menu

ताजा समाचार

माओवादीहरू सच्चा कम्युनिस्ट हुन्

 जेसन सि कुपर
५० वर्ष भएछ  र  त्यसको ओज र जोस त्यत्तिकै  छ । यो यस्तो आन्दोलन हो जसलाई धेरैले माया गर्छन् र धेरैले घृणा पनि ।  यो कसैले पनि कहिल्यै बेवास्ता गर्न नसक्ने आन्दोलन हो । परन्तु के यसलाई सही किसिमले बुझिएको छ ? रगतको खोलो, हिँसा, वलिदान, मोह, आकर्षण र दुस्साहसवादका प्रसंगहरू  योसित गाँसिएका छन् । भारतमा चलेको नक्सलबाडी आन्दोलनप्रतिको गलत बुझाइको सीमा छैन ।

वास्तवमा राज्य र प्रचारसयन्त्रहरू र राज्यलाई सहयोग गर्ने माध्यमहरू यसलाई भिन्नै कोणबाट प्रचार गर्न सदैव सफल भएका छन् । यसलाई चिरेर जानुपर्ने कुरामा नक्सलहरूका  सीमा  भएका कारण पनि  किसिमको भ्रम उत्पन्न गर्न सघाउ पुगेको छ ।

पहिलो कुरा, प्रायः गरेर भनिने गरिएजस्तो नक्सलबाडी आन्दोलन केही आक्रोसित युवाहरूको आक्रोसको उपज होइन ।

यो साठी-सत्तरीको दशकको अन्त्यतिरको सामाजिक वस्तुस्थितिको उपज हो । यो भारतमा कुनै पनि ठाउँमा हुनसक्थ्यो, यो बङ्गालको एउटा गाउँ नक्सलबाडीमा  भयो ।

ब्रिटिस शासनबाट भारत स्वतन्त्र भएपछि मान्छेका आकङ्क्षाहरू उच्च थिए । तर छिटै यी आकङ्क्षाहरू भ्रममा परिणत भए ।  भारतीय कम्युनिस्ट पार्टीसित आफ्ना आस्था र विश्वास गाँस्नेहरू पनि त्यसबाट निरास भए ।

महान् तेलाङ्ना सशस्त्र सङ्घर्ष, धेरैले योसित क्रान्तिलाई अगाडि बढाउन सक्ने क्षमता छ भन्ने ठानेका थिए, त्यसलाई बदनियतपूर्ण किसिमले स्थगित गरियो । असन्तुष्ट कार्यकर्ताहरूले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) गठन गरे । तर यो पनि असफल प्रयास साबित भयो ।

अन्तर्राष्ट्रिय स्तरमा पनि असन्तुष्टि र चुनौती बढेको थियो ।

सोभियत अनुभव असफल भएको प्रमाणित हुँदैथियो ।

तर माओ आस्थाको अग्निपुञ्ज बनेर देखिनुभयो । चीनले ‘बम्बार्ड दि हेडक्वाटर’ को आह्वान गर्यो । ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ ले मार्ग निर्देशन गर्यो । तारिक अलीले भनेजस्तै— “ती वर्षहरू सडक सङ्घर्षका वर्षहरू थिए ।

ल्याटिन अमेरिकामा चलिरहेको मुक्ति आन्दोलन, अर्नेस्ट चे ग्वेवाराको सहादत, पेरिसको विद्यार्थी आन्दोलन र संयुक्त राज्य अमेरिकाको ब्ल्याक प्यान्थर आन्दोलनसँगै नक्सलबाडी आन्दोलन पनि वस्तुस्थितिको अनिवार्य उपज थियो ।

नक्सलबाडी आन्दोलन र त्यसैको विरासतमा अघि बढेको आन्दोलन भारतमा क्रान्ति सम्पन्न गर्ने हेतुको परिणाम थियो । यसले सिपिआइ र सिपिआइएमको संशोधनवादी प्रवृत्तिको पकडबाट आफूलाई मुक्त गर्यो  । र एकपछि अर्को गरेर भारतीय क्रान्तिको बाटो प्रस्ट पार्यो  । नक्सलबाडी आन्दोलन कृषि क्रान्तिको सारतत्व बोकेको सशस्त्र सङ्घर्ष थियो । यसले भारतीय समाजको वर्ग चरित्र र  विद्यमान  शोषणका विविध अवस्थाहरूको सापेक्षित रूपमा सही विश्लेषण गर्यो । पचास वर्षपछि, अहिले यसलाई वर्तमान राज्यव्यवस्थाका लागि सबैभन्दा ठूलो आन्तरिक चुनौती भनिएको छ ।
 
अवश्य पनि यस किसिमको भनाइले नक्सलीहरूलाई गौरवान्वित तुल्याउँछ । माथि भनेजस्तै नक्सलीहरूका सम्बन्धमा मान्छेहरूबीच थुप्रै भ्रमहरू छन् । कतिपयले उनीहरूलाई कम्युनिस्टभन्दा अलग्गै ठानेको देखिन्छ । वास्तवमा  नक्सलीहरू जो आजभोलि माओवादीहरू भनेर जानिन्छन्, उनीहरू सच्चा कम्युनिस्टहरू हुन् ।

वास्तवमा मार्क्सवाद-लेनिनवाद-माओ विचारधारालाई मार्क्सवाद-लेनिनवाद-माओवाद, सङ्क्षिप्तमा माओवादका रूपमा विकास गर्न उनीहरूका साथै पेरू कम्युनिस्ट पार्टीको ठूलो भूमिका रहेको कुरा विश्वभरिका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले आत्मसात गरेको कुरा हो ।
सोभियत रूस र चीनमा पुँजीवादको पुनस्र्थापना, उत्तरआधुनिकतावादी आक्रमण, क्रान्तिका लागि  क्रान्तिकारी पार्टीको भूमिकालाई अस्वीकार गर्ने प्रवृत्तिका कारण  मार्क्सवादी आन्दोलनले धक्का खाएपछि माओवादीहरू  अगाडि आए र वैचारिक चुनौतीहरूको साहसपूर्वक सामना गरे ।  नक्सलीहरूको पार्टी भारतको आदिवासी  क्षेत्रका  आदिवासीहरूका लागि मात्र काम गर्ने पार्टी हो भन्ने भ्रम अझै कतिपयमा छ ।

वास्तवमा माओवादी पार्टी आदिवासीहरूको मात्र पार्टी होइन,  यो कम्युनिस्ट पार्टी हो, जसले भारतमा नयाँ जनवादी क्रान्तिलाई साकार रूप दिने उद्देश्य राख्छ ।
   
मूलधारका कम्युनिस्ट पार्टीहरूभन्दा भिन्न, माओवादीहरूले इमानदारीपूर्वक केही पृथक, जातजाति लगायतका मुद्दाहरूलाई आन्दोलनका रूपमा अघि बढाएको छ । कुरै छैन, मिसिर बेस्रा जस्ता आदिवासी र मिलिन्द तेलतुम्बडे जस्ता दलितहरू अहिले यो आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

माओवादीहरूले क्रान्तिलाई सफलताको टुङ्गोमा पुर्याउन सकेका छैनन् तापनि यसले भारतमा उत्पन्न गरेको प्रभावलाई अस्वीकार गर्न सकिँदैन । सांस्कतिक तथा साहित्यिक क्षेत्र होस् अथवा अरू कुनै क्षेत्र किन नहोस्, कसैले पनि माओवादीहरूले खेलेको भूमिकालाई न्यूनीकरण गर्न सक्तैन ।

मार्क्सवादको विरोधमा अगाडि सारिएका नयाँ सामाजिक अभियानहरूसमेत माओवादीहरूले पहिले नै भारतव्यापी रूपमा अघि सारेका अभियानहरू हुन् । पिछडिएका क्षेत्रका लागि ल्याइएको भनिएको तथाकथित विकासका कामहरू माओवादीहरूले पहिले ल्याइसकेका कामहरूका सिको हुन् ।

माओवादीहरूको बढ्दो प्रभाव र सशस्त्र गतिविधिकै कारण केरलाजस्तो राज्यमा माओवादीहरूको सिको गरेर भूमिसुधार गरिएको कुरा यहाँ स्मरणीय छ ।

भारतभरि प्रतिबन्धित एउटा पार्टीका रूपमा माओवादीहरूको तागतलाई सजिलै आकलन गर्न सकिँदैन ।

तर एउटा कुरा के प्रस्ट छ भने भीषण दमनका बाबजुद पनि उनीहरू शक्तिशाली अवस्थामा छन् ।

हत्या र हिंसालाई आधारभूत नीति बनाएको कुनै पनि व्यवस्थाले  माओवादीहरूको प्रतिरोध गर्न सक्तैन ।

सङ्गठित सङ्घर्ष,  गरिबी र असमानतामाथि सशस्त्र फौजको ठाडो प्रयोग गरेर समाप्त पार्न खोज्ने सत्ताको सारतत्त्वआतङ्ककारी हुन्छ । पहिले सरकारले हत्याआतङ्क परित्याग गर्नुपर्छ । त्यसो नगरेसम्म  माओवादीहरू फस्टाइरहनु स्वाभाविक छ ।

यात्रा निरन्तर अघि बढिरहनेछ ।
source : avaninews

 (लेखक मानवअधिकारकर्मी हुन् ।)


भिडियो फिचरview all