्मिकता, पुस्तैनी दुस्मनहरू, अजेय शक्तिहरू यस्तैयस्तै रूपहरू प्रस्तुत गर्छन् । उत्पीडित र उत्पीडक, शोषित र शोषक, ठगहरू र ठगिएकाहरूबीच एउटा उल्लेखनीय एकता देखाइने गरिन्छ : त्यहाँ कुनै पनि किसिमले ‘तुच्छ’ श्रमजीवी जनता र उनीहरूका टाउकामा विराजमान मान्छेहरूबीच विरोधको प्रश्न नै रहेको हुँदैन ।
जनताका सम्बन्धमा यस किसिमको धारणामार्फत जेजस्तो जालझेल गरिएको छ, त्यसको इतिहास लामो र जटिल छ–यो वर्गसङ्घर्षको इतिहास हो । यहाँ म यस विषयमा जान चाहन्न—म यहाँ केवल जालझेलसित सम्बद्ध तथ्यहरूलाई सामुन्नेमा राख्न चाहन्छु, एउटा लोकप्रिय कलाको आवश्यकता छ भनेर जब हामी भन्छौँ, हाम्रो भनाइको तात्पर्य हुन्छ—व्यापक जनताका लागि कला, मुट्ठीभर व्यक्तिहरूद्वारा दबाइएका ती ‘बहुसङ्ख्यक जनता आफैँ, उत्पादक जनता, जो अहिलेसम्म राजनीतिका लागि एउटा वस्तु मात्र थिए, जो अब राजनीतिको कर्ता बन्नु आवश्यक छ । केही मान्छेहरूका शक्तिशाली संस्थाहरूद्वारा, परिपाटीद्वारा, कृत्रिम किसिमले जबर्जस्ती तरिकाबाट प्रतिबन्धित गरेर यसलाई पूर्णरूपमा विकसित हुनबाट रोकिएको छ, र कुरा के हो भने लोकप्रियताको धारणाप्रति अनैतिहासिक, स्थिर तथा अविकासशीलताको छाप लगाइएको छ भन्ने कुरामा हामीले ध्यान दिनु जरुरी छ । हामी यस किसिमको धारणाप्रति त्यति वास्ता गर्ने गर्दैनौँ—यस विरुद्ध लड्नु आवश्यक छ । लोकप्रिय सम्बन्धी हाम्रो धारणा ती जनसामान्यप्रति सम्बन्धित छ, जो एतिहासिक विकासमा पूर्णरूपमा सहभागिता मात्र जनाउँदैनन्, बरु सक्रियतापूर्वक त्यसमाथि अधिकार पनि कायम गर्छन्, त्यसको गतिप्रति वल प्रदान गर्छन् र त्यसको दिशा निर्धारित गर्छन् । हाम्रो दिमागमा ती जनता छन्, जो इतिहास निर्माण गर्छन्, संसारलाई फेर्छन् र आफूलाई पनि । हाम्रो मनमस्तिष्कमा सङ्घर्षरत मान्छेहरू भएकाले नै लोकप्रियता सम्बन्धी हाम्रो जुझारु धारणा छ ।
लोकप्रियको अर्थ हो, व्यापक जनताका लागि बोधगम्य बनाउनु, उनीहरूको अभिव्यक्तिको रूपलाई अभिग्रहण गर्नु र त्यसलाई समृद्ध पार्नु, उनीहरूको पक्षधरतालाई बुझ्नु, त्यसलाई तथ्यसंगत बनाउनु र त्यसमा विकास गर्नु, जनताको सबैभन्दा प्रगतिशील तप्काको प्रतिनिधित्व गर्नु, जसबाट उनीहरूले नेतृत्व ग्रहण सकून्। किनभने यो जनताको अर्को हिस्साका लागि पनि बोधगम्य हुन सकोस्, यसलाई परम्परासित जोडेर विकसित गर्न सकियोस्, मुलुकको वर्तमान शासक वर्गका ‘उपलब्धिहरू’ लाई जनताको त्यो हिस्सासम्म पुर्याउन, जो नेतृत्वका लागि प्रयासरत छ ।
अब हामी यथार्थवादको धारणाको चर्चा गर्छौँ । यस सङ्कल्पनालाई पनि प्रयोग गर्नुभन्दा पहिले यसबारे पनि प्रस्ट हुनु आवश्यक छ, किनभने यो एउटा पुरानो सङ्कल्पना हो र धेरै जनाले धेरै किसिमका उद्देश्य पूर्तिका लागि यसको प्रयोग गरेका छन् । यो आवश्यक छ, किन भने मान्छेले आफ्नो सांस्कृतिक विरासतलाई केवल स्वामित्वहरणद्वारा नै प्राप्त गर्नसक्छन् । साहित्यिक रचनाहरूलाई कारखानाझैँ ग्रहण गर्न सकिँदैन : अभिव्यक्तिको साहित्यिक रूप बजारमा विक्रीका लागि राखिएको मालझैँ अभ्रिग्रहित गर्न सकिँदैन । यहाँसम्म कि लेखनको यथार्थवादी शैली—जसको साहित्यले थुप्रै भिन्नभिन्न उदाहरण प्रस्तुत गरेको छ, त्यसमा पनि त्यसलाई कहिले, कसरी र कुन वर्गद्वारा प्रयोग गरिएको थियो भन्ने कुराको विस्तृत ब्यहोरा पाउन सकिन्छ । जनता हाम्रो आँखाको सामुन्ने सङ्घर्षरत छ र यथार्थ फेरिइरहेको स्थिति छ भने हामीहरू कथा (कथावस्तु अथवा कथा विधा) का ‘चलनचल्ती’ नियमहरू, प्रचलित साहित्यिक उदाहरणहरू, अपरिवर्तनीय सौन्दर्यशास्त्रीय नियमहरूमा टाँस्सिइरहनु हुँदैन । हामीहरूले यथार्थवादलाई विद्यमान खास रचनाहरूबाट यथावत ग्रहण गर्नु हुँदैन, बरु हामीले हरेक माध्यमको प्रयोग गर्नुपर्दछ—पुरानो र नयाँ, व्यवहारमा ल्याइएको अथवा नल्याइएको, कलाबाट निसृत अथवा अन्य स्रोतबाट—जसबाट यथार्थलाई मान्छेका सामु यस रूपमा प्रस्तुत गर्न सकियोस् (कुनै पनि विधा रूपमा), जसमा उसले विशिष्टता हासिल गर्न सकोस् । कुनै विशेष कालखण्डको उपन्यासको कुनै खास विशिष्ट ऐतिहासिक स्वरूपलाई सदाका लागि यथार्थवादी उपन्यासको रूपमा वर्णित नगरियोस् भन्ने कुरामा हामीले ध्यान दिनु आवश्यक छ —जस्तो कि बाल्जाक अथवा तोल्सतोयका उपन्यासहरू–जसबाट यथार्थवादको ठाडो शाब्दिक मानदण्ड निर्माण नहोओस् । हामीले यस किसिमले गर्नु हुँदैन कि यथार्थवादी लेखन त्यतिबेर मात्र हुन्छ, जब हामी प्रत्येक चिजलाई सुँघ्न, चाख्न सक्छौँ अथवा अनुभूत गर्न सक्छौँ, अनि ‘वातावरण’ र कथानकहरू यस किसिमले तयार पारियोस् कि, जसबाट पात्रहरूलाई मानसिकदशातर्फ लैजाओस् । हाम्रो यथार्थवादको सङ्कल्पना व्यापक र राजनीतिक, अनि चलनचल्तीको भन्दा सार्वभौम हुनु आवश्यक छ ।
यथार्थवादको अर्थ हो समाजभित्रको कार्यकारण सम्बन्धसित सम्बद्ध जटिलताको अन्वेषण गर्नु: अथवा वस्तुहरूका बारेमा प्रचलित दृष्टिकोण, जुनचाहिँ सत्ताधारी वर्गको दृष्टिकोण हो—लाई उदाङ्गो पार्नु/ उदियमान वर्गको दृष्टिकोणबाट लेख्नु, ती गम्भीर समस्याहरू, जसद्वारा मानव समाज ग्रसित छ, त्यसको वृहत्तम् समाधान प्रस्तुत गर्दछ / अथवा विकासशील तत्वहरूमाथि जोड दिनु, मूर्तलाई सम्भव बनाउनु, र यसका मध्यमबाट अमूर्तलाई सम्भव बनाउनु । यी व्यापक नियमहरू हुन् र यिनलाई विस्तारित गर्न सकिन्छ । यसको अतिरिक्त यी नियमहरूको पालना गर्दै कलाकारलाई उसको ललित कल्पना, उसको मौलिकता, उसको व्यङ्ग्यात्मकता एवम् उसको अन्वेषणलाई प्रयोग गर्ने स्वीकृति दिनुपर्छ । हामीहरू अत्यधिक साहित्यिक नीतिनियम र नमुनासित टाँसिइरहनु हुँदैन । हामीहरूले कलाकारलाई अति बाध्यात्मक किसिमले परिभाषित विधारूपमा बाँध्नु हुँदैन ।
लेखनको तथाकथित अनुभूतिपरक (एन्द्रिक) तरिका –जहाँ कसैले सुँघ्न, स्वाद लिन र प्रत्येक चिजलाई अनुभूत गर्न सकिन्छ भन्दैमा त्यो साहित्य स्वतः यथार्थवादी लेखन हुँदैन भन्ने कुरालाई हामीले स्थापित गर्नुपर्छ : हामीले यो कुरा स्वीकार गर्नुपर्छ कि यस्ता रचनाहरू छन्, जुन अनुभूतिपरक ( ऐन्द्रिक) किसिमले लेखिएका छन्, परन्तु, यथार्थवादी छैनन्, तर यस्ता यथार्थवादी रचनाहरू छन्, जुन अनुभूतिपरक शैलीमा लेखिएका छैनन् । हामीले गम्भीरतापूर्वक यो प्रश्नलाई परख गर्नुपर्ने हुन्छ—हामी त्यतिखेर मात्र एउटा उत्तम कथानक विकसित गर्न सक्छौँ, जब हाम्रो सर्वोच्च उद्देश्य पात्रको आन्तिरिक जीवन प्रकट गर्नुपर्ने हुन्छ । विभिन्न साहित्यिक कलारूपहरूबाट ओझेलमा पारिएका कारण हाम्रा पाठकहरू केवल नायकहरूको आत्मिक उद्गार मात्रै महसुस गर्छन् भने घटनासन्दर्भहरूलाई बुझ्ने साँचो उनीहरूलाई दिइएको छैन भन्ने कुरा उनीहरूलाई थाहा नहुन पनि सक्छ । राम्रोसित परीक्षण नगरी बाल्जाक र तोल्सतोयका रचनागत रूपहरूलाई अँगाल्नुले हामी पाठक–जनता–लाई त्यति नै बिरक्त पार्छौँ, जति यी लेखकहरू स्वयंले प्राय गरेर पार्ने गरेका छन् । यथार्थवाद रूपको मात्र प्रश्न होइन । यदि हामी यी यथार्थवादीहरूको शैलीको नक्कल गर्छौँ भने हामी यथार्थवादी हुने कुरै आउँदैन ।
समय गतिवान छ, र यति यसो हुँदैनथ्यो भने तिनीहरूका लागि झन् खराब हुन्थ्यो, जो जन्मिदै चाँदीको थालमा खाने गरी जन्मेका थिएनन् । तरिकाहरू बेकामे हुन्छन्, आवेगले काम गर्दैन । नयाँ समस्याहरू उत्पनन्न हुन्छन् र तिनले नयाँ विधिहरूको माग गर्छन् । यथार्थ फेरिन्छ र यसलाई प्रस्तुत गर्न प्रस्तुतिको तरिका पनि फेर्नुपर्छ । शून्यबाट कुनै पनि चिज पैदा हुँदैन । नयाँको जन्म पुरानोबाट हुन्छ, त्यसैले नै यो नयाँ हो । दमनकर्ताहरू हरेक युगमा एउटै तरिकाले काम गर्दैनन्, उनीहरूलाई सधैँभरि एउटै तरिकाले परिभाषित गर्न सकिँदैन । आफूलाई बचाउनका लागि उनीहरूसित थुप्रै माध्यमहरू छन् । उनीहरू आफ्नो सैन्य मार्गलाई यातायात मार्ग भन्दछन्, उनीहरूका ट्याङ्कहरू म्याकडफको जङ्गल (विलियम सेक्सपियरको नाटक म्याकबेथमा म्याकडफको सेना रूखहरूको पछाडि लुकेर म्याकबेथलाई घेर्छन् ) झैँ देखिने गरी रङ्गाएका हुन्छन् । उनीहरूका प्रतिनिधिहरू ठेला उठेका हातहरू देखाउँछन्, मानौँ तिनीहरू मजदुरहरू थिए । अहँ, सिकारीलाई सिकारमा फेर्ने कुराले अन्वेषणको माग गर्छ । जुन हिजो लोकप्रिय थियो, त्यो आज छैन, हिजो तिनीहरू जे-जस्ता थिए, जनताका सामु आज ती त्यस्तै छैनन् ।
रूपवादी पूर्वाग्रहको सिकार नभएको जो कसैलाई पनि थाहा भएको कुरा हो, सत्यलाई विभिन्न किसिमले दबाउन सकिन्छ, र विभिन्न किसिमले अभिव्यक्त गर्न पनि सकिन्छ । उसको वास्तविक स्थितिसित सम्बन्धित भइरहुन्जेलसम्म सर्वहाराका लागि साहसपूर्ण र असाधारण चिजहरू निर्माण गर्नका लागि डराउनु आवश्यक छैन भन्ने मेरो अनुभव हो । जहिले पनि सुसंस्कृतभनिएका मान्छेहरू तथा कलाका पारखीहरू हुने गर्छन् र ती चिच्याउने छन् —“साधारण जनता यसलाई बुझ्दैनन्”, तर साधारण जनताले उनीहरूलाई वरपर नहेरीकन परतिर धकेलिदिनेछन् र कलाकारका साथ सोझै तारतम्य मिलाउनेछन् । केही आडम्बरी ठालु बकवासेहरू जो कुलिन गिरोहका छन्, र जो अरू नयाँ कुलिन गिरोह बनाउन प्रवृत्त छन्—पुरानो ढाँचाको टोपलाई दुई हजारपल्ट धोइपखाली गरिरहेका छन् र बासी सडेगलेको मासुमा मरमसला दलिरहेका छन्—तिनीहरूलाई सर्वहाराले अविश्वासका साथ, परन्तु, सहिष्णुतापूर्वक मुन्टो हल्लाएर खारेज गर्छ । खारेज गरिएको चिज कुनै मसला थिएन, बरु सड्न थालेको मासु थियो : दुई हजारपल्ट बनाउन मिल्ने खालको टोप होइन, बरु थोत्रो भइसकेको टोप थियो ।
जब उनीहरू आफैँ रङ्गमञ्चका लागि लेख्थे र त्यसको मञ्चन गर्थे, त्यतिबेर यो आश्चर्यजनक रूपले मौलिक थियो । तथाकथित उद्वेलनात्मक–प्रचारात्मक कला, जसप्रति मान्छेहरू—सधैँभरि राम्रा मान्छेहरू होइनन्—आफ्नो अनुहार खुम्च्याउँथे, नयाँ कलात्मक विधि तथा प्रवृत्तिको खानी थियो । यसैबाट युगौँदेखिको असली लोकप्रिय कला, जुन विस्मृत थियो, भव्य तत्त्व पैदा भयो, जसलाई सामाजिक उद्देश्यका लागि साहसपूर्ण किसिमले परिवर्तन गरिएको थियो, लोभलाग्दो आरोहअवरोह, सुन्दर सरलीकरण जसमा प्रायः विस्मयकारी लालित्य ( सुरुचि अथवा आकर्षण) र शक्ति तथा जटिलताहरूका लागि साहसिलो दृष्टि थियो । यीमध्ये धेरैजसो आदिमतायुक्त हुनसक्छ, परन्तु त्यस अर्थमा होइन, जुन अर्थमा बुर्जुवा कलाको आध्यात्मिक परिदृश्य, जुन केवल आभासको तहमा सूक्ष्म, आदिम हुन्छ । कसैका केही रचनाहरू असफल भए भन्दैमा प्रस्तुतिको एउटा शैलीलाई खारेज गर्नु गल्ती हुनेछ, यस्तो शैलीको जुन आधारभूत तथ्यका लागि गहिराइसम्म जाने र अमूर्तनलाई सहज बनाउनका लागि –प्राय गरेर सफलतापूर्वक—प्रयासरत छ । यसकारण लोकप्रिय कला र यथार्थवादको मानदण्डलाई सहजता र सावधानीका साथ चयन गर्नु आवश्यक छ, यसलाई विद्यमान यथार्थवादी तथा लोकप्रिय रचनाहरूबाट मात्र ग्रहण गर्नु हुँदैन, जस्तो कि प्रायः गरेर हुनेगरेको छ, यसो गर्नाले जो कोही पनि रूपवादी मानदण्डसम्म पुग्छ, अनि त्यो रूपमा मात्रै लोकप्रिय कला र यथार्थवाद हुनेछ ।
कुनै रचना यथार्थपरक छ अथवा छैन भन्ने कुरा यो यथार्थवादी भन्ने गरिएका विद्यमान अरू रचनाजस्तै छ कि छैन भन्ने कुराबाट मात्र निर्धारित हुन सक्तैन, अथवा यो रचना त्यस्तै छ कि छैन, जसलाई आफ्नो समयमा यथार्थवादी थियो । कलाकृतिलाई यथार्थवादी ठानिएको अन्य कुनै कृतिसित तुलना गर्नुको सट्टा स्वयम् कलाकृतिमा चित्रित गरिएको जीवन वास्तविक जीवनको नजिक छ कि छैन भनेर तुलना गर्नुपर्दछ । जहाँसम्म लोकप्रियताको सम्बन्ध छ, त्यसको एउटा एकदमै रूपवादी विधि छ,त्यसबाट सजग रहनु आवश्यक छ । आफ्नो समयमा गहन मानिएका कृतिहरूझैं साहित्यिक कृति लेखियो कि लेखिएन भन्ने आधारमा कुनै पनि कृतिको बोधगम्यतालाई सुनिश्चित गर्न सकिँदैन । आफ्नो समयमा गहन भनिएका कृतिहरू पनि आफूभन्दा पहिलेका कृतिहरूझैँ लेखिएका थिएनन् । तिनलाई गहन तुल्याउन प्रयासहरू गरिएको थियो । त्यसैगरी हामीहरूले आज नयाँ रचनाहरूको बोधगम्यताका लागि पनि अवश्य केही नयाँ गर्नुपर्छ । लोकप्रिय हुनु मात्रै केही चिज होइन, लोकप्रिय बन्ने पनि केही प्रक्रिया छ ।
हामी यथार्थसित घनिष्ठ रूपमा गाँसिएको रयथार्थलाई पूर्ण रूपमा ग्रहण गरेको जिउँदोजाग्दो र जुझारु साहित्यको आशा गर्छौँ भने,साँचो लोकप्रिय साहित्य—यथार्थको विकासको तीव्रताका साथ हामीले कदम मिलाएकै हुनुपर्छ । महान् श्रमजीवी जनता पहिलेदेखि नै यस बाटोमा छन् । जनताका दुस्मनका गतिविधि र क्रूरता यसको प्रमाण हो ।
अनु : ऋषिराज बराल
०००

भिडियो फिचरview all