ताजा समाचार
माओवादी कम्युनिस्ट पार्टी, मणिपुरको आव्हान
भारतको पुर्वोत्तर क्षेत्रमा सशस्त्र सङ्घर्ष चलाइरहेको माओवादी कम्युनिस्ट पार्टी, मणिपुरले यही अप्रिल २५ का दिन एउटा वक्तव्य जारी गर्दै नक्सलबाडी आन्दोलनको ५० औँ वार्षिकोत्सवप्रति क्रान्तिकारी ऐक्यबद्धता प्रकट गर्दै हालै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाले छत्तिसगढ राज्यको सुक्मामा २६ जना दुस्मन सेनाको सफाया गरेको घटना भारतीय जनताको मुक्ति आन्दोलनसित मात्र नभई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका दृष्टिले पनि उच्च महत्वको रहेको कुरा उल्लेख गरेको छ ।
वक्तव्यमा भारतको पुर्वोत्तर राज्यमा सशस्त्र सङ्घर्ष चलाइरहेका समूहहरूले सिङ्गो उत्पीडित वर्गको मुक्तिभन्दा जनजातिवाद र पहिचानको राजनीतिलाई बढी महत्व दिएको र यसले अन्ततः जनताका लुटेराहरूलाई नै फाइदा पुग्ने हुनाले यसप्रपति गम्भीर हुन ती समूहलाई आह्वान गरेको छ । माओवादी कम्युनिस्ट पार्टी, मणिपुरले राष्ट्रिय मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनलाई सँगै जोडेर लगे मात्र उत्पीडित जातजाति तथा वर्गहरूको मुक्ति हुने हुनाले सबै उत्पीडत जातजाति तथा वर्ग माओवादी आनदोलनमा गोलबद्ध हुनु आवश्यक छ भनेको छ । जस्तो वक्तव्यमा भनिएको छ : ''हामी सबै मार्क्सवाद-लेनिनवाद-माओवादका आधारमा एकजुट भएर राष्ट्रिय वर्गीय मुक्ति आन्दोलनलाई अघि बढाऔं l''
प्रस्तुत छ, सो वक्तव्यको पूर्ण पाठ :
नक्सलवादी आन्दोलन जिन्दावाद : माओवादी कम्युनिस्ट पार्टी, मणिपुर
नक्सलवादी आन्दोलनको ५० ओं वार्षिकोत्सव मनाऊँदै गर्दा भारतीय माओवादीद्वारा गरिएको २५ जना प्रतिक्रियावादीहरूको सफायाको घटनाले विश्व सर्वहारावादी क्रान्तिलाई अघि बढाउन तथा क्रान्तिकारी शक्तिको रूपमा आफूलाई उभ्याउन सबैको ध्यानाकर्षण गरेको छ l त्यो भिडन्तमा सहभागी हुने सबै कमरेडहरू तथा योजनाको निर्माण तथा कमान्ड गर्ने माथिल्लो तहका कमरेडहरूलाई माओवादी कम्युनिस्ट पार्टी मणिपुर सलाम प्रकट गर्दछ l भारतीय माओवादी कमरेडहरूद्वारा प्रदर्शित साहस र धैर्य मणिपुरका माओवादीका लागि मात्र नभएर विश्वव्यापी रूपमै माओवादी क्रान्तिकारीहरूका लागि एउटा उदाहरणीय कार्य हुनेछ l
भारतीय माओवादीहरूद्वारा गरिएको सुकमा आक्रमण र यस्तै अन्य विरत्वपूर्ण कार्यले मार्क्सवाद-लेनिनवाद- माओवादलाई दरिलो बनाउनुका साथै अहिलेको जनजातिवाद र पहिचानको राजनीतिले जसरी विभाजनको दिशामा लगेर जातीय र वर्गीय आन्दोलनलाई अलग्याएको छ, त्यसका विपरीत यो घटनाले उत्पीडित जनताको मुक्तिका लागि जातीय र वर्गीय मुक्ति एकैसाथ लड़नुपर्छ भनेर सबै मणिपुरेहरूलाई शिक्षा प्रदान गरेको छ l
वास्तवमा जातीय अथवा पहिचानको राजनीति संयुक्त राज्य अमेरिकामा जन्मिएको थियो, यसले उत्पन्न गरेको समस्याले ६० को दसकमा नागरिक अधिकार आन्दोलन भएको थियो । त्यतिबेला जातीय तथा पहिचानको राजनीतिको एकमात्र उद्देश्य नागरिक अधिकारकर्मीहरू बीच एक किसिमको विभाजनको रेखा कोर्नु थियो l अर्कोतिर राष्ट्रिय मुक्ति आन्दोलन चाहिं जनताको आन्दोलन थियो, जसको उदेश्य जाति, विविध रंग तथा विश्वासलाई आधार मान्नु भन्दा साम्राज्यवादको कहर भोगिरहेका सबै जात-जाति, रङ्ग र गरीब श्रमजीवीवर्गको आन्दोलन थियो l यस अर्थमा राष्ट्रिय मुक्ति आन्दोलन समाजवादी क्रन्तिसित घनिष्ठरूपमा जोडिएको थियो र जोडिनु पनि आवश्यक थियो l
विगतमा ठूलाठूला युद्धहरूपछि भएका सबै सामाजिक उथलपुथलहरू आम जनहितका साथै जातीय र पहिचानको राजनीतिमा आधारित थिए, तर पहिचानको राजनीतिका पक्ष्यधरहरूले यसलाई जनसरोकारसित सबै सामाजिक आन्दोलनको प्रतिकार र प्रतिरोधका लागि प्रयोग गरियो । मणिपुरमा चालीसको दशकदेखि ६० को दशकसम्मको जनविद्रोह आम सर्वसाधारण जनाताको साझा स्वार्थमा आधारित थियो, तर पछिल्ला दुई दशकमा दुस्मनले बडो धुर्त किसिमले कुत्सित पहिचानको राजनीतिको खेल आरम्भ गर्यो र आम उत्पीडित जनताको आन्दोलनमा विभाजन ल्यायो र नागा, कुकी मितेयी अथवा पंगल जनजातिको आन्दोलनलाई कमजोर बनायो l
विडम्बनाको विषय के छ भने हामी पनि निहित स्वार्थ बोकेका तिनै राजनेताहरूको खेल—जातीय राजनीतिको खेल, एकलाई अर्कोबाट छुट्याउने खेल, हाम्रो समाजको पहिलेको सामाजिक बनौट बिगार्ने खेललाई प्रश्रय दिइरहेका हुन्छौं l त्यसैले यो जनजाति पहिचानवाद जुन चाहिं आफ्ना मालिकहरूको निर्देशनमा यहाँका ठालुहरूले हामीमाथि थोपर्न खोजेका छन्, हामीले यसलाई गम्भीरतापूर्वक लिएर छिटोभन्दा छिटो आफूलाई वर्गसंघर्षका लागि राम्रो तयारीमा राख्नु आवश्यक छ l गरीबहरू, किसान तथा भूमिहीनहरूको अलग्गै कुनै पहिचान छैन, न त कुनै अलग जातीय स्वत्त्व नै छ ,उनीहरू समाजका एउटा वर्ग हुन् l गरिबहरू सदैव जीवनभरि एउटा पुस्तादेखि अर्को पुस्तासम्म गरिब नै रहने भन्ने कुनै बनिबनाउ र नियम छैन, फेरिनुपर्छ , तर जातीय पहिचानको राजनीतिले पहिचानका नाममा मानव इतिहासभरि त्यही पहिचानमा गरिबी भोग्न वाध्य गराउँछ l
मणिपुर मुख्यरूपले कृषिमा निर्भर भूमि हो, मणिपुरे आवादीको ठूलो हिस्सा कृषिमा निर्भर छ । आम जनताको ठूलो हिस्साको सहभागितामा आधारित जनआन्दोलनले नै दुस्मनले अघि सारेको पहिचान / जातीय राजनीति को कुत्सित योजनाको अन्त्य गर्न सकिन्छ । त्यसैले हामी पहिचानवादीहरूलाई क्रान्तिकारी समूहका बारेमा जनतालाई दिग्भ्रमित नपार्न तथा क्रान्तिकारीहरूका बारेमा गलत चित्रण गरेर उनीहरूप्रति जनताको विश्वास नष्ट नगर्न अनुरोध गर्दछौं, किन भने यसले सबैतिर अराजकता बढन सक्छ र दुस्मनको बन्दुक क्रान्तिकारीहरूका विरूद्ध प्रयोग हुनसक्छ l त्यसैले हामी मार्क्सवाद-लेनिनवाद-माओवादका आधारमा एकजुट भएर राष्ट्रिय वर्गीय मुक्ति आन्दोलनलाई अघि बढाउन आव्हान गर्छौं l
यस किसिमको आन्दोलनले मात्र वर्षौंदेखि हामीलाई शोषण गर्दैआएका मुट्ठीभर दलाल, नोकरसाही बुर्जुवाहरू विरुद्धको सङ्घर्षमा हामी सबै उत्पिडीत जनता, निम्न पुँजीपति वर्ग , प्रगतिशील देशभक्तहरूलाई एकजुट पार्नेछ l वर्गमा आधारित सङ्घर्षले मात्र हामीमाथि आधिपत्य कायम गर्नेहरूलाई हामीले सहजै पराजित गर्न सक्छौं र हाम्रो गुमेको सम्प्रभुता फिर्ता लिन सक्छौं l त्यसैले मणिपुरको माओवादी आन्दोलनप्रति सबैको ध्यान जानुपर्ने बेला आएको छ l
माओवादी कम्युनिस्ट पार्टी मणिपुर नक्सलबाडी आन्दोलनको ५०ओँ वार्षिकोत्सवका सन्दर्भमा मणिपुरका जनताको तर्फबाट एकपल्ट फेरि न्यानो अभिवादन प्रकट गर्दछ l
अप्रिल २५, २०१७

भिडियो फिचरview all