
भाकपा (माओवादी)ले जागिर छाडेर जनसेनामा सामेल हुन प्रहरीहरूलाई आह्वान गर्यो

हिजो २७ अप्रिलका दिन सार्वजनिक गरिएको ६ मिनेट लामो सो टेपमा : जनताको मुक्तिका लागि लडिरहेका माआवादीहरू विरुद्ध सरकारका तर्फबाट लादिएको युद्धलाई चुनौती दिन, आदिवासी महिला तथा आम नागरिकमाथि भएका दमन, बलात्कार र हत्याको प्रतिरोध र प्रतिशोध लिन, निर्दोष जनतालाई समातेर हत्या गर्ने र यति माओवादी मारिए उति माओवादी मारिए भनेर सङ्ख्या बढाउने प्रवत्तिको प्रतिरोध गर्न र दुखेसो गरेर जीवन बिताइरहेका गाउँलेलाई कागजमा सही गराएर माओवादीद्वारा आत्मसमर्पण भनेर मनोवैज्ञानिक आतङ्क मच्चाउने प्रवृत्तिको विरोधमा सो कारबाही गरिएको भनिएको छ ।
टेपमा भनिएको छ : '' यो घटना भेली सुकममा ११ मार्चमा भएकै घटनाको निरन्तरता हो l २०१६ मा ओडिसामा २१ जना कमरेडहरू र क्रान्तिकारी जनसरकारका ९ जना गाउँले जनताको हत्याको बदलाको घटना हो l साथै आदिवासी जनताको हत्या र महिलामाथि प्रहरीहरूले गर्नेगरेको सामूहिक बलात्कारको पनि बदला हो l "
साथै सो अडियोमा सरकारी सुरक्षा फोर्सलाई प्रतिक्रियावादी सत्ताको सेवा गर्न छाडेर जनताको पक्षमा उभिन जागिर छाडेर जनमुक्ति सेनामा सामेल हुन पनि आह्वान गरिएको छ ।
जस्तो वक्तव्यमा भनिएको छ : ''हामी हिँसा प्रेमी होइनौ, तल्लो तहका कर्मचारी तथा प्रहरीको हत्या गर्ने हाम्रो योजना होइन , तर उनीहरू प्रतिक्रियावादी सत्तासंयन्त्रको सुरक्षामा लागेका हुनाले निसानामा पर्नु स्वाभाविक छ l किन बेकारमा जीवन गुमाउँ छौ l तल्लो तहका कर्मचारी तथा प्रहरीहरूलाई प्रतिक्रियावादीको सेवा गर्न छाडेर जनताको सेवामा लाग्न जनमुक्ति सेनामा सहभागी हुन हामी आह्वान गर्छौं l "
वक्तव्यमा घटनामा परेका प्रहरीहरूको शरीर टुक्राटुक्रा पारिएको तथा गोप्य अंग काटेर फ्यालिएको भन्ने कुरा प्रतिक्रियावाददीहरूको फिंजाएको भ्रम मात्र हो भनिएको छ l
भिडियो फिचरview all