
बङ्लादेशका क्रान्तिकारीहरूको आह्वान

थुप्रै बाधाव्यवधानका बाबजुद पनि त्यहाँका क्रान्तिकारीहरूले माओवादी आन्दोलनलाई अगाडि बढाए । पूर्वबाङ्ला सर्वहारा पार्टी ( पी.बी. एस.पी.) बङ्गलादेश मार्फत ‘रिम’ को संस्थापक सदस्यका रूपमा उनीहरूले आफ्नो भूमिकालाई स्थापित गरे । पछि ‘कम्पोसा’ को निर्माण हुँदा त्यहाँबाट तीनओटा माओवादी पार्टी, पूर्व बाङ्लार सर्वहारा पार्टी, केन्द्रीय कमिटी ( पी.बी. एस.पी.सी. सी.), पूर्व बाङ्लार सर्वहारा पार्टी, माओवादी पुनर्गठन केन्द्र ( पी.बी. एस.पी.एम. पी के.) र कम्युनिस्ट पार्टी बङ्लादेश सहभागी भए । एक समय निकै शक्तिशाली पार्टीका रूपमा रहेको बंगलादेशको एकीकृत कम्युनिस्ट पार्टी अहिले थुप्रै चिरामा विभाजित छ र त्यहाँ पनि चुनावी पार्टीबाहेक माओवादी पार्टीहरू प्रतिबन्धित छन् र समयसमयमा गरिने गतिविधिहरू विभिन्न फोरम तथा आयोजक समिति बनाएर गर्ने गरिएको पाइन्छ ।
नक्सलबाडी विद्रोहका ५० औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा त्यहाँका क्रान्तिकारीहरूले जफर होसेनको संयोजकत्चमा एउटा आयोजक समिति गठन गरेका छन् र मे २५ का दिन जुलुस प्रदर्शनका साथै विचारगोष्ठीको आयोजन पनि गरेका छन् । यसै क्रममा ‘नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव’ आयोजक कमिटीले नक्सलवाडी विद्रोहको महत्वमाथि प्रकाश पार्दै एउटा अपिल पनि प्रकाशित गरेको छ । त्यसमा भनिएको छ : ''क्रान्तिविरोधी पार्टीहरू, जसले जनताको असली आवाजलाई बेवास्ता गरे, उनीहरूले महान माओवादी नेता कमरेड चारु मजुमदारको नेतृत्वमा भएको नक्सलबाडी आन्दोलनलाई सखाप पार्न अनेक प्रयास गर्दै आएका छन्, परन्तु, नक्सलबाडीले देखाएको बाटो क्रान्तिको बाटो हो भनेर इतिहासले प्रस्ट पारेको छ l ''
अपिलको पूर्ण पाठ यस प्रकार छ :
मित्रहरू ,
नक्सलबाड़ी किसान विद्रोहको गरिमा र महत्त्व दक्षिण एसियाको कम्युनिस्ट आंदोलनमा एकदमै उच्च छ l १९६७ मा चिनियाँ महान सर्वहारा सांस्कृतिक क्रान्तिले पारेको विश्व्यापी प्रभावसँगै पश्चिम बंगालको ग्रामीण क्षेत्रमा उठेको किसान आंदोलन शक्तिशाली राज्यका विरुद्ध लड़नका लागि सङ्घर्षको आवाज थियो र यो आवाज अहिले पनि गुन्जी रहेको छ l
क्रान्तिविरोधी पार्टीहरू, जसले जनताको असली आवाजलाई बेवास्ता गरे, उनीहरूले महान माओवादी नेता कमरेड चारु मजुमदारको नेतृत्वमा भएको नक्सलबाडी आन्दोलनलाई सखाप पार्न अनेक प्रयास गर्दै आएकाछन्, परन्तु नक्सलबाडीले देखाएको बाटो क्रान्तिको बाटो हो भनेर इतिहासले प्रस्ट पारेको छ l
नक्सलबाड़ी विद्रोह ५० पुगेको सन्दर्भमा जनताको सङ्घर्षको अर्थ र महत्त्वमाथि प्रकाश पार्न यो वर्ष हामीले थुप्रै कार्यक्रमहरू गर्ने निधो गरेका छौं l तपाईंहरूको सहयोग र सहभागितामा कार्यक्रम सफलापूर्वक सम्पन्ने हुने कुरामा हामी आशावादी छौं l
भिडियो फिचरview all