
माओवादी जनसेनाको एम्बुसमा परेर सिआरपिफका २६ जनाको मृत्यु र ६ जना घाइते

यो घटना केही दिनअघि यस्तै घटना भएको क्षेत्रमा भएको हो । त्यतिबेला पनि १२ जना भारतीय सुरक्षा बलका सदस्यहरू एम्बुसमा परेका थिए । सञ्चारमाध्यमहरूले ३०० जना माओवादी छापामारहरू सो घटनामा संलग्न भएको र एम्बुसमा गाडी परेपछि चारैतिरबाट हमला गरेको भनेका छन् । पहिले १२ जना भनेर समाचार बाहिर ल्याए पनि जम्मा २६ जनाको मृत्यु भएको र ६ जनाको उपचार भइरहेको र मृतकको सङ्ख्या अझ बढ्न सक्ने कुरा पनि 'हिन्दुस्तान टाइम्स' ले लेखेको छ ।
सरकारले घटनाबारे यथार्थ लुकाए पनि पत्रकारहरूले विस्तारै विवरण बाहिर ल्याइरहेका छन् l अन्तर्राष्ट्रिय माध्यमहरूले पनि व्यापक रूपमा यो समाचार प्रचारित गरेका छन् l
भिडियो फिचरview all