ताजा समाचार
हाम्रो लडाइं दुस्मनले सोचेजस्तो छिटै समाप्त हुनेवाला छैन : कमरेड मलिना
( गत २४ अप्रिलमा भारतको छत्तिसगढ़ राज्यमा माओवादी छापामार सेनासित भएको भिडन्तमा प्यारा मिलिट्री फोर्सका २६जनाको मृत्यु र ६ जना घाइते भएको समाचारले निकै ठूलो हल्लाखल्ल मच्चाएको थियो । सँगसँगै सो आक्रमणको कमान्ड कमरेड हिडमाले गरेको भनेर निकै चर्चा पाएको थियो । यहाँ भारतीय पत्रिका ''आउटलुक'' का प्रतिनिधि उसिनोर मजुमदारले कमरेड हिडमाको कमान्ड क्षेत्रकी उप कमान्डर कमरेड मलिनासित बस्तरको कुनै ठाउँमा सशस्त्र गार्डको घेरामा लिएको अन्तर्वार्ताको अंश प्रस्तुत गरिएको छ ।)
हाम्रो लडाइं दुस्मनले सोचेजस्तो छिटै समाप्त हुनेवाला छैन : कमरेड मलिना
बुर्कपालमा २४ अप्रिलको हत्याका सम्बन्धमा तपाईँ के भन्नुहुन्छ ? आखिर सडकले गाउँका जनताको कल्याण नै गर्थ्यो ।
मुद्दा सडकको होइन, जसमाथि हाम्रो अधिकार पनि छैन । यी पुलिसहरू कुनै अपरिचित कम्पनीका लागि काम गरिरहेका छन्र र सडक नाम मात्र हो, सडक का नाममा जनताविरुद्धको अभियान हो । पिएलजिएले गरेका आक्रमणको बदला लिनका लागि पुलिस थुप्रै निर्दोष गाउँलेको मनपरी किसिमले सिकार गरिरहेको छ ।
तर तपाईँहरू पनि त गाउँलेको निर्दयतापूर्वक हत्या गर्नुहुन्छ नि...
जासुसी निकायहरू तथा पुलिसलाई सूचना दिनेहरूका बारेमा भरपर्दो र विश्वासिलो जानकारी सङ्कलन गरेपछि जनअदालत बोलाइन्छ, गाउँका अरू मान्छेहरूलाई पनि राखेर उसको बारेमा फैसला गरिन्छ । सबैभन्दा पहिले उसलाई सम्झाइबुझाइ गरिन्छ, यसो गर्दा पनि धन्धा नछोडेपछि अनि ...
कतिपय मान्छेले तपाईँहरूको पार्टी छोडिरहेका छन् ...
यहाँ थुप्रै नक्कली आत्मसमर्पणका घटना भएका छन् । पु्लिसले सामान्य गाउँलेलाई सैन्य कमान्डरका रूपमा अघि सार्छ । गर्मीको समयमा गाउँलेहरू ज्यामीको काम गर्न तेलङ्गना, आन्ध्र र अन्य ठाउँतिर लाग्छन् अनि कतिपयचाहिँ खोर्सानी व्यापारीको साथ लाग्छन् । पुलिसहरू उनीहरूको पछि लाग्छन् र उनीहरूलाई पुलिस स्टेसनमा ल्याएर ड्रेस लगाइदिन्छन् र तिनीहरूलाई मिलिसिया सदस्य भनेर प्रचार गर्छन् ।
पिएलजिएका कतिपय मान्छेहरू प्रहरीमा सामेल भए नि त ?
केही मान्छे , हरि राम, चेन्ना बोदकेल, मङ्गु, शङ्कर, गणेश र यस्तै कोही गए, तर तिनीहरूमध्ये केही पार्टी सदस्य थिए, मिलिसिया होइन । यी गद्दारहरू पार्टी छाडेर पुलिसमा सामेल भए र गाउँलेलाई यातना दिन तथा हत्या गर्न पुलिसका साथ गाउँमा आउँछन् ।
यातायात र सडकबिना आदिवासीहरूको कुनै पनि पुस्ता शिक्षित हुँदैन त ?
जनताको सरकारले आफ्नो स्कुल चलाउँछ, त्यसको माध्यम भाषा गोन्डी छ र अन्य भाषाहरू पनि सिकाइने गरिन्छ । ८ देखि १० क्लास सम्म पढ्नेहरू पछि स्थानीय स्कुलमा शिक्षक हुन्छन् । मैले पनि यस्तै स्कुलमा पढेर पढ्नलेख्न सिकेकी हुँ । हामीलाई मार्क्स, लेनिन जस्ता नेताहरूका बारेमा पनि पढाइएको थियो ।
विकास कार्यका लागि जिल्ला प्रशासनको यहाँ सहज पहुँच उपलब्ध गराउनु आवश्यक छैन र ?
समस्या उतैबाट छ । डाक्टर, पत्रकार... कसैलाई पनि यहाँ आउने इजाजत छैन, किनभने यहाँ नआउन पुलिसले उहाँहरूलाई धम्की दिएको छ । (पोडियम) पान्डाकै कुरा लिउँ न । उनी सरपञ्च थिए र उनले कहिले पनि हामीसित काम गरेनन्, यताउति जान भने उनी स्वतन्त्र थिए । हामी दैनिक कामका लागि सरपञ्चहरूको उपयोग गर्दैनौँ ।
जनता आफैँ गरिब छन्, तर पनि तपाईँहरू उनीहरूसित पैसा र अनाज लिनुहुन्छ ...
हामी कर लिन्छौँ र त्यो पनि एकदमै थोरै मात्रामा, बलपूर्वक नभएर स्वेच्छिक किसिमले । यो जनताको पार्टी हो, उनीहरूले स्वेच्छाले दिएको कुरा लिन्छौँ । जनता हामीलाई खाना र अन्य वस्तु पनि दिन्छन्, किनभने हामी उनीहरूका पक्षमा लडिरहेका छौँ ।
महिलाहरूमाथि यौन उत्पीडन गर्ने लगायत सुरक्षाकर्मीहरूप्रति तपाईँहरूका थुप्रै आरोपहरू छन् ...
यहाँसम्म कि भर्खरैको रायगडाको घटनामा पुलिसले एक जना महिलालाई घिसारेर घरभित्र लैजान खोज्यो, तर उनले विरोध गरेपछि पिट्न थाल्यो । गाउँलेले यो कुरा हामीलाई सुनाएका हुन् ।
यस्तो घटनाको उजुर गर्न गाउँलेहरू प्रहरीकहाँ जाने गर्छन् ?
एउटी नाबालिकामाथि बलात्कार गरिएको थियो, जब उसले चिटुङ प्रहरी थानामा उजुरी गरी, झूठो उजुरी भनेर उल्टै उसलाई गिरफ्तार गरियो । त्यसैले कोही पनि उजुरी लिएर पुलिसकोमा जाँदैन । यहाँ कुनै अस्पताल छैन, र उनीहरूलाई कानुनी प्रक्रिया पनि थाहा छैन । अनि बलात्कार गरिएको भनेर साबित गर्नका लागि परीक्षण गर्न उनीहरू अस्पताल जान भनेर कसरी पर्खेर बस्छन् ? ठूलो सङ्ख्यामा पुलिसहरू आउँछन् र उनीहरूमध्ये यसले महिलामाथि यौन उत्पीडन गरेको भनेर कसले पत्ता लगाउने ?
के अहिले पिएलजिएमा नयाँ क्याडरहरू भर्ना भइरहेका छन् ?
वर्षमा दुई अथवा तीनपल्ट नयाँ भर्ना अभियान चलाइन्छ, यो नियमित प्रक्रिया हो । हामीहरू उनीहरूलाई तालिम दिन्छौँ, उनीहरूलाई जनताका समस्या अवगत गराउँदै तिनको हल गर्न पार्टीले विचारधाराको प्रयोग कसरी गर्छ भन्ने कुराको प्रशिक्षण दिन्छौँ ।
तपाईँहरूको प्रभाव क्षेत्र घट्तै गइरहेको छ । जनता तपाईँहरूको विचारधाराको पक्षमा छन् त ?
हामीले २३ देखि २९ मेसम्म नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव मनायौँ । हाम्रो दीर्घकालीन जनयुद्ध हो । यो गाउँका गाउँ, जिल्लाका जिल्ला फैलिएको छ र अझै फैलिने छ । यो नक्सलबाडीदेखि श्रकाकुलम छत्तिसगढसम्म एउटा लामो बाटो छ, यो दुस्मनले सोचेजस्तो छिटै समाप्त हुनेवाला छैन ।
०००

भिडियो फिचरview all