
सोह्रजना माओवादी मारिएको समाचार कपोलकल्पित

छत्तिसगढ राज्यको सुक्मा घटनापछि आत्तिएर नयाँ योजनाका साथ थप कोब्रा शक्तिसहित संयुक्त कम्बिङ अपरेसनमा गएको फोर्सले “गाँउँलेलाई धम्क्याउनु, आतङ्कित पार्नु, समातेर ल्याएर बयान लिएपछि हत्या गर्नु तथा पहिले नै आत्मसमर्पण गरेर निष्क्रिय बसेका लाई आत्मसमर्पण गरेको भन्नुबाहेक केही पनि गर्न नसकेको र आफ्नो असफलतालाई ढाकछोप गर्न कपोलकल्पित समाचार बनाएर आदिवासी जनतालाई आतङ्कित पार्न खोजेको र आम जनतामा भ्रम उत्पन्न गर्न खोजेको ” भनेर वक्तव्यमा उल्लेख छ ।
करिब २०० ओटा अपरेसन गरिएको भनिएको र १६ जना भिडन्तमा मारिएको भनिए पनि एउटा पनि लास फेला नपर्नु र “लास माओवादीले नै लगेको” भनिएकाले भिडन्तको कथा सही नभएको, बरु उल्टै कतिपय जवान घाइते भएको कुरा पनि भारतीय समाचार माध्यमहरूले जनाएका छन् ।
नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सवको विशेष अवसरमा माओवादीहरूबाट मे महिनामा विशेष कारबाहीहरू हुन सक्ने भनेर सरकार आफैँ आतङ्कित बनेको कुरा पनि समाचार माध्यहरूले जनाएका छन् ।
भिडियो फिचरview all