ताजा समाचार
साहित्यमा अवसरवादी घुम्टोको सामाजिक-आर्थिक कारण
कविता कृष्णपल्लवी
(प्रस्तुत रचना हाल प्रकाशन स्थगित गरिएको हिन्दी प्रकाशन ‘दायित्वबोध’ सित सम्बद्ध बौद्धिक-सांस्कृतिक कर्मीहरूको नयाँ प्रकाशन 'नान्दीपाठ' बाट लिइएको हो । यसमा उठाइएको सन्दर्भ भारतीय मार्क्सवादी सांस्कृतिक आन्दोलनसित सम्बद्ध छ र यसले भारतीय समाजमा वर्गउत्थानतर्फ प्रवृत्त भारतीय मध्यम वर्ग र साहित्यिक लेखनका बारेमा जानकारी दिन्छ । साथै कसरी प्रगतिशील लेखक र लेखनका नाममा एक थरी लेखकहरूले सत्तास्वाद पनि लिइरहेका छन् र जनताको लेखक हुनुको भ्रम पनि दिइरहेका छन् भन्ने कुरालाई पनि यसमा प्रस्ट पारिएको छ । यसमा बहसका थुप्रै ठाउँहरू पनि छन् । यसमा उठाइएका सन्दर्भहरू नेपाली समाजका सन्दर्भमा पनि सान्दर्भिक छन् भन्ने ठानेर त्यसको अनुवाद यहाँ प्रस्तुत गरिएको छ ।)
कथित वामपन्थी धाराको साहित्यिक परिदृश्यलाई अवसरवादको लाज पचेको घुम्टोले छोपेको छ । केही दशकपहिले केही थोरै मान्छे मात्रै हुने गर्दथे, जो रातको अँध्यारोमा लुकेर सत्ताधारीहरूसित सजिन्थे र भण्डाफोर भएपछि केही दिनसम्म दिनको उज्यालोमा लाजमानीमानी हिँड्थे । अब परिस्थिति फेरिएको छ । सरकारी उस्तादहरूको जुलुसमा साहित्यिक–बौद्धिक जनहरू पहिले रातको समयमा मात्र सामिल हुन्थे । अब यस्ता जुलुस दिउँसै निस्कन्छन् । सत्ता र पुँजीवादसम्बद्ध सांस्कृतिक प्रतिष्ठानका साथ दिनको उज्यालोमै सौदाबाजी हुन्छ । चतुर्दिक पद-पीठ पुरस्कारका लागि दौडधूप मच्चिएको हुन्छ । “वैचारिक लोकतन्त्र” लाई यति सारो लचिलो बनाइएको छ कि बच्चा र मानवताको भविष्यको पक्ष युद्धको विभीषिकाको विरुद्ध कवितामार्फत चिन्ता व्यक्त गर्ने मान्छेहरू हिन्दूवादी फासिवादी सरकारका कार्यक्रममा लाज पचाएर हाजिरी जनाउँछन्, सङ्गठित भएर आफनो बचाउ गर्छन् । नाङ्गाहरूको सङ्ख्या यति धेरै भएको छ कि लाज मान्नुको सट्टा ती एकजुट भएर लुगा लगाएका मान्छेहरूका विरुद्ध होहल्ला गर्न थाल्छन् । अहिले थोरै मात्र यस्ता मान्छेहरू छन्, जो धक खोलेर मुक्तिबोधका झैँ प्रश्न गर्छन्— “पार्टनर ! तपाईँको पोलिटिक्स के हो ?”
अवसरवादको यस ढलानमाथिको यात्रामा रायपुरमा रमनसिंह सरकारद्वारा आयोजित साहित्यिक महोत्सवमा कयौँ नाम चलेका प्रगतिशील सेक्युलर-वामपन्थी साहित्यकारहरूको सहभागिताको घटना एउटा नयाँ कोशेढुङ्गा बनेको छ । रमनसिंह त्यही राजनीतिका सरदार हुन्, जसले आडवाणीको रथ यात्रापछि निरन्तर रूपमा देशैभरि भीषण रक्तपातपूर्ण दङ्गाको कुचक्र चलाएका थिए । यसै राजनीतिका बाहक गुजरात २००२ का अमानुषिक रक्तपातका सूत्रधार थिए । यो त्यही सरकार हो, जो माओवादीहरूलाई समाप्त पार्ने नाममा बस्तरमा सयौँ गाउँका हजारौँ आदिवासी परिवारलाई बेघरवार पारेको छ र निरन्तर रूपमा त्यहाँ बर्बर अत्याचारका नयाँनयाँ कीर्तिमा निर्माण गरेको छ । त्यही सरकारलाई लोकतान्त्रिक र सहिँष्णु प्रमाणित गर्दै त्यसैको आयोजनामा वामपन्थीहरूलाई गाली गरेर नथाक्ने अशोक बाजपेयी र उनीजस्तैहरूसित दोसल्ला ओढेर, जगदीश्वर चतुर्वेदी, पुरुषोत्तम अग्रवाल, नरेश सक्सेना, आदिवासी दलितहरूका स्वयम्भू साहित्यिक मसिहा रमणिका गुप्ता, प्रभात रञ्जन र आजभोलि साहित्याकाशमा निकै ताउरमाउर गर्ने दर्जनौँ एकसेएक तेजस्वी “युवा तुर्क” हरू शोभायमान भए ।
एक समय थियो जतिबेर फोर्ड फाउन्डेसनद्वारा वित्तपोषित भारत भवनमा अर्जुन सिंहको प्यारो नोकरसाह साहित्यकार अशोक वाजपेयी एक जना कुशल चटकेझैँ कतिपय वामपन्थी साहित्यकारहरूलाई थरीथरीका प्रलोभन दिएर फसाउन सफल भएका थिए । त्यति बेला “भारत भवन” कुचक्रका आलोचकहरूको सङ्ख्या राम्रै हुनेगथ्र्यो । पछि गएर, भारत भवनबाट लाभान्वित धेरजसोले लज्जित अनुभूत गरे, कतिपयले एक्लोएक्लो बोध गरे, कतिपयले पश्चाताप गरे र कतिपयले पापमोचनका केही उपक्रम पनि गरे । अब देशमा केन्द्र र राज्य सरकारका सांस्कृतिक प्रतिष्ठान र एकेडेमीका रूपमा थुप्रै “भारत भवनहरू” छन्, पुँजीपति घरानाद्वारा स्थापित थुप्रै पुरस्कार र सम्मान छन्, एनजिओवालाहरूले पनि साहित्यकारहरूलाई भाउ दिनथालेका छन् र विश्वविद्यालयमा उनीहरूका लागि नयाँनयाँ विशेष पद र कुर्सीहरू तयार पारिएका छन् । समाजमा जनवादी भूमिका एकदमै क्षरित र साघुँरिँदै गएको बेलामा नै सत्ताले साहित्यकारहरू-बुद्धिजीवीहरू- कलाकारहरूलाई पूर्वापेक्षा ज्यादा भाउ दिइरहेको छ, विचारहरूको धरातलमाथि “सहमतिको निर्माण” गर्न र व्यवस्थाको चारकिल्लाभित्र“ ‘असहमति” को लोकतान्त्रिक भ्रम सिर्जना गर्न व्यवस्थाद्वारा सहयोजित प्रगतिशील मखुन्डो लगाएका बुद्धिजीवीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुनसक्छ भन्ने उनीहरूलाई थाहा छ ।
पुँजीवादी सत्ताको नीतिमा आएको परिवर्तनभन्दा पनि बढी यस किसिमको सामाजिक-आर्थिक कारणहरूको अध्ययन महत्वपूर्ण छ, जसको कारण बुद्धिजीवीहरूको ठूलो हिस्सा आज सजिलै व्यवस्थाद्वारा गरिने खरिदबिक्री, सौदाबाजी र सहयोजनको सिकार हुनेगरेको छ । यो अनायास भएको कुरा होइन, १९९० को दशकमा नवउदारवादको चौतर्फी लहरपछि यो परिघटना निकै ठूलो मात्रामा एउटा आम प्रवृत्ति बनेर देखापरेको हो । नब्बेको दशकको आरम्भमै कवि केदारनाथ सिंहले तमाम वामपन्थी साहित्यकारहरू तथा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरूको विरोधको अतिरिक्त पनि, ती पुँजीपतिहरूको प्रतिष्ठानबाट सम्मान ग्रहण गरे, जसमाथि सहिद शङ्कर गुहा नियोगीको हत्याको षड्यन्त्र रचेको अभियोग थियो । र पनि छिटै सबै कुरालाई बिर्सियो र केदारनाथ सिंहलाई वाम क्षेत्रमा पनि आदरणीय पात्रका रूपमा लिन थालियो ।
त्यसपछि त लाजसरमका सारा पर्दाहरू हट्तैगए । फासिवादी योगी आदित्यनाथबाट सम्मान ग्रहण गर्ने उदय प्रकाश, पहिलो भाजपा मुख्यमन्त्री नित्यानन्द स्वामीलाई आफ्नो पिता बताउने र फेरि उत्तराखण्डको काङ्ग्रेसी सरकारको हिमालयमा बाँधनिर्माणको विनाशकारी नीतिको वकालत गर्ने लीलाधर जुगडी, आरएसएसका राममाधवदेखि लिएर बिहारका बाहुबली नेता पप्पु यादवसम्मका पुस्तकको विमोचन गर्ने र छत्तिसगढका हत्यारा डिजिपी विश्वरञ्जनलाई महत्वपूर्ण कवि घोषित गर्ने, राजकमल प्रकाशनका मालिकहरूको घरका “रामू काका” (विष्णु खरेका शब्दमा) नामवर सिंह, स्त्रीहरूप्रति आफ्नो मर्दवादी उद्धार र लम्पटवादी व्यवहारका लागि कुख्यात र म.गा.हि.वि.विमा दारोगाका झैँ कुलपतिगिरी गरिसकेका विभूतिनारायण राय, उनको लगौँटिया दोस्त पुरानो अवसरवादी रवीन्द्र कालिया, राय साहेबको जमानामा म.गा.हि.वि.वि.मा कुनै पद अथवा शोधवृत्ति लिएर मस्ती मार्ने दर्जनौँ लेखक-कविगण, हत्यारो विश्वरञ्जनका लागि आयोजित साहित्यिक कार्यक्रममा शोभा बढाउन तथा विभूतिनारायणबाट उपकृत हुन उपस्थित भए ।
अनि पछि पटना गएर नीतीश सरकारको सरकारी सांस्कृतिक प्रतिष्ठानको अध्यक्षका नामले पुकारिने कुनै जमानाका “महा क्रान्तिकारी” कवि आलोकधन्धा, भाजपा सांसद् विद्यानिवास मिस्रको जन्मदिनमा स्वामी करपात्रीको आस्रममा विद्याश्री न्यासको तत्वाधानमा आयोजित लेखक शिविरको आयोजनामा अग्रणी भूमिका खेल्ने जलेस (जनवादी लेखक सङ्घ), प्रलेस (प्रगतिशील लेखक सङ्घ) र जसम (जनवादी सांस्कृतिक मञ्च) वाराणसीका कर्ताधर्तागण, विश्वरञ्जनको कार्यक्रममा सहभागी तथा आफ्नी श्रीमतीलाई कुटपिट गर्ने कार्यमा प्रशिद्ध कृष्णमोहन, शोधछात्रामाथि यौन उत्पीडनका आरोपी अजय तिवारी, सेफई महोत्सवमा गएर मुलायम सिंहको मुरीमुरी प्रशंसा गर्ने केदारनाथ सिंह, अखिलेस सरकारबाट लखटकिया भारत-भारती पुरस्कार लिने दूधनाथ सिंह र यस्ता यावत मान्छेहरू केही दिनको आलोचना र गम्भीर आपत्तिपछि विस्तारै वामपन्थी साहित्यकारहरूको विरादरीमा फेरि स्वीकार्य हुनपुगेका छन् ।
रायपुरमा भाजपा सरकारको साहित्य महोत्सवमा भाग लिने पुरुषोत्तम अग्रवाल, नरेश सक्सेना, रमणिका गुप्ता, रणेन्द, प्रभात रञ्जन, थुप्रै कथित वाममार्गी युवा तुर्कहरू र जसम-प्रलेस-जलेससित जोडिएका छट्टुहरूका सम्बन्धमा पनि यस्तै हुनेछ । सबै एउटै ड्याङका मुला छन् भने कसले कसको विरुद्ध औला ठड्याउने र ! कतिपय यसकारण सदाचारको बुटी बाँटिरहेका छन् कि अहिलेसम्म उनीहरूलाई कदाचारको कुनै आकर्षक र लोभलाग्दो मौका मिलेको छैन । जो असन्तुष्ट छन्, ती विद्रोही बनेका छन् । जब उनीहरू ‘सन्तुष्ट’ हुन्छन्, अनेक किसिमका तर्क दिएर सत्ता र पुँजी-प्रतिष्ठानहरूका कोठाका मेहफिल सजाउन जानुपर्ने पक्षमा तर्क दिन थाल्छन् ।
जिन्दगीमा ‘गन्द र दन्द-फन्द’ को प्रश्न यी कथित वामपन्थीहरूको साहित्य-सिर्जनामा वैचारिकता ‘अण्ड-बण्ड-भरभण्ड’ सित गहिरो गरी जोडिएको हुन्छ । यिनीहरूको एउटा ठूलो हिस्साले अब अज्ञेय, धर्मवीर भारती, निर्मल वर्मा, कृष्ण बलदेव वैद, अशोक वाजपेयी र विनोदकुमार शुक्लासम्ममा पनि प्रगतिशीलता देख्नथालेको छ । “वामपन्थी” ज्ञानधुरन्धर आलोचक–शिरोमणिहरूद्वारा सङ्कीर्ण अनुभववादी र प्रकृतवादी-दलितवादी लेखन र लम्पट देहमुक्तिवादी- कुलीनतावादी नारीवादी लेखनमाथि आलोचनाविहीन प्रशंसा-पुष्प वर्षाइरहनु अब आम रीति हुनथालेको छ ।
जादुइ यथार्थवादको भद्दा प्रहसनात्मक नक्कलबाट एकदमै कलात्मक चमत्कार उत्पन्न गर्ने प्रयास पानी जारी छ । वैचारिक स्तरमा बोली नफुटेका अपढ-कुपढ अधकल्चा “चिन्तक” आलोचकहरूद्वारा मार्क्सवादलाई उत्तरआधुनिकतावाद, उत्तर–औपनिवेशिकता, उत्तर-मार्क्सवाद, ‘सवाल्टर्न स्टडिज’,‘आइडेन्टिटी पोलिटिक्स’ आदिसित घोलघाल पारेर विचित्र किसिमको खिचडी तयार पार्ने काम पनि जारी छ । जीवन र लेखन दुवैमा नै प्रगतिशीलता र प्रतिमामिताबीचको सीमारेखा मेटाइएको छ ।
भारतीय बौद्धिक समुदायको मुख्य धाराको एउटा हिस्साको यो घृणित, निर्लज्ज अअवसरवादी विपथगमन र पतन केही व्यक्तिको व्यक्तिगत पतनको परिणाम होइन । यो एउटा समकालीन आम प्रवृत्ति हो, जसका कारणहरूलाई ऐतिहासिक परिप्रेक्ष्यमा हेरिनुपर्छ सामाजिक-आर्थिक संरचनाको गतिमा खोज्नुपर्छ । बौद्धिक समुदायको मुख्य धारा त्यो पुगीसरी आएको मध्यम वर्गकै एउटा पत्र हो, जो विद्यमान पुँजीवादी व्यवस्थाको विशेष सुविधा प्राप्त अल्पसङ्ख्यक उपभोक्ता वर्ग हो र जुन अब जनताको पक्ष त्यागेर सत्ताधारीहरूको पक्षमा उभिएको छ तथा यसै व्यवस्थामा समाहित भइसकेको छ । एक समय यो समाजको सचेतन तप्काका रूपमा सत्ताधारीहरूको प्रभुत्व (हेगेमनी) का विरुद्ध उभिन्थ्यो, तर अब यो तिनै सत्ताधारीहरूको प्रभुत्व स्थापनाका लागि वैचारिक-सांस्कृतिक भूमिका खेलिरहेको छ । साहित्यिक-सांस्कृतिक परिदृश्यको पतनशीलता भारतको पुगीसरी आएको मध्यम वर्गको ऐतिहासिक विश्वासघात र पक्षधरता परिवर्तनको यो अभिव्यक्ति हो, यो त्यसैको परिणाम हो, यो त्यसैको एउटा रूप हो भनेर भन्न सकिन्छ ।
वास्तवमा, भारतीय बौद्धिक मानसको निर्मिति युरोपको जस्तो ‘पुनर्जागरण–प्रवोधन जनवादी क्रान्ति’ को प्रक्रियाको क्रममा भएको थिएन, न त रूसका झैँ विलम्बित पुँजीवादी विकासको स्वतन्त्र बाटोमा अगाडि बढेर यसले क्रान्तिकारी जनवादको वैचारिकतासम्मको (र साहित्यमा बुर्जुवा यथार्थवाद) को यात्रा तय गरेको थियो । भारतमा औपनिवेशिक सामाजिक-आर्थिक संरचनाभित्र जुन कमजोर वैचारिक आधार र खण्डित जनपक्षधरतायुक्त राष्ट्रिय जनवादी चेतना विकसित भयो, त्यसमा पनि अनैतिहासिक, अतीतोन्मुखता र धार्मिक प्रतिच्छायाँहरूको आवरण थियो र जुझारू भौतिकवादी तर्कणा धेर्र हदसम्म अनुपस्थित थियो । स्वतन्त्रता प्राप्तिपछि राष्ट्रिय आन्दोलनको बुर्जुवा नेतृत्वको नायक खण्डित हुन र उसको गौरवको पराभूत हुन धेरै समय लागेन । यसैको परिणमस्वरूप पचास र साठीको दशकमा भारतीय बुद्धिजीवी र साहित्यकारहरूको एउटा ठूलो हिस्साले पलायनवाद र अस्तित्ववाददेखि लिएर सर्वनिषेधवाद र अन्धविद्रोहको यात्रा गरिरह्यो, अथवा आफ्नो मध्यमवर्गीय जीवनको सुखदुख, त्रासदी, विडम्बना र एकाकीपनको पीडामा शुतुर्मुर्गी ढङ्गले टाउको घुसाइरह्यो ।
तेलङ्गाना सङ्घर्षको पराजय र वाम आन्दोलन संशोधनवादी विपथगमनपछि विचार र साहित्यकलाको क्षेत्रमा वामधारा ओझेलमा पर्यो । त्यसो त यो वाम धाराको पनि इतिहासप्रदत्त आफ्नो कमजोरी थियो । १९६७ को नक्सलबाडी जनउभारपछि मध्यमवर्गीय बुद्धिजीवीको एउटा पुस्ता ‘क्रान्तिकारीकरण’ भएर वाम प्रभावमा आयो । केही दुस्साहशवादी कमजोरी सहितको नक्सलबाडी आन्दोलनले उत्पन्न गरेको क्रान्तिकारी वामधाराले विशृङ्खलताको सिकार हुनु परे पनि विचार र कलासाहित्यको संसारमा त्यसले प्रगतिशील जनवादी धारालाई नयाँ संवेग प्रदान गर्यो । सत्तरीको दशकमा यान्त्रिकता र नाराबाजी आवरण बढी भए पनि यसबीच स्तरीय लेखन पनि अत्यधिक मात्रामा भयो र वाम जनवादी धारा साहित्यको प्रभावकारी धाराका रूपमा स्थापित भयो । परन्तु १९८० को दशक साहित्यकलाको क्षेत्रमा पनि ‘ग्लास्नोस्त–पेरोस्त्रोइका’ को समय लिएर आयो । यो दशकको अन्त्यतिर वामपन्थी साहित्यमा नवरूपवादी प्रवृत्तिले आफ्नो प्रभाव स्थापित गर्यो । १९९० दशकमा नवउदारवादको अश्वमेघ घोडाले पूरा विश्वमा राइँदाइँ गरिरहेको बेला मार्क्सवाद र समाजवादको पराजयको हल्ला चारैतिर चलिरहेको थियो । पुनरुत्थान र विपर्ययको त्यो समयमा बहुप्रचारित उत्तरआधुनिक विचार-सारणीका साथ कथित वामपन्थी विचारकहरू र साहित्यकारहरूले पनि प्रणयलीला सुरु गरे, जुन निरन्तर उन्मत्त रूपका साथ सक्रिय भयो ।
वास्तवमा १९८० को दशकसम्म तेस्रो विश्वका तमाम 'उत्तर-औपनिवेशिक' समाजका झैँ भारतीय समाजमा पनि पुँजीवादी विकासको राजकीय पुँजीवाद र मिस्रित अर्थव्यवस्थाको नीतियुक्त समय आफ्नो सन्तिृप्ति बिन्दुसम्म पुगिसकेको थियो । यसैको तार्किक परिणति १९९०को दशक नव-उदारवादी कालखण्ड अगाडि आयो । बुर्जुवा वृत्तभित्र राष्ट्रिय जनवादको कार्यभार जुन रूप र जुन हदसम्म पूरा हुन सम्भव थियो, त्यो कम हुँदै जानुका साथै मध्यम वर्गको विभेदीकरण हुँदैगयो र त्यसको माथिल्लो संस्तर बुर्जुवा ढाँचामा व्यवस्थित हुँदैगयो । पुँजीको सामाजिक आधारको विस्तारका साथै यो हिस्सा समानुपातिक रूपले ठूलो र व्यापक हुँदैगयो ।
१९८० को दशकमा प्रोफेसर, पत्रकार, डाक्टर, इन्जिनियर,सरकारी नोकरसाह र वित्तीय क्षेत्र, सेवा क्षेत्र र निजी क्षेत्रसित जोडिएका पेशेवरहरूको सङ्ख्या र पुगीसरी आउने प्रक्रियामा पनि ठूलो मात्रमा वृद्धि भयो, जब कि मजदुरको जीवनस्थिति भने जस्ताको तस्तै रह्यो । आफ्नो सामाजिक–आर्थिक स्थितिअनुरूप नै सहरी मध्यवर्गीय बुद्धिजीवी समुदायको बहुलांश आज पुँजीवादको कित्तामा उभिइसकेको छ । माथि वर्णित सामाजिक-आर्थिक परिदृश्यको आत्मगत प्रभावको अतिरिक्त वस्तुगत यथार्थको वस्तुगत प्रभावको फलस्वरूप नै आज वामपन्थी वृत्तमा साहित्यिक सिर्जनामा नवरूपवाद र जीवनको स्तरमा निम्नस्तरको अवसरवादको घुम्टोले नराम्रो गरी ढाकेको छ ।
कथित वामपन्थी बुद्धिजीवीहरू-साहित्यकारहरूको बहुलांश प्रोफेसर, नोकरसाह, मिडियाकर्मी तथा स्वतन्त्र पेशेवर आदिका रूपमा खातापिता मध्यम वर्गीय प्राणी बनिसकेको छ, जो मेहनतकश जनताको जीवन र सङ्घर्षबाट धेरै टाढा सुरक्षित, सुविधासम्पन्न जीवन बिताउने गर्छ । न त सर्वहारा क्रान्तिको भविष्यप्रति उसमा भित्रैबाट आस्था छ, न त यस्तो क्रान्ति उसका लागि हितकारी भएको प्रतीत हुन्छ । यस्तोबेला “वामपन्थ” उसका लागि पदप्रतिष्ठा किन्ने बजारू सिक्का बनेको हुन्छ अथवा प्रमोसनको सिढी ।
क्रान्तिका “महाख्यानहरू” मा संशय देखाउँदै र विखण्डित सामाजिक आन्दोलन तथा क्षुद्र विमर्शहरूका “उत्सव” मनाउँदै यस्ता मान्छेहरू वास्तवमा आफ्नो वर्गीय स्थितिको र बुर्जुवा सत्ताको सामाजिक अबलम्बका रूपमा आफ्नो भूमिकालाई “सहीसाबित” गरिरहेका हुन्छन् र आफ्नो जिन्दगीको पुग्दो पुगीसरीपनको पनि । “वामपन्थ” को बर्को ओढेर सत्ताको कोठामा बसेर मस्ती गर्दै र साम्प्रदायिकता, विस्थापन, पुलिसदमन तथा दलित-उत्पीडन जस्ता प्रश्नलाई लिएर संस्थाहरूबाट विरोध प्रदर्शन, हस्ताक्षर अभियानहरूमा सहभागिता जनाएर यी बुद्धिजीवीहरू ठगहरूको भूमिका पूरा गर्नेगर्छन् ।
माफिया गिरोहका झैँ यी मान्छेहरू साहित्यको राजनीति गर्छन्, कहिलेकाहीँ एकआपसमा यिनीहरू कुकुरका झैँ झगडा पनि गर्छन्, तर कसैले यिनको असलियत बाहिर ल्याउने प्रयास गर्यो भने यी एकजुट भएर तपाईँहाम्रो विरुद्ध खुला युद्ध, प्रत्यक्ष युद्ध अथवा शीतयुद्ध चलाउँछन् अथवा खतरनाक षड्यन्त्रको कुचक्र रच्न थाल्छन् । धेरजसो मान्छे आफ्नो क्षुद्र यशोकामी महत्वाकाङ्क्षाहरूका कारण अन्जानैमा यस्ता गिरोहका षड्यन्त्रकारी दुश्चक्रको हिस्सा बन्न पुग्छन् र फेरि कालान्तरमा उनीहरूजस्तै बन्छन् । मसानघाटका पण्डापुरोहितहरूजस्तै यी छद्मभेषी “वामपन्थी” गिरोहलाई ठेगान लगाउन श्रमजीवीहरूको क्रान्तिकारी आन्दोलनलाई क्रान्तिकारी बुद्धिजीवीहरू-संस्कतिकर्मी-साहित्यकारहरूको नयाँ पङ्क्ति तयार गर्नुपर्छ, बढीभन्दा बढी मात्रामा सर्वहाराका “अग्र्यानिक इन्टेलेक्चुअल” तयार पार्नुपर्छ ।
०००

भिडियो फिचरview all