
माओवादी दबाउन इजराइली सेना र हतियारको प्रयोग

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार पहिलो चरणमा यसको प्रयोग माओवादीहरूको सबैभन्दा पुरानो मजबुत किल्ला र अहिले पनि त्यत्तिकै सशक्त आधारक्षेत्र आन्ध्र-ओडिसा बोर्डर (एओबी) क्षेत्र हुनेछ र यसको पहिलो क्याम्प विशाखापटट्ममा हुनेछ । यसका लागि केन्द्र सरकारले नीति निर्माणका साथै अपरेसन कमान्डका लागि सुरक्षा सल्लाहकार समितिका सदस्यलाई त्यहाँ पठाएको छ ।
टाइम्स अफ इडियाका अनुसार पहिले इजरायली टिमले समग्र भूगोल र जनजीवनको अध्ययन-निरीक्षण गरीसकेको छ l उसले सर्विलेन्स, सर्वे र अप्रेसनसहितको समग्र योजना तयार पार्नेछ । त्यसपछि यो योजनालाई ओडिसा, झारखण्ड र छत्तिसगढमा लागु गरिने छ । यसका लागि सिपिआइ (एम) को राज्य सरकार भएको ठाउँलाई पहिलो प्रयोगका रूपमा लिइएको छ । अहिले भएका हतियार भन्दा इजराइली हतियार यस किसिमको दमनका लागि बढी प्रभावकारी हुने निष्कर्ष पनि भारतीय प्रतिक्रियावादको रहेको छ ।
यसको तयारीका लागि एउटा टिम इजरायल जाने र हतिया र तथा प्रशिक्षणसम्बन्धी सहमति गरेर आउने कुरा पनि समाचारमा जनाइएको छ । यसैबीच माओवादीको आधारक्षेत्र आन्ध्र-ओडिसा बोर्डरमा दुइटा प्रहरी आउटपोस्ट थप्ने निर्णय भएको कुरा पनि समाचारमा उल्लेख छ ।
भिडियो फिचरview all