
कम्बिङ अप्रेसनमा हिँडेको कमान्डो-६० को १ को मृत्यु १५ गम्भीर घाइते

सो क्षेत्रमा ४८ घण्टामा तीनओटा भिडन्तका घटनाहरू भएको र घाइते र मृत्यु हुनेहरूको सङ्ख्या यो भन्दा बढी हुनसक्ने कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् । मंगलवार मात्र सिआरपिफ र महाराष्ट्र प्रहरीका तीनजना जवान माओवादीसितको भिडन्तमा घाइते भएका थिए ।
पहिलो एम्बुसपछि त्यसलाई सहयोग गर्न गएको एम्बुस-प्रतिरोधी गाडी नै एम्बुसमा परेको बुधबार साँझको त्यो घटनाबारे थुप्रै विवरण बाहिर आउन बाँकी रहेको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् । सो क्षेत्रमा अहिले सरकारले कम्बिङ अप्रेसन चलाइरहेको छ ।
स्मरण रहोस, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले मे महिनालाई नक्सलबाडी किसान विद्रोहको ५० औँ वार्षिकोत्सवको महिनाको रूपमा मनाउने निर्णय गरेको छ ।
भिडियो फिचरview all