
माओवादी नेता कल्पना मैतीलाई दिइएको यातना विरुद्ध बन्दीहरूद्वारा भोकहडताल

अमानवीय किसिमले सेलमा राख्नु, राजनीतिक बन्दीको व्यवहार गरियोस् भन्दा भौतिक आक्रमण गर्नु, हाइ ब्लड सुगर आर्थिडिजलगायतको बिरामी हुँदा पनि औषधीउपचारमा ध्यान नदिनु, उल्टै जेलमै मार्ने व्यवहार देखाउनु, जेलमा अन्य बन्दीहरू र आफन्तसित भेट्न नदिनु, बाहिरका समाचार-सूचनाबाट विमुख गराउनु जस्ता विवरणहरू उनको निवेदनमा उल्लेखित छन् । उनीसित बोल्ने बन्दीलाई समेत यातना दिने गरेको कुरा उनले उल्लेख गरेकी छन् । केही दिनअघि आफूले जेल अधिकारीलाई भेट्न पाउनुपर्छ भन्दा चरम भौतिक-मानसिक यातना दिएको कुरा पनि उनले उल्लेख गरेकी छन् ।
समाचार माध्यमअनुसार मैती डिसेम्बर ४, २०१० अन्य चार जना कार्यकर्ता सुदिप छोङ्ग, वरुण , अखिल घोष र विकल मल्लिक सहित कलकत्तामा पक्राउ परेकी थिइन । उनलाई हत्या गरिएका भाकपा (माओवादी) का प्रवक्ता नेता कमरेड किसनजीको दाहिने हातका रूपमा लिइन्थ्यो ।
मैतेयीले अगाडि सारेका मागहरू पूरा नगरे बङ्गालव्यापी मात्र नभएर भारतव्यापी भोकहडताल अभियान चलाउने कुरा पनि हडतालमा सहभागीहरूले जनाएका छन् ।
२०१२ मा पश्चिम बङ्गालको सत्तामा आउनेबित्तिकै ममता बनर्जीले राजबन्दीहरू छोड्ने कुरा गरेकी थिइन् र यसका लागि कमिटी पनि बनाएकी थिइन, तर त्यो नाटक मात्र थियो र अहिले उनी यो कुरा सुन्न पनि चाहन्नन् ।
अहिले भारतका नेपाली भाषीहरूले चलाएको आन्दोलनले विस्तारित रूप लिँदै गएपछि पश्चिम बङ्गालको सरकारले जेलमा समेत निगरानी बढाएको र कडाइ गरेको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् ।
भारतका विभिन्न जेलमा १९ भन्दा बढी केन्द्रीय माओवादी नेताहरू छन्, जसमा कमरेड अजिथ, कमरेड कोबाद गान्धीजस्ता नेताहरू रहेका छन् l प्राध्यापक साइबाबासहित अन्य ४ जनालाई आजीवन कारावासको सजाय दिइएको छ l
भिडियो फिचरview all